शरणार्थीको उपचारमा आर्थिक कठिनाई

दमक÷दुर्घटनामा बाबु गुमाएकी झापा दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक बालिकाको उपचारमा आर्थिक कठिनाई भएको छ । शनिबार साँझ दमकको संगमचोकमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बेलडाँगी-३ का डम्बर विक की छोरी इभान्जेलिनाको उपचारमा समस्या भएको नातेदार माया लेप्चाले बताइन् । दुर्घटनामा घाइते भएकी इभान्जेलिना र उनकी आमा धनमाया विक हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छिन् । ९ वर्षीया ती बालिकाको टाउकोमा रगत जमेको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका र उपचारका लागि डेढ लाख रुपैयाँ जुटाउन भनेका नातेदार लेप्चाले जानकारी दिइन् ।
उनको यो समाचार तयार पार्दा सम्म चेत खुलेको छैन । आमा धनमायाको भने स्वास्थ्य क्रमिक सुधार हुँदै आएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment