चट्याङले ठुलो जनधनको क्षति, २ को मृत्यु

बिर्तामोड । शुक्रबार राती पानीसँगै परेको चट्याङ लागेर झापामा ठुलो मात्रा धनजनको क्षति भएको छ । दुईजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । चट्याङ लागेर चौपायादेखि बिभिन्न इलेक्ट्रीक लगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मुत्यु भएको हो । त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कन्काई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
 चट्याङ लागेर भद्रपुर १० का बिर ब. राजबंशीको एउटा गाई, जलथल ६ का श्रीप्रसाद ओलीको एउटा गाईको बाछी, हल्दीबारी ८ की सुमित्रा लुईटेलको एउटा भैसी, शनिअर्जुन ४ का हरी गिरीको एउटा लैनो भैसी र गौरादह ९ का शुकु राजवंशीको एउटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले धेरै सर्बसाधारणको घर, पसलमा जोडिएका टेलिभिजन, फ्रिज, इन्भर्टर, फ्यान, इन्टर्नेट जडानका सामान क्षति भएको छ । चट्याङका कारण एक दर्जन बढी सर्बसाधारण घाइते भएको र ती उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment