दमक । दमकको वार्ड नम्बर १३ स्थित रतुवाखोला बगरमा शनिवार वेवारिसे शब भेटिएको छ । बिहान ८ वजे बगरमा कुुकुरले खाइरहेको बेला बाटो हिड्ने मान्छेले देखेपछि प्रहरीलाई खवर गरेका थिए । अन्दाजी ५० बर्षको मंगोलियन वर्णको जस्तो देखिने शवलाई उठाएर पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सेतो र निलो रंगको टिस र निलो जिन्स पेन्ट लगाएको ब्यक्तिको शव रहेको प्रहरीले जनाएको छ ।
0 प्रतिकृया:
Post a Comment