दुर्घटनामा पाँचको मृत्यु

हेटौंडा, फागुन २६/बिहीबार छुट्टा छुट्टै सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना१ज २०५६ नम्बरको टाटासुमो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडा कुलेखानी सडक खण्डको नेबुवाटारमा भएको सडक दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो । घाइतेहरुको हेटौंडामा उपचार भइरहेको छ । मृतकहरुको सनाखत हुनसकेको छैन । यसै गरी सर्लाहीको पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी, नवलपुर खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१८प ५७८५ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर रुखमा ठोक्किदा चालक घाइते भएका थिए । शरीरभरी रंग भएकाले होली खेलेर घुम्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल रुखमा ठोक्किएको थियो ।
प्रहरी नायब निरीक्षक दीपक केसीका अनुसार उपचारार्थ मोडल अस्पताल लालबन्दीमा पु¥याएपछि घाइतेको मृत्यु भएको हो । मृतकको साथबाट कुनै कागजपत्र फेला नपरेकाले सनाखत हुनसकेको छैन ।

0 प्रतिकृया:

Post a Comment