सम्झनामा गिरिजाप्रसाद कोइराला

जन्म                    :           १९८१ असार १८
                 सहरसा जिल्ला, बिहार, भारत
जातीयता              :         ब्राह्मण्ँ
नागरिक                :         नेपाली
पेशा                     :         राजनीतिज्ञ
राजनीतिक दल      :            नेपाली कांग्रेस
धर्म                     :             हिन्दु
जीवन साथी         :             सुष्मा कोइराला
सन्तान                :          सुजाता कोइराला
मातापिता             :          कृष्ण्ँप्रसाद कोइराला
दिव्या                  :             कोइरालाका
गिरिजाप्रसाद कोइराला नेपाली कांगेसको सभापति थिए । उनी हालसम्म चार पटक नेपालको प्रधानमन्त्री भइसकेका छन् । १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म । उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । त्यति बेला उनका दाजु विश्वेश्वर प्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो । उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतीक दलहरुको मोर्चाको नेता थिए । उनी ६० वर्Èभन्दा धेरै समय देखि राजनीतिमा संलग्न थिए । उनले आङ्खनो राजनैतिक जीवनको शुरुवात, आङ्खनो गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रुपमा शुरु गरेका थिए । उनको वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जा“दा निधन भयो ।
 परिवार र प्रारम्भिक जीवन
गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउ“मा सन् १९८१ असार १८ मा जन्मेका हुन् । त्यसबेला यिनका बुबा–आमा निर्वासित जीवन बिताइरहेका थिए । गिरिजाप्रसाद कृष्ण्ँ प्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् । उनका दुई दाजुहरु वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारस“गै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरे । सुजाता कोइराला गिरिजाप्रसादकी छोरी हुन् । उनले भारतको दिल्ली विश्वविद्यालय अन्तर्गतको किरोरी मल कलेज (प्ष्चयचष् ःब िऋयििभनभ) मा अध्ययन गरेका थिए । एउटा निर्भिक र दृढनिश्चयी राजनेताको रुपमा उनको योगदान नेपाली ईतिहासमा जीवन्त रहनेछ । कसै कसैले उनलाई सिद्दान्तहिन र पदलोलूप नेता पनि भनेका छन ।
राजनैतिक जीवन यात्रा
२००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसको रुपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरङ्खतार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे । १९६७ मा उनको रिहाई पछि गिरिजाप्रसाद कोइराला पार्टीका कार्यकर्ताहरु र नेताहरुस“ग भारत तिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए । गिरिजाप्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली कांग्रेस पार्टीको महासचिव भए । गिरिजाप्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलन मा सक्रिय रुपमा सहभागी भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गरायो । उनलाई एक निर्भिक र निडर नेताको रुपमा लिने गरिन्छ ।
 प्रथम कार्यकाल
२०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उनी मोरङ Ôेत्र नं.–१ र सुनसरी Ôेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भए । यस निर्वाछनमा नेपाली कांग्रेस पार्टी प्रतिनिधि सभा (संसदको तल्लो सदन) मा २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरी बिजयी भएको थियो । यो विजय पछि उनी नेपाली कांग्रेस पार्टी संसदीय दलका नेता तथा स्व. राजा बिरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भए ।
उनको पहिलो कार्यकालको समयमा संसदमा शिÔा, सञ्चार र स्वास्थ्यमा उदार कानुन बन्यो । सरकारले पूर्वाञ्चल विकास Ôेत्रमा पूर्वाञ्चल विश्वविद्यालय र स्वास्थ्य विज्ञानको वी. पी. कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठान (द्यएप्क्ष्ज्क्)को स्थापना ग¥यो र स्थापित निजी Ôेत्रहरुलाई देशका विभिन्न भागहरुमा चिकित्सा र ईन्जिनियरिङ् कलेजहरु सञ्चालनको लागि अनुमति दियो । साथै सरकारले भरतपुरमा चीन सरकारको सहायतामा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्माण्ँ ग¥यो ।
२०५० सालमा उनैका पार्टीका ३६ जना संसदहरुले सरकारका प्रस्तावित कार्य विरुद्ध मतदान गरी उनलाई व्यवस्थापिका संसद भंग गर्न तथा पुन संसदीय निर्वाचन आयोजना गर्न लगाईयो । उक्त निर्वाचन पछि नेपाल कम्युनिस्ट पार्टी (ए.मा.ले.)को नेतृत्वमा सरकार गठन भयो ।
दोस्रो कार्यकाल
सूर्य बहादुर थापा गठबन्धन सरकारको विघटन पश्चात कोइरालाले थापाबाट प्रधानमन्त्री पद हत्याए । कोइरालाले पहिलो पटक नेपाली कांग्रसले प्रतिनिधित्व गरेको सरकार प्रमुखको रुपमा २०५५ पौÈ १० गतेसम्म र त्यसपछि नेकपा एमाले र नेपाल सद्भावना पार्टीस“गको गठबन्धन सरकारको नेतृत्व गरे ।
तेस्रो कार्यकाल
२०५७ सालमा आङ्खनै पार्टीका असन्तुष्ट पÔको अविश्वासको प्रस्तावका कारण्ँ प्रधानमन्त्री कृष्ण्ँ प्रसाद भट्टराईको राजीनामा पश्चात गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भए । त्यस समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राज्य शक्ति विरुद्ध गुरिल्ला युद्ध लडिरहेको थियो । उनको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकालको समयमा उनको सरकार भ्रष्टाचारका आरोपहरु द्वारा ग्रस्त थियो । नेपालको दरबार हत्याकाण्ड पछि, कोइराला संकटकाल संभाल्ने अÔमताको लागि आलोचित हुनु परेको थियो । गिरिजाप्रसाद कोइरालाले २०५८ आÈाढमा राजीनामा दिए, जबबाट उनले पहिलो पटक माओवादी विद्रोह विरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरेका थिए । यसपटक उनी पछि उनकै समकÔी भु.पु. प्रधानमन्त्री शेर बहादुर देउवा नेपालका प्रधानमन्त्री भए ।
चौथो कार्यकाल
२०६३ बैशाख ११ को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्वहाली पछि सात दलका नेताहरुको द्वारा गिरिजाप्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाईए । २०६३ आÈाढ १९ गते उनी छातीको दुखाइबाट ग्रस्त भए र गम्भीर हालतमा अस्पतालमा भर्ना गरियो । यसको केवल एक हप्ता अगाडि उनी बै“कमा चिकित्सा परीÔण्ँ तथा उपाचार गराएर फर्किएका थिए । उनीलाई अस्पतालमा भर्ती गराइएको एक दिन पछि उनले संसदमा “नीति र कार्यक्रम” सम्बन्धी भाÈण्ँ दिए ।
उनको चौथो कार्यकालमा, गिरिजाप्रसाद कोइरालाले राजालाई उनको शक्तिहरुबाट हटाउने तथा नया“ सैन्य कार्यद्वारा सैनिकलाई संसदको नियन्त्रण्ँमा ल्याउने विधान तयार गरे, दुवै उपायहरु संसदले पारित ग¥यो । २०६३ कार्तिक २१ गते गिरिजाप्रसाद कोइराला तथा सात दलका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) स“ग मिलेर जनविद्रोहको अन्त्य र संविधान सभाको निर्वाचन गराउने सम्झौतामा हस्ताÔर गरे । २०६३ मंसिर ५ गते कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) स“ग बृहत शान्ति सम्झौतामा हस्ताÔर गरी ऐतिहासिक रुपमा “हिंसा र आतंकको राजनीति समाप्त भएको छ” घोÈण्ाँ गरे । यसको बाहेक २०६३ मंसिर १२ गते देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकार संयुक्त राष्ट्र संघको प्रत्यÔ निगरानीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को जनसेना समायोजन तथा हतियार नियन्त्रण्ँको सम्झौतामा व्यस्त भयो ।
 निधन
गिरिजाप्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्Èको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो । डाक्टरहरुका अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो । उनको दाहसंस्कार चैत्र ८ गते पशुपतिनाथको मन्दिर नजिक आर्यघाटमा हिन्दु परम्परा अनुसार गरियो ।

0 प्रतिकृया:

Post a Comment