जोखिम सडकभित्र यात्राको प्रवृत्तिले निम्त्याउने परिणाम – दोस्रो लेख

निधिरत्न अधिकारी
सवाल नेपालमा हुने सडक दुर्घटनाको हो । नेपाली जनसंख्या र नेपालमा गुड्ने यातायातका साधनको बडात्तरी लगभग ४५–५० वर्षको अन्तरालमा कति बढ्यो होला । तर नेपालका कुनै पनि सडक त्यही ५० वर्ष अगाडि स्थापित भएका मूल सडकलाई थोरै चौडा गरी कालो पत्रे गर्नुभन्दा बढी अरु कुनै विकास भएको छैन । नेपालको मूल सडक भनिएको पूर्व–पश्चिम राजमार्ग जस्तो संवेदनशील राजधानी र मेचीलाई महाकाली सम्म जोड्ने सडक यात्रामा निस्कँदा गन्तव्य स्थल पुगिने हो या होइन, फेरि घर फिरेर घर परिवारसँग भेटघाट हुने हो या होइन कुनै ठेगान छैन । भने अन्य नेपालमा रहेका भित्री सडकहरुको अवस्थाको बारेमा चचौ गर्नुृ भनेको “बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखेर सिधा पार्ने” प्रक्रियाको उखान जस्तै हो । २ करोड ६० लाख नेपाली त्यस्तै भित्रिने र बाहिरिने पर्यटक गुणात्मक रुपले दिन दिनै भित्रिने यातायातका साधन, रिक्सा, पैदलयात्रा गर्ने मानिस गाई, वस्तु त्यस ७–८ मिटरको सडकमा अटाएर यात्रा गर्नुपर्ने । कति जोखिम पूर्ण होला ? नेपाली सडकमा यात्रा गर्न । हामीले प्रत्येक दिनको समाचार सुन्दा र हेर्दा दुर्घटना बिनाको समाचार सुन्दा अनौठो महसुस हुने गर्छ । जति पनि नेपाली सडक निर्माण भएका छन्, ती सबै ठूला–ठूला कमिसनको खेलमा अति नै गुणस्तरहीन सडक निर्माणको कुनै मापदण्ड बिना हचुवाको भरमा तयार भएका छन् । सडकमा गुड्ने सामानको वजन अनुसार सडकनिर्माण हुनुपर्ने मापदण्ड र त्यसको गुणस्तर कस्तो हुनुपर्ने ? भन्ने कुनै लेखा जोखा छैन । सडक निर्माणकर्ता, ठेकेदार, इन्जिनियरहरुका घर अगाडिका सडक वर्ष दिन नबित्तै भत्किन थाल्छ, धुलो उड्न थाल्छ, भासिन थाल्छ, उसलाई कुनै पर्वाह हुदैँन । किनभने उसलाई थाहा छ । जे हुनु थियो, सोही भईरहेको छ ।
स्वयम् सडक निर्माणको लागि आर्टिस गर्ने प्रविधिलाई उक्त कुराको पर्वाह नभएपछि साधारण नागरिकले पुर्पुरोमा हात राख्नु शिवाय अरु के हुन सक्छ ? उसलाई यति कुरा थाहा छ कि सडकमा धुलो, हिलो, हुनुहुँदैन । न सडक निर्माण गर्ने ज्ञान हुन्छ । नत उसको बोली नै कसैले । न उसको निर्माणमा आधिकारिक हात हुन्छ । विदेशी दातृ संस्थाले गरेको सडक निर्माण लगानीको ७५% रकम त्यहाँका इन्जिनियर र ठेकेदारको भारी पुगेर बचेको २५% प्रतिशत रकमले तयार भएका नेपालका अति नै जोखिम गुणस्तरहीन र सडकको मापदण्ड विहीन तरिकाले निर्माण भएका सडक, पुलद्वारा जोखिम मोलेर गर्ने यात्राको सनातनी धर्मले नेपालीको कूल आयु कति हो ? भनेर भविष्यवाणी गर्ने ज्योतिष नेपालमा जन्मन सकेको छैन । न्युनतम सडकको मापदण्ड पनि पूरा नगरी निर्माण भएका सडक, पुल तोकिएको रकमको ७५% कुम्ल्याएर हिडेको, इन्जिनियर ठेकेदार फेरि फर्केर आउँदैन । अनि उक्त सडक भत्किए, बिग्रिए मर्मत गर्ने अख्तियार सडक विभागलाई दिएको हुन्छ । अनि राज्य कोषबाट सडक मर्मतको लागि विनियोजन भएको बजेट मन्त्रालय देखि सडक विभागसम्म आइपुग्दा चुहिँदै–चुहिँदै आखिरमा भत्किएको सडकसम्म आइपुग्दा सडकमा परेको खाल्डो अलकत्रको कालो रङ्ग दल्न पनि पुग्दैन । अन्य कुरा त परै जाओस् यसरी गैह्र जिम्मेवार तरिकाले सडक निर्माण गर्ने ठूला भनिएका मानिसहरु लागेपछि नेपालको सडक जोखिम पूर्ण नभएर भारतको त हुने भएन । यस माथि पनि नेपालको भौगोलिक अवस्था र यहाँ वर्षैपिच्छे हुने प्राकृतिक प्रकोपबाट बढी प्रताडित यिनै कमजोर सडकहरु सिकार हुने गरेका छन् । महानगरपालिका, नगरपालिका, उपमहानगरपालिका भित्र सडक यात्रा गर्दा माक्स अनिवार्य प्रयोग गरिएन भने अनिवार्य बेलुका औषधी खानै पर्छ । मूल सडक देखि लिएर भित्री सडकहरु वर्षौँ वर्ष देखि जिर्ण भएका छन । त्यसमा मर्मत भइहाले बढीमा ६ महिना भन्दा टिक्दैन । सबै कमिसनको खेलमा निर्माण देखि मर्मत सम्म भए पछि कसरी सडकको आयू लामो हुन्छ ?
यस्तो अति जोखिम सडक यात्रा गर्न नेपाली जनता वर्षौँ वर्ष देखि बाध्य छन् । किन भने मानवीय आधारभूत आवश्यकता दैनिक व्यवहारिक रुपमा आवात जावात गर्नु अनिवार्य सर्त हो । त्यसैले हामीले आवात जावात गर्नैपर्ने हुन्छ । तर यस्तो जोखिमपूर्ण सडसमा यात्रा गर्दा हामीले अपनाउनु पर्ने न्युनतम सतर्कता पनि हामीले अपनाएका छैनौँ । हाम्रा नेपालका जति पनि सडकहरु छन् ती सडकमा हामीले हाम्रा यातायातका साधान चलाउँदा प्रतिघण्टा ४० कि.मी. भन्दा माथि को रफ्तारमा कुनै मानेमा पनि चलाउन सकिदैँन । किन भने ७–८ मिटरको चौडा सडकमा पैदल, साइकल, रिक्सा, पशु त्यही सडकबाट ओहोरदोहार गरिरहेका हुन्छन् । यस्तो सडकको जोखिम चाप छिचोलेर हाम्रो यात्रा सफल पार्नु छ । तर हामीले उक्त कुरा सोेचेका हुँदैनौ, कि मात्र आफ्नो गन्तव्यमा कसरी छिटो पुग्ने ? हाम्रो ध्यान त्यहाँ हुन्छ । यो छिटो पुग्ने मानसिकता र नेपालको कमजोर ट्राफिक नियमको फाइदा उठाउँदै प्रचलित ट्राफिक नियम उल्लंघन गरी हाम्रो यात्रा अगाडि बढाउँछौ । यसा ेभएपछि आखिरमा हुने त दुर्घटना नै हो । हामी नेपालीको मनोवैज्ञानिक तरिकाले हाम्रो प्रवृत्ति, आचरणलाई विश्लेषण गर्दा, “अर्धशिक्षा भयंकर” को रुपमा रहेको छ । जो प्रौढ, प्रवुुद्ध वर्ग छन्, उनीहरुमा यो समग्र ज्ञान छ । उनीहरु यात्रा गर्दा होसियारी अपनाउन सक्छन् । त्यो अर्धशिक्षाको आवरणमा हुँदैनन् । तर जोसँग मानवीय आचरण छैन, शिक्षा छैन, ज्ञान छैन खाली पैसा रिल्याक्स रक्सी मात्र अगाडि देख्छ, त्यस्ता जङ्गली मानवहरुले सवारी साधनमा यात्रा गर्दा आफूपनि मर्दछन् र अरुलाई पनि मार्दछन् । पैदल, रिक्सा, साइकलमा यात्रा गर्ने मानिसलाई उसले मान्छे देख्दैन । विशेष गरेर मोटरसाइकल चालक यस्ता जङ्गली मानिसबाट धेरै दुर्घटना भएका छन् । उसलाई यति कुरा थाहा हुन्छ, ४–५ गियरमा राखेर एक्सुलेटर बटारिदिने । त्यसको परिणाम कुन पैदल, साइकल या प्रवुद्ध वर्गका मोटर साइकल यात्रीको अकालमा ज्यान जाने हो । उ त मर्ने नै हो मरेन भने त्यस्ता मोटरसाइकल जति पनि किन्न सक्छ । नभए किन ? त्यस्तो गर्छ । मानवीयता, ज्ञान, विवेक, आचरण, शिक्षाबिनाको अहम्ता र घमण्डले निम्त्याउने परिणाम अनि घातक हुन्छ । उसलाई थोरै पनि चिन्ता हुँदैन म को हुँ ? मेरो कर्तव्य के हो ? हामी हिड्ने सवारी साधन कहाँ ? निर्माण भएको हो । न्युनतम हाम्रो देशमा नबनिए पनि कम्तीमा त्यसमा रहेका प्रमुख पार्ट्स्को काम के हो ? त्यो कन्डीसनमा छ छैन ? भनेर जेनेरल नलेज तयार गर्नुपर्छ भन्ने उसलाई हुँदैन ।
नेपालमा सवारी दुर्घटना हुने अर्को मूल कारण सार्वजनिक यातायातका साधन यात्रुवाहक बसहरुको कारणले हो । जुन पैसाको लागि ओभरटेक गरेर अगाडि बढ्ने अहम्ता । अर्को सडक छेउमा छाडा गाई वस्तु छोडिदिने प्रवृत्ति । अर्को नेपालीहरुमा आम ट्राफिक नियममा शिक्षाको अभाव ।
त्यसैले नेपालको यो जाखिमपूर्ण सडकको कारण त्यसमा हुने सवारी चाप, त्यसभित्र हुने जोखिमपूर्ण यात्रामा जङ्गली प्रवृत्ति नागरिकलाई ट्राफिक नियमको शिक्षामा कमी छाडा पशु सडकमा आउन बन्देज यावत कुरामा अवश्य नियम बनाइ परिचालन गर्ने र सवारी सडकको बृहत्तर विकास नभए नेपालको जनसंख्या घटाउन परिवार नियोजन नै गर्नुपर्दैन । यसबाट निम्तिने परिणाम नै काफी हुनेछ भन्दा फरक नपर्ला ।

0 प्रतिकृया:

Post a Comment