हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

गाउँलेले बनाए मन्दिर र भवन

लखनपुर,२३माघ २०६८/लखनपुर-८ को ठूलो बाह्रघरेमा स्थानीयबासीहरुले सामुदायिक भवन र पशुपति मन्दिर निर्माण सम्पन्न गरेका छन् ।
स्थानीयदाताहरुले जुटाएको १० लाख रुपैयाँको सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भवन तथा मन्दिर निर्माणका लागि ०६२ सालमा स्थानीय नन्दकिशोर संग्रौला र दीपक श्रेष्ठले साढे तीन कठ्ठा जग्गा प्रदान गरेका स्थानीय पदम सेढाईले बताए । 
संग्रौला सहित विभिन्न दाताहरुले प्रदान गरेको नगद करिब ४ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा मुष्ठीदानबाट सो मन्दिरमा नियमित पूजाआजा रेखदेखको व्यवस्था मिलाइएको छ । सो मन्दिरमा विगत ६ वर्षयता हरेक वर्षको शिवरात्रीका अवसरमा पुराण आयोजना भइरहेका छन् । यस वर्ष लगाइने मार्कण्डेय पुराण सातौँ हो । सो पुराण सम्पन्न गर्न लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा महापुराण आयोजक समिति बनाइएको छ ।
सो समितिका प्रचारप्रसार संयोजक समेत रहेका पदम सेढाइले सप्ताहब्यापी सो महापुराण उद्घाटनकै अवसरमा सो सामुदायिक भवन समेत उद्घाटन गरिने जानकारी दिए । फागुन ८ गतेसम्म चल्ने सो महापुराणमा पण्डित चित्र अधिकारीले कथावाचन गर्ने उनले बताए । 

बस पल्टिदाँ तीनको मृत्यु ११ घाइते-मुख्य समाचार

एकै दिन चार ठाउँमा दुर्घटना
सुरुङ्गा, २३माघ २०६८/झापाका विभिन्न चार स्थानमा आइतबार सडक दुर्घटना भएका छन् । ति दुर्घटनाहरुमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ३ जना बृद्ध बृद्धासहित ११ जना घाइते भएका छन् । यात्रुबाहक बस कल्भर्टमा ठोकिदा भएको दुर्घटनामा आइतबार बिहान चालकसहित तीन जनाको मृत्यु भएको हो ।
आइतबार बिहान ८ः१५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको घैलाडुब्बा-१३ मा पर्ने कल्भर्टमा ठोक्किएर सो दुर्घटना भएको अनुमान गरिएकोछ ।

काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको मे।१।ख ९१६ नम्बरको यात्रुबाहक बसका चालक मेचीनगर १० का ३३ वर्षीय अशोक अधिकारी घटनास्थलमै र अन्य दुई जना यात्रुको उपचारकाक्रममा मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मेचीनगर-१ का १० वर्षीय निर्जल रिजाल र इटहरी-५ की ७० वर्षीया कृष्णमाया श्रेष्ठको समेत उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना यात्रुहरु घाइते भएका छन् । 
घाइतेहरुको विवरण तालिकामा हेर्नुस् ।

ट्रक जंगलमा भेटियो-उपमुख्य समाचार

 २३माघ २०६८/त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सतासीधाम-६ का दुई स्थानमा ट्रक र स्कुटरको को ठक्करबाट दुई जना बृद्ध बृद्धा गम्भीर घाइते भएका छन् ।
मे।१।ख। ६१३ नम्बरको मिनी ट्रकले आइतबार बिहान ठक्कर दिँदा पैदलयात्री माहाभारा-२ की ७० वर्षीया पार्वता काफ्ले गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र चालक फरार रहेका इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घाइते बृद्धा पार्वताका छोरा अर्जुन काफ्ले पर्शुराम ले आमाको स्वास्थ्यस्थिति बारे चिकित्सकहरुले गम्भीर भनेका बताए । ठक्कर दिने ट्रक प्रहरीको तिव्र खोजीपछि सतासीधाम-९ मा पर्ने राजमार्ग उत्तरको जंगल क्षेत्रमा फेला पारिएको छ । ु५÷६ घण्टापछि मात्रै गाडी जंगलमा भेट्टियोु प्रहरी स्रोतले भन्यो ।
त्यस्तै मे।२।प ६४८३ नम्बरको स्कुटरले ठक्कर दिदा साईकल यात्री बिराटनगर-४ का ७५ वर्षीय विष्णु संग्रौला घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन 
अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी दुवागढी-४ मा आइतबार नै बसको ठक्करबाट अर्का एक बृद्ध गम्भीर घाइते भएका छन् । ना।३।ख। ६०६९ नम्बरको बसको ठक्करबाट मे।१।प।८२७० नम्बरको मोटरसाईकलका चालक मधुपुर-८ का ५९ वर्षीय श्रीकुमार शर्मा घाइते भएका छन् । उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फाइनलमा झापा मोडल

बिर्तामोड, २३माघ २०६८/दमकको झापा मोडल बोर्डिङ्ग स्कूल एन प्याब्सन झापाले आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा आइतबार भएको सेमीफाइनल खेलमा सुर्योदय बोर्डिङ्ग स्कूल काँकडभिट्टालाई ३ का विरुद्ध ४ गोल लगाउँदै झापा मोडलले फाइनल यात्रा सुनिश्चित गरेको हो । 
ट्राइवेकरमा भएको निर्णयमा झापा मोडलका तर्फबाट संयोग भुजेलले निर्णायक गोल गरेका थिए । भोलि हुने फाइनल खेलमा झापा मोडलले इडन गार्डेन बोर्डिङ्ग स्कूलको सामना गर्नेछ ।

जाँते एमालेमा विक

उर्लाबारी, २३माघ २०६८/नेकपा एमाले जाँते गाँउ कमितिको छैटौ अधिवेशनले डिल्ली बिकको अध्यक्षतामा १३ सदस्ययीय गाउँ कमिटी चयन गरेको छ ।
श्री उच्च माबि जाँतेको सभाहलमा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा नरिसंहबहादुर राई सचिव झमप्रसाद अधिकारी र सह-सचिवमा कमला ढकाल रहेका छन् । सदस्यहरुमा पुण्य सापकोटा कृष्णप्रसाद पोखरेल भवानी रिजाल सन्तबहादुर राई अमृता आले डिल्ली भण्डारी र गीता चेम्जोङ रहेका छन् । 
एमाले मोरङ अध्यक्ष बिनोद ढकालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य भूपाल जिमी मोरङ क्षेत्र नं।९ का क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरे सह-सचिब पुष्प ढकाल लगायतले बोलेका थिए । 

पाँच गाविसमा लिम्बुवानका कमिटी

बिर्तामोड, २३माघ २०६८/माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले झापाको विभिन्न पाँच गाविसमा संगठन विस्तार गरेको छ ।
परिषद्ले राजगढमा मनकुमार सुब्बा घरावारीमा नारायण लिम्बु केचनामा टोपलाल गणेश बनियानीमा हरिलाल मिया बालुवाडीमा अनिल विश्वकर्मा र केचनामा दिव्य श्रेष्ठको अध्यक्षतामा गाउँ समिति गठन गरेको जनाइएको छ । 
परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न छुट्टा छुट्टै भेलामा वैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे युवा माचका केन्द्रीय उपाध्यक्ष युवराज लामा लगायतले बोलेका थिए । कार्यक्रमको साचालन संघीय लिम्बुवान पत्रकार परिषद्का वत्सल भट्टराई र शंकर भट्टराईले गरेका थिए । 
परिषद्ले आउँदो फागुन १९ र २० गते केचनाबाट बिर्तामोडसम्म मार्चपास गर्ने कार्यक्रमको तयारी स्वरुप संगठन बिस्तार गरिएको बताइएको छ । सोको नेतृत्व परिषद्का अध्यक्ष कुमार लिङ्देनले गर्ने जनाइएको छ । 

खेङयुङको वंश भेला

दमक, २३माघ २०६८/किरात राई वान्तवा खेङयुङ वोखिम वंश प्रतिष्ठानको ३२ औं वार्षिक भेला झापाको लखनपुरमा भएको छ ।
वंश भेला उद्घाटन समारोहका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सूर्यकुमार राईले किराँत जाति नभएर यो सभ्यता भएको बताएका छन् । उनले किराँत सभ्यतालाई निरन्तरता दिनु हामी सबैको कर्तब्य रहेको बताए । कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य पारसमणि राई किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेला मार्फत् खेङयुङ समुदाय बाट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै अवसरमा समुदायका अगुवा स्व। जोसमणि राई स्मृति पुस्तकको पनि विमोचन गरिएको थियो ।
प्रतिष्ठानका माहासचिव ज्ञानदीप राईले सांगठानिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा दार्जिलिङ सिक्किम कालिङपोङ काठमाण्डौं भोजपुर सुनसरी मोरङ झापा इलाम पाँचथर लगायतबाट खेङयुङ समुदाय सहभागी छन् । सोमबारसम्म चल्ने भेलाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मणिकुमार राईले गरेका छन् ।

बाहुनडाँगीमा कृषि महोत्सव हुने

बाहुनडाँगी, २३माघ २०६८/आजको आवश्यकता कृषिमा व्यवसायिकता भन्ने मुल नाराका साथ झापा पूर्वीउत्तर गाविस बाहुनडाँगीमा सोमबार एक दिने चौथो कृषि महोत्सव लाग्ने भएको छ ।
ब्ााहुनडाँगी मुल कृषक समूहको आयोजना तथा बौद्धमोड कृषि सहकारीको सह-आयोजनामा हुन लागेको उक्त महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामाग्रीहरु प्रदर्शनीमा राखिने भएको छ । समूहको आठौँ बार्षिक साधारणसभाको अवसर पारेर आयेजना हुन लागेको उक्त महोत्सवमा स्थानीय स्तरमा उत्पादित अन्नबाली तरकारी फलफुल तथा तेलजन्य सामाग्रीहरुको प्रदर्शन गरिने भएको छ भने प्रदर्शनीमा उत्कृष्ट हुने व्यक्तिलाई पुरस्कृत गरिने समूहका अध्यक्ष पूर्ण खड्काले बताए । 
महोत्सवमा ३ सय बढी कृषकहरुको सहभागी रहने अनुमान गरिएको छ भने यस अघि नै इलामको जिर्मले सलकपुर खम्बुटार तथा शान्तिनगर गाबिसबाट नाम दर्ता गराइसकेको अध्यक्ष खड्काले बताए । साथै साधारणसभाको अवसर पारेर महोत्सवका दिन समूहले निःशुल्क स्वास्थ्य शिविर समेत संाचालन गर्ने भएको छ । उक्त शिविरमा आम्दा दमक र धुलाबारीको प्राविधिक सहयोग रहने आयोजक संस्थाले बताएको छ । 

विकास पत्रकारितामा जोड


बिर्तामोड/झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका सहभागीले अब साचारकर्मीहरुले विकास पत्रकारितामा जोड दिन आवश्यक रहेको बताएका छन् । 
प्रेस चौतारीको १४ औं स्थापना दिवसको अवसरमा झापा शाखाले आयोजना गरेको विकास पत्रकारिता र यसको आवश्यकता बिषयक अन्तरकि्रयामा पत्रकारिताले विकासलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरुले बताए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पत्रकारिताले चेतना पनि जगाउने भएकाले सबैलाई विकास प्रति प्रेरित गर्न र चेतना जगाउन आवश्यक रहेको बताए । 
सुरुङ्गा-८ स्थित धनुषकोटी धाममा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रविन कोइराला झापा क्षेत्र नम्बर-६ का सभासद् दीपक कार्कीले विकास निर्माणप्रति स्थानीयबासीलाई प्रेरित गर्न समेत साचारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । 
चौतारीका जिल्ला अध्यक्ष गोपाल गड्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकका पूर्वााचल संयोजक मोहन काजी चौतारी केन्द्रीय सदस्य 
चेतन अधिकारी महासंघका जिल्ला अध्यक्ष गणेश पोखरेल पूर्व अध्यक्ष माधव विद्रोही लगायतले विकास पत्रकारितालाई अलग्गै ुबिटुको रुपमा समेत स्थापित गर्न सकिने बताए । 

गाउँलेले बनाए मन्दिर र भवन


शवरात्रीमा पुराण लगाइने
लखनपुर÷लखनपुर-८ को ठूलो बाह्रघरेमा स्थानीयबासीहरुले सामुदायिक भवन र पशुपति मन्दिर निर्माण सम्पन्न गरेका छन् ।
स्थानीयदाताहरुले जुटाएको १० लाख रुपैयाँको सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भवन तथा मन्दिर निर्माणका लागि ०६२ सालमा स्थानीय नन्दकिशोर संग्रौला र दीपक श्रेष्ठले साढे तीन कठ्ठा जग्गा प्रदान गरेका स्थानीय पदम सेढाईले बताए । 
संग्रौला सहित विभिन्न दाताहरुले प्रदान गरेको नगद करिब ४ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा मुष्ठीदानबाट सो मन्दिरमा नियमित पूजाआजा रेखदेखको व्यवस्था मिलाइएको छ । सो मन्दिरमा विगत ६ वर्षयता हरेक वर्षको शिवरात्रीका अवसरमा पुराण आयोजना भइरहेका छन् । यस वर्ष लगाइने मार्कण्डेय पुराण सातौँ हो । सो पुराण सम्पन्न गर्न लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा महापुराण आयोजक समिति बनाइएको छ ।
सो समितिका प्रचारप्रसार संयोजक समेत रहेका पदम सेढाइले सप्ताहब्यापी सो महापुराण उद्घाटनकै अवसरमा सो सामुदायिक भवन समेत उद्घाटन गरिने जानकारी दिए । फागुन ८ गतेसम्म चल्ने सो महापुराणमा पण्डित चित्र अधिकारीले कथावाचन गर्ने उनले बताए ।