हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

स्वास्थ्य शिविरमा डा. चाङ

सुरुङ्गा । डाक्टरको पहुँचमा पुग्न नसक्ने विरामीहरुलाई लक्षित गरी सुरुङ्गामा एक दिवसिय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।    वडा नागरीक मञ्च कनकाई नगरपालिका वडा नं.३ र ४ को आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सम्पन्न शिविरमा सातसय जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको आयोजक समितिका सदस्य गोविन्द पौडेलले वताए ।
डाक्टर चाङ सुपर स्पेसियलिटी हस्पिटल सिलिगुडीवाट डाक्टर चाङको नेतृत्वमा आएका विशेषज्ञ डाक्टरहरुवाट स्वास्थ्य परीक्षण गरीएको हो । शिविरमा हाड, जोर्नी, नशा, मुटु तथा दाँत रोग सम्वन्धि विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको हो । परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई डाक्टर चाङको हस्पिटल सिलिगुडीमा रेफर गरीएको छ । शिविरमा सगुन, सगोल, अग्रसर महिला कृषि सहकारी संस्था लि., कनपा ४ सहप्रायोजकका रुपमा रहेका थिए । नेरेसो उपशााखा सुरुङ्गा, सहकार्य युवा क्लव, ज्ञानज्योती युवा क्वल, मार्गदर्शन नेपाल, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्र लगायतका सामाजिक संस्थाहरुको सहयोगी भुमिका रहेको आयोजक समितिका सदस्य यदु अधिकारीले वताए ।  दप प्रज्वलन गर्दै डाक्टर चाङले शिविरको उद्घाटन गरेका हुन् । वडा नागरीक मञ्च वडा नं. ४ का संयोजक राम घिमिरेको सभापतित्व एवं वडा नं. ३ का संयोजक यामनाथ सेढाईले स्वागत गरेको कार्यक्रममा चन्द्र मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले शिविर सफलताको शुभकामना दिएका थिए ।

गर्मीका कारण जनजीवन अस्तब्यस्त

दमक । केही दिनदेखि बढेको गर्मीका कारण झापा सहित तराईका जिल्लाको जनजीवन अस्तब्यस्त हुन थालेको छ । बिहान सवेरैदेखि हपहपी गर्मी सुरु भएपनि मानिसहरुको चहलपहल समेत घटेको विर्तामोडका एक ब्यवसायीले बताएका छन् । दिनभर ग्राहक नै नआउने भन्दै बिहान र बेलुकी पखमात्र चहलपहल हुने गरेको उनले बताए । गर्मीका कारण बालबालिका, बृद्धबृद्धाका साथै मजदुर बढी मारमा परेका छन् । चर्को गर्मीका कारण मानिसहरु दिनभर शितल ठाँउमा भेला भएर बस्ने गरेका छन् ।
जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण पश्चिम तराईका जिल्लाहरु बढी प्रभावित भएपनि केही दिनदेखि पूर्वमा पनि त्यस्तै पिरलो थपिएको छ । गर्मीले तापक्रम बढेसँगै मानिसमा टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, झाडा पखला लगायतका समस्या पनि देखा पर्न थालेका छन् । गर्मी बढेसंगै झापाका प्रमुख ब्यपारीक शहरहरु विर्तामोड, दमक, काकडभिट्टा, दमक लगायत शहर,बजारमा मानिसहरुको चहलपहल घटेको छ । घाम त्यति धेरै चर्को नलागेपनि हपहपी हुने गर्मीले गर्दा धेरैको अनुहारमा खलखली पसिना देखिन्थ्यो । यसले पनि के पुष्टि गर्छ भने झापामा पनि गर्मी निकै बढेको छ । यसैबीच देशभर गर्मी बढ्दै गएकाले खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुन्छ । गर्मीका कारण झापाका अस्पतालमा बिरामीको सड्ख्या बढेको छ । गर्मीकै कारणले हुने विभिन्न रोगका कारण अस्पतालमा आउने बिरामीहरुको चाप अत्याधिक बढेको चिकित्सकहरुले बताएका छन् ।

तराईमा गर्मी अझै बढ्ने

काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताए । मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने सम्भावना रहेको उनको भनाई छ । उनका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको ताप शनिबार तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो । आइतबार पनि त्यसकै हाराहारीमा रहेको थियो ।

७ सय ४१ सम्पदामा क्षति

काठमाडौ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति पुगेको छ । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएको छ । बाँकी ६ सय ८ सम्पदा भने आंशिक र सामान्य रूपमा क्षति भएको पुरातत्व विभागले जनाएको छ । क्षति अझै कम वा बढी पनि हुन सक्छन् : विभागका प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने: यो हालसम्म प्राप्त तथ्यांकको आधारमा थाहा हुन आएको हो । विभागका अनुसार २० जिल्लाको सम्पदामा क्षति पुगेको हो । भूकम्पले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित १४ जिल्लाका सम्पदा बढी प्रभावित पारेको छ । भूकम्प बढी प्रभावित क्षेत्र वरपरका जिल्लामा रहेका सम्पदा समेत क्षति भएका छन् । विभागका अनुसार नुवाकोट, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, बारा, जनकपुर, घादिङ, तनहुँ, लमजुङ, कास्की र मुस्ताङका सम्पदामा क्षति पुगेका छन् । बाँकी केहि जिल्लामा फाट्टफुट्ट प्रभाव परेको रिर्पोट आएको छ : कुँवरले भने । विश्वसम्पदा सूचीमा परेकोको काठमाडौं, भक्तपुर, ललितपुरका सम्पदामा बढी क्षति भएका छन् । उपत्यका बाहिर गोरखा, नुवाकोट, रसुवा, दोलखा, धादिङ आदि जिल्लामा बढी क्षति भएका छन् । काभ्रेको पनौती र काठमाडौंको कीर्तिपुर क्षेत्रमा रहेका सम्पदामा भने क्षति भएका छैनन् । त्यहाँ सामान्य क्षति भएको मात्र पायौं ः कुँवरले भने । विभाग र युनेस्को मिलेर सम्पदा नव निर्माण तथा पुननिर्माणका लागि काम गरिहेको छ । ‘हामीले विदेशबाट आएका टोली र युनेस्कोसँग समन्वय गरेर काम गरिरहेका छौं,’ कुँवरले भने ।

चट्याङले ठुलो जनधनको क्षति, २ को मृत्यु

बिर्तामोड । शुक्रबार राती पानीसँगै परेको चट्याङ लागेर झापामा ठुलो मात्रा धनजनको क्षति भएको छ । दुईजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । चट्याङ लागेर चौपायादेखि बिभिन्न इलेक्ट्रीक लगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मुत्यु भएको हो । त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कन्काई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
 चट्याङ लागेर भद्रपुर १० का बिर ब. राजबंशीको एउटा गाई, जलथल ६ का श्रीप्रसाद ओलीको एउटा गाईको बाछी, हल्दीबारी ८ की सुमित्रा लुईटेलको एउटा भैसी, शनिअर्जुन ४ का हरी गिरीको एउटा लैनो भैसी र गौरादह ९ का शुकु राजवंशीको एउटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले धेरै सर्बसाधारणको घर, पसलमा जोडिएका टेलिभिजन, फ्रिज, इन्भर्टर, फ्यान, इन्टर्नेट जडानका सामान क्षति भएको छ । चट्याङका कारण एक दर्जन बढी सर्बसाधारण घाइते भएको र ती उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

घैला छाप तेलमा अखाद्य बस्तु भेटियो

दमक । घैला छाप तोरीको तेलमा अखाद्य वस्तु भेटिएको छ । दमक ११ स्थित आरपि किराना स्टोरबाट किनेर लगेको ५ लिटरको जारमा लेदो भेटिएको हो । आम उपभोक्ताका तर्फबाट झापाको लखनपुर ५ का डोमनाथ तिवारीले शनिबार इलाका प्रहरी कार्यलयमा निबेदन दिएर तेल उत्पादक चन्द्रशिव राइस एण्ड आयल मिल्स प्रालि बिराटनगरलाई तत्काल कारबाही गर्न माग गरेका छन् । तिवारीले तेलमा भेटिएको अखाद्य वस्तुको तत्काल अनुसन्धान गर्न पनि माग गरेका छन् । तिवारीले इलाका प्रसासन कार्यलय दमक  र दमक उद्योग बाणिज्य संघलाई पनि बोधार्थ दिदै तेलमा अखाद्य वस्तु मिसावट गरेर आम उपभोक्ताको श्वास्थ्यमा खेलवाड गर्ने उत्पादकलाई अविलम्ब कारबाही गर्न माग
 गरिएको छ । अखाद्य वस्तु मिसिएको तेल इलाका प्रहरीलाई बुझाएको तिवारीले बताए । इलाका प्रहरी कार्यलय दमकका सई दिरेन्द्र कोइरालाका अनुुसार उपभोक्ताले बुझाएको तेल बिराटनगर स्थित खाद्य प्रविधि कार्यलयमा अनुसन्धानका लागि आइतबार  पठाइने छ । कार्यालयबाट आएको प्रतिवेदनका आधारमा कानुनी कारबाही अघि बढाइने कोइरालाले बताए ।

‘राष्ट्रिय सहमतिय सरकारको आवश्यकता’

बिर्तामोड । झापाका क्रियाशील राजनीतिक दलका नेताहरुले सहमतिय संविधान र मुलुकको विपद व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औंल्याएका छन् । उनीहरुले संविधान सभाभित्र र बाहिरका समेत दलहरुको सहभागितामा राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।
शनिवार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको छलफलमा नेताहरुले त्यस्तो बताएका हुन् । छलफलमा सभासद तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रबिन कोइरालाले  सहमतिको संविधान निर्माण गरी यथाशिघ्र जारी गर्न संविधानसभाभित्र र बाहिरका दलको सहभागितामा राष्ट्रिय सरकार आवश्यक रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर सबैको स्वामित्वमा संविधान जारी गर्न सके भरपर्दो र दिगो हुने धारणा समेत राखे । सरकारको नेतृत्व जसले गरेपनि हुने बताउँदै उनले सबै दल यो बेला एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपाली कांगे्रस झापाका उपसभापति देउमान थेवेले संविधान जारी गर्ने र सबैको सहमति हुने ग्यारेन्टी भए राष्ट्रिय सरकार गठन गर्नु ठीक हुने बताए । यतिबेला सरकारले सबैदलको सहयोग र समर्थन लिएर अघि बढ्नु पर्ने दायित्व रहेको बताउँदै उनले अहिलेकै सरकारको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु पर्नेमा जोड दिए ।
 एकीकृत माओवादीका नेता ज्योतिसिंह दर्लामीले सहमतिमा संविधान बनाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै त्यो सरकार सँग मुलुकमा परेको विपद व्यवस्थापन गर्ने गुरु योजना समेत हुनु पर्ने बताए । भूकम्पपछिको उद्धार र राहत संघीय राज्यको आवश्यकता र औचित्य अझ बढाएको बताउँदै उनले संघीयता सहितको संविधान निर्माणको लागि हरेक पार्टी पार्टीभन्दा माथि उठेर एकताबद्ध भई अघि बढ्नु पर्ने धारणा राखे । संवाद समूहको सचिवालयले ‘राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माण र विपद व्यवस्थापनमा राजनीतिक दलहरुको धारणा’ विषयमा गरेको छलफलमा  अधिकांशले मूलुकको हितको लागि दिलीय स्वार्थ त्यागेर सहमतिको साथ अघि बढ्नुपर्नेमा  जोड दिएका थिए । नेकपा–माओवादी झापाका सेक्रेटरी रोशन कन्दङ्वाले अहिलेको बेला राष्ट्रिय
स्तरमा राजनीतिक समझदारी कायम गरी संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए । स्थानीय शान्ति समिति झापाका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले सहमतीय संविधान निर्माणका लागि राष्ट्रिय सरकार नै अहिलेको विकल्प रहेको बताए ।
नेकपा मालेका सचिव नवराज खरेलले भने ‘वर्तमान सरकारले नै पूर्व सहमति बमोजिम संविधान जारी गर्नुपर्ने अनि त्यसपछि मात्र राष्ट्रिय सरकार गठनको प्रक्रियामा जानु पर्ने धारणा राखे । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले राष्ट्रिय सहमतिको सरकारको वहश संविधान नबनाउने खेल भएको बताए । फोरम लाकतान्त्रिकका अध्यक्ष भरत राजवंशीले यो बेला दलहरु मिलेर एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिँदै मुलुकका वर्तमानका समस्या हल गर्न राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताए । संघीय समाजवादी झापाका इञ्चार्ज धनप्रसाद गुरुङले संविधान निर्माणका लागि पहिला राष्ट्रिय सहमति जुटाएर राष्ट्रिय सरकार निर्माणको चरणमा अघि बढ्नुपर्ने बताए । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष धनवहादुर पन्धाक सुब्बाले तत्काललाई मुलुकको विपद व्यवस्थापान गर्न सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए । उनले संविधानसभा बाहिरका दलहरुलाई समेत उनीहरुको हैसियत अनुसार सहभागिता सुनिश्चित गरी राष्ट्रिय सहमतिको सरकार बनाएर सहमतीय संविधान निर्माणमा अग्रसर हुनु पर्ने धारणा समेत राखे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ताद्धय दिपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

रतुवा खोलामा वेवारिसे शव

दमक । दमकको वार्ड नम्बर १३ स्थित रतुवाखोला बगरमा शनिवार वेवारिसे शब भेटिएको छ ।  बिहान ८ वजे  बगरमा कुुकुरले खाइरहेको बेला बाटो हिड्ने मान्छेले देखेपछि प्रहरीलाई खवर गरेका थिए  । अन्दाजी ५० बर्षको  मंगोलियन  वर्णको जस्तो देखिने शवलाई उठाएर पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सेतो र निलो रंगको टिस र निलो जिन्स पेन्ट लगाएको ब्यक्तिको शव रहेको प्रहरीले जनाएको छ ।

भुटानी प्रधानमन्त्री तोब्गेको सहयोग मागको बिरोध

छिरिङ तोब्गे
दमक । भुटानी प्रधनमन्त्री छिरिङ तोब्गेले देशमा प्रजातन्त्र रहेको दाबी गर्दै कुल राष्ट्रिय खुसीको लविङ गरेर सहयोग माग्दै यूरोपियन यूनियनका देशको भ्रमणमा रहेकोमा पूर्वी नेपालमा  वसेका भुटानी शरणार्थीहरुले आपत्ति जनाएका छन् । 
भुटान स्वतन्त्र जनमञ्चका अध्यक्ष टोम अधिकारीले शनिवार  झापाको दमकबाट एक बिज्ञप्ती जारी गर्दै कुनै बेला अमेरिका गएर मलाई प्रजातन्त्र चाहिएको थिएन भन्ने तोग्गेले राष्ट्रिय खुसीका लागी याचना गर्नु लज्जास्पद भएको दाबी गरिएको छ ।  बिज्ञप्तिमा यूरोपियन यूनियनले धेरै पटक शरणार्थीलाई स्वदेश फर्काउन दबाब दिइरहेको स्मरण गरांउदै यो प्रक्रियाको पूर्ण रुपमा वेवास्त गरेको भुटान फेरी नयां बनावटी मुद्धा लिएर यूरोपियन यूनियनको कार्यालयमा गएकोमा शरणार्थीहरुको आपति रहेको जनाइएको छ । भुटानले सबभन्दा पहिला शरणार्थी फिर्ता लगेर देश भित्र प्रजातान्त्रिक परिपाटी बसाएपछि मात्र अन्तराष्ट्रिय तहमा लबिङ गर्नु उचित हुने सम्झाइएको छ । भुटान स्वतन्त्र जनमञ्च पुनर्बासमा समेत गइसकेका शरणार्थीलाई स्वदेश फर्काउने अभियान अन्तरगत चार महिना अघि दमकमा गठन भएको संस्था हो ।

खानेपानीको साधारणसभामा सम्मान

लखनपुर । लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार  तेस्रो साधारण सभा सम्पन्न भएको छ । लखनपुर १ स्थित समितिको कार्यालयमा भएको सभामा समितिका संस्थापक अध्यक्ष भोजकुमार घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख चोक प्रसाद धितालले सम्मान गरेका थिए । समितिले ५ उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा लखनपुर ३ का राजेन्द्र प्रसाद राई, १ का लिलम पौडेल , असल बहादुर पराजुली, निर्मला पराजुली र श्रीबहादुर लामा रहेका छन् । पानीको महसुल नियमित बुझाउने उपभोक्ताहरुलाई उत्कृष्ट उपभोक्ता भनेर सम्मान गरिएको हो । कार्यक्रममा ३२ लाख ४६ हजार २सय ३६ रुपैयाँ आय र १५ लाख ३६ हजार ९ रुपैयाँ ब्यय रहेको आर्थिक प्रतिवेदन समितिकी अध्यक्ष उषा भण्डारीले प्रस्तुत गर्नु भएको ब्यवस्थापक सूर्य बहादुर बिष्टले जानकारी दिए । सभामा समाजसेवीहरु पूर्णानन्द शर्मा, दिलिप राई  लगायतले बोलेका थिए ।

कविता प्रतियोगितामा कैलाश प्रथम

उर्लाबारी । नेपाली साहित्य समाज उर्लाबारी मोरङले आयोजना गरेको पूर्वाञ्चल स्तरीय खुल्ला कविता प्रतियोगितामा शिवसताक्षी नगरपालिका झापाका कवि कैलाश शिखर प्रथम भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा शिखरको ‘आमा, आश्रम र आत्मा’ कविता प्रथम भई उनी नगद ११ हजारले पुरस्कृत भएका छन् ।
 पाँचथरको फिदिमका कवि सन्देश सुब्बाको ‘साथीलाई चिठ्ठी’ कविता द्वितीय, दमक, झापाका कवि विष्णु न्यौपानेको ‘देश दुखेको छ’ शीर्षकको कविता तृतीय, र उदयपुरका कवि जीवन चाम्लिङको ‘नानीहरूको पाठशाला’ कविता सान्त्वना भएको छ  । उनीहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार र ६ हजारले पुरस्कृत गरिएको संस्थाकी उपाध्यक्ष मिश्र बैजयन्तिले जनाइन् । पूर्वाञ्चलका ५७ जना प्रतियोगि सहभागिमध्ये उत्कृष्ठ २५ मा पर्न सफललाई रचना वाचनका लागि सहभागी बनाइएको थियो ।