सानिमा बैङ्कद्वारा खुत्रुके सहयोग

लखनपुर । झापाको लखनपुरमा बालबालिकाको क्षेत्रमा क्रियाशील चेतना बाल संरक्षण मञ्चलाई सानिमा बैंकले खुत्रुके सहयोग गरेको छ । शनिबार मञ्चको कार्यालय प्राङ्गणमा एक कार्यक्रमका बीच २ सय ४० थान खुत्रुके कार्यक्रमका प्रमुख अतिथि तथा सानिमा बैंक दमक शाखाका प्रमुख चुडामणी चापागाईंले मञ्चका अध्यक्ष हरि प्रसाद ढकाललाई हस्तान्तरण गरे । चापागाईंले सानिमा बैंकले मञ्चलाई गर्न सक्ने सबै सहयोग आगामी दिनमा पनि गर्दै जाने बताएका थिए । त्यस अवसरमा अध्यक्ष ढकालले मञ्चले लखनपुरमा गर्दै आएको बाल क्लव बिस्तार, बाल पुस्तकालय निर्माण र बाल साप्ताहिक प्रकाशनसँगै खुत्रुके बाल बचत सञ्चालन गर्न लागेको बताए । कार्यक्रममा लखनपुर गा.बि.स.का सचिव राजकुमार शाक्य, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोख्रेल, लखनपुर खानेपानी संस्थाकी अध्यक्ष उषा भण्डारी लगायतको उपस्थिती रहेको थियो । 

0 प्रतिकृया:

Post a Comment