‘एक लोटा पानी पनि पाईन’ – उपमुख्य समाचार

दनदनी बलेको छानो खसेर राप आउन थालेपछि मात्र रामचन्द्र बाँस्कोटाको निद्रा खुल्यो । तर निद्रा खुल्नसाथ उनी अर्धमुर्छित भए । उनले भने– ‘मैले त केहि देखिन, दनदनी बलेको छानो खसिरहेको थियो तर पनि मलाई अन्धकार झैँ भयो ।’ उनी गोलधाप शरणार्थी शिविरका पूर्व सचिव पनि हुन् । उनी गत जेठमा बेलडाँगी शिविर बसाई आएका हुन् ।

आगोले छानो टिपीसकेपछि ८ वर्षकी सानी छोरी च्यापेर श्रीमती निस्किएपछि उनी आगो निभाउन धुरीमा उक्लिए । ‘म आगो निभाउन ४ चोटी छानामा उक्लिँदै र ओर्लिदै गरे, त्यतिन्जेलमा वरिपरी मान्छेको भीड पनि लागिसकेको थियो तर मैले पानी–पानी भनेर चिच्याउँदा कसैले एकलोटा पानी पनि दिएनन्’–उनले तितो पोखे ।
‘आगोलागेपछि बाहिर निस्किएर सोध्दा १ बज्यो भन्थे’– शुक्रबार आफ्नै घर डढेको खरानीको डङ्गुर उधिन्दै उनले भने–‘मेरो केहि रहेन, बिभिन्न समूह तथा समितिमा रहेर काम गरियो । त्यसका बिभिन्न प्रमाण पत्र थिए, सबै गए ।’ बेलडाँगी–२ को सेक्टर–बी ४ छाप्रा नम्बर २५ का बाँस्कोटाको छाप्राबाट आगलागी शुरु भएको थियो ।

0 प्रतिकृया:

Post a Comment