प्रतिष्ठानको महाधिवेशन शुरु

कृष्णमन्दिर, फागुन २६/भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन बिहीबारदेखि झापाको दमकमा शुरु भएको छ ।
वडा नं. १६ स्थित प्रतिष्ठान परिसरमा शुरु महाधिवेशनको राष्ट्रिय पञ्चाङ निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले गरेका छन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा भट्टराई कूलवंशका अगुवाहरु, धरानस्थित पिण्डेश्वर क्याम्पसका प्रमुख शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराई, प्राध्यापक डा. भरत भट्टराई, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णबहादुर भट्टराई, महोत्तरी जिल्ला अध्यक्ष शम्भुप्रसाद भट्टराई, महाधिवेशन तयारी समिति संयोजक मिश्र वैजयन्ती भट्टराई, दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गंगा भट्टराईले गरेका थिए । महाधिवेशनमा देशभरीबाट २ सय ५१ जना प्रतिनिधिहरुको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले बताए । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनको बन्द सत्र आज बिहान ८ बजेबाट शुरु हुने जनाइएको छ । महाधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment