“संघीयता बिनाको संविधान आउँदैन”

काठमाडौं, चैत्र १९/राष्ट्रपति डा. रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पु¥याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए ।

शनिबार शीतल निवासमा रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पु¥याएर काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, ‘मुलुकको एकता अखण्ड हुनुपर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नुपर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।’
राष्ट्रपति यादवले प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमतिको वातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरे ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा–राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मूल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने, ‘लोकतान्त्रिक मूल्यमान्यता भएको संविधान बन्नुपर्छ ।’ विहारका बासिन्दा केही वर्षअघिसम्म धान काट्न नेपाल आउने गरेको स्मरण गर्दै उनले अहिले विहार समृद्ध बन्दै गएको उल्लेख गरे ।

0 प्रतिकृया:

Post a Comment