खानेपानीको साधारणसभामा सम्मान

लखनपुर । लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार  तेस्रो साधारण सभा सम्पन्न भएको छ । लखनपुर १ स्थित समितिको कार्यालयमा भएको सभामा समितिका संस्थापक अध्यक्ष भोजकुमार घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख चोक प्रसाद धितालले सम्मान गरेका थिए । समितिले ५ उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा लखनपुर ३ का राजेन्द्र प्रसाद राई, १ का लिलम पौडेल , असल बहादुर पराजुली, निर्मला पराजुली र श्रीबहादुर लामा रहेका छन् । पानीको महसुल नियमित बुझाउने उपभोक्ताहरुलाई उत्कृष्ट उपभोक्ता भनेर सम्मान गरिएको हो । कार्यक्रममा ३२ लाख ४६ हजार २सय ३६ रुपैयाँ आय र १५ लाख ३६ हजार ९ रुपैयाँ ब्यय रहेको आर्थिक प्रतिवेदन समितिकी अध्यक्ष उषा भण्डारीले प्रस्तुत गर्नु भएको ब्यवस्थापक सूर्य बहादुर बिष्टले जानकारी दिए । सभामा समाजसेवीहरु पूर्णानन्द शर्मा, दिलिप राई  लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment