हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सम्पत्ति छानबिन आयोगको माग

 
दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०६२/६३ सालको परिवर्तन पछि उच्च पदमा बसेका राजनीतिक नेताहरुको सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन् सो का लागि छुट्टै आयोग गठन गरिनुपर्ने उनको भनाई  
झापाको दमकमा सोमबार आयोजित पत्रकार भेटघाटमा  अध्यक्ष थापाले माओवादी लडाकुहरुको रासन भत्तादेखि विभिन्न बहानामा भएको भ्रष्टाचारले विश्वमा नै नेपाल बदनाम भएको टिप्पणी गरे एक अर्को प्रसङ्गमा उनले नयाँ बन्ने संविधानमा राजसंस्थालाई पनि कुनै कुनै रुपमा स्थान दिनुपर्ने आफ्नो पार्टीको माग दोहोर्याए उनले राजसंस्थालाई पनि नयाँ संविधानको परिधिभित्र अटाउँन नखोजिए त्यो निषेधको हद हुने टिप्पणी गर्दै गणतन्त्रलाई समेत पाच्य हुने किसिमको राजतन्त्र राजतन्त्रलाई पनि सुहाउँदो गणतन्त्रको परिकल्पना विगतमा कांग्रेस एमालेले गरिसकेको तर्क गरे "गिरिजाप्रसाद कोइराला माधव नेपाल पनि त्यति बेला राजसंस्थालाई स्पेस दिनुपर्नेमा सहमत हुनुहुन्थ्यो " थापाले माओवादीसँग सशस्त्र द्वन्द्वकालमा वार्ता गर्न जानु अघिको कुराकानीको स्मरण गरे
अध्यक्ष थापा आइतबारदेखि दमकमा शुरु भएको मेची अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका थिए यसैबीच दमकमा भएको राप्रपा नेपालको मेची अञ्चलस्तरीय सम्मेलन विभिन्न महत्वपूर्ण बुँदाहरुमा घोषणा पत्र जारी गर्दै सोमबार सकिएको
सम्मेलनपछि जारी घोषणा पत्रमा हिन्दू राष्टङ, संवैधानिक राजसंस्था जातीय आधारमा राज्य विभाजन गर्ने कार्य बारे पुनर्विचार गर्ने सम्बद्ध पक्षसँग आग्रह गरिएको घोषणा पत्रमा केन्द्रबाट तय भएको 'गाउँ जाऔँ, संगठन बनाऔँ' अभियानलाई गाउँ तहसम्म कार्यान्वयन गर्ने राष्ट्रियता प्रजातन्त्र माथि बढ्दै गइरहेको खतरालाई सामना गर्न राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुको आवश्यकतामा समेत जोड दिइएको घोषणा पत्रमा पार्टीका ताप्लेजुङ जिल्ला अध्यक्ष अमृत सावदेन, पाँचथर अध्यक्ष कृष्णप्रसाद योङ्या, इलाम अध्यक्ष धर्मराज नेम्वाङ झापा अध्यक्ष रोहित राजवंशीले हस्ताक्षर गरेका छन्

विद्यालयलाई कम्प्युटर हस्तान्तरण



उर्लाबारी/फेसबुक कुलझोडा समूहले यहाँस्थित 2 सामुदायिक बिद्यालयलाई / थान  कम्प्युटर  सोमबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको
सो फेस ग्रुपले र्सार्वजानिक निमाबि आम्बारी प्रभात निमाबि खोपीडाँडालाई सोही बिद्यालयमा एक कार्यक्रमका बिच  / थान कम्प्युटर  , / थान पिन्टर, स्क्यानर, फोटोकपी मेशीन हस्तान्तरण गरेको फेशबुक गु्रप कुलझोडा समूहका संयोजक  राजकुमार पोमु लिम्बुले जानकारी दिए
कम्प्युटर हस्तान्तरण कार्यक्रममा कुलझोडा समूहका सनकुमार श्रेष्ठ, कर्ण नाल्बो, भुमा लिम्बु, बिद्यालयका शिक्षक, ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थिति रहेको थियो

ग्याँस बिक्रेताको नयाँ नेतृत्व


बिर्तामोड/ग्याँस बिक्रेता महासंघ झापाको दोश्रो जिल्ला अधिवेशनले टेकबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको
बिर्तामोडमा सोमबार भएको अधिवेशनले दमकका व्यवसायी थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो नव निर्वाचित समितिको उपाध्यक्षत्रयमा बिर्तामोडका व्यसायीहरु लक्ष्मी ओली, खड्ग सिटौला रमा तामाङ, सचिवमा दमकका व्यवसायी गंगा ढकाल, उप-सचिवमा लखनपुरका राजु न्यौपाने कोषाध्यक्षमा बिर्तामोडकै प्रदीप गोयल रहेका छन्
समितिका सदस्यहरुमा पुष्प उप्रेती, फागुलाल शाह, टंक सिटौला, श्याम आचार्य, निरज ओली, ज्ञानु पौडेल, सुरज शाह, राधिका क्षेत्री गुरु अधिकारी रहेका छन् सदस्यपछि थप गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए
महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय महासचिव महेश्वर श्रेष्ठले समेत बोलेका थिए कार्यक्रममा अध्यक्ष इन्द्र पाठकले पेस गरेको प्रतिवेदन पारित गरिएको थियो (फोटो  : अध्यक्ष थापा)

पठनपाठन र आन्दोलनसँगै

 
 
झडपमा प्रहरीसहित २१ घाइते
दमक/पहिले गरेका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत शिक्षकहरुले अब विद्यालय बन्द नगरिकनै प्रदर्शनलाई निरन्तरता दिने भएका छन् आइतबार सोमबार विद्यालय बन्द गरेका उनीहरुले विद्यार्थी तथा अभिभावकको दबाबपछि विद्यालय बन्द नगर्ने बताएका हुन्
'अब विद्यालय बन्द गर्दैनौं, तर आन्दोलनलाई भने निरन्तरता दिन्छौं' नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले भने -'दुर्इ दिन बन्द गर्नु पनि हाम्रो रहर होइन, सरकारकै रवैयाले बन्द गर्नुपरेको हो ' दुर्इ दिन विद्यालय बन्द भएको क्षति बिदाको दिन पढाएर परिपूर्ति गर्ने शिक्षकहरुले बताएका छन्
यसअघि शिक्षकहरुले विद्यालयको पठनपाठनलाई प्रभावित नपार्ने गरी आन्दोलन गर्ने प्रतिबद्धता जनाएका थिए नेपाल शिक्षक युनियन झापा अध्यक्ष नारायणप्रसाद गौतमले  आजबाट विद्यालयहरुमा पठन-पाठन आन्दोलन सँगसँगै लगिने बताएका छन् विद्यालयहरुबाट ३० प्रतिशत शिक्षकहरुलाई आन्दोलनमा सहभागी हुन बाँकीलाई पठन-पाठन गराउन निर्देशन दिइएको उनले जानकारी दिए सोमबार दिन भर शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए भने जिल्ला प्रशासन कार्यालय अघि कोणसभा गरेका थिए यस्तै शिक्षकहरुले ट्रेड युनियन चोकमा समेत कोण सभा गरे कोणसभाका वक्ताहरुले शिक्षकहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए
यस्तै सुनसरीमा आन्दोलनमा उत्रिएका शिक्षक प्रहरी बीच झडप हुँदा जना प्रहरी सहित २१ जना र्घाईते भएका छन् शिक्षा कार्यालयको कम्पाउण्डमा शिक्षक युनियनका केन्द्रीय अध्यक्ष गोविन्द मिश्रको नेतृत्वमा आन्दोलनमा उत्रिएका शिक्षकहरुले कार्यालयको गेटमा तालाबन्दी गर्न खोजेपछि स्थिति असामान्य बनेको थियो सो क्रममा झडप हुँदा प्रहरी जवान बाबुलाल खान, सुरेश कुमार माझी, डिल्ली भुजेल राजकुमार वि. सहित १७ जना शिक्षक घाइते भएका छन्
यस्तै केन्द्रीय अध्यक्ष गोविन्द मिश्र सहित शिक्षकहरु गोपालप्रसाद पराजुली, शम्भु यादव, विष्णुप्रसाद मेहता लगायतका शिक्षकहरु घाइते भएका हुन् घाइते शिक्षकहरुमध्ये पराजुली, यादव मेहताको न्युरो अस्पताल बिराटनगरमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको