हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

कपडा कारोबार हुने स्थानको अनुगमन

बिर्तामोड, चैत ११ /आन्तरिक राजस्व कार्यालय, भद्रपुरले शुक्रबार झापाका बिभिन्न बजारहरुमा कपडाको कारोबार हुने स्थानहरुमा अनुगमन गरेको छ ।
कार्यालयका कर अधिकृत खगेन्द्र दाहाल, सन्तोष न्यौपाने र दीपक खड्काको नेतृत्वका टोलीले चन्द्रगढी, बिर्तामोड र धुलाबारी क्षेत्रमा सञ्चालित ३३ वटा टेलरिंग हाउस, कुर्तासलवार, साडी, पोलिस्टर, सिफन लगायतका टेक्सटाइल पसलहरुमा अनुगमन गरेको हो ।
सो क्रममा  ५ व्यवसायीलाई कारोवारको सीमा नाघेको आधारमा मूल्य अभिबृद्धि करमा दर्ता हुन आउने सूचना जारी गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले जानकारी दिए । यस्तै कानूनको पालना नगर्नेहरुबाट ६ हजार रुपैयाँ जरीवाना गरिएको छ ।

सतासीधाम प्लाष्टिकमुक्त

दुधे, चैत ११ /झापाको सतासीधामलाई आगामी बैशाख १ गतेबाट प्लाष्टिकका झोला मुक्त घोषणा गरिने भएको छ ।
शुक्रबार दुधेमा भएको सर्वपक्षीय भेलामा सो सहमति भएको हो । झापा उद्योग वाणिज्य संघ सतासीधाम शाखाको आयोजना भएको भेलामा सातामा एक दिन बजार बन्द गर्ने समेत सहमति भएको छ । सो सम्बन्धी निर्णय भने बजार व्यवस्थापन समितिले गर्ने जनाइएको छ । बन्द मुक्त क्षेत्र घोषणा गर्न भने स्थानीय राजनीतिक दलहरु सहमत हुन सकेनन् ।
संघ शाखाका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका दुर्गेश योङ्हाङ्, नेपाली कांग्रेसका गाउँ सभापति पर्शुराम ढुङ्गाना, नेकपा एमालेका गाउँ अध्यक्ष धनबहादु थेवे, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का भीमप्रसाद शेर्मा लगायतले बोलेका थिए । कोषाध्यक्ष कमलबहादुर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तेजु भट्टराईले सञ्चालन गरेका थिए ।
प्लाष्टिक झोला मुक्त अभियानको अनुगमनका लागि गाविस सचिव छत्रबाबु ओझाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ  । समितिमा वाणिज्य संघ सतासीधाम शाखाका कार्यवाहक अध्यक्ष अधिकारी, खुद्रा व्यापार संघका तर्फबाट चन्द्रप्रसाद खरेल, डुँडामारी बजार व्यवस्थापन समितिका कमलप्रसाद तामाङ, झिलझिले बजार व्यवस्थापन समितिका कालीबहादुर लिम्बू र माईधार बजार व्यवस्थापन समितिका कुमार गिरी सदस्य रहेका छन्  ।

राशप्रपाको वडा कमिटी

दमक, चैत ११ /राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी दमक वडा नं. १ मा वार्ड कमिटी गठन गरिएको छ ।
शुक्रबार सम्पन्न भेलाले कृष्ण कोइरालाको अध्यक्षतामा नौ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
गठित समितिका उपाध्यक्ष सुनकुमारी तामाङ, सचिवमा राजु राई, सहसचिवमा दुर्गाप्रसाद गोले र रुपा सुवेदी कोषाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा राजु पौडेल, पुष्प खवास, संगीता श्रेष्ठ र माया राई रहेकी छिन् ।
सोही भेलाले शेरसिंह सुब्बा, रामबहादुर राई र बिमला गौतमलाई नगर प्रतिनिधिमा चयन गरेको छ । भेलामा पार्टीका जिल्ला सदस्य प्रविण चाम्लिङ, भिष्म भण्डारी र प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज मैनालीले सर्वाधिक २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच ३ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका कन्काईका सन्तोस घोष घोषित भए । प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा मोडल क्याम्पस दमक र कन्काई क्याम्पस सुरुङ्गा तथा दोश्रो खेलमा कोयेड क्याम्पस बिर्तामोड र उर्लाबारी बहुमुखी क्याम्पस प्रतिस्पर्धा गर्ने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

कविता

राजनीति खेल भ्रष्टलाई जेल

जयप्रसाद गुप्ता तिमीले जनताको जय
गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए
जनताको जय होइन आफ्नै जय ग¥यौ
जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ

भ्रष्टचारको छिनो फानो अदालतमा भएको
गुप्तीचालले खाँदा पनि कस्तो चालपाएको
संसद भयौ मन्त्री भयौ भ्रष्ट ग¥यौ अत्ति
तिमी जस्ता भ्रष्ट संसद होलान्  अझै कत्ति

भ्रष्टाचारको आरोप पहिला होइन भन्दै गयौ
सर्वोच्चमा पुगे पछि भ्रष्टाचारी भयौ
भ्रष्टाचारी भयौ नेता पुग्यौ मामा घरमा
मन्त्री होइन जेलमा बस्ने रहेछ तिम्रो कर्म

जयप्रसाद गुप्ता तिम्रो नामको मात्र जय
भ्रष्टाचारी नेता मन्त्री तिम्रै साथी भए
जनता ढाट्यौ भ्रष्ट ग¥यौ आफ्नै खल्ती भ¥यौ
पाटीको र देशको बदनाम गर्न सम्म ग¥यौ

सुत्दा पनि सपनीमा पैसा गनी रहन्छ्यौ
मर्दा पनि धनसम्पत्ति साथै लिएर जान्छौ
जन्मे पछि एक दिन आउँछ मनुपर्ने दिन
धन सम्पत्ति जग्गा जमिन पाउने छैनौ सान
पुण्य प्रसाद भट्टराई
दमक–१८

 

 

 

आमा

आमाको ममताको लेखा छैन
आमा भन्दा ठूलो इश्वर होइन
आमा हाँस्दा दिशा खुल्छ
हृदय भित्र ईश्वर डुल्छ

सुपुत्रले नै आमा चिन्छ
सेवा गर्दै बाटो हिड्छ
आमाले खुवाइन दूधको घाटा
देखाई दिइन् विश्व सारा
सृष्टि अधिकारी
कक्षा – आठ
श्री सिंह देवी उच्च मा.वि.



घाम

उजेलीलाई साथै ल्यााउने
कति राम्रो घाम
घामसित शुरु हुन्छ
हाम्रो पनि काम

विद्यार्थीले पढ्ने लेख्ने
उजेलीमा हाँसो
आफ्नो–आफ्नो काम गरौ
मनमा माया गासौँ

अध्यारोलाई भगाई आउने
कति राम्रो जुन
मनको डर हटाइदिने
नबिर्से है गुन ।
सौगात न्यौपाने

ढड्डु मुसाको बकबक – कथा

विनय कसजू
कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।”
ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर फर्कन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।
एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा शुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।
सपनामा पनि टाटे र पाटे दुवैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे “कुइँ कुइँ” करायो । पाटे पनि खाटमुनिबाट निस्केर “म्याउँ म्याउँ” गर्न थाल्यो ।
“हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।” मैले भनेँ । ती दुवै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः
“यो घरमा आउँदा शुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो ।”
“होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुवैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?” अचानक पाटेले आफू निर्दाेष भएको कुरा सुनायो ।
“मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।” टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।
“त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।” पाटे बिरालोले भन्यो ।
उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, “हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।” यति भन्दै ऊ मज्जाले हाँस्यो ।
“कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?” कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । “त्यो दिन झण्डै हामी दुवैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुप¥यो । किन यस्तो बदामासी गरेको ?”
मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, “तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !”
मुसाको कुरा सुनेर मलाई रिस उठ्यो । “मेरो घरमा बसेर मेरै साथीहरुलाई तैँले धम्की दिने ? पख तँलाई ।” मैले भनेँ ।
मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो । उसले भन्यो, “यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी । तिमी यो घरमा आएको कति वर्ष भयो भन त ? हामी त यहाँ पुस्तौँ पुस्तादेखि बस्दै आएका छौँ । वास्तवमा यो घरको मालिक हामी पो हौँ । तिमी त किराया तिरेर बसेका हौ ।”
उसको कुरा सुनेर कसलाई रिस नउठ्ला ? मैले भनेँ, “मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्छाै ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।” “भो–भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मद्दत लिनु पर्दैनथ्यो ।” यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन ।” ङ्यार्रर्रु गरेर रिस पोख्यो ।
कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, “अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।”
“जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?” दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।
ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, “कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।”
“मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?”
ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस म¥यो । “तिमीलाई कस्तो कथा मनपर्छ ?” मायाले ढड्डु मुसासँग सोधी ।
“मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जङ्गलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?”
ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, “अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्नुपर्छ बुझ्यौ ?”
“त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।” डढ्डु मुसाले भन्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो, “कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?”
“ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।” भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।
हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, “मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?”
“त्यो त हो । तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन ।” पाटेले भन्यो ।
उसको कुरा टुंगिन नपाउँदै टाटेले थप्यो, “हो । मलाई पनि अरु पशुपंछीले कुकुरलाई हेपेको, कुकुरलाई मुर्ख बनाएको कथा मनै पर्दैन ।”
तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, “हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्काे पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।”
“भो, भो । धेरै अर्ति उपदेश दिनु पर्दैन । लडाइँ, झगडा, ढिस्युँढिस्युँ भएन भने कसले सुन्छ तिम्रो कथा?” दुलोबाट निस्केर ढड्डु मुसाले फेरि बकबक गर्न थाल्यो । उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो । रिसले उसले आँखा देखेन । झ्वाम्म झम्टिहाल्यो । बिजुली चम्केझैँ ढड्डु मुसा दुलोभित्र लुकिहाल्यो । बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो । उसको मुखमा घाउ भयो ।
“हाऊ । हाऊ ।” पाटेको समर्थनमा टाटे जोडले भुक्न थाल्यो । माया रमाइलो मानेर हाँसिरही ।

दाताहरुसित सावधान – दोस्रो लेख

ध्रुवहरि अधिकारी
समयको सङ्केत । नेपालको तिब्बती शरण्ाँर्थी समुदाय हरेक वर्È फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ । किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन् । १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ । यसबाहेक, असारमा (जुलाई) दलाई लामाको जन्मदिन मनाउने चलन छ । जगजाहेर कुरो हो, यी कामहरु शान्तिपूर्वक गरुञ्जेल नेपाल सरकारका प्रहरी निकाय संयमित रहन्छन्, चीन विरोधी जुलुस प्रदर्शन र नाराबाजी हुन थालेपछि भने प्रहरीले चूप्प लागेर बस्न मिल्दैन । किनभने नेपाल सरकारले चीनसितको सम्बन्धलाई बेवास्ता गर्न सक्दैन । “एक चीन नीति” अर्थात् तिब्बत, ताइवान समेतका भू–भाग चीनमै पर्छन् भन्ने मान्यतालाई त्याग्न सक्दैन । सबैलाई थाहा छ, प्रभावशाली भारत र शक्तिशाली अमेरिकाले समेत “एक चीन नीति” छोड्न सकेका छैनन् । भारतमा त तिब्बतबाट भागेर हि“डेका दलाई लामा सहित एक लाख तिब्बतीहरु निर्वासनमा बसेका छन् । यसरी एक हदभन्दा बढी गएर चीनलाई चिढ्याउने सामथ्र्य अमेरिका र भारतले समेत सक्दैनन् भने “सानो” नेपालबाट सा“ध जोडिएको चीनसित कुन स्तरको प्रतिवाद, प्रतिरोधको अपेÔा गर्ने ? यतिञ्जेल शरण्ँको मारण्ँ गरेको छैन, त्यही ठूलो कुरो हो । यस तथ्यलाई शरण्ाँर्थी समुदायले बुझिदिनै पर्छ । 
यो वास्तविकता नेपालमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरु र तिनका युरोपेली, अमेरिकी समर्थकहरुले नबुझेका पनि छैनन् । मानव अधिकारवादी संगठन र तिनका सदस्यहरु पनि अनभिज्ञ छैनन् । शरण्ाँर्थीले शरण्ाँथीको थान्कोमा बस्नुपर्छ, नेपालमा बसेर चीनको विरोध गर्ने राजनीतिमा लाग्न पाउनुपर्छ भन्ने सरासर अनुचित माग राख्नु हु“दैन । यस्तो यथार्थप्रति आाखा चिम्लेर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको निन्दा, आलोचना गर्ने–गराउने कार्य आफैंमा निन्दनीय छ । बुझ पचाउने प्रवृत्ति र दोहोरो मापदण्ड अपनाउने नीति दुवैथोक आलोच्य छन् । 
निर्वासित तिब्बतीहरुको सञ्चार माध्यम “फायुल” वेबसाइटमा देखिएका र “टिबेटन रिभ्यु” मा दोहो¥याईएका विवरण्ँले मार्च ५ मा जारी भएको त्यस संयुक्त वक्तव्यको उल्लेख गरेका छन् जसको स्रोत इन्टरनेसनल कमिसन अफ् जुरिस्ट र ह्युमन राइटस् वाच हुन् । तिनले जेनेभास्थित् राष्ट्रसंघीय मानव अधिकार परिÈद्लाई ध्यानाकर्Èण्ँ गराएका रहेछन् । यसैबीच, अस्ति शनिबारको अङ्कमा बेलायती पत्रिका “दि इकोनोमिस्ट” मा नेपालमा चीनको प्रभाव बढ्दो छ भन्ने सन्देश दिन तिनै तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न खोजेको भनिएका घटनाको चर्चा गरिएको रहेछ । चीनको राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई ङ्खयाक्समार्फत् बाक्लो पत्राचारद्वारा तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न दबाब दिने गर्छ भनिएको रहेछ । 
पश्चिमी देशहरु र तिनको आडमा सञ्चालित गैर–सरकारी संस्थाहरुको चाहिनेभन्दा बढी चासो चीनको दबाब बढाउने मुख्य कारक–तत्व हो । नेपालमा बसेका तिब्बती शरण्ाँर्थीलाई उक्साउने काम पनि आफैं गर्ने र त्यसरी उक्साइएका तिब्बतीहरुले उपद्रो गर्दा निगरानी राख्न खोज्ने नेपाली अधिकारीहरु चिनिया“ दबाबसामु लत्रिए भनेर नेपाललाई नै व्यङ्ग्य गर्न पनि अघि सर्ने ? नेपाललाई मद्दत गर्ने निहु“मा नेपाललाई नै अप्ठेरो पार्ने, अर्घेलो देखाउने पश्चिमा देश र नानाथरी नामका संस्था र निकायहरु तिब्बती मामिलामा उदांग भएका छन् । नेपालको धार्मिक सहिष्ण्ँुता, जाति–जाति बीचको सद्भाव र यस मुलुकको भौगोलिक अखण्डतालाई कमजोर तुल्याइदिने काम पनि दाता कहलिने कतिपय देश र तिनबाट सञ्चालित समूहहरुबाट भैरहेको छ । नर्वे, स्वीडेन, फिनल्याण्ड जस्ता मुलुक किन विवादास्पद भैरहेका छन् तिनका कूटनीतिक नियोगले आत्मसमीÔा गर्नु आवश्यक भैसकेको छ । र, यस प्रसङ्गमा बेलायतजस्तो सहयोगी मित्रराष्ट्र समेत विवादमुक्त रहन सकेन किन होला त ?
“एक–चीन नीति” कायम राख्दाराख्दै पनि भारतले तिब्बतको मामिलामा पश्चिमी जगतको अवधारण्ाँलाई बल दिने काम गर्दै आएको मानिन्छ, बेला–बेलामा देखिन्छ पनि । भारतले त्यसो गरेको भारत–प्रशासित काश्मीरको विÈयमा चीनले राख्ने गरेको आग्रहको प्रत्युत्तर हुनसक्छ भन्ने एकथरीको सोच छ, जुन आधारहीन कुरो होइन । किनभने दिल्लीस्थित चीनिया“ दूतावासले चीन जाने प्रवेशाज्ञा (भीसा) खोज्ने जम्मु–काश्मीरका बासिन्दालाई राहदानी (पासपोर्ट) मा छाप लगाइदिनुको साटो छुट्टै कागजमा लेखेर दिएको अनुमति राहदानीमा गाासिदिने गर्दछ । यस्तो प्रक्रिया अपनाउनुको अर्थ काश्मीरलाई भारतमा गाभेको कुरालाई चीनले मान्यता नदिएको लाग्दै आएको छ । अभिलेखमा भएको विÈय पनि हो, सन् १९४७ मा भारत र पाकिस्तानको जन्म भएपछि भारतले सैनिक बल समेतको प्रयोगद्वारा काश्मीरका राजा हरि सिंहलाई कागज गराई काश्मीरको नियन्त्रण्ँ आङ्खनो हातमा लिएको हो । पछि, राष्ट्रसंघमा त्यो मामिला पुग्यो र तत्कालीन प्रधानमन्त्री नेहरुले काश्मीरका जनताको राय बुझ्न जनमतसंग्रह गराउने वाचा गरे । तर यो काम आजसम्म भएको छैन । परिण्ाँमतः काश्मीर अशान्त रहिआएको छ, र पाकिस्तान–प्रशासित काश्मीर र भारत–प्रशासित काश्मीरको बीचमा राष्ट्रसंघीय शान्ति नियोग कार्यरत छ । भारतको विदेश राज्यमन्त्री रहिसेकका शशी थरुरले हालै प्रकाशित एउटा आलेख (द काठमाडौं पोस्ट, २७ फेब्रुअरी) मा काश्मीरबारे चर्चा गर्दै सन् १९४७ मा अरु ५६२ वटा रजौटाहरुसरह भारतमा विलय हुन नचाहने काश्मीरका महाराजा हरि सिंहले आङ्खनो राज्यलाई भारत र पाकिस्तान दुवैबाट अलग “स्वतन्त्र काश्मीर” बनाउन चाहेको कुरा स्वीकार गरेका छन् । जनमतसंग्रह गरिएन र विवादको स्थिति अद्यपि कायम रहन गयो भन्ने थरुरको निष्कर्È छ ।
कतै चीन–भारत शीतयुद्धको यसै चेपुवामा त नेपाल पर्न लागेको होइन ? यस्तो बखतमा नेपालमा सबल र दूरदर्शी नेतृत्व हुनुपथ्र्यो । तर बहाल छ अस्थिर र कमजोर नेताहरुको सरकार ।

सक्छौ गर सक्दैनौ छाड – पहिलो लेख

राम प्रधान
आज नेपाल अन्यौलको भूमरीभित्र मडारीरहेको छ । नेपालको भावी दिनहरुमा कसरी नेपाली जनताहरुको नैसर्गिक अधिकारहरुको रक्षा गर्ने, देशलाई सार्वभौम बनाउने, नेपाल आमाका सन्तानहरुलाई सुखी बनाउने, दीर्घकालीन रुपमा शान्ति स्थापना अहिलेको चुनौति हो । एउटा निर्णयले क्षणिक आवेश र भावनाले देश र नेपाली जनताहरुको भाग्य र भविष्यमाथि जे पनि हुन सक्दछ । नेपाल र नेपालीहरुको भाग्य उदय हुन सक्छ भने गलत हुँदा इतिहासका पानामा मात्र नेपाल र नेपाली कैदी मात्र पनि हुन सक्छ । हो देशलाई सुन्दर, स्रोत, शक्ति सम्पन्न बनाउने काम नेताहरुको कर्मले गर्छ । नेताहरु इतिहासको पानामा अनन्तकालसम्म आदरणीय र पुजनीय पनि हुन्छन् । जसले देश र जनताहरुको भाग्य र भविष्य निर्माणको लागि योगदान पु¥याउनेहरु इतिहासमा जीवित रहन्छन् । वर्तमान अवस्थामा नेपाल र नेपालीहरु अत्यन्तै संकटपूर्ण अवस्थामा गुज्रनु परेको छ । दैनिक रुपले नेताहरु र तिनका राजनीतिक पार्टीहरु प्रतिको जनविश्वास घट्दो क्रममा छ । नेताहरुको कर्म, धर्म, नैतिकता र व्यवहार यस्तै रहेमा नेपालीहरुको टाउकोमा ठूलो बज्रपात बज्रिने अवस्था आएको छ ।
नेपालका राजनीतिक परिवर्तनहरु विभिन्न पार्टीका नेताहरुले अगुवाई गरेर परिवर्तनको लागि महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेपनि परिवर्तनका उपलब्धीहरुलाई व्यवस्थापना गरी संस्थागत गर्ने कार्य क्षमताको अभाव खड्किएको छ । केवल परिवर्तनहरु गर्दै जाने र उपलब्धीहरुलाई उचित रुपले व्यवस्थापन नगर्ने हो भने त्यो जनघातीमात्र हुन्छ । आज दोस्रो जनआन्दोलनको उपलब्धीहरुलाई उचित रुपमा व्यवस्थापन नभएको कारण सर्वत्र अस्तव्यस्त स्थिति छ । नेपालको राष्ट्रिय हितको लागि जनताहरुले गरेको अपेक्षाहरु, जनताको त्याग र बलिदानहरु अवमूल्यन गरिएको छ । जसको बलिदानबाट यो अवस्था आयो । जसले जीवन, धनसम्पत्ति, परिवार, सन्तान, समय गुमाए । उनीहरुको निम्ति बास, गास, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा केही छैन । गुमेका र बेपत्ता परिवारका सदस्यहरुको कुनै मतलब छैन । अवसरवादी, लुटाहा, फटाहा, हत्याराहरुको बोलवाला छ । जो सर्वत्र अपराधमा संलग्न छन् । उनीहरुलाई पुरस्कृत गरिएको छ । क्रान्ति वा आन्दोलनमा घाइते भएर जीवन मरणको दोसाधमा परेकाहरुलाई वास्ता छैन । राजनीतिक पार्टीहरु र नेताहरुलाई आजको वातावरणमा पु¥याउने जीवन मरणको संघारमा रहेका घाइतेहरुलाई अस्पतालसम्म पु¥याउने विचार पु¥याउन इच्छा व्यक्त गर्न नसक्ने सरकार एउटा व्यक्तिलाई करोडौँ करोड रुपैयाँ दिएर राष्ट्रिय ढिकुटी ब्रह्मलुट मच्चाउने कार्यमा अग्रसर छ । के नेपाली जनताहरुले गरेको त्याग, बलिदान, योगदान, मेहनत, क्रान्ति, हत्या, हिंसा, ध्वंस लगायतका कार्यहरु केवल प्रचण्ड कमरेडको छोरालाई मात्र दिएका हुन् । राष्ट्रिय सम्पत्ति नष्ट गरेर सगरमाथा चढ्दा शान्ति स्थापना हुने भए २१ औँ पटक सम्म सगरमाथा पुग्ने व्यक्तिहरु पुग्दा किन संविधान बनेन ? सगरमाथा चढ्दा संविधान बनेर स्थायी शान्ति हुने भए छोरा होइन बुबा आफै सबै विरोधी लिएर १४ जेठसम्म उतै बसे संविधान बन्थ्यो होला नि ? नेपालको इतिहासमा सबैभन्दा विद्वान, सबैभन्दा योग्य, कला कौशल र प्रतिभा भएको महान् क्रान्तिकारी नेता प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री सबैभन्दा विद्वान भएको कारणले होला वहाँको कार्यकालमा मन्त्री भएर छाडा, अश्लील गाली बेइजति जे गरे पनि छुट हुन्छ । हत्यारालाई चोख्याउने काम भइरहेको छ ।
तर जनताहरुको त्याग, बलिदान, योगदानको कुनै अर्थ रहेन । जो जसको कारणले रमाई–रमाई खाँदै राष्ट्रिय अर्थतन्त्र तहसनहस बनाउने काम हुँदै छ । जनआन्दोलनको र कुथित जनयुद्धको घाइतेहरुको औषधी उपचारमा, भरण पोषणमा, हत्या हिंसाबाट पीडित परिवारजनहरुको विल्लीवाठ भएको स्थितिमा हजारौँ परिवारका बेपत्ता सदस्यहरुको भ्रष्टाचारीको, तस्करहरुको एकमुष्ट भन्दा आर्थिक र नेतिक अपराधीहरुको मात्र देश हो । सर्वसाधारण, गरीब, निमुखा, इमान्दार, मेहनती र स्वाभिमानीहरुको होइन जस्तो देखिएको छ । त्याग र बलिदान गर्नेहरुको मूल्य र मान्यता रहेन । संविधान बनाउने नाममा संविधासभा निर्वाचनपछि केवल राष्ट्रिय अस्मिता, लुट्ने भन्दा बाँकी केही भएन । क्रान्तिको नाममा, युद्धको नाममा, आर्थिक, भौतिक, प्राविधिक, शैक्षिक र जनधनको मानसिक क्षति भएको छ । त्यसको पूर्ति गर्ने नेपालका नेताहरुको कार्य क्षमता र व्यवस्थापन रहेनछ भन्ने उनीहरुको व्यवहारले देखाईरहेको छ । नेपाली राजनीतिमा नेतृत्व गर्ने नेताहरुको चरित्र निर्माण होइन । नष्ट, ध्वंश गर्न नदिने, गरेको देखि नसक्ने छ । हत्या, हिंसा, विध्वंश, नष्ट गर्दा प्राप्त हुने स्वाद आनन्द निर्माणले दिँदैन । निर्माण प्रक्रिया, प्रविधि मान्यताहरु समय चाहिन्छ भने विनासको लागि केही चाहिँदैन । किनभने नेपाली जनता र राष्ट्रियता प्रतिको दायित्व र जिम्मेवारी कसैबाट महसुस भएन । विवाद निरन्तर रुपमा चलिरहन्छ । विकासको लागि विवाद आवश्यकता पनि छ । कुनै व्यक्ति, कुनै गुट, कुनै झुण्ड, कुनै पार्टीको देश बन्धक बनाउन पाइँदैन । देश कुनै व्यक्ति, पार्टी, गुट वा झुण्डको सम्पत्ति होइन ।
२०६९ साल जेठ १४ गते सम्ममा नेपालको संविधान बनाएर घोषणा नगर्ने हो भने संविधासभाको, संविधान सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुको, तिनका नेताहरुको अब कुनै अर्थ छैन । १४ जेठ २०६९ भन्दा उता संविधान सभाको सदस्य भएर बस्ने नैतिक अधिकार छैन । नेपालको धर्तीमा देश र जनताको लागि काम गर्न गठन गरिएको राजनीतिक पार्टीहरु हुन् देश र जनताहरुप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु पर्दछ । नेपाली धर्तीको अनन्तकालसम्म यस्ता राजनीतिक पार्टीहरु गठन, पुनर्गठन, विलय, विघटन भइरहन्छ । वर्तमान नेपाली धर्तीमा संगठित, स्थापित जिम्मेवार पार्टीहरुले संविधान सभालाई निष्कर्षमा पु¥याउनु नसक्ने हो भने यी पार्टीहरु नेताहरु ऐतिहासिक कलंक मात्र हुन् । यदि इतिहासमा कलंकको टीका नलगाउने हो भने सबै कुरा स्थगित राखेर संविधान निर्माण होस् । संविधान बनाउन नेताहरु, तिनका पार्टीहरुले नसक्ने हो भने ठाउ छाडे हुन्छ । सक्छौ संविधान बनाउने काम गर सक्दैनौ ठाउँ छाड । पार्टीहरुले नसक्ने हो भने ठाउँ छाडे हुन्छ । नेपाली जनताहरु नेताले गोठमा बाँधेको पशु होइन ।

आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत
तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ  । पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन् । झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ  । सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ  । एकसुरले बजेका घन्टाले मन तान्छ  । गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ  । आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?
ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन््  । पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आफ्ना पे्रमीसँग  । वी आर इन्जोइङ टु मच, उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्  । त्यही अपराह्न (२१ फागुन २०६८) काठमाडौँबाट बनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला  । एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ  । साँझ छिप्पियो क्रमशः क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो  । अकाशमा पिलपिल तारा । तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले । अनेकौँ डुङ्गामा, मध्यभागमा पुगेर तस्वीर लिनेहरूको होड छ । नेपाली पत्रकारलाई प्रदर्शक (गाइड)को सौभाग्य पनि मिलेको छ । बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला । भन्छन्,“काशीका घाटको विशेषता अनेक छन् । मणिकर्निका घाटमा शव जलिरहेका छन् । त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन् । काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा–टाढाबाट पनि त्यहाँ शव आउँछन् । जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ । कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे ।” सञ्जयले सिन्धिया घाट चिनाए । सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए । जिज्ञासा र अन्तत्र्रिmया पनि थिए त्यहाँ ।
१८ फागुन २०६८ बाट बनारस उडान भर्न शुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पु¥याएको थियो । कम्पनीकी सञ्चार सम्पर्क अधिकृत बिनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन् । आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ । अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो । शुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा बनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो । बीस अर्बको उत्तरप्रदेशको जनसंख्यामा बनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ । भीड र अन्यन्तै भीड । होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो । बिनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही–कोही राताम्यै थिए । यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरह्यो । आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन । गाइड सञ्जयले होटल फर्कने उर्दी मात्र सुनाएनन्न् डुङ्गामै अर्काे दिनको घुमफिर कार्यतालिका पनि सुनाए । होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु ।
बल्लभजी (पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए । एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ । कुराकानी मिल्छ । बनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ । पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन बनारस जीवन र राजनीतिदेखि पुष्पलालको बनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए । मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए । उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो । जेल जर्नललगायत बीपीका कृति सम्झिएँ । त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?
पन्डाको सियो
भोलिपल्ट हामी दुईले “मर्निङवाक” सकेर होटल फर्कंदा घडीले ६ बजेको देखाएको थियो । सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै “लबी”मा आइसकेका थिए । साथीहरू एक–एक गरेर आउन लागे । विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो । १५ मिनेट कुर्ने भए सञ्जय । थप १० मिनेट कुर्दा पनि केही साथी आएनन् । आखिर छुटे । यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ । लगत्तै थियो, गङ्गा स्नान । हामी अघिल्लै दिनको स्थल गएका थियौँ । गङ्गा भर्खर ब्युँझँदै थिइन् । स्नानअघि हामीले बागमती सम्झियौँ । बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ । पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो ।
बनारसका पन्डाबारे धेरै सुनिएको कुरा हो । आज हेर्नु थियो । पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए । साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो । शुरुमा उनीहरू सियो बन्दा रहेछन् । किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन । एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक–पटक सम्झाउँदै थिए । पानी अँचाएपछि मैले पनि पूजा गरेँ । अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ । आफँै टीका लगाएँ । दक्षिणा भने उसलाई दिएँ । ऊ मलाई कर्के आँखाले हेर्दै थियो । सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला । श्राद्धको चार–पाँच मिनेटको विधि गर्न साथीलाई शुरुमा उसैले उक्सायो । दिवङ्गत पितृका निम्ति साथी सहमत भए । पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प शुरु भयो, दस हजारबाट “बार्गेनिङ” शुरु ग¥यो । समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जबरजस्ती मान्न ऊ तयार भयो । पन्डाबारेमा अरूहरूले भनेका अनकौँ कुरा सम्झिएँ । वास्तवमै पन्डाको चरित्र बनारसको विकृति हो । हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने “बार्गेनिङ”लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ । क्रमश...

प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’

काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ ।
केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको छ ।
१४ राज्य बनाउन सम्भव पनि देखिएन, सहमति पनि हुने भएन– प्रचण्डले दलका शीर्ष नेताहरुबीच राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो–‘त्यसलाई ७ वटा राज्यमा झारौं र कुरा मिलाऊं ।’ प्रचण्ड निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि अध्यक्ष प्रचण्डले प्रदेशहरुको संख्या घटाउने प्रस्ताव राखेको स्वीकार गरे । ‘सामथ्र्य र पहिचानलाई स्वीकार गरौं, त्यसो भए संख्या घटाउन सकिन्छ गजुरेलले भने–‘संख्याका विषयमा हामी रिजिड छैनौं ।’ प्रचण्डको प्रस्ताव सुन्नासाथ एमाले अध्यक्ष झलनाथ खनालले ‘बल्ल ठिक कुरा गर्नुभयो प्रचण्डजीले’ भन्दै समर्थन जनाएका थिए ।
त्यसबेला प्रचण्डले केही जातीय राज्यहरु गाभेर दुईवटै पहिचान झल्नििे गरी नाम राख्न सुझाव दिएका थिए । मधेसमा दुईवटा प्रदेशमात्र बनाउने, सुदुरपश्चिममा दुई प्रदेश बनाउने र नेवाः तथा ताम्सालिङ प्रदेशलाई जोड्ने प्रचण्डले प्रस्ताव गरेका छन् । मौखिक रुपमा पेश गरिएको प्रस्तावमा प्रचण्डले जातीय पहिचानलाई सम्मान गर्नुपर्ने बताएका थिए । जातीय पहिचानलाई मान्यता नदिंदा सबै दलका जातीय मोर्चा एक ठाउँमा आउनसक्ने भन्दै प्रचण्डले समस्या समाधान गर्ने गरी छलफल गर्नुपर्ने बताएका थिए ।
यसअघि केन्द्रीय समितिको बैठकमा ६ प्रदेशका बिषयमा पनि छलफल भएपनि औपचारिक रुपमा माओवादी जातीय पहिचानका आधारमा १४ राज्य हुनुपर्ने अडानमा छ । पार्टीभित्र भने १३ वटा राज्यको अभ्यास गरिरहेको छ ।