कविता प्रतियोगितामा कैलाश प्रथम

उर्लाबारी । नेपाली साहित्य समाज उर्लाबारी मोरङले आयोजना गरेको पूर्वाञ्चल स्तरीय खुल्ला कविता प्रतियोगितामा शिवसताक्षी नगरपालिका झापाका कवि कैलाश शिखर प्रथम भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा शिखरको ‘आमा, आश्रम र आत्मा’ कविता प्रथम भई उनी नगद ११ हजारले पुरस्कृत भएका छन् ।
 पाँचथरको फिदिमका कवि सन्देश सुब्बाको ‘साथीलाई चिठ्ठी’ कविता द्वितीय, दमक, झापाका कवि विष्णु न्यौपानेको ‘देश दुखेको छ’ शीर्षकको कविता तृतीय, र उदयपुरका कवि जीवन चाम्लिङको ‘नानीहरूको पाठशाला’ कविता सान्त्वना भएको छ  । उनीहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार र ६ हजारले पुरस्कृत गरिएको संस्थाकी उपाध्यक्ष मिश्र बैजयन्तिले जनाइन् । पूर्वाञ्चलका ५७ जना प्रतियोगि सहभागिमध्ये उत्कृष्ठ २५ मा पर्न सफललाई रचना वाचनका लागि सहभागी बनाइएको थियो ।

0 प्रतिकृया:

Post a Comment