दुर्घटना न्युनिकरणमा सक्रियता

झिलझिले/झापाको सतासीधाम आसपासका क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी र स्थानीयहरुको सक्रियता बढ्दै गएको छ । लामो समय भएपछि मेटिदै गएको सतासीधाम आसपासका जेब्रा क्रसिङ लाइनलाई पुन रङ्गयाउने कार्य शुक्रबार सम्पन्न गरिएका छन् ।

ट्राफिक प्रहरी पोष्ट झिलझिले र क्रिएटिभ स्पोर्टिङ्ग क्लव झिलझिलेको संयुक्त सहकार्यमा महेन्द्र राजमार्गका आधादर्जन ठाउँमा बन्दको मौकामा चहलपहल थोरै हुने भएकाले जेब्रा क्रसलाईन बनाइएको हो । राजमार्ग आसपासमा विधार्थी सहित अन्य मानिसहरु ओहोरदोहोर गर्ने हँुदा मेटिएका रङ्गहरुमा हाम्रो ध्यानाकर्षण भएको हो, क्लबका नरविर फागोले भने, ‘यसले राजमार्गमा कसरी बाटो काट्ने भन्ने विषयमा सचेत पु¥याउने छ ।’  लामो समय भएकाले यसअघि पदैल यात्रु र सवारी चालकले जेब्रा क्रसिङ्ग लाइनको सचेतना पाइरहेका थिएनन् ।
जेब्रा क्रसिङ्ग के हो भन्ने विषयमा कतिपय अनभिज्ञ रहेकाले यि लगायतका विषयहरु समेट्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको ट्राफिक
प्रहरी ईन्चार्ज शान्तिराम बस्नेतले बताए । यसअघि पनि राजमार्गमा छोडिएका चौपाया नियन्त्रण गर्न र जथाभावी पार्किङ गर्ने सवारीसाधन नियन्त्रण गर्ने अभियान स्थानीय र ट्राफिक प्रहरीको सहकार्यमा सञ्चालन भइरहेको छ ।

0 प्रतिकृया:

Post a Comment