स्वास्थ्य शिविरमा डा. चाङ

सुरुङ्गा । डाक्टरको पहुँचमा पुग्न नसक्ने विरामीहरुलाई लक्षित गरी सुरुङ्गामा एक दिवसिय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।    वडा नागरीक मञ्च कनकाई नगरपालिका वडा नं.३ र ४ को आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सम्पन्न शिविरमा सातसय जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको आयोजक समितिका सदस्य गोविन्द पौडेलले वताए ।
डाक्टर चाङ सुपर स्पेसियलिटी हस्पिटल सिलिगुडीवाट डाक्टर चाङको नेतृत्वमा आएका विशेषज्ञ डाक्टरहरुवाट स्वास्थ्य परीक्षण गरीएको हो । शिविरमा हाड, जोर्नी, नशा, मुटु तथा दाँत रोग सम्वन्धि विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको हो । परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई डाक्टर चाङको हस्पिटल सिलिगुडीमा रेफर गरीएको छ । शिविरमा सगुन, सगोल, अग्रसर महिला कृषि सहकारी संस्था लि., कनपा ४ सहप्रायोजकका रुपमा रहेका थिए । नेरेसो उपशााखा सुरुङ्गा, सहकार्य युवा क्लव, ज्ञानज्योती युवा क्वल, मार्गदर्शन नेपाल, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्र लगायतका सामाजिक संस्थाहरुको सहयोगी भुमिका रहेको आयोजक समितिका सदस्य यदु अधिकारीले वताए ।  दप प्रज्वलन गर्दै डाक्टर चाङले शिविरको उद्घाटन गरेका हुन् । वडा नागरीक मञ्च वडा नं. ४ का संयोजक राम घिमिरेको सभापतित्व एवं वडा नं. ३ का संयोजक यामनाथ सेढाईले स्वागत गरेको कार्यक्रममा चन्द्र मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले शिविर सफलताको शुभकामना दिएका थिए ।

0 प्रतिकृया:

Post a Comment