आज लिम्बुवानको ‘मार्चपास’

दमक, फागुन २६/अरुण पूर्व लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले आज काँकडभिट्टाबाट लिम्बुवानी मार्च शुरु गर्दैछ ।
परिषद्का केन्द्रीय अध्यक्ष संघीयवादी नेता कुमार लिङ्देनको नेतृत्वमा काँकडभिट्टाबाट आज शुरु हुने सो मार्चपास भोलि (शनिबार) दमक आइपुगेर समापन हुने परिषद्का जिल्ला इञ्चार्ज मोहन बेघाले जानकारी दिए । मार्चपासमा २ हजार जना सहभागी हुने उनले दाबी गरे ।
राज्य पुनःसंचरनाको बहस चर्को रुपमा चलिरहेको बेला लिम्बुवान स्वायत्त राज्यको माग राखेर आन्दोलनरत परिषद्ले प्रभाव देखाउन सो कार्यक्रम आयोजना गरेको बताइएको छ । परिषद्ले मार्च पासमा सहभागिताका लागि समेत बिज्ञप्ति मार्फत् सबैलाई अनुरोध गरेको छ । गत बुधबार इटहरीमा सकिएको नेपाली कांग्रेसको प्रशिक्षण तथा जागरण कार्यक्रममा समेत पूर्वका ताप्लेजुङ, पाँचथर सहितका प्रतिनिधिहरुले लिम्बुवान राज्यको मागलाई चर्को रुपमा उठाएका बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment