हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

५१ परिवारका २ सय ७८ जना बिस्थापित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
बेलडाँगी/झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बिहीबार राति भएको आगलागीबाट ५१ परिवारका २ सय ७८ जना बिस्थापित भएका छन् ।
बेलडाँगी २ को सेक्टर बी ४ छाप्रा नम्बर २५ का रामचन्द्र बाँस्कोटाको छाप्राबाट करिब साढे १२ बजेतिर सुरु भएको आगलागी थियो ।
सडक किनारमा बिस्थापितहरु
 स्थानीय सशस्त्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक बिजेन्द्र रिमालले शुक्रबार दिनभर उद्धारको कार्य गरिएकाले क्षतिको यकिन विवरण आइनसकेको बताए ।
आगलागीबाट ३४ छाप्रा जलेका हुन् भने अन्य सुरक्षाका लागि भत्काइएको लुथरन विश्व फेडेरेशनले जनाएको छ । लुथरनका अनुसार बि–४ का २६ छाप्रा जलेका छन् भने थप १४ ओटा सुरक्षाका लागि भत्काइएका छन् । यस्तै आगलागी बि–२ का ४ ओट छाप्रा जल्नुका साथै ४ ओटा भत्काइए ।
शुक्रबार स्थानीयबासी, दातृनिकायका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुले आगलागीको भग्नावशेषमा रहेका बिभिन्न समान छुट्याएका थिए । 
खरानी कोट्याएर कागजात खोज्दै एक शरणार्थी
बिस्थापितहरुलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग, कारितास नेपाल लगायतका निकायले अस्थाई रुपमा बसोबासको व्यवस्था मिलाएका छन् । उनीहरुलाई सामूहिक रुपमा खाना खुवाउने व्यवस्था समेत मिलाईएको छ । बिस्थापितहरुलाई केहि दिनका लागि स्थानीय पञ्चवटी विद्यालयमा बसोबास र अर्को पाठशालामा सामूहिक खानाको व्यवस्था मिलाईएको शिवर सचिव डिबी सुब्बाले बताए । आज बिहानैबाट विस्थापितहरुको बसोबासको व्यवस्थाका लागि आवश्यक कार्य गरिने उनले जानकारी दिए ।
आगालागी भएको स्थानमा शुक्रबार बिहान झापाका प्रमुख जिल्ला अधिकारी तथा शरणार्थी समन्वय ईकाईका निर्देशक नरेन्द्रराज शर्माले अवलोकन गरे । अवलोकन पश्चात बिस्थापितहरुलाई शिघ्र राहत तथा बसोबासको व्यवस्था मिलाईने उनले बताए । तत्कालिनको व्यवस्थाका लागि दैवी प्रकोप उद्धार समितिले झापाले प्रति विस्थापित परिवारलाई १ हजार रुपैया प्रदान गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटीले पनि  प्रारम्भिक राहतको व्यवस्था गरेको छ ।
बिस्थापितहरुलाई शुक्रबार नै रेडक्रसले लत्ता कपडा तथा खाना पकाउने भाडा, कारितासले सरसफाईका विभिन्न सामग्री र कपडाहरु वितरण गरेको छ । ति मध्ये ५ जना अपाङ्गलाई कारितासले २÷२ सेट कपडा र ५ वर्ष मुनीका १३ जना बालबालिकालाई २ सेट लुगा, १ ब्याग र किताब लगायतका सामग्री वितरण गरेको छ ।
त्यस्तै लुथरन विश्व फेडेरेशनले स्टोभ १÷१ वटा, ब्लाङ्केट १÷१ थान र पानी बोक्ने भाडाहरु वितरण गरिएको क्याम सचिव सुब्बाले जानकारी दिए ।
राति लागेकोे आगलागी सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालयको टोली र शरणार्थीहरुको सहयोगमा दमक नगरपालिकाको दमकलले २ घण्टामा नियन्त्रणमा लिएको थियो । आगलागीको कारण अझैसम्म पनि खुल्न सकेको छैन । भुटानी शरणार्थी शिवरमा पटक–पटक यस्ता घट्ना हुने गरेका छन् । केहि महिना अघि समेत बेलडाँगी शिविरमा नै आगलागी भएको थियो ।

‘एक लोटा पानी पनि पाईन’ – उपमुख्य समाचार

दनदनी बलेको छानो खसेर राप आउन थालेपछि मात्र रामचन्द्र बाँस्कोटाको निद्रा खुल्यो । तर निद्रा खुल्नसाथ उनी अर्धमुर्छित भए । उनले भने– ‘मैले त केहि देखिन, दनदनी बलेको छानो खसिरहेको थियो तर पनि मलाई अन्धकार झैँ भयो ।’ उनी गोलधाप शरणार्थी शिविरका पूर्व सचिव पनि हुन् । उनी गत जेठमा बेलडाँगी शिविर बसाई आएका हुन् ।

आगोले छानो टिपीसकेपछि ८ वर्षकी सानी छोरी च्यापेर श्रीमती निस्किएपछि उनी आगो निभाउन धुरीमा उक्लिए । ‘म आगो निभाउन ४ चोटी छानामा उक्लिँदै र ओर्लिदै गरे, त्यतिन्जेलमा वरिपरी मान्छेको भीड पनि लागिसकेको थियो तर मैले पानी–पानी भनेर चिच्याउँदा कसैले एकलोटा पानी पनि दिएनन्’–उनले तितो पोखे ।
‘आगोलागेपछि बाहिर निस्किएर सोध्दा १ बज्यो भन्थे’– शुक्रबार आफ्नै घर डढेको खरानीको डङ्गुर उधिन्दै उनले भने–‘मेरो केहि रहेन, बिभिन्न समूह तथा समितिमा रहेर काम गरियो । त्यसका बिभिन्न प्रमाण पत्र थिए, सबै गए ।’ बेलडाँगी–२ को सेक्टर–बी ४ छाप्रा नम्बर २५ का बाँस्कोटाको छाप्राबाट आगलागी शुरु भएको थियो ।

एघार दल खारेज

काठमाडौं/पटक–पटकको ताकेतापछि पनि हिसाबकिताब नबुझाएपछि निर्वाचन आयोगले ११ वटा दल खारेज गरेको छ । ति दलहरु आयोगको सूचनालाई अटेर गरी सम्पर्कमा नआएपछि शुक्रबार खारेज गरिएको हो ।
खारेजीमा परेका दलहरुमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाली राष्ट्रिय जन भावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी छन् । नेकपा (मालेमा केन्द्र) भने यसअघि एकीकृत नेकपा (माओवादी) सँग एकीकरण भइसकेको छ । आयोगले भने उक्त पार्टीलाई पनि खारेजीको सूचीमा राखेको छ ।
‘आयोगले आयव्यय बुझाउन पटक–पटक गरेको ताकेता ११ वटा दलले वास्ता नगरेकाले खारेज गरिएको हो’ आयोगका उपन्यायाधिवक्ता बद्रीप्रसाद ओलीले भने ।१८ वटा दलले तोकिएको समयमा आयव्यय नबुझाएपछि सातदिनभित्र सम्पर्कको लागि सूचना जारी गरेको थियो । त्यसमध्ये ७ वटा दल सम्पर्कमा आएपछि सय रुपैयाँको दरले जरिवाना गरिएको छ ।

ब्राह्मण समाजको बन्द स्थगन

दमक/ब्राह्मण समाज नेपालले आगामी फागुन–२१ गर्ने भनेको नेपाल बन्द स्थगन गरेको छ ।
बिभिन्न जातीय संस्थाहरु बीच कार्यगत एकता गरी निर्णायक आन्दोलनको तयारीका लागि नेपाल बन्द स्थगन गरिएको शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार मोहन भण्डारीले जातीय राज्य र जातीय आरक्षणको बिरोधमा रहेका बिभिन्न संस्थाहरु बीच कार्यगत एकता शुरु भइसकेको बताए । यस्तै समाजका केन्द्रीय सह–अध्यक्ष लक्ष्मी संग्रौलाले नेपालमा जातीय राज्य सम्भव नरहेको उल्लेख गर्दै समाज यसको बिपक्षमा रहेको बताए ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बासुदेव भट्टराई, केन्द्रीय सचिव डिल्ली उप्रेती, केन्द्रीय सदस्य छविरमण निरौला, जिल्ला अध्यक्ष टीकाराम खरेल, दमक नगर अध्यक्ष महेश पोखरेल लगायतले बोलेका थिए । यस्तै समाजले शुक्रबार गरेको पूर्वाञ्चल बन्दका कारण बजार, पसल तथा यातायात बन्द रहे ।
बन्द सफल पार्न दमकमा भएको कोणसभाका वक्ताले आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने
चेतावनी दिए । कोण सभामा बिष्णु अधिकारी र राधा पोखरेलले कविता वाचन गरेका थिए भने समाजका जिल्ला सदस्य युवराज पौडेल सागर, अम्बिका सिटौला लगायतले बोलेका थिए ।

गाउाको सुरक्षामा महिलाहरु

विष्णु सुब्बा
लखनपुर/झापा लखनपुर–१ का महिलाहरुको हिजोआज दैनिकी बदलिएको छ । सधै घरायसी कामकाजमा खटिने उनीहरु अहिले सा“झ पर्नासाथ गाउ“का सुरक्षामा जुट्छन् । गाउ“लाई जाडरक्सी, लागुऔषधबाट हुने सामाजिक उच्छृंखल नियन्त्रण गर्न केहीसमयदेखि त्यस क्षेत्रका महिलाहरुले रात्री गस्ती अभियान सञ्चालन गरेका छन् ।
लखनपुर–१ र २ को मंगलबारे बजार आसपासका क्षेत्रमा स्थानीय आमा समूह र सगुन युवा क्लबका युवाहरु संगठित भइ गाउ“लाई सामाजिक उच्छृंखलमुक्त बनाउन रात्री गस्ती अभियान थालेका छन् । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्थाकी सदस्य रहेकी चन्द्रकला सुब्बा भन्छिन्–‘गाउ“लाई स्वच्छ वातावरण बनाउन अभियान थालेका हौ“ ।’ जा“डरक्सी खाएर हो–हल्ला गर्ने कार्य बढेपछि त्यस्तो गस्ती गरिने कार्यलाई अगाडि बढाइएको उनले जनाइन् ।
गस्तीमा अधिकांश कामकाजी महिलाहरु बेलुका ७ बजेदेखि भेला भई गाउ“ चहार्छन् । दर्जनबढी महिलाहरुको जमातले बेलुका ८ बजेपछि स्थानीय जा“डरक्सीको पसल आफै नै बन्द गराउ“दै खबरदारी गर्छन् । ‘हामीले पसल चलाउने ब्यापारीलाई भन्दा सेवनकर्तालाई सम्झाई बुझाई गर्छौ ।’ आमा समूहकी सल्लाहकार रत्नकुमारी राईले भनिन् । जा“डरक्सीको सेवनबाट नै समाज दुर्गन्धित भएकाले ति क्षेत्रमा रातिपखको ब्यापारमा नियम बसाएका उनले जनाए । स्थानीय सगुन युवा क्लबले गाउ“मा ८ बजेपछि होटलजन्य पसल बन्द तथा जा“डरक्सी सेवन गरेर हो–हल्ला गरे सामाजिक कार्वाही गर्ने अभियान थालेको क्लबका अध्यक्ष गणेश आङ्देम्बेले बताए ।
‘गाउ“मा जा“डरक्सी र लागुऔषध सेवन गरेर रातीपख सुत्न नसकिने वातावरण थियो ।’ अध्यक्ष आङ्देम्बे भन्छन्–‘गाउ“लाई बनाउनुपर्छ, आफै जुट्नुपर्छ भन्ने यो अभियानको यथार्थता हो ।’ उनले पुरुष भन्दा महिलाहरुको गस्ती कार्य प्रभावकारी भएकाले पहिलो चरणमा उनीहरुलाई समावेश गरिएको बताए । ‘महिला अघि अघि हामीपछि खटिरहेका हुन्छौ“’– अध्यक्ष आङ्देम्बेको भनाई छ ।
गाउ“मा थालिएको त्यस्तो अभियानको सकारात्मक प्रभाव पर्दै गएको
छ । रातिपख अबेरसम्म जा“डरक्सी सेवन गर्नु हु“दैन भन्ने सचेतना सो अभियानले दिएको स्थानीयबासीहरुको बुझाई छ । ‘गाउ“मा सभ्य वातावरण बनाउन थालिएको कार्य प्रशंसनीय छ’– सामाजिक अगुवा ऋषिकेश सुवेदीको अनुभव छ । गाउ“मा रात्री गस्ती कार्य थालिएपछि सधै झै रातीपख हो–हल्ला, भैm–झगडा जस्ता सामाजिक उच्छृंखल गतिविधिहरुमा कमी आएको बताइएको छ । गस्तीलाई निरन्तरता दिने र सामाजिक वातावरण खलबल पु¥याउने कार्य दोहो¥याए त्यस्ता उपर सामाजिक कार्वाही तथा दण्डीत गरिने सोच बनाएको क्लबका सचिव रोशन दाहाल बताउ“छन् ।

पत्नीहत्या आरोपी पक्राउ

इलाम/कोल्बुङग गाविस–३ का धनबहादुर लेप्चालाई पत्नी हत्याको आरोपमा शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । ३९ वर्षीया फूलमाया लेप्चालाई कुटपिट गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई गिरफ्तार गरेको हो । घरनजिकै फूलमायाको लास फागुन १३ गते भेटिएपछि स्थानीयले उनको हत्या भएको आशंका गरेका थिए ।
मृतकको शरीरमा चोट र निलडाम समेत भएकाले पीडितको हत्या गरेको हुनसक्ने भएकोले अनुसन्धानका लागि धनबहादुरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ । घटनाका कारण स्पष्ट नभएको पराजुलीले जानकारी दिए ।

‘नेपालमा अमेरिकी सेना’

काठमाडौ/अमेरिकी सेनाको महत्वपूर्ण फोर्स नेपालमा रहेको खुलासा भएको छ । अमेरिकास्थिति पेन्टागनका वरिष्ठ अधिकारीले नेपाल लगायत दक्षिण एसियका अन्य ४ वटा देशमा अमेरिकी सेना तैनाथ भएको खुलासा गरेका हुन् । तर, सरकारले भने यसबारेमा कुनै आधिकारीक जानकारी सार्वजनिक गरेको छैन । 
अमेरिकाले आतंकवादको विरोधमा अमेरिकी सेनालाई तैनाथ गरिएको बताएको छ । नेपालका साथै भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामा अमेरिकी सेना तैनाथ रहेको बताइएको छ । अमेरिकाले दक्षिण एसियामा आफ्ना लागि निकै चूनौतिपूर्ण अवस्था रहेको बताएको छ ।
भारत तथा पाकिस्तानबीचको अस्थिर सम्बन्ध, लश्कर जस्ता आतंकवादी संगठनहरु, समुन्द्री चोरी, मादकपदार्थको तस्करीलगायतका विभिन्न समस्याहरु अहिले चूनौतिका रुपमा देखिएको अमेरिकाको भनाइ छ । फोर्सलाई प्यासिफिक सहायता दल नाम दिइएको छ ।

माओवादी कार्यकर्ता पक्राउ

दाङ/ माओवादी मगरात राज्य समिति सदस्य जसराम बुढा बिस्फोटक पदार्थसहित पक्राउ परेका छन् । ओत ३ छड्केढुंगा निवासी ३५ वर्षीय बुढा १० थान डेटोनेटर, १० थान जिलेटिन र ७ दशमलव ९ मिटर डेटकर्डसहित पक्राउ परेका हुन् ।
घोराहीको भानु चोकमा बिहीबार राति ११ बजे शरीर खानतलासी गर्दा उनको झोलामा बिस्फोटक पदार्थ पक्राउ परेको हो । उनले बोकेको बिस्फोटक पदार्थ निकै शक्तिशाली बम बनाउन प्रयोग हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताए । २०५४ सालदेखि माओवादीमा लागेका घर्ती पार्टीमा तुफानका नामले परिचित छन् । उनी गुल्मीमा कार्यरत थिए । गुल्मीबाट रोल्पा फर्कने क्रममा उनी पक्राउ परेका हुन् ।
उनले द्वन्द्वकालमा स्टोर गरी राखिएका बिस्फोटक पदार्थ घर लैजान बोकेको बताएका छन् । घर्तीबिरुद्ध बिस्फोटक पदार्थ ऐन २०१८ अनुसार मुद्दा चलाइने जिल्ला प्रहरीका डिएसपी बिपीनकुमार कर्माचार्यले बताए ।

दुर्घटना न्युनिकरणमा सक्रियता

झिलझिले/झापाको सतासीधाम आसपासका क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी र स्थानीयहरुको सक्रियता बढ्दै गएको छ । लामो समय भएपछि मेटिदै गएको सतासीधाम आसपासका जेब्रा क्रसिङ लाइनलाई पुन रङ्गयाउने कार्य शुक्रबार सम्पन्न गरिएका छन् ।

ट्राफिक प्रहरी पोष्ट झिलझिले र क्रिएटिभ स्पोर्टिङ्ग क्लव झिलझिलेको संयुक्त सहकार्यमा महेन्द्र राजमार्गका आधादर्जन ठाउँमा बन्दको मौकामा चहलपहल थोरै हुने भएकाले जेब्रा क्रसलाईन बनाइएको हो । राजमार्ग आसपासमा विधार्थी सहित अन्य मानिसहरु ओहोरदोहोर गर्ने हँुदा मेटिएका रङ्गहरुमा हाम्रो ध्यानाकर्षण भएको हो, क्लबका नरविर फागोले भने, ‘यसले राजमार्गमा कसरी बाटो काट्ने भन्ने विषयमा सचेत पु¥याउने छ ।’  लामो समय भएकाले यसअघि पदैल यात्रु र सवारी चालकले जेब्रा क्रसिङ्ग लाइनको सचेतना पाइरहेका थिएनन् ।
जेब्रा क्रसिङ्ग के हो भन्ने विषयमा कतिपय अनभिज्ञ रहेकाले यि लगायतका विषयहरु समेट्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको ट्राफिक
प्रहरी ईन्चार्ज शान्तिराम बस्नेतले बताए । यसअघि पनि राजमार्गमा छोडिएका चौपाया नियन्त्रण गर्न र जथाभावी पार्किङ गर्ने सवारीसाधन नियन्त्रण गर्ने अभियान स्थानीय र ट्राफिक प्रहरीको सहकार्यमा सञ्चालन भइरहेको छ ।

बलात्कारको आरोपी जेल चलान

सुनसरी/एघार महिना अगाडि मधुवन गाविस–७ की १४ वर्षीया एक बालिकालाई बलात्कार गरी फरार रहेको दुई जनालाई बिहीबार जिल्ला अदालत सुनसरीको आदेशमा पूर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का चलान गरिएको छ ।
कारागार चलान भएकाहरुमा लौकही गाविस–८ का ३० वर्षीय निरन्जनकुमार मण्डल र सोही गाविस–७ का २८ वर्षीय गौतमकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३ गते बालिकालाई बलात्कार गरी हालसम्म फरार रहेको अवस्थामा जिल्ला अदालत सुनसरीमा बुधबार बयानका लागि हाजिर भएको अवस्थामा प्रहरीले
नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशमा पुर्पक्षका लागि कारागार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।