दमक–४ मा लिम्बुवान

दमक, चैत्र १९//मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले दमक–४ मा वडा कमिटी गठन गरेको छ ।
शनिबार परिषद्का नगर अध्यक्ष लिला थापामगरको अध्यक्षतामा सम्पन्न भेलाले जितु धिमालको अध्यक्षतामा ५३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षद्वयमा देवीमाया लिम्बू र होमबहादुर धिमाल, सचिवमा कमल धिमाल लगायत रहेको परिषद्ले जनाएको छ ।
केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्यमा भएको भेलामा संघीय लिम्बूवान महिला परिषद्की नगर अध्यक्ष मनिसा एवई ‘महिमा’, परिषद्का उपाध्यक्षद्वय दीपक धिमाल र मेरी राजवंशीले मन्तव्य राखेका थिए । सो कार्यक्रममा लिम्बूवान भोलेन्टीयर्सका केन्द्रीय उप–कमाण्डर मोहन बेघाले प्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालन हेम चेम्जोङले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment