दुर्घटनामा ५ घाइते

दमक, वैशाख ९/झापाको दमक–१० स्थित एउटा खोल्सीको कल्भर्टबाट बालुवा बोकेको ट्याक्टर र मोटरसाइकल दुर्घटना भई खोल्सीमा पल्टिँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
अपरान्ह अढाई बजेतिर पश्चिमबाट पूर्व आउँदै गरेको को.१ त ८६४४ नम्बरको ट्याक्टर र दमक–१४ बाट पूर्व–पश्चिम राजमार्ग तर्पm निस्कँदै गरेको मे. ३ प. ५९७९ नम्बरको मोटरसाइकल ठोक्किईँदा कल्भर्टबाट ५० फिट मुनी खोल्सीमा पल्टिएका हुन् ।
सो दुर्घटनामा ट्याक्टर चालक इलाम चुलाचुली–२, हात्तीलेदाका २६ वर्षीय हरि विश्वकर्मा, सह–चालक सोही ठाउँका राजकुमार कटुवाल, ट्याक्टर मजदुर महारानीझोडा–३ का मेघराज ठटाल, मोटरसाइकल चालक दमक–१४ का ४२ वर्षका पूर्णबहादुर श्रेष्ठ र साइकल यात्री दमक–१६ का २५ वर्षीय अजित तामाङ गम्भीर घाइते भएका हुन् ।
ट्याक्टर चालक, सह–चालक र मजदुरहरुलाई घाइते अवस्थामा खोलाबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिए । घाइते मध्ये ठटाल र कटुवालको अवस्था गम्भीर रहेको बताइएको छ । दमकस्थित क्यु एण्ड क्यु अस्पतालमा प्राथमिक उपचारपछि श्रेष्ठ डिस्चार्ज भएको र अन्य विराटनगरस्थित नोबेल तथा न्युरो अस्पताल रेफर गरिएको अस्पतालले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment