गौरादहमा जनमुखी स्वास्थ्य केन्द्र

गौरादह, चैत्र १९/ गौरादहमा शनिबारबाट जनमुखी स्वास्थ्य केन्द्र अस्पताल सञ्चालनमा आएको छ ।
सामुदायिक स्वास्थ्य पर्यावरण केन्द्रले सञ्चालन गरेको अस्पतालको डा.सञ्जय रिमालले उद्घाटन गरेका हुन् । केन्द्रका अध्यक्ष राधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डा. अजित शाह अतिथि रहेका थिए । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य टंक अधिकारीले स्वागत मन्तव्य राखेका थिए । अस्पताल १५ शैयाको रहेको छ ।

0 प्रतिकृया:

Post a Comment