कस्तो सरकारलाई राष्ट्रिय सरकार भन्ने - दोस्रो लेख

निधिरत्न अधिकारी
यो शिर्षकको प्रश्न आज आम नेपाली क्रान्तिकारी जनसमुदायको मन मष्तिष्कमा तरङ्गीत भइरहेको छ । आफूले आफूलाई नढाँटी भन्नु पर्दा । एउटा नेपालीमा उखान भन्ने गरिन्छ । ूनहुनो मामा भन्दा कानो मामा निकोू यो हाल वर्तमान सरकारको नेतृत्वको प्रश्नसँग उब्जिएको समय सापेक्ष उत्तर हो । सदियौँ देखि आर्थिक रुपमा खोक्रो सामाजिक रुपमा अति नै पछाडि परेको राजनीतिक रुपमा सदाचार ूकोतपर्वू र ूभण्डारखाल पर्वू मच्चाउन खोज्ने प्रवृत्ति र चिन्तनले ग्रसित छ हाम्रो देश नेपाल । यो भन्दा माथि उक्लन नसकेको अवस्था अब हाम्रो मुलुक पनि सबै क्षेत्रमा माथी उठ्न सक्नुपर्छ भन्न ेमान्यताका साथ संविधानसभाको नेतृत्वबाट मुलुकलाई अग्रगमनको बाटोमा हिँडाउने रेखा कोर्ने आजको राजनीतिक संस्करणकालीन तरल अवस्था हो । यो अवस्थामा वर्तमान सरकारले गर्ने काम भनेको मुख्य शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर् याई त्यसलाई वैधानिकता प्रदान गर्ने हो । यो अवस्थामा सबै काम छोड्ने र त्यहीँ शान्ति र संविधानको काम मात्र गर्ने भन्ने पनि होइन । आर्थिक रुपमा खोक्रो भएको मुलुकको अवस्था हेरी हाम्रो ढिकुटीमा जे जति छ सबैले समानताको हिसाबले यो देशका नागरिकले बाँडी चुँडी खान लाउन बस्न पढ्न र स्वास्थ्य उपचार गर्न पाउनु पर्छ भन्ने मान्यता हो । भने हाम्रो यो सदियौँ देखिको गरीबी अशिक्षा आदि मानवीय आवश्यकतालाई दीर्घकालीन रुपमा पूरा गर्नका लागि समग्र आर्थिक विकासमा हामी सबै एक भएर उत्पदानशील सृजनशील काममा लाग्नु पर्ने अवस्था हो । यही आधारमा रहेर शान्ति प्रकि्रया अगाडि बढिरहेको छ । समायोजन पुनस्र्थापना र स्वेच्छिक अवकासमा जाने जनमुक्ति सेनाको इच्छा र सबै राजनीतिक शक्तिहरुको बीचमा भएको सहमति अनुसार काम भईरहेको छ । काम गर्ने दौरानमा त्यसभित्र केही अवरोध आउनु अ-स्वाभाविक होइन । जसले जिम्मेवारी लिन्छ काम गर्छ उसले ती अगाडि आएका अवरोधहरु खेप्नु पनि पर्छ र समाधानको उपाय निकाल्न पनि सक्नुपर्छ । ूठेस नलागि होस आउँदैनू भन्ने वैज्ञानिक तथ्य पनि छ । जसले जिम्मेवारी पनि लिदैँन काम पनि गर्दैन उसले न-समस्या सित जुध्न सक्छ । न त उसलाई समस्या नै पर्छ । ूनाच्न नजान्ने अनि सधैँ आँगन टेढोू देख्ने प्रवृत्तिको मानिसलेू न आफूले प्रगति गर्न सक्छ न अरुलाई नै गर्न दिन्छ । गल्ती मानिसका हुन्छन् । पशुले गल्ती गर् यो भनिदैँन । मानिस चेतनशील प्राणी भएकै कारणले काम गर्ने दौरानमा उसले गल्ती गरेको देखिन्छ । तर उसले गरेका गल्तीलाई उसैले सुधार्नु पर्छ । र ठीक बाटो पकडी हाल्नु पर्छ । यो अनिवार्य सर्त हो । मानव जाति अगाडि बढ्ने मूल मन्त्र यही हो । तर गल्ती गरेको बहानामा तपाइले एउटा मानिसलाई अनाहकमा मरणासन्न पिट्नु हुन्छ अनि उल्टै उसैलाई गल्ती गरिस भनेर स्वीकार गर्न लाउनु हुन्छ भने त्यो भन्दा ठूलो मुर्खता अरु केही हुन सक्दैन । तत्काल त्यसको परिणाम नदेखिए पनि कालान्तरमा तपाइले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । आज नेपालको राजनीतिक इतिहासमा अहिले सम्मको प्रवृत्ति हेर्दा त्यस्तै उदाहरणको रुपमा चल्दै आएको छ । र यत्रो परिणती नेपाली जनताले अहिले सम्म भोग्नु पर्ने कारण पनि यही हो । राष्ट्रिय सहमतिको सरकार राष्ट्रिय सरकारको रटान सुन्दा-सुन्दा शान्ति र संविधान लेखन प्रकि्रयाको ५ वर्षको समय झनै बित्न बित्न लागि सक्यो खोइ त अहिले सम्म राष्ट्रिय सरकार कस्तो सरकारलाई राष्ट्रिय सरकार भन्ने शान्ति प्रकि्रया भनेको नेपाली जन-संविधानको अन्तर्वस्तु हो । यी दुई वस्तु एक आपसका परिपुरक छन् । यो शान्ति प्रकि्रया बृहत शान्ति सम्झौताको दस्तावेज भित्रका सरोकारवालाहरुको हस्ताक्षरले स्वीकार गरिसकेको कुरा हो । तर शक्ति संघर्षको घमण्डले आज घर गरिरहेको सत्ता स्वार्थको सनातनी धर्म एक अर्कोका अस्तित्व स्वीकार गर्न नसक्ने चिन्तन र प्रवृत्ति घट्नु भन्दा अरु विकास हुँदै गइरहेको छ । यही प्रवृत्तिको विकास सँगै शान्ति प्रकि्रया अगाडि बढ्दै गर्दा नेपाली जन संविधानको सुनिश्चितता गर्नको लागि अगाडि बढेको बहसलाई बङ्ग्याएर ूकालोलाई कालोू र ूगोरोलाई गोरोू भन्न लाज मान्ने अगाडि भनिए जस्तै घमण्डले बास गरेकाहरु अप्राकृतिक रुपमा इतिहासलाई पछाडि तिर धकेल्न खोजिरहेका छन् । राजनीतिक इतिहासका हिजोका कालखण्डका प्रवृत्ति र चिन्तनले आजको परिणाम हामी भोग्दैछौँ भने फेरि आजको त्यहीँ प्रवृत्तिले गर्दा उसको भने जस्तो गर्ने हो भने भोलिका दिनको परिणाम हामी नेपाली जनताले अझै कस्तो भोग्नु र व्यहोर्नु पर्ला यहीँ प्रवृत्ति र चिन्तन भित्र रुमल्लीएको वर्तमान बाबुराम भट्टराईको नेतृत्वमा बनेको आजको नेपालको अन्तरिम सरकार हो । गर्छु भन्नेलाई गर्न नदिने अनि राष्ट्रिय सरकार गठन हुनै पर्छ भन्नु यो कहाँको राष्ट्रियताको आवाज हो राजनीतिका नाममा जनतालाई मुछेर ूराम नाम सत्य हेू को कार्ड फालेर साधु बिरालाको चाल रच्नेहरुलाई को को हुन् भनेर चिनि सकेका छन् । जानी सकेका छन् । अब जनतालाई घोकाई राख्नु पर्दैन । हामी जनताले बुझेको र जानेको कुरा के हो र के जान्नु पर्छ भने एउटा बाबुरामको नेतृत्वमा रहेको मन्त्री परिषद्को झुण्डले मात्र कराएर कुर्लेर केही हुन सक्दैन मुलुकमा । मन्त्री परिषद्ले देश र जनताप्रति समर्पित भएर निर्णय गर्छ भने सबै प्रतिपक्षहरुले साथ दिर्नपर्छ । अनि आम कर्मचारी नागरिक संघ संस्थाहरुले ूहोस्टेमा हैसेू गर्नै पर्छ । ूएक थुकी सुकी सय थुकी नदीू को मान्यताबाट हामी सबै एक भएर सत्यलाई सत्य भन्न सक्नै पर्छ । राष्ट्र प्रमुख डा। बाबुराम भट्टराई भए पनि या डा। रामवरण यादव आखिर उनीहरु यो देशका नागरिक नै हुन् । वुद्धि ज्ञानमा उनीहरु माथि भए पनि र जनता वुद्धि र ज्ञानमा कम गाउँ वस्तीमा बसे पनि आखिरमा नागरिक अधिकार बराबर हुन्छ । भन्ने मान्यताका साथ हामी नागरिकहरु पनि जिम्मेवारी बोधका साथ अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र मुलुकको सर्वाङ्गीण विकास हुन सक्छ । सत्यलाई कहिल्यै पनि छोप्ने कोसिस गर्नु हुँदैन । जति नै छोपेपनि आखिर विजय सत्य कै हुन्छ । हाम्रो धार्मिक ग्रन्थले पनि यही भन्छ र विज्ञानको साविती पनि यही हो । सत्य छोप्नु खोज्दाको तत्कालिक परिणामको सफलतामा हामी रमाऔँला तर त्यसको कालान्तरमा देखिने परिणाममा हामीले धुरु-धुरु रुनु सिवाय अरु सबै गुमाउने छौँ । आज मुलुकमा उठेका मुद्दा नेपाली राजनीतिको धेरै लामो कालखण्डको उतार-चढाव पछि छोपिएको सत्यलाई साविती बयान दिन हामी तयार भएका छौँ भने यो सरकारले गरेका नराम्रा कामलाई आलोचना गरौँ । राम्रो कामलाई सबैले साथ दिऔँ । सबैका लागि ूसत्यू सत्य नै हो । विरोधका लागि विरोध नगरौँ । पुर्वाग्रही नबनौँ । राष्ट्रिय मुद्दाहरु सबैका साझा बनेर हाम्रो सामु खडा छन् । सबैले यी मुद्दालाई स्वच्छ ढङ्गले विश्लेषण गरी समाधान गर्ने बाटो तिर अगािड बढ्नलाई प्रेरित गरौँ । हामी यो राष्ट्रका नागरिक हौँ भनेपछि यो देशको वर्तमान सरकारको संरचना त झन् राष्ट्रको विशिष्ट नागरिकले मात्र नेतृत्व गर्न सक्छ त्यसैले अब सरकार ढाल्ने खेलमा अब पनि लाग्नु भन्दा यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिँदा हामीलाई पाप लाग्दैन । यदि साँच्चै सरकारको विकल्प खोज्ने हो भने ३ करोड जनताको मत लिएर खोजौँ ।

0 प्रतिकृया:

Post a Comment