‘५ दिनमा ब्रेक थ्रु आवश्यक’ – उपमुख्य समाचार

विवादित बिषयमा सहमति जुटाएर ५ दिन भित्रमा दलहरुले ‘ब्रेक थ्रु’ नगरे आगामी जेठ–१४ मा नयाँ संविधान जारी हुने सम्भावना नरहने संविधानका एक जानकारले बताएका छन् ।
शुक्रबार दमकमा आयोजित एक कार्यक्रममा नेपाल वार एशोसिएसन संघीयता संयोजक दिनेश त्रिपाठीले संविधान निर्माण र शान्ति प्रकृया टुङ्ग्याउन दलहरुले सहमति जुटाउन ढिलाई गरि रहेको बताए । उनले सहमति जुटाउने क्रममा न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायलय प्रति कुनै पनि सम्झौता नगर्न दलहरुलाई आग्रह  गरे ।
आगामी जेठ–१४ मा संविधान जारी नभएर देशमा संवैधानिक शून्यता कायम हुने उल्लेख गर्दै उनले सभाषद्हरुलाई त्यस्तो अवस्था सृजना गर्ने अधिकार नरहेको दावि गरे । अब बाँकी रहेको समयमा संविधान नबने हालका सभाषद्हरुलाई सार्वजनिक जीवनमा आउने कुनै नैतिक आधार नरहेको समेत उनले बताए ।

0 प्रतिकृया:

Post a Comment