सेनाद्वारा बिस्फोटक पदार्थ निष्कृय

भोजपुर, फागुन २९/नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु बिस्फोटक पदार्थ निष्कृय पार्ने कार्य पुनः शुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसर क्षेत्रमा रहेका घरेलु बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई ३ दिन अघिदेखि सुरु गरेको हो ।
सशस्त्र द्वन्द्वका समयमा तत्कालिन बिद्रोही माओवादीले छोडेका बिस्फोटक पदार्थहरु राखिएका स्थानको पनि पहिचान गरी बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई सुचारु गरिने सेनाले जनाएको छ ।
केही दिनसम्म सेनाको व्यारेक परिसर र आसपासमा रहेका घरेलु बिस्फोटक पदार्थहरु निष्कृय गरी अन्य स्थानको पनि निष्कृय गरिने सेनाले जनाएको छ । बिस्फोटक पदार्थको खोजीका लागि माइन डिक्टेटर मेशिनको पनि प्रयोग भइरहेको सेनाले जनाएको छ ।
सशस्त्र द्वन्द्वका समयमा भोजपुर सदरमुकामस्थित टुंडिखेलमा राखिएका घरेलु बिस्फोटक पदार्थ खोजी गरी निष्कृय गर्ने तयारीसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब निरीक्षक लक्ष्मीकुमार थापाले बताए ।

0 प्रतिकृया:

Post a Comment