रोजगार व्यवसायी संगठित

दमक, चैत ८/ दमक क्षेत्रका बैदेशिक रोजगार व्यवसायीहरु संगठित भएका छन् ।
पेशागत हकहितका लागि भन्दै चन्द्रबिर नेम्वाङको नेतृत्व सात सदस्यीय बैदेशिक रोजगार व्यवसायी संघ गठन गरेका हुन् । मंगलबार स्थानीय बैदेशिक रोजगार व्यवसायीहरुको भेलाले गठित सो संघका उपाध्यक्षमा राजेश खड्का, सचिवमा यु.के. न्यौपाने र कोषाध्यक्षमा प्रेम श्रेष्ठ रहेका छन् ।
संघका सदस्यहरुमा खेम कार्की, एकराज शेर्मा र हेमन्त दर्लामी रहेका छन् । संघले स्थानीय क्षेत्रमा रहेकारोजगार व्यवसायीहरुलाई मर्यादित बनाउन पहल गरिने अध्यक्ष नेम्वाङ बताउँछन् । दमक क्षेत्रमा २ दर्जन बढी रोजगारी व्यवसायीहरुले काम गरिआएका छन् ।

0 प्रतिकृया:

Post a Comment