‘काठमाण्डौ’ दमकमा आयो

दमक, चैत्र १९/आकाश अधिकारीद्वारा निर्देशित चलचित्र काठमाण्डौको दमकमा प्रदर्शन शुरु भएको छ ।
अमेरिकाका बिभिन्न स्थान तथा काठमाण्डौका चलचित्रहरुमा प्रदर्शन पश्चात चलचित्रबारे जानकारी दिन शनिबार दमकमा आयोजित पत्रकार भेटघाटमा चलचित्र ‘काठमाण्डौ’का निर्देशक तथा नायक आकाश अधिकारीले यस अघि प्रदर्शित स्थानहरुमा सफल भएको चलचित्र दमक लगायतका स्थानहरुमा पनि सफल हुने विश्वास व्यक्त गरे ।
पत्रकार भेटघाटमा नायक अधिकारी र नायिका ममता

अमेरिकामा समेत छायाङ्कन गरिएको ‘काठमाण्डौ’ बिदेशीने युवाका समस्या, बालश्रमको अवस्था तथा पारिवारीक कथामा आधारित रहेको उनले बताए । चलचित्रमा केहि अमेरिकी कलाकारको समेत अभिनय रहेको छ । ४२ दिनसम्म राजधानीमा प्रदर्शन भएको चलचित्र हाल दमक, धरान, बुटवला, पोखरा लगायतका स्थानमा प्रदर्शन भइरहेको जनाइएको छ । दक्षिण एशियामा नै उत्कृष्ट ठहरिएको प्रविधी सो चलचित्रमा प्रयोग भएको अधिकारीले दाबी गरे ।
पत्रकार भेटघाटमा चलचित्रकी नायिका ममता प्रधानले चलचित्र ‘काठमाण्डौ’ ले मनोरञ्जन दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताईन् ।

0 प्रतिकृया:

Post a Comment