“यो आन्दोलन एकताको आन्दोलन हो”– बाटैमा

सीताराम अधिकारी, अध्यक्ष
अखिल नेपाल शिक्षक संगठन(झापा)
लामो समयदेखि निरन्तर शैक्षिक आन्दोलनमा हुनुहुन्छ, के छ आन्दोलनको अवस्था ?
हो, हामी नेपाली शिक्षकहरु केही समयदेखि निरन्तर आन्दोलनमा होमिएका छौँ । सबै जिल्लामा विद्यालय शिक्षक (बालविकास समेत), कर्मचारीको मात्र होइन, अभिभावक, विद्यार्थी, नागरिक समाज, पत्रकार, व्यापारीको पनि आन्दोलनमा उल्लेखनीय सहभागिता,समर्थन, ऐक्यबद्धता पाइरहेका छौँ । यो आन्दोलन समस्या हल गर्ने दिशातर्पm उन्मुख मात्र होइन एकताका संवाहक बनेको ऐतिहासिक आन्दोलन भएको छ ।
सरकारको नेतृत्व गर्ने दल निकटको संगठन पनि किन आन्दोलनमा नि ?
हाम्रो अखिल नेपाल शिक्षक संगठन (ब्ल्त्इं) र नेकपा माओवादी पार्टीका नजिक मात्र होइन, भातृ संगठन नै हो तर संगठनको उद्देश्यमा अघि बढ्न स्वतन्त्र छ । कुनै विचार नबोकेको संगठन जीवित रहन सक्दैन, त्यो अवसरवादी र लोभी पापीहरुको झुण्ड मात्र हुन्छ । हाम्रो संगठनले ए.माओवादी पार्टीको विचारलाई आत्मसाथ गरेको छ, यो विचारले मात्र सबै खाले पेशागत र शैक्षिक समस्या हल हुन्छ भन्ने हामीले ठानेका छौँ । फेरि यो आन्दोलन पार्टी र सरकारको विरुद्ध पनि त होइन नि ? विगतमा विभिन्न दलहरुका शिक्षक संगठनका मूलहरुलाई प्रष्ट्याउँदै, आम क्रान्तिकारी स्वाभिमानी शिक्षक, कर्मचारीको आशा र भरोसाको केन्द्रको रुपमा रहेका संगठन भएको नाताले पेशागत र शैक्षिक मुद्दालाई हल गर्न मार्ग निर्देश गरेको मात्र हो ।
विगतमा भए जस्तै यो आन्दोलन पनि धोका पूर्ण सम्झौतामा टुङ्गिदैन भन्ने आधार के छ ? धेरै शिक्षकको मनमा भएका शंका कसरी मेट्नु हुन्छ ?
सही प्रश्न गर्नूभयो । आन्दोलन उत्कर्षमा पुगे पनि धेरै शिक्षकको मनमा विगतको धोकाले यो शंका रहेको हामीले पायौँ । यसो हुनुको मूल कारण राजनैतिक दलले हामी शिक्षकहरुलाई विभिन्न समूहमा विभाजित गर्नु हो र हामी शिक्षकहरुले पनि आफ्नो संगठनको उद्देश्य भुली आफ्नो दलको नेतृत्वको सरकार बचाउनु पेशागत र शैक्षिक मुद्दा छोड्नु हो । तर यो आन्दोलन एकताको आन्दोलन हो, विगतको भुलबाट यो पाठ सिकी अघि बढेको आन्दोलन हो । यो ऐतिहासिक आन्दोलनको चौथो चरण सम्मका कार्यक्रममा अभिभावक, विद्यार्थी र जुझारु अनि संघर्षशील शिषकको उपस्थिति र समर्थनबाट नै पुष्टि भएको छ कि यो आन्दोलन धोका पूर्ण सम्झौतामा टुङ्गिनेछैन । त्यसैले सबै शिक्षक कर्मचारीलाई सशंकित नभई संघर्षशील बन्न अनुरोध गर्दछु ।
आफ्ना मागहरु पूरा गर्न विद्यालय नै बन्द जारी लाखौँ लाख विद्यार्थीको भविष्य अन्धकार बनाउन कति उचित छ ? आन्दोलनका विकल्प अरु छैन ?
हामी एक्कासी विद्यालय बन्द गर्ने ठाउँमा पुगेका होइनौँ । कार्तिक महिना देखि निरन्तर पहिलो, दोस्रो, तेस्रो चरण पूरा गर्दै चौथो चरणको आन्दोलनमा कठोर निर्णय गरेका हौँ, सरकारको ध्यान पुगोस् भनेर पहिलो चरणमा प्रचारात्मक कार्यक्रम ल्यायौँ, दोस्रो चरणमा शिक्षा कार्यालयमा काम रोक धर्ना र राजनैतिक दलका कार्यालयमा २ घण्टे धर्ना ग¥यौँ । तेस्रो चरणमा विद्यालयबाट ३० प्रतिशत शिक्षकको उपस्थिति शिक्षा कार्यालयमा ६ दिन सम्म धर्ना बसी सांकेतिक बन्द ग¥यौँ । फेरि पनि सरकारको ध्यान नपुगे पछि चौथो चरणमा कठोर कार्यक्रमको घोषणा ग¥यौँ । जसमा सबै जिल्लामा सरोकारवालासँग फागुन २३ गते अन्तक्र्रिया कार्यक्रम २४ गते प्र.अ. सँग अन्तक्र्रिया र २८ गते देखि आम शैक्षिक हड्ताल छ । फेरि पनि हामी चाहन्छौँ २८ गते नआओस् । त्यसैले सरकार पनि गम्भीर भएको हामीले पाएका छौँ, भने हाम्रो संयुक्त संघर्ष समितिको केन्द्रीय नेतृत्व पनि जिम्मेवार पूर्ण ढङ्गले वार्तामा बसेका कारण छिटै निकास आउने कुरामा हामी विश्वस्त छौँ ।

0 प्रतिकृया:

Post a Comment