तीन दिनभित्र स्ववियु मिति

काठमाडौ, फागुन २९/त्रिभूवन विश्वविद्यालयले तीन दिनभित्र स्ववियु चुनाव मिति घोषणा गर्ने तयारी गरेको छ ।
विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले स्ववियु चुनाव मिति घोषणा गर्ने जानकारी दिएका हुन् । ‘हामी सबै विद्यार्थी संगठनसँग यस विषयमा छलफल गरिरहेका छौं,’ महर्जनको भनाइ उद्धृत गर्दै नेविसंघ उपाध्यक्ष नैनसिंह महरले आइतबार भने, ‘मंगलबारसम्म चुनाव घोषणा गर्ने गृहकार्य भइरहेको छ ।’
नेविसंघले तत्काल चुनाव मिति घोषणा गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र लिदै महर्जनले यस्तो जानकारी दिएका हुन् । यद्यपी प्रमुख विद्यार्थी संगठनबीच चुनाव प्रणालीमा सहमति भएको छैन ।
महरले मंगलबारसम्म स्ववियु चुनाव मिति घोषणा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । ‘मंगलबारसम्म स्ववियु चुनाव मिति घोषणा नभए विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, उपकुलपति, सहकुलपतिसहित पदाधिकारीलाई बहिस्कार गर्ने कार्यक्रम छ,’ उनले भने ।

0 प्रतिकृया:

Post a Comment