हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

नौलो संसारको शुभ मुहूर्त

दमक/टेलिकथानक चलचित्र नौलो संसारको यहाँ शुभमुहूर्त गरिएको छ ।सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको सो टेलिचलचित्रको शुभमूर्हत गरिएको हो । दमक–१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।  पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रकोे निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् ।पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा...

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा...

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण...

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य...

समाज निर्माणमा मर्यादित पत्रकारिताको खाँचो

पिपुल्स टाइम्स समाचारदमक/समाज निर्माणमा मर्यादित पत्रकारिता जरुरी रहेको झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पेशागत विकास गर्न सञ्चारकर्मीहरु गतिशील बन्नु पर्ने बताएका छन् । पत्रकार मञ्च दमकको तेश्रो अधिबेशन तथा आठौँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले सञ्चारकर्मीहरुको भूमिका अझ बढ्दै गएको औँल्याए । मञ्चको उद्घाटन शत्रमा बोल्दै महासंघका पूर्वाञ्चल संयोजक पोख्रेल अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय...

‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले...

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो । संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका...

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् ।  यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन...

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ । नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ...

सिटी क्लवको अध्यक्षमा खडका

दमक/दमकमा भएको एक युवाहरुको भेलाले शेखर खड्काको अध्यक्षतामा ११ सदस्यीय सिटी फुटवल क्लव दमक गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु लावर, सचिवमा नारायण बिष्ट, सहसचिवमा सन्तोष थापामगर र कोषध्यक्षमा मजुन राई रहेका छन् । भेलाले सल्लाहकार समिति गठन गरेको छ ।  समितिको सदस्यहरुमा इन्द्र कार्की, टिका अधिकारी र कर्ण बिक रहेका छन् ...

भृकुटीको बाल क्लवमा सविना

दमक/भृकुटी निम्न माध्यमिक बिद्यालय दमक १ को भृकुटी बाल क्लवको अधिवेशनले सविना केसीलाई चयन गरेको छ ।  शुक्रवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा सलिना सुब्बा, सचिवमा फणिन्द्र रिजाल, सहसचिवमा देशराज कटुवाल र कोषध्यक्षमा अस्मित राई चुनिएका छन् । सदस्यहरु जानुका अर्याल , पुर्णिमा माखिम , सोनिया कुमाल ,  जितेस धिमाल , पुजा बिक र ममता राई छनौट भएको  बिद्यालयले जनाएको छ ...

हिमालयको शैक्षिक पुरस्कार बितरण

दमक/हिमालय उच्च मावि दमक २ ले तुलसादेवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरेको छ । शुक्रवार विद्यालयमा भएको कार्यक्रममा विद्यालयकै कक्षा ११ मा अध्ययनरत  जेहेन्दार विद्यार्थी  समिक्षा अर्याल , कक्षा १० का छात्र प्रविण ताजपुरिया  र कक्षा ७ का श्यामबाबु रजकलाई पुरस्कार प्रदान गरेको हो । दमक नगर पालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजिक अगुवा शेर बहादुर भटराई, लोक गायक एल पी जोशी, लेखक रुद्र निरौला, धनञ्जय बास्कोटा लगायतले पुरस्कारको बिषयमा चर्चा गरेका थिए ।बोन्साइ साहित्य...

मेरो देश – कविता

निसान श्रेष्ठम नेपाली हुँ मलाई लाग्छ गर्वमेरो देश हेर्दा लाग्छ मलाई स्वर्गहामी कक्षा ८ मा पढ्छौं एक सालतर म कहिले बिर्सिन मेरो देश नेपालनेताहरु चुनाव मै अड्किन्छन् सबै हुन्छन् निरासयस्तै भयो भने कहिले हुन्छ देशको विकास ?हाम्रो देश हेर्दा सबै देश छन् अगाडिएकदिन हाम्रो देशको विकास हुन्छ किनभने हामी हौं नेपाली ।हाम्रो देशमा जताततै छ हरियालीदेशको विकास गर्नुपर्छ है यसपालीअहिले त हुन थालेको छ नेपाल बन्दहामी जस्तो विद्यार्थीले यो सुन्दा मान्छन् आनन्द ।हामी नै हो देशको भविष्यकसलाई थाहा छ होला, हाम्रो देशको सुन्दरताको रहस्य ?हामी नेपाली भनेर चिनिन्छ...

बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचारझापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ । ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर...

अस्पताललाई गाउँलेद्वारा जग्गादान

लखनपुर/झापा लखनपुरका बासिन्दाहरुले गाँउमा नै आयुर्वेद अस्पताल बनाउन २ विगाहा बढी जग्गा उपलब्ध गराएका छन् । लखनपुर–४ र ५ का एक दर्जन बढी गाँउलेहरुले करोडौँ मूल्य पर्ने २ विगाहा १ कठा जग्गा अस्पताललाई दान गरेका हुन् । पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ती क्षेत्रका गाँउलेहरुले विहीवार सामूहिक रुपमा १ विगाहा ८ कठ्ठा साढे १ धुर जग्गा दान गरेका स्थानीय सामाजिक अगुवा तथा जग्गादाता मणीकुमार भण्डारीले जानकारी दिए । विहीवार जग्गादाताहरुले अस्पताललाई मालपोत कार्यालय दमकमा गएर लिखत पास गरेका हुन् । भण्डारीले ९ कठ्ठा १३ धुर, गणेश...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर/मोरङ जिल्लामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।मोरङको लेटाङ बस्ने ३६ वर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र एक बालिकाको ठेलाको पाङ्ग्रामा सल बेरिएका कारण मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मगर बिहिबार राति तुर्के खोला तर्ने क्रममा बेपत्ता भएपछि शनिबार बिहान ९ बजे खोजतलास गर्दा नदीको बगरमा मृत अवस्थामा फेला परेका हुन् ।त्यसैगरी, मोरङको कटहरी–७ बस्ने छ वर्षीया बालिका गुल्सन खातुनको सल ठेलाको पाङ्ग्रामा बेरिएर लड्दा गम्भीर घाइते भएको थियो । उपचारका लागि विराटनगर ल्याउने क्रममा उनको बुधबार साँझ...

लायन्स क्लव अफ दमकको पद हस्तान्तरण

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका वीच लायन्सको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । लायन्सका निवर्तमान अध्यक्ष बबरजङ थापा (किरण) ले नवनिर्वाचित अध्यक्ष अजय अग्रवाललाई पद हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले वार्षिक गतिविधिहरु जानकारी गराएका थिए । पद हस्तान्तरण कार्यक्रममा सहभागीहरु ः सो कार्यक्रममा लायन्स दमकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लायन्सको मार्ग प्रति सधैँ...

मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन्...

पूर्वमा टेलिकमको जेनेरेटर बिग्रियो

दमक/नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध...

अदालतमा वयान फेर्नेहरु जेल चलान

इलाम/ मानव वेचविखनमा उजुरी दिएर मुद्धा चलिरहेका बेला बयान फेर्ने दुई जना जेल चलान भएका छन् ।पुनरावेदन अदालत इलामले बयान फेरेको भन्दै तीन महिना जेल सजाय सुनाएका दुई जनालाई प्रहरीले झण्डै एक वर्षपछि हालै पक्राउ गरेको हो । अदालतले जेल सजाय सुनाएकोमध्ये पीडित एक युवती भने फरार रहेकी प्रहरीले जनाएको छ ।एक युवती र उनका आफन्तलाई भने कारागार पठाइएको हो । २०६८ असारमा नवमीडाँडाका दुई युवतीलाई बिक्रीका लागि सिलगुडि पु¥याएको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत पाँचथरमा मुद्धा चलेको थियो ।सुरुवाती बयानको क्रममा...

बौद्ध संस्कारमा एक रुपता बनाउन पहल

दूधे/मगरको बौद्ध संस्कारमा एकरुपता विषयक तीन दिने गोष्ठी सतासीको माईधारमा सम्पन्न भएको छ । आप्mनो संस्कारमा एकरुपता नभएकैले मगर समुदाय पछि परेको निष्कर्ष निकाल्दै आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका अगुवाहरूले देशैभर संस्कारमा एक रुपता लिनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर बौद्ध सेवा समिति झापाको आयोजना र जिल्ला मगर संघ झापाको सहयोगमा भएको सो कार्यक्रममा नेपाल मगर बौंद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष बिपि रखेल मगरले मृत्यु संस्कारमा सात दिनमा काम सकिनु पर्नेमा जोड दिए । उनले भने सात...

संघीय लिम्बुवानको कमिटी

पथरी/पूर्वमा भर्खरै एकता भएका ५ लिम्बुवान संगठनहरूको पार्टी संघीय लिम्बुवान पार्टी नेपालको मोरङ जिल्ला कार्यसमिति बुधबार गठन भएको छ । नव गठित पार्टीमा दिलु लिङ्देनको अध्यक्षमा १३ सदस्य कार्यसमिति गठन भएको हो । यस्तै शेरबहादुर साँवा सह–अध्यक्ष, विवेक लिम्बू वरिष्ठ उपाअध्यक्ष, दुखाराम माझी, भवानी लिम्बू, राजेश याक्सोक, राज पयाङ्गु र जीवन खेवा उपाध्यक्ष रहेका छन् । यस्तै विशाल इक्सा, योगेन्द्र चोङबाङ्, खगेन्द्र तामाङ सचिव र हेमराज भण्डारी रहेका छन् । यसैगरी अर्थसचिवको पद विसेन्द्र नाल्वोले जिम्मा लिएको छ । भेलामा पार्टी समायोजन समितिका संयोजक रामभक्त...

वास्तविक सवाल र चुरे संरक्षणको विषय – सम्पादकीय

यतिबेला सरकारले खोलानालाबाट बालुवा, गिटी, ढुङ्गा दोहनमा रोक लगाएको अवस्था छ । यसले चुरे संरक्षण कार्यक्रमको सन्दर्भमा कति महत्व राख्छ त्यो एउटा पाटो हो । सँगसँगै मुलुकको प्रकृतिक स्रोतको व्यवस्थापनका लागि पनि महत्वपूर्ण निर्णय गर्न सक्ला । त्यो अर्को महत्वपूर्ण उपलब्धि हुन सक्छ । तथापि नारा मात्रको चुरे संरक्षणको विषय खेलाँचीपनाको पनि चरम मनोमनी बन्दै गएको यथार्थ आजको लज्जाजनक विषय हो । चुरे संरक्षणलाई मुलुकमै पहिलो पटक स्थापित संस्था राष्ट्रपतिको कार्यालयको गरिमा समेतलाई जोडिनु आफैमा गर्वको विषय हो । कुनै समय सरकारी स्वामित्वका वनहरुको नामाकरण...

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई...

सरकारलाई बुझाए मेची सहकारीले ३० लाख कर

दमक/झापाको दमकको मेची सहकारी संस्थाले सरकारलाई कर तिर्ने जिल्लाभरको पहिलो सहकारी संस्था भएको दाबी गरेको छ । संस्थाले २९ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ कर बुझाएको जनाएको छ । बुधवार संस्थाले पत्रकार सम्मेलन गर्दै जिल्लामा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्था र धेरै कर तिर्ने सस्था भएको दाबी गरेको छ । संस्थाले ४० करोडको कारोबार गरेको छ ।  संस्थाको १८ औँ बार्षिक उत्सव तथा २० आँै साधरणसभाका बारेमा जानकारी दिन गरिएको कार्यक्रममा क्यान्सर पिडित सदस्यहरुलाई सहयोग, सदस्यका सन्तान प्राविधिक बिषय अध्ययनका...

छिट्टै पार्टी एकीकरण : नेता परियार

दमक/राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी कमिटी सदस्य राम परियारले संघीय समाजवादी पार्टी संग छिट्टै पार्टी एकीकरण हुने बताएका छन् । पार्टीले गठन गरेको वार्ता टोलीका सदस्य समेत रहेका नेता परियारले दुवै पार्टी एकीकरणका लागि अन्तिम तयारी थालिएको बताए ।  ‘दुवै पार्टीको मुद्दा एकै प्रकृतिका भएकाले पार्टी एकीकरणको पहल लगभग पूरा हुन लागेको उनको भनाई थियो । जनमुक्ति समाजवादी संग बिलय हुन लागेको हो त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता परियारले भने –‘दुवै पार्टी भित्र एकीकरणको अन्तिम तयारीमा पुगेका...

मजदुरको बिरोध प्रदर्शन

दमक/सरकारले खोलाहरुबाट निर्माण समाग्री निकाल्न रोक लगाएको बिरोधमा बुधवार  झापाको दमकमा मजदुरहरुले बिरोध  प्रदर्शन गरेका छन् । सरकारले रोक लगाउँदा मजदुरहरुको रोजीरोटीको समस्या भएको भन्दै तत्काल फुकुवा गर्न माग गरेका थिए । बुधवार कन्काइ माई ट्याक्टर संघ दमकको कार्यालयबाट शुरु भएको र्यालीले दमक नगर परिक्रमा गरि सभामा परिणत भएको थियो । स्वतन्त्र निमार्ण व्यवसायी संघ, जिफन्ट झापा, झापा कन्काइ माइ ट्याक्टर संघ, सम्पुर्ण मजदुर ट्याक्टर व्यवसायी सघर्ष समितिले गरेको ¥यालीमा खोला तथा नदीबाट...

चियामा कर वृद्धिको विरोध

इलाम/तयारी चियाका लागि जिल्ला निकासी करमा अत्यधिक वृद्धि गरिएको भन्दै इलामका चिया व्यवसायी विरोधमा उत्रिएका छन् ।जिल्लाका अधिकांश कारखानाले कर वृद्धिले व्यवसाय सङ्कटमा पर्ने जनाएका छन् । जिल्लाका २९ सानाठूला चिया कारखानाले मङ्गलबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।एकै पटक सय प्रतिशत कर वृद्धि गर्दा चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएको विरोधपत्रमा उल्लेख छ । गएको वर्ष तयारी चियामा प्रतिकिलो एक रूपैयाँ निकासी रहेकामा यो वर्ष प्रतिकिलो दुई रूपैयाँ तोकिएको छ ।जिल्ला विकास समितिले भने...

सुपारीको मूल्य बढ्दा किसान मालामाल

विर्तामोड/झापाको प्रशिद्ध नगदे बाली सुपारीको मूल्यमा चार गुणाले बृद्धि भएपछि जिल्लाका सुपारी कृषक उत्साहित बनेका छन् । अर्थमन्त्री रामशरण महतले बजेट मार्फत तेश्रो मुलुकबाट आयात हुने सुपारीको राजश्वमा वृद्धि गरेपछि नेपाली सुपारीले राम्रो मूल्य पाउँदा कृषक उत्साहित बनेका हुन् ।सिंगापुरबाट नेपालमा सुपारी आयात हुँदै आएको थियो । भन्सार मूल्यकर वृद्धि भएपछि तेश्रो मुलुकबाट आयात नहुँदा सुपारीको मूल्यवृद्धि भएको हो । पाउँदै आएको मूल्यभन्दा चारगुणा बढी मूल्य पाएपछि लामो समयदेखि उचित मूल्य नपाएका नेपाली कृषकको मुहार नै फेरिएको छ । सोचेभन्दा बढी मूल्य पाएका...

लिङदेन इजरायल प्रस्थान

दमक/संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन एक हप्ते राजनैतिक भ्रमणको सिलसिलामा इजरायलतर्फ लागेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ इजरायल प्रवास समितिको विशेष निमन्त्रणामा लिङदेन त्यसतर्फ प्रस्थान गरेका हुन् । यही अगष्ट १५ तारिखका दिन इजरायलको तेलअभिवमा सम्पन्न हुने २० औं आदिवासी जनजाति दिवस कार्यक्रमको विशिष्ट आतिथिका रूपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।उनले जाँदाजाँदै बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुम्बाङ्लाई पार्टीको काबा. अध्यक्षको जिम्मेवारी दिएका छन् । सो एक हप्ते बसाईमा मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रवास कार्य समिति इजरायलको...

ब्रम्हाकुमारी राजयोगलाई जग्गा प्रदान

उर्लाबारी /मोरडको मधुमल्लामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले भवन निर्माणका लागी जग्गा पाएको छ । मधुमल्ला ३ तोरीबारीका टेकबहादुर पौडेलले भवन निर्माणका लागी जग्गा दिएका हुन् । करिब ६ लाख रुपैयाँ मुल्य पर्ने एक कट्ठा जग्गा निशुल्क प्रदान गरिएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मधुमल्लाकी प्रमुख बबिता बेहन्जीले जानकारी दिइन् ।  केन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रहरु हुँदै आएका छन्...

कचहरी नाटक ‘घरेलु हिंसा’

उर्लाबारी/कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को सहयोगमा मोरङको उर्लाबारीस्थित मेलमिलाप केन्द्रले समाजको हिंसाजन्य घटनालाई मेलमिलापमार्फत समाधान गर्ने कुरालाई उजागर गर्न कचहरी नाटक ‘घरेलु हिंसाु प्रदर्शन गरेको छ ।घरेलु तथा महिला हिंसा र जातीय विभेद सम्बन्धि कचहरी नाटक उर्लाबारी –६ स्थित मंगलबारेमा मंगलबार प्रदर्शन भएको छ ।  केन्द्रले महिला तथा घरेलु हिंसा सम्बन्धि गाउँ टोलका समस्यालाई मेलमिलापको माध्यमबाट न्यायोचित हिसावले समाधान गर्न सकिने आफ्नो लक्ष्यलाई उजागर पार्न सो नाटक निर्माण गरेको केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी भण्डारीले...

दमक बाल उद्यान र नगरपालिका - सम्पादकीय

झापाको दमकमा अत्यावश्यक मानिएको शान्ति बाल उद्यान निर्माणको काम बिगत छ वर्षदेखि अलपत्र परिरहेको छ । नगरमा हुने र भइरहेको विभिन्न खाले पूर्वाधार लगायत अन्य विकासका श्रृंखलाहरुको चढाइबढाइ चर्चा गर्ने निकाय दमक नगरपालिका कार्यालय, नगरपालिका कार्यालयमा सल्लाहकारका रुपले आमन्त्रित हुने राजनीतिक दल र तिनका नेता वा प्रतिनिधि लगायत सरोकारवालाहरुले दमक(१५ को शान्ति बाल उद्यानलाई चाँहि पूर्वाधार निर्माणका दृष्टिले हेर्न नचाहेको हो भने त भन्न सकिन्न तथापि यो योजनामा भइरहेको लापर्बाही र हेपाई वास्तवमै निन्दनीय छ । दमकमा बसोबास गर्ने इमानदार नागरिकहरुले यसतर्फ...

गाईवस्तु पशु नभई मान्छे नै हुँदैछन्

टंक पाठक पाडाजुङ्गीदेखि विशेष गरी माइधारसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी साधनबाट बढी दुर्घटना भई राखेको कुरो हामी सर्वसाधारण जोकोहीले सुन्ने गरेकै छौं । दुर्घटना पनि दैनिक जसो भइराखेको छ । दुर्घटनामा केही लापर्बाही सवारी चालकबाट पनि भयो नै होला, तर बढी मात्रामा दुर्घटना हुने कारण पूर्व पश्चिम राजमार्ग दक्षिणपट्टिका गाउँ टोलमा बसोबास गर्ने मानिसका पाल्तु जनावरबाटै भएको कुरो प्रष्ट छ । भर्खरै मात्र मेरो एउटा विशेष कामले चन्द्रगढी जाने काम प¥यो र दमकदेखि कुनै एक बसमा चढी यात्रातिर लागेँ...

संविधान निर्माण गर्दा खेल्नुपर्ने मुख्य भूमिका

निधिरत्न अधिकारी नेपाली जनताको जनसंविधान लेख्नका लागि नै हो भनेर २०५२ सालदेखि २०६२ सालसम्म नेपाली जनताले सामन्तवादी राज्य व्यवस्थाको विरुद्धमा हतियार उठाए । यसको नेतृत्व तत्कालीन नेकपा माओवादीले ग¥यो । संवैधानिक राजतन्त्रको आड लागेर नेपाली कांग्रेस नेकपा एमाले र अन्य साना पार्टीहरू मिलेर प्रजातन्त्र नामधारी शासन चलाइरहेका थिए । २०४६ सालपछि प्राप्त नेपाली जनताको बलिदान त्यागबाट प्राप्त प्रजातन्त्रले यदि जनताको संविधान जनताकै नाममा गरिने राष्ट्रको भौतिक समृद्धि थियो भने तत्कालीन नेकपा माओवादीले...

मोदीको सन्देश र दलहरूको भूमिका

ओमप्रकाश गौतम वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गत श्रावण १८ गते संविधानसभाको हलभित्र ४५ मिनेट समय सान्दर्भिक उच्चकोटीको सम्बोधन गरे । सो सम्बोधन हाम्रा नेताको लागि एउटा चेतनाको दिप खुल्ने प्रकृतिको थियो, किन कि नेताहरू सत्ता र कुर्सीको केन्द्रमा आकर्षित थिए, जनतालाई कुनै राहत दिने थिएन । त्यसैले पनि उनको त्यो सम्बोधन हामी जनताका लागि एउटा अब्बल प्रकारको सम्बोधन थियो । त्यति मात्र होइन, मोदीको त्यो दुई दिने भ्रमण अपेक्षित सम्झौता वा अनुदानसँगै संसद भवनमा दिएको सारगर्वित...