आश्रमका माताहरूलाई खाजा

सुरुंगा÷एचडीएनपी ईन्टरनेशनल नेपालले झापाको सुरुङ्गा–४ स्थित राधाकृष्णमुक्ति साधना आश्रमका माताहरूलाई खाजा दिएका छन् ।
झापाको सुरुङा–४ स्थित राधाकृष्णमुक्ति साधना आश्रमका
माताहरूलाई खाजा वितरण गरिएपछि सामूहिक तस्वीर खिचाउँदै ।

सोमबार आश्रममा कार्यक्रम गरि सो संस्थाले आश्रमका माताहरूलाई खाजा उपलब्ध गराएको हो । कार्यक्रममा सो संस्थाका सुशीला आचार्य, संस्थाका कार्यक्रम निर्देशक डिल्ली न्यौपाने, सदस्यहरू सुदेस कँडेल, कुलचन्द्र आचार्य, शुनिल कँडेल, महेश कडेल लगायतका उपस्थिति रहेको थियो । अमेरिकामा रहेको सो संस्थाले नेपालका बिभिन्न क्षेत्रहरूमा असहायहरूलाई सहयोग प्रदान गर्दे आएको छ । सोही संस्थाले धनकुटाको मूलघाटमा समेत त्यहाँका माता तथा ज्येष्ठहरूलाई साउन ३ गते खाजा प्रदान गर्ने तयारी गरेका छन् । त्यस्तै राजधानीमा रक्तदान, वृद्धवृदाहरूलाई खाजा प्रदान गर्ने जस्ता कार्यक्रम तय गरिएको जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment