नाबालकसहित तीनको हत्या

भोजपुर, चैत ८/भोजपुरको खार्तम्छा गाविस–१ चाम्लादाङमा एउटै घरमा सोमबार राति तीन जनाको हत्या भएको छ । बिहान अबेरसम्म घर सुनसान भएपछि सोधखोज गर्दा तीन जना मृत अवस्थामा भेटिएको छिमेकीले जनाएका छन् ।
भोजपुर सदरमुकामदेखि १२ कोस उत्तर खार्तम्छा गाबिस–१ चाम्लादाङका पेमदोर्जी शेर्पाको घरमा उनकी श्रीमती सहित दुई जना नाबालकको हत्या भएको स्थानीयबासी पर्शुराम राईले बताए । घटनामा शेर्पाको अढाई वर्षीय काखेबालक देञ्जी शेर्पा, ३० वर्षीय श्रीमती पासाङहेल्मो शेर्पा र छिमेकी ९ वर्षीय आङछिरिङ शेर्पाको हत्या भएको छ ।
मृतक शेर्पाले लगाएको कानको कुन्डल लगायत सुनको गरगहना र पैसा लुटिएको छ । घरमा लत्ता कपडाहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको समेत बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक युवनारायण बैद्यले बताए ।  

0 प्रतिकृया:

Post a Comment