भूकम्प पिडीतका घर बनाउन हिँडे झापाली युवा

बिर्तामोड । नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार हालैको भूकम्पबाट अति प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणका लागि झापाबाट १ सय जनाको युवा टोली शनिबार त्यसतर्फ हिडेको छ । टोलीलाई पार्टीले  विदाइ गरेको छ । पार्टीले गठन गरेको ‘भूकम्प पिडीतहरुका लागि राष्ट्रिय स्वयम् सेवक परिचालन अभियान २०७२’ सफल बनाउन बेनु सिवाकोटीको नेतृत्वमा १ सय जनालाई औपचारिक विदाइ गरिएको हो । पार्टी जिल्ला कार्यालय परिसरमा आयोजित कार्यक्रममा अभियानको नेतृत्वकर्ता शिवाकोटी सहित युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, जिल्ला अध्यक्ष डम्बर गिरी, लगायतलाई निर्माण कार्यमा प्रयोग गरिने औजारहरु हस्तान्तरण गरियो । अभियानमा संलग्न सबैलाई पार्टीको लोगो अंकित खादा तथा अविर लगाइदिएर विदाई गर्दै पार्टी नेताहरुले भूकम्प पिडीतको आश्रयस्थल बनाएर आउन शुभकामना दिए । पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षता, केन्द्रीय सदस्य एवम् मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सभासद् रविन कोइराला लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment