२२ वर्ष पछि प्रहरी चौकी पुनस्र्थापित


१ पुष
धरमपुर÷ २०४६ सालको आन्दोलनका क्रममा बिस्थापित बनेको झापाको धरमुर स्थित प्रहरी चौकी दुई दशक पछि पुनस्र्थापित भएको छ । 
२०४६ सालको जनआन्दोलनका क्रममा बिस्थापित सो चौकी २२ वर्ष पछि पुनस्र्थापित गरिएको हो । शुक्रबार पुनस्र्थापित चौकीको मेची अाचल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उद्याटन गरेका हुन् । पुरानो गाविस कार्यालय भवनमा बनाईएको चौकीमा प्रहरी सहायक निरीक्षक ईन्द्रप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको प्रहरी टोली रहेको छ । 
उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगयत बिभिन्न राजनीतिक दलका नेताहरुले लामो समय पछि पुनस्र्थापति प्रहरी चौकीबाट स्थानीयबासीले सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा राखेको बताएका थिए । 
कार्यक्रममा नेकपा माओवादीका मानबहादुर अधिकारी नेपाली कांग्रेसका बिनोद ढकाल नेकपा एमालेका दिपेश राई माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका हर्कराज निङ्लेखु राशप्रपाका ईन्द्रप्रसाद अधिकारी लगायतले प्रहरी चौकी स्थापना पछि सो क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने बताएका थिए । 

0 प्रतिकृया:

Post a Comment