हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

एमालेले विदेश जान रोक लगायो – मुख्य समाचार

महरा पनि विदेश नजाने
काठमाडौ, चैत्र ३/नेकपा एमालेले शान्ति र संविधानको प्रक्रिया नटुंगिएसम्म आफ्ना शीर्ष नेता तथा सभासदहरुलाई विदेश जानबाट रोक लगाएको छ । नेताहरुको ठूलो टोल्ऽी विदेश जान लागेको समाचार सार्वजनिक भएर त्यसको आलोचना बढेपछि एमालेले उक्त निर्णय गरेको हो ।

एमाले संसदीय दलको बिहीबार जारी बैठकमा पहिलो प्रस्तावको रुपमा नेताहरुको विदेश भ्रमण बारे चर्चा भएको थियो । सो प्रस्ताव उपर छलफल भएर सर्वसम्मत ढंगले शान्ति र संविधान प्रक्रिया नटुंगिएसम्मका लागि नेताहरुको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको एमाले सभाषद् रामनाथ ढकालले बताए । युवा सभासदहरुले नेताको विदेश भ्रमणप्रति आपत्ति जनाएका थिए ।
जारी बैठकमा अध्यक्ष झलनाथ खनालले विदेश भ्रमणमा रोक लगाईको सर्वसम्मत निर्णय सुनाएका छन् । पार्टीको यो निर्णयसंगै शुक्रबार स्विट्जरल्याण्ड जाने तयारीमा रहेका ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली र उषाकला राईको भ्रमण रद्द हुने भएको छ । पोखरेल र रावल सेना समायोजन विशेष समितिको सदस्य पनि हु्न् । समितिमा रहेका अन्य पार्टीका नेताहरु समेत विदेश जाने भएपछि समितिको बैठकलाई कोरम नपुग्ने स्थिति रहेको थियो ।
यस्तै माओवादी नेता कृष्णबहादुर महराले पनि आफ्नो स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् । ठूलो संख्यामा नेताहरु विदेश भ्रमण जान लागेकोमा आलोचना तिव्र भएपछि महराले अन्तिम समयमा नजाने निर्णय लिएका हुन् ।
अधिकारकर्मी पद्मरत्न तुलाधारको आग्रहमा आफू त्यस तर्फ जाने तयारी गरेपनि अहिले भ्रमण स्थगित गरेको महराले बताए । शान्ति र संविधान प्रक्रियामा तिव्रता दिनुको साटो विभिन्न दलका १६ जना नेता शुक्रबार नेपाल ट्रान्जिसन टु पिस, एसिया फाउन्डेसन र स्विट्जरल्यान्ड सरकारको सहकार्यमा जेनेभामा हुन लागेको शान्ति प्रक्रिया र संविधान निर्माण कार्यक्रममा जाने तय भएको थियो । नेताहरु चैत्त ३ मा गएर १० दिनपछि फर्किने कार्यक्रम रहेको छ ।

सरकार र शिक्षकबीच सहमति

काठमाडौं, चैत्र ३/निरन्तरको वार्तापछि सरकार र शिक्षकबीच सहमति भएको छ । शिक्षकहरुको मागमा सरकारले सहमति जनाए लगत्तै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले जानकारी दिए ।
बिहीबार शिक्षा मन्त्रालयमा प्रमुख दलका प्रतिनिधिसहितको उपस्थितिमा भएको वार्तामा बुधबार भएको प्रारम्भिक सहमतिलाई अन्तिम रुप दिइएको छ । ‘हिजो भएको सहमतिमा महिला प्रधानाध्यापकलाई विशेष अंक र महिला शिक्षकलाई निजामति कर्मचारी सरह सुत्केरी खर्च दिने बुँदा थपिएको छ’ वार्तामा सहभागी नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले जानकारी दिए ।
वार्तामा शिक्षक तथा विद्यालय कर्मचारीको मागलाई शिक्षा ऐन संशोधन मार्फत सम्बोधन गर्ने सहमति भएको छ । संसदमा गएको शिक्षा ऐन संशोधन विधेयकमा सहमति अनुसारका बुँदा थप्न पहल गर्ने सरकार र दलका प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिले भएको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले संयुक्त आन्दोलन गरेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो । यसपटकको वार्तामा दलका प्रमुख सचेतक र प्रतिनिधि समेतको सहभागिता रहेकाले सहमति कार्यान्वयन हुनेमा शिक्षकहरु ढुक्क छन् ।

मोर्चाको बन्द प्रतिकारमा लिम्बुवान

धरान, चैत्र ३/संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले मेची–कोशी बन्द आव्हान गरेपछि लिम्बुवानजन्य संगठनहरुले संयुक्त प्रतिकार गर्दै बिहीबार मोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पूत्ला जलाएका छन् । संघीय लिम्बुवानवादी संगठनका कार्यकर्ताले बन्दको प्रतिकारमा उत्रेको जनाउँदै धरानमा बजार, यातायात खुला गरेका थिए ।
 बन्द प्रतिकारमा बिहीबार दमकमा आयोजित कोणसभा

मोर्चाका केही कार्यकर्ताले धरानमा बिहान बजार, यातायात, शैक्षिक संस्था र उद्योग कारखाना बन्द गर्न उर्र्दी जारी गरेपनि कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संजुहाङ पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान राज्य परिषद्ले बन्दको प्रतिकारमा उत्रिएर  माइकिङ गरेको थियो ।
मोर्चाले संघीयताको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ । तर, पूर्वका संघीयावादी संगठनहरुले मोर्चाको मागलाई पूरा हुन नदिने भन्दै प्रतिकारमा उत्रिएका हुन् ।
यसैबीच मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले कसैले संघीयता बिरोधी कार्यगरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
परिषद्ले बिहीबार दमकमा कोण सभाका बक्ताले संघीयता स्थापनाका लागि सबै प्रकारका संघर्ष जारी राखिने बताए । कोणसभामा परिषद्का सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ्, धिमाल स्वायत्त परिषद्का
महासचिव केदार धिमाल, लिम्बूवान राज्य परिषद्का दमक नगर सह–सचिव सोमनाथ ढुङ्गाना, संघीय युवा मञ्चका क्षेत्रीय अध्यक्ष देवु गड्तौला लगायतले बोलेका थिए ।

अस्वभाविक क्रियाकलाप हेर्नेको भीड

पिपुल्स टाइम्स समाचार
उर्लाबारी, चैत्र ३/मोरङको इटहरा–७ को सिकिमे टोलका मनमाया बस्नेतको घरमा अस्वभाविक क्रियाकलाप देखिएपछि  अहिले हेर्नेको मानिसहरुको  घुँइचो लागेको छ । सो घरलाई प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ ।
बस्नेतको घरमा तीन दिनअघि खोले पकाउदै गर्दा एक्कासी भाडो घोप्टिएपछि अकस्मात अनौठा गतिविधिहरु हुन थालेका स्थानीयबासी बताउँछन् । बस्नेतका नातेदार स्थानीय ध्रुव सिलवालले बारम्बार खाट, दराज लडाउने, कपडा तथा थालबटुका पल्टने, झर्ने, घरको छानोबाट धुवाको मुस्लो निस्किने जस्ता अनौठा गतिविधि दोहोरिएको बताए । उनले बस्नेतको घरभित्र प्रवेश गर्नासाथ धेरैजसो पुरुषका पेन्ट आफै तानिने, महिलाका केस तानिने जस्ता अस्वभाविक क्रियाकलाप भएको समेत बताए ।
 बस्नेतको घर सुरक्षार्थ खटिएका प्रहरी ।

अस्वभाविक क्रियाकलापहरु हुन थालेपछि सो ठाउँमा स्थानीय र झापा, मोरङका मानिसहरुको भीड लागेको स्थानीय नवीन अर्यालले बताए । उनका अनुसार बस्नेत परिवारले त्यस्तै किसीमको गतिविधि गत साउन ४ गते यता घरमा फाट्ट फुट्ट हुदै आएको बताएको जनाएका छन् । ‘सुरुमा ढुङ्गा हान्ने गरेको र चोर हो की भनेर केही दिन निगरानी गरेपनि केही तथ्य फेला परेन तर ३ दिन यता भने अनौठो दुष्य देखिन थालेपछि आश्चर्यचकित भएकी छु’ मनमाया बस्नेतले भनिन् ।
दुर्गा माबिका शिक्षक धुव्रप्रसाद शिलवालले सो घटनाले आफू आश्चर्यमा परेको बताए । अनौठा घटना बारम्बार दोहोरिएपछि बस्नेत परिवार घर छाडेर आफन्तको घरमा बस्न थालेका छन् । मनमायासहित पाँचजनाको परिवार  सोही ठाउँका  नातेदार ध्रुव शिलवालको घरमा बस्दै आएका बताइएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी सहायक निरीक्षक सूर्य खड्काले मानिसहरुको भीडभाडका कारण बस्नेतको घर सुरक्षा घेरामा राखिएको बताए ।

आर्थिक समृद्धिका लागि उर्जा संकट हटाईनुपर्ने

भद्रपुर, चैत्र ३/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले आर्थिक समृद्धिका लागि सरकारले उर्जा संकट न्युनिकरणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
औद्योगीक समृद्धि नभएसम्म आर्थिक क्रान्ति सफल नहुनेमा जोड दिँदै उनले उर्जा संकट अहिलेका लागि मुख्य चुनौती रहेको बताए । बिहीबारबाट भद्रपुरमा शुरु भएको झापा उद्योग संघको २३ औं साधारण सभामा उनले उर्जा संकट अन्त्यका लागि सहयोग गर्न निजी क्षेत्र समेत तयार रहेको बताए । अस्थिर राजनीतिका कारण नेपाली उद्योग वाणिज्य क्षेत्रले गति लिन नसकेको बैद्यले उल्लेख गरे ।
यस्तै वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले आर्थिक तथा व्यवसायीक समृद्धिका लागि गम्भिर बन्न दलहरुलाई आग्रह गरे । यस्तै महासंघका पूर्व–अध्यक्ष चण्डिराज ढकालले उद्योगहरु धरासायी बनि रहँदा समेत सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । साधारण सभाले आज (शुक्रबार) नयाँ नेतृत्व सार्वजानिक गर्ने बताईएको छ ।

कल्भर्ट र ग्राभेल शुरु

धरमपुर, चैत्र ३/धरमपुर–८ मा बिहीबार कल्भर्ट तथा ग्राभेल निर्माण शुरु गरिएको छ । ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) र स्थानीयवासीको १० लाख ५८ हजार ५ सय ४४ रुपैयाँको लागतमा कल्भर्ट निर्माण तथा ग्राभेल शुरु गरिएको हो ।
सो अन्तर्गत १ किलोमिटर सडक ग्राभेल समेत गरिने चौरीटोल ग्रामीण सडक तथा कल्भर्ट निर्माण
समितिका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिए । सडक तथा कल्भर्ट निर्माणका लागि आरआरएनले ८ लाख १८ हजार ६९ रुपैयाँ सहयोग गरेको जनाइएको छ । थप लागत स्थानीयबासीहरुले जुटाउने छन् ।
निर्माण शुरु कार्यक्रममा आरआरएनका इन्जिनियर प्रेम बाँस्तोला, स्थानीय सचेतना केन्द्रकी प्रमुख शर्मिला तामाङ, स्थानीय अगुवाहरु खड्गबहादुर नेम्बाङ,  रत्न लक्ष्मी राई, समितिका अध्यक्ष श्रेष्ठ लगायतले बोलेका थिए ।

नेपालको बिजयी यात्रामा धक्का – खेल समाचार

काठमाडौ, चैत्र ३/आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । पपुवा न्युगिनीसँगको खेलमा नेपालले निर्धारित २० ओभरमा १ सय २ रनमात्र बनाउन सकेको हो ।
२० ओभरमा ८ विकेट गुमाउँदै पपुवा न्युगिनीले १३७ रन बनाएको थियो । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा पपुवान्युगिनीले नेपाललाई १३८ रनको चुनौती दिएको थियो । यसअघिका दुवै खेलमा विजयी रहेको नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ । मंगलबार नेपालले हङकङलाई २८ रनले पराजित गरेको थियो भने बुधबार डेनमार्कलाई ९ विकेटले हराएको हो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

ठक्करबाट वितरक घाइते

उर्लाबारी, चैत्र ३/मोरङको राजघाट–५ जोरबाटोमा बिहीबार बिहान नागरिक दैनिक र स्थानीय निगरानी दैनिकको सवारीसाधान एक–आपसमा ठोक्किँदा एक युवा गम्भिर घाइते भएका छन् ।
उर्लाबारीबाट बिराटनगरतर्फ जाँदै गरेको को १ च ५२४६ नम्बरको नागरिक दैनिकको पिकअप भ्यान र इटहराबाट उर्लाबारीतर्फ फर्कदै गरेको को ९ प ६४१४  नम्बरको निगरानी दैनिकको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा निगरानी दैनिकका बितरक उर्लाबारी–२ का चक्रबहादुुर वाइवा घाइते भएका छन् । उनको खुट्टामा गहिरो चोट लागेको छ । घाइते वाइवाको उर्लाबारी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापामा पत्रिका पु¥याएर बिराटनगर फर्कदै गरेको नागरिक दैनिकको पिकअप भ्यान र इटहरामा पत्रिका पु¥याएर उर्लाबारी फर्कदैं गरेका मोटरसाइकल दुर्घटनामा परेका हुन् । पिकअप भ्यानको अगाडिको सिसा चर्किएको छ । मोटरसाइकल क्षतिग्रत भएको छ । दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ ।

एफएममा बिस्फोट

पाल्पा, चैत्र ३/रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बुधबार दिउँसो ३ बजे शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
बम बिस्फोट भवनको बीच तलामा भएको हो । यसबाट भवनको बीच तल्ला ध्वस्त भएको छ । भवनको पहिलो तलामा माओवादी कार्यकर्ताको भान्छाकोठा साथै दोस्रोमा माओवादी जिल्ला नेताको निवास र तेस्रो तल्ला रेडियो पश्चिमाञ्चल रहेको छ ।
बिस्फोटका बेला माओवादी जिल्ला इन्चार्ज बसन्त शर्मा सोही तलामा रहेका थिए । उनलाई भने केही भएको छैन । बिस्फोट भएको स्थानमा ब्याट्री र तार भेटिएको छ । बिस्फोटबाट छिमेकमा रहेको पत्रकार जगदीश भट्टराईको कैलाशनगर पब्लिकेशनमा समेत क्षति पुगेको छ । भट्टराईको घरका सबै सिसा फुटेका छन् । बिस्फोट भएको भवनसँगको रामप्रसाद श्रेष्ठको घरमा समेत सामान्य क्षति पुगेको छ । बिस्फोटको ४५ मिनेटपछि पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । डेटोनेटरको तार र गोलीका छर्रा भेटिएको प्रहरी नायब उपरीक्षक मीरा चौधरीले बताइन् । बुटवलबाट अनुसन्धान टोली झिकाइसकिएको चौधरीले बताइन् ।

सिनेमा बिक्री गरिएन – फिल्मी

‘चपली हाइट’लाई खरिद गर्ने लगातारको प्रयास असफल भएको छ । अन्ततः निर्माता अर्जुनकुमारले सिनेमा बिक्री नगर्ने निणर््ँय गरे । पैसामा मतैक्यता नभएपछि ‘चपली हाइट’ बेचिएन । वितरक समेत रहेका नरेन्द्र महर्जनले सिनेमाको लगानीभन्दा १५ प्रतिशत बढी रकम ४० लाखमा सिनेमा खरिद गर्ने प्रयास गरेका थिए । यदि बेचिएको भए ‘चपली हाइट’लाई लगानीमात्र होइन मुनाफा पनि हातमा पर्ने थियो । अर्जुनकुमारले ५० लाख बटमलाइन ताकेर रिलिजपछिको अदृश्य आम्दानीको जोखिम मोलेका छन् । यद्यपी, सिनेमाले लगानी उठाउनेमा कुनै शंका छैन ।
प्रदर्शन र वितरण्ँ
वितरक स्वयम नरेन्द्र महर्जन हुन् । वितरण्ँवापतको १५ लाख यिनले लिनेछन् । सिनेमा डीसीएन सर्भरसहितका ६० थिएटरमा रिलिज हु“दैछ । व्लकबस्टर ‘लुट’ रिलिज भएका हल र उस्तै शैलीमा ‘चपली हाइट’लाई रिलिज गरि“दैछ । मल्टिप्लेक्स हलले आधा दर्जन सोजहरु पहिलो साता उपलब्ध गराउने अपेÔा गरिएको छ । ‘लुट’लाई क्यूएफएक्सले चौंथो साताको विकेन्डमा अधिकतम १५ सोज दिएको थियो । वितरक महर्जन पहिलो साता मल्टिप्लेक्स सोज आधादर्जन हुने बताउ“छन् ।

गुगल स्पेस र सोसलसाइट
सिनेमा पब्लिसिटी र मार्केटिङको आधुनिक माध्यम इन्टरनेटको सर्च इन्जिन गुगलमा ‘लुट’पछि सर्वाधिक स्पेस लिने सिनेमा हो –‘चपली हाइट’ । गुगलले ० दशमलव २९ सेकेन्डमा ‘चपली हाइट’का ४८ हजार ३०० पेजहरु देखाउ“छ । ‘लुट’लाई गुगल स्पेसमा ‘चपली हाइट’ले फलो गरिरहेको छ । विद्युतीय जालो (इन्टरनेट) को साझेदारी साइटहरु युट्युव, फेसबुक र ट्वीटरमा ‘चपली हाइट’लाई सब्सक्राइव, फ्रेन्ड रिक्वेस्ट र फलो गर्नेहरु धेरै छन् । एकसातामै ट्रेलर र म्युजिक भिडियोलाई युट्युवमा हेर्नेको संख्या हजारौं पुगेको छ ।
परम्परागत पब्लिसिटी
सिनेमाको परम्परागत पब्लिसिटीका माध्यम (रेडियो, टेलिभिजन, अखबार र होर्डिङबोर्ड) यतिबेला ‘चपली हाइट’मय छन् । होर्डिङ बोर्डमा ४ लाख जति नोक्सान बेहोर्नुपरेपनि सिनेमाले त्यसलाई सजिलै रिकभर गर्नेछ । लगातारको कन्ट्रोभर्सीलाई फलो गरिरहेका अखबार, टिभी र रेडियोको प्रवाहले पनि चर्चा दिलाइरहेको छ । लोडसेडिङ र इन्टरनेटको प्रभुत्वको कारण्ँ परम्परागत मिडिया भुत्ते भैरहेको बेला ती माध्यमको पहु“चमा रहेका प्रापकस“ग पनि ‘चपली हाइट’ले गतिलैस“ग स्पेसको निर्माण्ँ गरिरहेको छ ।
रिलिजपछिको पिकअप र स्टारपावर
वितरकहरु ‘चपली हाइट’को इनिसियल विवरण्ँ आक्रामक हुने दावी गर्छन् । सिनेमालाई ‘जुवा’स“ग तुलना गर्ने हो भने त्यसको परिण्ाँम जस्तो पनि हुनसक्छ । यद्यपी, दर्शकीय मनोविज्ञान र बिक्ने कन्टेन्ट बुझेका हस्ती वितरकको अनुमान गलत नहुन सक्छ । एउटा निर्विवाद तथ्य के हो भने ‘चपली हाइट’को विकेन्डपछाडिको व्यापार यसको ‘वर्ड अफ माउथ पब्लिसिटी’मा निर्भर हुनेछ । स्वयम प्रोड्युसरले स्वीकारेको कुरा हो यो । स्टारपावरभन्दा पनि कन्टेन्टका कारण्ँ चर्चायोग्य यो सिनेमा कन्टेन्टकै कारण्ँ दर्शकलाई तान्न बाध्य हुनुपर्नेछ ।