हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

फुटबलमै बितेको ३९ वर्ष


झापाली फुटबलको नालिबेलीसँगै जोडिएको छ उनको समग्र परिचय । अथवा झापाको फुटबल खेलमा छुटाउनै नमिल्ने नाम भएर अग्लो सम्मान चुलिएका सामान्य गदका उनलाई धेरैले उपनामले चिन्छन् । ुभगिरथ आलेु जसलाई झापाली फुटबल क्षेत्रले ुमामाु उपनामले अधिक चिन्छ । उनले फुटबलकै लागि कूल खर्चेको समय आजसम्म ३९ वर्ष


भइसकेको छ । २०४५ साल देखि राष्ट्रिय खेलकुद परिषद्को फुटबल सहायक प्रशिक्षक पदमा नियुक्त भएयता फुटबल खेललाई व्यसायिकता प्रदान गर्ने कार्यमा उनले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । ५५ हिउँद र वसन्त पार गरिसकेका भगिरथको यो उमेरसम्मको भगिरथ प्रयास फुटबलकै विकासका लागि निरन्तर छ भन्ने कुरालाई गतवर्षको पल्सर उत्कृष्ट फुटबल प्रशिक्षक एवार्डबाट मिलेको जसले पनि प्रमाणित गर्दछ । हाल वरिष्ठ फुटबल प्रशिक्षकको रुपमा उनले योगदान गरिरहेकै छन् । झापा शनिश्चरे-३ कालिस्थानमा २०१३ चैत्र १९ गते टेकमान र जानुका आलेका ३ छोरा र २ छोरी मध्ये पहिलो सन्तानका रुपमा जन्मिएका भगिरथले आफ्नै घरगाउँबाटै सिके फुटबलसँगै भविष्य गुडाउन । २०२९ सालमा शनिश्चरे हाइस्कुलबाट पहिलो पटक फुटबल प्रतियोगिताको यात्रा थालेका उनले त्यसपछि भने फुटबल बाहेक अरु सोच्नै परेन । भन्छन् -ुअन्तरमावि प्रतियोगिता खेलेसँगै शनिश्चरेको डाइनामाइट फुटबल क्लवबाट खेल्न थालेँ ।ु डाइनामाइटबाट खेलकै समय इलाममा एउटा प्रतियोगिता भिड्ने अवसर मिल्यो रे उनलाई । दार्जिलिङ्गको एउटा फुटबल टोलीमा गफी खेलाडीको उपनाम ुमामाु राखिएको थियो । साँझ सबैले ुमामाुको गफ सुन्ने इच्छा व्यक्त गरेका बेला हाम्रै ुमामाु छदैँछन् नि भनेर सहयात्रीले औँल्याएको क्षणले आज पनि उनको छुट्टै परिचय कायम भएको छ । उनलाई चिन्ने-जान्ने कमैले भगिरथ भन्छन् । तर राष्ट्रिय स्तरमा झापाका सुपरस्टार खेलाडी उत्पादन गर्ने कौशलका जसपात्र यी मामाका ुहरि खड्का सन्देश श्रेष्ठ र नरत्तोम गौतमु जस्ता फुटबल हस्ती भााजाहरु जन्मिसकेका छन् । त्यहीँ श्रेणीका ४० बढी खेलाडी झापाबाटै ए डिभीजन क्लवहरुमा खेलिरहेका छन् । उनी भन्छन् -ुएउटा फुटबल प्रशिक्षकका लागि यो भन्दा खुशीको कुरो अर्को के हुन सक्छ ु
फुटबल खेललाई मैत्रीपूर्ण अनुशासन र व्यक्तित्व विकासको पर् याय हो भनेर चिनाउन उनले थुप्रै पसिना बगाएका छन् । फुटबल मैदानको प्रत्येक गजलाई मैदान बाहिरबाटै नियालेर दुरी समेत यकिन गर्ने यिनको खुबी छ ।
उनी भन्छन्-ुजागिरकै दौरानमा भारतको पट्याला नेशनल इ_िन्स्टच्युट फर स्पोर्टसमा ुखेलमैदान व्यवस्थापनुका लागि डिप्लोमा तहको कोर्ष गर्ने अवसर पाएकै कारण यो खुबी प्राप्त भएको हो ।ु खेलकुद क्षेत्रमा हुने राजनीतिक नियुक्तिलाई खेलकुद माथिको हस्तक्षेप मान्ने आले अर्थात ुमामाु यतिबेला झापा जिल्लाको फुटबल व्यवसायिक बन्दै गएको तर्क राख्छन् । सन् २००३ मा नेपाली राष्ट्रिय टीमको सहायक प्रशिक्षक बनेर ओमन सम्म पुगेका मामाले आफ्नो शिल्प तिखार्ने कोरिया र जापानसम्म पुग्न भ्याएका छन् भने आफ्नै स्थानीय कालिस्थान फुटबल क्लवका लागि शुरुका एक दशक खेलेर पाएको स्याबासी त छदैँछ ।
जीवन सङ्गीनी गीता आलेको साथ सहयोग







हौसलाबाट यो उचाई प्राप्त गरेको रहस्य खोल्ने मामा फुटबलमा जतिकै कुशल भूमिका खेलेको मान्छन् निजी परिवार हाँक्न पनि । बढेका दुई छोरीलाई ज्वाँईका घर बिदाई गरिसकेका उनको घरमा बुहारी िभœयाउन चाँहि बाँकी छ तर हत्तारो पटक्कै छैन रे । भन्दै थिए-ुएउटा छोरो छ । पैसा कमाउँछु भनेर अरब खाडी मुलुक गएको छ । आएपछि विचार गरौँला ।ु
जिल्ला खेलकुद समिति झापा र शरणार्थी शैक्षिक कार्यक्रमको सहयोगी कारितास नेपालको संयुक्त आयोजनामा भइरहेको पूर्वााचलस्तरीय नक-आउट फुटबल प्रतियोगिता साचालनका लागि नियमित खटिरहेका उनी हामीसँगको कुराकानीमा पनि फुटबल खेलकै समाचार टिपाउन व्यग्र थिए । पुषको अपरान्ह तिर ठिही बढ्दै गर्दा यी हक्की स्वभावका मामा भन्दै थिए-ु३ वर्ष बाँकी छ जागिरे जीवन । तर अवकाश पछि पनि यो ज्यान फुटबलमै गुडिरहने छ ।ु बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको खेलमैदानमा चलिरहेको कुराकानी टुङ्ग्याउँदै उनले भने-ुलौ ! के-कसो हो अब घर पुग्न हतार छ । अहिलेलाई छुटौँ ।ु
प्रस्तुति ः कमन देवान

शरणार्थीको उपचारमा आर्थिक कठिनाई

दमक÷दुर्घटनामा बाबु गुमाएकी झापा दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक बालिकाको उपचारमा आर्थिक कठिनाई भएको छ । शनिबार साँझ दमकको संगमचोकमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बेलडाँगी-३ का डम्बर विक की छोरी इभान्जेलिनाको उपचारमा समस्या भएको नातेदार माया लेप्चाले बताइन् । दुर्घटनामा घाइते भएकी इभान्जेलिना र उनकी आमा धनमाया विक हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छिन् । ९ वर्षीया ती बालिकाको टाउकोमा रगत जमेको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका र उपचारका लागि डेढ लाख रुपैयाँ जुटाउन भनेका नातेदार लेप्चाले जानकारी दिइन् ।
उनको यो समाचार तयार पार्दा सम्म चेत खुलेको छैन । आमा धनमायाको भने स्वास्थ्य क्रमिक सुधार हुँदै आएको बताइएको छ ।

जनआदर्श मा चुनावी माहौल

शिवगाज÷शिवगाजस्थित जनआदर्श उच्च माविको व्यवस्थापन समितिको निर्वाचनले यतिबेला सो क्षेत्रमा राजनीतिक तरङ्ग बढाएको छ । एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमाले मधेसवादी दलहरुसँगै अन्य साना तथा क्षेत्रीय पार्टीहरु समेत आ-आफ्नो पक्षको जित गराउन जुटेका छन् ।
आगामी पुष ७ गते हुने सो निर्वाचनका लागि मुख्य अध्यक्ष पदमा भीमप्रसाद ताजपुरिया राजनारायण राजवंशी पर्शुराम ताजपुरिया बद्री खनाल र अमृत कटुवालले प्रतिस्पर्धाको टुङ्गो गरेका छन् । त्यसैगरि १ जना महिला सदस्यका लागि २ जना उम्मेद्वार चुनावी मैदान छन् । तारिका कार्की र गोमा अधिकारी सो का लागि प्रतिस्पर्धामा छन् ।
त्यसैगरि २ जना सदस्यका लागि ९ जना चुनावी मैदानमा छन् । श्रवणलाल राजवंशी सूर्य राजवंशी फागुलाल ताजपुरिया जगतवीर लिम्बू टिकाराम सिटौला पल्टन ताजपुरिया रतनलाल शाह तानबहादुर आङ्देम्बे र लयप्रसाद चुँडाल चुनावी मैदानमा उत्रिएका सो उच्च माविका प्राचार्य टङ्क खरेलले जानकारी दिए ।

साईकल यात्रीको मृत्यु



१ पुष
पथरी÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को मंगलबारे-पथरी सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकोछ । 
अपह्रान्ह २ बजे तिर बा।२ख ४६७ नम्बरको बसले जयचोकमा ठक्कर दिँदा साईकल यात्री पथरी-१ का लक्ष्मी धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा साँझ बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए । 

गुटबन्दि अन्त्यको शङ्खघोष झापाबाट


१ पुष
दमक÷ पार्टी भित्रका सबै खाले गुटबन्दिको अन्त्य गर्ने उद्घोष गरेका नेकपा एमालेका नेताहरुले झापाबाट त्यसको कार्यान्वयनको साझा शङ्खघोष गर्ने भएका छन् । 
पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीको गृह जिल्लामा आएर पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु एउटै माचमा उभिएर उद्घोाष कार्यान्वयनको प्रतिवद्धता जनाउने भएका हुन् । 
युवा संघ नेपालको राष्ट्रिय भेलामा आगामी पुष-२९ गते पार्टी अध्यक्ष खनाल प्रभावशाली नेता ओली उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले एउटै माचबाट पार्टीका सवै खाले गटबन्धि अन्त्य गर्न कार्यकर्तालाई सम्बोधन गर्ने भएका हुन् । ३ दिन सम्म चल्ने युवा भेलालाई पार्टी सुदृढिकरणको महत्वपूर्ण कार्यक्रमका रुपमा लिईएको नेताहरुले बताएका छन् । 
बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी जीव्ानमा महत्वपूर्ण भूमिका राख्ने युवाहरुको भेला अभियानको महत्वपूर्ण पाटो रहेको बताए । पार्टीका शिर्षस्थ नेताहरुका कुरामा तालमेल नहुँदा कार्यकर्तामा निराशता बढाएको समयमा यसप्रकारका भेलाले पार्टी जीवनमा उर्जाको साचार गराउने उनको बिस्वास छ । ुअभियानको औपचारीक सुरुवाता भई सके पनि बृहत रुपमा झापाबाट यसले कार्यकर्ता माझ जाने अवसर पाएको छ यो झापाका लागि पनि ऐतिहासिक अवसर होुउनले भने- ुअभियानले पार्टीको आन्तरीक जीवनलाई पनि बलियो बनाउने छ र निष्कृय कार्यकर्तामा पनि उर्जा थप्ने छ ।ु
युवा संघले गर्ने कार्यक्रम सो कार्यक्रमबाट युवाहरु माझ देश व्यापीरुपमा एकै साथ गुटबन्धि अन्त्य भएको सन्देश जाने नेताहरुले बताएका छन् । एमालेका राष्ट्रिय प्रतिनिधी परिषद सदस्य देवेन्द्र दहालले बल्खुबाट शुरु भएको अभियान एकसाथ युवाहरु माझ जान भेला महत्वपूर्ण हुने बताए । अभियान अन्तर्गत जिल्ला तथा अाचलतहका कार्यक्रम आगामी बैठकले निर्धारण गर्ने उनले जानकारी दिए । अाचल कमिटी सदस्य समेत रहेका दाहालले युवा भेलाको स्थान भोली बस्ने बैठकले तय गर्ने उनले जानकारी दिए । 
युवा संघका केन्द्रिय लेखा समिति सदस्य गोविन्द थापा समेत भेलाकेा तयारीका लागि झापा आएका छन् । भेलामा सवै जिल्लाका युवा संघका अध्यक्ष तथा अगुवा नेता÷कार्यकर्ता सहभागी हुने बताईएको छ । 

२२ वर्ष पछि प्रहरी चौकी पुनस्र्थापित


१ पुष
धरमपुर÷ २०४६ सालको आन्दोलनका क्रममा बिस्थापित बनेको झापाको धरमुर स्थित प्रहरी चौकी दुई दशक पछि पुनस्र्थापित भएको छ । 
२०४६ सालको जनआन्दोलनका क्रममा बिस्थापित सो चौकी २२ वर्ष पछि पुनस्र्थापित गरिएको हो । शुक्रबार पुनस्र्थापित चौकीको मेची अाचल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उद्याटन गरेका हुन् । पुरानो गाविस कार्यालय भवनमा बनाईएको चौकीमा प्रहरी सहायक निरीक्षक ईन्द्रप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको प्रहरी टोली रहेको छ । 
उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगयत बिभिन्न राजनीतिक दलका नेताहरुले लामो समय पछि पुनस्र्थापति प्रहरी चौकीबाट स्थानीयबासीले सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा राखेको बताएका थिए । 
कार्यक्रममा नेकपा माओवादीका मानबहादुर अधिकारी नेपाली कांग्रेसका बिनोद ढकाल नेकपा एमालेका दिपेश राई माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका हर्कराज निङ्लेखु राशप्रपाका ईन्द्रप्रसाद अधिकारी लगायतले प्रहरी चौकी स्थापना पछि सो क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने बताएका थिए । 

पूर्वााचल स्तरीय फूटबल


१ पुष
बेलडाँगी÷झापाको दमक स्थित शरणार्थी शिविर बेलडागीमा शुक्रबारबाट पूर्वााचल क्षेत्रिय नकाउट फुटबल प्रतियोगीता सुरु भएको छ । 
जिल्ला खेलकुद बिकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजना सुरु प्रतियोगीताको शुक्रबारको खेलमा युथ स्टार क्लब शनिश्चरे लाई ३ को विरुद्ध चार गोल गर्ने डाँगीबारी युवा परिवार विजयी भएको छ । 
डाँगीबारी युवा परिवारका जसर्ी नम्बर १४ का हेम तामाङले प्रहार गरेको पेनाल्टी किक गोलमा परिणत भएको थियो । खेल सुरु भएको दुई मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको डागीबारीले क्रमश ११ मिनेटमा जसर्ी नम्बर १५ का गणेश हेमरम र अर्को जसर्ी नम्बर ७ का बिक्रम कार्कीले खेलको ३६ औ मिनेटमा गोल गरेका थिए । भने डागीबारीका जसर्ी नम्बर १३ का दिल बहादुर तामाङले ४९ औ मिनेटमा गरेको चौथो गोल नै आजको खेलको निर्णायक गोल बन्न पुगेको थियो । 
त्यस्तै युथ स्टार क्लब शनिश्चरेको चर्फबाट जसर्ी नम्बर १० का नरेन्द्र तामाङले १५ मिनेटमा स्टारको तर्फबाट पहिलो गोल गरेका थिए भने जसर्ी नम्बर ९ का बाबुराम धिमालले ६० औ मिनेटमा र अमृत चौधरीले ६५ औ मिनेटमा तेस्रो गोल गरे पनि स्टारका लागी जित शुनिश्चित हुन सकेन । 
आगामी पुस १३ गते मेची रङगसालामा फइनल खेल हुने प्रतियोगीतामा प्रथम हुने टिमले नगद एक लाख रुपैया र द्धितिय टीमले नगर ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् भने आजको खेल विर्तामोड युथ क्लर र सशस्त्र प्रहरी बल पाथीभरा गण लखनपुर बिच हुने आयोजकले जानकारी दिएको छ । 
झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ पाखरेलले उद्घाटन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल मेची अाचल प्रहरी प्रमुख हेमन्त पाल कारितास दमकका प्रमुख फादर अमलराज एसजे संयुक्त राष्ट्र संघिय शरणार्थी उच्चायोग दमकका प्रमुख रयनावती रयनावती राष्ट्रिय खेलकुद परिषदका सदस्य किरण गिरीनेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्षँ गणेश पोखरेल दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले बोलेका थिए । 

वाणिज्य संघको नयाँ नेतृत्व

विर्तामोड÷ झापा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ ।
संघको बुधबार सम्पन्न २१ औं अधिवेशनबाट विर्तामोडका उमेश डाल्मियाँको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।
डाल्मियाँले १ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी संघका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरेले ९९ मत पाए । अर्का प्रतिद्वन्दी बुधबारेका गोविन्द पौडेलले १३ मत ल्याएका निर्वाचत समिति संयोजक गणेश पोखरेलले जानकारी दिए ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्ष पदमा नवराज पनेरु १ सय २१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी तोया गड्तौलाले १ सय ९ मत पाएका छन् । त्यस्तै महासचिव पदमा कालिचरण बस्नेत १ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी बोधकृष्ण सुवेदीले ५४ मत पाए । वाणिज्य सचिवमा प्रकाश शिवाकोटी विजयी भएका छन् । उनले १ सय ५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी पृथ्वीध्वज डाँगीले ७७ मत ल्याएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा भाष्कर शर्मा १ सय ३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हुलासचन्द्र सरियाले ९२ मत ल्याएका निर्वाचन समिति संयोजक पोखरेलले बताए । यसअघि संघको एशोसिएट र बस्तुगतबाट उपाध्यक्षमा चन्द्रगढीका गोपालबहादुर थापा र उद्योग उपाध्यक्षमा संघको सतासीधाम शाखा अध्यक्ष मोहनप्रसाद सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी उद्योग सचिवमा अजयकुमार सायवाल तथा तीन महिला सदस्यमा गौरादहकी लक्ष्मी प्रसाई बाराकोटी भद्रपुरकी लक्ष्मी िसंह र चारआलीकी मिना खड्का समेत निर्विरोध निर्वाचित भएका थिए ।




सबैलाई समेट्छौं 

यसैबीच नव निर्वाचित अध्यक्ष डाल्मियाँले निर्वाचन परिणामलाई आम उद्यमी व्यवसायीहरुको जीत भएको प्रतिकृया िदंदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । पिपुल्स टाइम्स दैनिकसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचन परिणाम जे जस्तो भएपनि यसमा छु्टेका अगुवा तथा उद्यमी व्यवसायीको हितका लागि योगदान पुर् याएका अग्रजहरुलाई समेत समेटेर अघि बढ्ने बताए । उनले चन्दा हत्या अपहरण जस्ता समस्याबाट अझै उद्यमी व्यवसायी मुक्त हुन नसकेपनि क्रमिक रुपमा देशले कोल्टे फेर्ने समय आएकाले यसको उच्चतम सदुपयोग गर्न नेतृत्व प्रयत्नशिल रहने बताए ।

नकआउट फुटबल प्रतियोगीता

दमक÷ आगामी पुस १ गतेबाट झापामा पूर्वााचल स्तरिय नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । 
भूटानी शरणार्थी र स्थानियवासी विचको सम्बन्ध सुदृढ गर्ने उदेश्यले जिल्ला खेलकुद विकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजनामा साचालन हुने प्रतियोगीतामा पूर्वााचलका १२ वटा टीमको सहभागीता रहने जनाइएको छ । प्रतियोगीता दमकको बेलडाँगी र मेची रङ्शाला चन्द्रगढीमा हुने छ । 
आयोजक जिल्ला खेलकुद विकास समिति झापाले बुधबार दकममा पत्रकार सम्मेलनगरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिका अध्यक्ष राजु आचार्य अग्नीले प्रतियोगीताका विजेता टीमलाई नगद एक लाख रुपैया र मेडल तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैया र मेडल प्रदान गरिने जानकारी दिए । सो प्रतियोगीता साचालका लागी आवश्यक पर्ने अनुमान गरिएको कुल १२ लाख ५० हजार रुपैया मध्ये युएनएचसीआर र कारितास नेपालले ८ लाख ५० हजार रुपैया सहयोग गर्ने आचार्यले जानकारी दिए । अपुग बजेट खेलकुद बिकास समितिले सहयोग संकलन गर्ने जनाइएको छ । प्रतियोगीताको फइनल खेल आगामी पुस १३ गते हुनेछ । 

जनजीवन क्रमिक रुपमा सामान्य

दमक÷ चारदिन समम लगातार भएको बन्दका कारण अस्तव्यस्त बनेको पूर्वी क्षेत्रको जनजीवन क्रमिक रुपमा सामान्य बनेको छ ।
बन्द आव्हान गरेको संघीय लिम्बुवान राज्य परिसदले बुधवार अपरान्ह ४ बजे बन्द स्थगित गरेको घोषणा गरेपछी जनजीवन सामान्य बनेको हो । परिष्दले बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट वार्ताका लागि भएको आग्रह अनुसार बन्द कार्यक्रम स्थगित गरि पुष -१ गते वार्ताका लागि जाने निर्णय गरेको महासचिव सेसेहाङ खजुमले बताए । बैठकका निर्णय सर्वजनिक गरी बन्द स्थगन गर्ने घोषणा गर्न आयोजीत पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष साजुहाङ पालुङ्गवाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको समेत जानकारी दिईएको छ । राज्य पुर्नसंरचना आयोगमा प्रतिनिधीत्व गर्न पाउनु पर्ने लगायतका सरकारसँग विगतमा भएका सहमतीहरुको कार्यन्वयन नभएको बिरोधमा परिषदले अरुणपूर्व झापा ईलाम सहित ९ जिल्ला बन्द आहवान गरेको थियो ।