उपस्वास्थ्य चौकीमा समस्या - उपमुख्य समाचार

दमकस्थित उप–स्वास्थ्य चौकीको विद्युत लाईन काटिएपछि अत्यावश्यकीय खोप सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
उप–स्वास्थ्य चौकीले विद्युत महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गत साउनमा चौकीको विद्युत लाइन काटेको हो । सो पछि अनिवार्य ‘माईनस डिग्री’ तापक्रममा भण्डारण गर्नुपर्ने खोप तथा भ्याक्सिन सेवा प्रदान गर्न समस्या भएको उप–स्वास्थ्य चौकीले जनाएको छ ।
दमकस्थित आम्दा अस्पतालसँगै रहेको उप–स्वास्थ्य चौकीले हाल सोहि अस्पतालसँग समन्वय गरेर खोप तथा भ्याक्सिन सेवा उपलब्ध गराउँदै आएको ईन्चार्ज दुर्गादत्त गुरुङले बताए । उनले भने– ‘पोलियो, बीसीजी लगायतका केहि खोपहरु माईनस डिग्री तापक्रममा राख्नुपर्छ, बिजुली काटिए पछि ति खोपहरु भण्डारणमा समस्या भएको छ ।’ महशुल भुक्तानीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा भनिसकिएको उनले बताए ।
बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले भने उप–स्वास्थ्य चौकीले ३ लाख ४८ हजार रुपैयाँ बिद्युत महशुल भुक्तानी गर्न बाँकी रहेकाले लाईन काटिएको जनाएको छ । अन्य निकायको लाइन काट्ने क्रमसँग उप–स्वास्थ्य चौकीको पनि लाईन काटिएको प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख जैसवालले बताए ।

0 प्रतिकृया:

Post a Comment