कल्भर्ट र ग्राभेल शुरु

धरमपुर, चैत्र ३/धरमपुर–८ मा बिहीबार कल्भर्ट तथा ग्राभेल निर्माण शुरु गरिएको छ । ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) र स्थानीयवासीको १० लाख ५८ हजार ५ सय ४४ रुपैयाँको लागतमा कल्भर्ट निर्माण तथा ग्राभेल शुरु गरिएको हो ।
सो अन्तर्गत १ किलोमिटर सडक ग्राभेल समेत गरिने चौरीटोल ग्रामीण सडक तथा कल्भर्ट निर्माण
समितिका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिए । सडक तथा कल्भर्ट निर्माणका लागि आरआरएनले ८ लाख १८ हजार ६९ रुपैयाँ सहयोग गरेको जनाइएको छ । थप लागत स्थानीयबासीहरुले जुटाउने छन् ।
निर्माण शुरु कार्यक्रममा आरआरएनका इन्जिनियर प्रेम बाँस्तोला, स्थानीय सचेतना केन्द्रकी प्रमुख शर्मिला तामाङ, स्थानीय अगुवाहरु खड्गबहादुर नेम्बाङ,  रत्न लक्ष्मी राई, समितिका अध्यक्ष श्रेष्ठ लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment