हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

जेठ १४ मा संविधान आउनेमा शंका – मुख्य समाचार

सहमति उल्टाउँदै दलहरु
काठमाडौं, ९ जेठ/सहमतिको मसी सुक्न नपाउँदै प्रमुख दलहरुले फेरि विवाद उल्ट्याएका छन् । एकाएक सहमतिबाट पछि हटेका दलहरुको अविश्वासले जेठ १४ भित्रै संविधान जारी हुनेमा आशंका उत्पन्न भएको छ ।
संविधानका दुई महत्वपूर्ण विवादित विषय शासकीय स्वरुप र राज्य पुनर्संरचनामा सहमति भएको एक साता नपुग्दै प्रमुख दलहरु पुनः प्रकृयातर्फ सोझिएका छन् । बहु पहिचानसहितका ११ प्रदेश बनाउने सहमतिमा माओवादी र मधेसी मोर्चा अडिन सकेनन् भने कांग्रेस–एमाले मंगलबारको सहमतिबाट दायाँ– बायाँ नगर्ने अडानमा रहेपछि सोमबारको शीर्ष बैठक विवादमै सकियो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकबाट बाहिरिएका नेताहरुले सहमतिभन्दा विमतिका स्वर चर्को पारे । माओवादी–मोर्चाले कांग्रेस–एमाले संघीयताबिनाको संविधानको पक्षमा उभिएको आरोप लगाए भने कांग्रेस–एमालेले माओवादी सहमतिभन्दा पछाडि हटेको आरोप लगाए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमाले संघीयताबिनाको  संविधानको पक्षमा रहेको बताए । उनले भने, ‘कांग्रेस–एमालेले संघीयता चाहेनन् ।’ मोर्चाका नेता एवं सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले समय कम रहेकाले प्रकृयाबाटै विवाद टुंगो लगाइने बताए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नाम र सीमा पछि तय गर्ने गरीको ११ प्रदेशको प्रस्ताव पार्टीभित्र र जनजातिलाई मनाउन नसकिएको बताएका थिए । दाहालले माओवादी र मोर्चा एकल जातीय पहिचानका आधारमा १० प्रदेशको पक्षमा उभिएको बताएपछि कांग्रेस–एमालेले विरोध गरे । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, ‘माओवादी यसअघि भएको सहमतिबाट पछि हट्यो, स्थिति जटिल भयो ।’
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादी संविधान नबनाउने खेलमा लागेको आरोप लगाए । ‘सडक कब्जा आन्दोलन गर्न उक्साएर जनविद्रोह नीति लिएको हो कि भन्ने गम्भीर आशंका छ,’ उनले भने, ‘अरु पार्टीका मान्छे चोरेर (अन्य दलका सभासद्लाई उक्साएर) के गर्न खोजेको हो ? दुई तिहाई पु¥याएर संविधान जारी गर्न खोजेको त होइन भन्ने हाम्रो ठहर छ ।’
माओवादी सहमति पालनामा गम्भीर नभएको भन्दै आइतबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यसैबीच बैठकमा बोलाइए पनि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव गएनन् । बृहत् मधेसी मोर्चा गठन गरी स्वायत्त मधेस प्रदेशको माग चर्काएका यादवलाई प्रमुख विपक्षी दलका नेताको हैसियतमा छलफलमा बोलाइएको थियो ।

राष्ट्रपति सक्रिय
संविधान जारी गर्ने दिन ७ दिन मात्र बाँकी रहँदा राष्ट्रपति रामवरण यादवले सक्रियता बढाएका छन् । उनले सोमबार प्रमुख दलका शीर्ष नेताहरुसँग गम्भीर छलफल गरेका छन् । राष्ट्रपति यादवले कुनै पनि हालतमा निर्धारित मितिमा संविधान जारी गर्न नेताहरुलाई आग्रह गरेका छन् । यादवले संविधान निर्माणका विषयमा भएको सहमति बारे चासो राख्दै दिन कम भएका तर्फ नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला,एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाबाट विजय गच्छदार शितल निवास पुगेका थिए । राष्ट्रपतिले विवादित विषयमा तत्काल सहमति गरेर संविधान घोषणाको वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी नेताहरुले बताए । चाँडै सहमति गरेर संविधान घोषणा गर्न राष्ट्रपतिको आग्रह रहेको एमाले अध्यक्ष खनालले बताए । ‘समय छैन मिलेर आजै राम्रो रिजल्ट सुनाउनुहोस’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै कांग्रेस सभापति कोइरालाले बताए ।
भेटमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले उठाइरहेका मागहरुका विषयमा पनि छलफल भएको थियो । नेताहरुले सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताएका थिए । तीन दलका नेतहरुको भेट लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई शितल निवास पुगेका थिए । राष्ट्रपतिसँग भेटेपछि प्रमुख चार शक्तिको बैठक बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको थियो ।

पत्रकारमाथि दुव्र्यवहार

विभिन्न पक्षबाट भत्र्सना
दमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको आमहड्तालका क्रममा सोमबार झापामा बिभिन्न सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ । केहि सञ्चारकर्मी र सञ्चारगृहका सवारी साधनमा समेत क्षति पु¥याइएको छ ।
हड्तालकै क्रममा झापाको दमकमा समाजवादी आवाज मासिकका सम्पादक चन्द्रमणि गुरागाँईमाथि दुव्र्यवहार भएको छ । बिराटनगरबाट दमकतर्फ आउँदै गरेका उनलाई अपरान्ह दमक चोकमा बन्दकर्ताहरुले बन्द उल्लङ्घन गरेको भन्दै उनीमाथि ईटा तथा लाठी समेत प्रहार गरेका छन् । सोसँगै उनी सवार को.५ प ४३०३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको छ । यस्तै दमकको हिमशिखर टेलिभिजनका पत्रकार ज्योति शर्मामाथि समेत दमक चोकमा दुव्र्यवहार गर्नुका साथै उनी सवार को.९ प ५०६ नम्बरको मोटरसाईकल बन्दकर्ताले केहिबेर नियन्त्रणमा लिइ छोडेका छन् । यस्तै दमकको सप्तरङ्गी एफएमका पत्रकार मनकुमार तुम्सामाथि समेत दमक चोकमा दुव्र्यवहार गरिएको छ ।
यसैगरी झापाको केर्खा कमल खोला छेउमा बिहान पत्रिका लिएर पूर्व जाँदै गरेका अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सवारी साधनमाथि ढुङ्गा प्रहार गरिएको छ । सो क्रममा को.१ च ७००५ नम्बरको अन्नपूर्ण पोष्टको जीप चालक जीतबहादुर श्रेष्ठको टाउको समेत फुटेको छ । यसैगरी कान्तिपुर दैनिक लिएर जाँदै गरेको बा.५ च ९६२ नम्बरको जीपमा समेत ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
अधिकार प्राप्तिका लागि भनिएको हड्ताल तथा आन्दोलनका क्रममा सञ्चारकर्मी तथा सञ्चारगृहका सवारी साधनमाथि क्षति पु¥याइएको प्रति झापाका सञ्चार सम्बद्ध बिभिन्न संघ÷संगठन तथा अधिकारकर्मीहरुले भत्र्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाका सचिव दिपेन वाला राई, पत्रकार मञ्च दमकका अध्यक्ष गोपाल झापाली, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद विष्णु सुब्बा, प्रेस चौतारी झापाका अध्यक्ष गोपाल गड्तौला, क्रान्तिकारी पत्रकार संघका कोचिला राज्य समिति सदस्य टिकाराम उप्रेती, संघीय लिम्बुवान पत्रकार परिषद्का अध्यक्ष दिलकुमार लाओती, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद कुमार लुईटेल, पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहाल, पिपुल्स टाइम्स दैनिकका सम्पादक कमन देवान,  सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई, पाथीभरा एफएमका समाचार सम्पादक कृष्ण कार्की, हिमशिखर टेलिभिजनका समाचार सह–संयोजक भुपाल लुइँटेल, किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नगेन्द्र राई, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी, दमक अध्यक्ष देव सुवेदी, सचिव दिलीप श्रेष्ठले संयुक्त रुपमा बिज्ञप्ति जारी गरि प्रेस स्वतन्त्रता र सूचना पाउने अधिकारको सुनिश्चितताका लागि गम्भिर हुन आग्रह गरेका हुन् ।
यसैबीच पत्रकारहरुले सोमबार नैं ईलाका प्रहरी कार्यालय दमकमा पुगेर सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरुले बन्दका क्रममा क्षति पु¥याइएका सवारी साधनको क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेका छन् । सो क्रममा दमक प्रहरी प्रमुख हरी खतिवडाले पत्रकारको सुरक्षाका लागि आफू गम्भिर भएको बताएका थिए ।
यसैगरी सञ्चार क्लब नेपालका सदस्य तथा हिमशिखर टेलिभिजनका पत्रकार ज्योति शर्मामाथि आन्दोलनकारीले दुव्र्यवहार गरेको प्रति संचार क्लब उर्लाबारीले निन्दा र भत्र्सना गरेको छ । क्लबका अध्यक्ष रुपेन्द्र शेर्माले बिज्ञप्ति जारी गरी सञ्चारकर्मी र सञ्चार संस्थामाथिको आक्रमण तुरुन्त बन्द गरी स्वतन्त्र प्रेसको सम्मान गर्न आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

बन्दले जनजीवन प्रभावित

दमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालको दोश्रो दिन देशका सबै जसो स्थानमा बजार, पसल, उद्योग तथा सवारी साधन ठप्प भए ।

हड्तालका क्रममा बिभिन्न स्थानमा सभा तथा भेलाहरु सम्पन्न गरिए । सडकमा बिहानैदेखि बन्दकर्ताहरु भेला भई बसेका थिए । साँझ दमकको गणतन्त्र चोकमा भएको कोणसभामा बक्ताहरुले आदिवासीका मुद्दालाई दवाउन खोजे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्य परिषद्का अध्यक्ष मोहन धिमाल, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ्, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य गजेन्द्र लाओती, आदिवासी जनजाति महिला सञ्जाल पूर्वाञ्चल संयोजक सुमित्रा वाङ्देल, संयुक्त जातीय मोर्चाका झापा क्षेत्र नम्बर–७ का अध्यक्ष जीतमान राई, लिम्बूवान मुक्ति मोर्चाका जिल्ला सचिव विकास अधिकारी, किरात याक्थुङ चुम्लुङ् झापा कोषाध्यक्ष हरीदेवी लाओती, किरात राष्ट्रिय मुक्ति मोर्चाका झापा अध्यक्ष नगेन्द्र राई लगायतले अधिकार प्राप्तिको लागि भएको आन्दोलन सफल हुने बताए । कार्यक्रम आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका सचिव पदम जवेगूले सञ्चालन गरेका थिए । त्यसैगरी बन्दकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाका विभिन्न स्थानहरुमा अवरोध ते¥साएर यातायात आवागमन ठप्प पारे । सो क्रममा उनीहरुले केर्खा, दुधे, झिलझिले, डुडामारी, माइधार लगायतका स्थानमा कोणसभा गरे । केर्खामा आयोजित कोणसभालाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का स्थानीय नेता तिलक फागोले सम्बोधन गर्दै आफूहरुको आन्दोलन भुमी प्राप्तीका लागि भएको उल्लेख गरे ।
यसैबीच एनेकपा माओवादीका जातीय मोर्चाहरुले यहि जेठ १० गते दमकमा हुने भनिएको सर्वदलीय सद्भाव ¥यालीमा सहभागी नहुने जनाएका छन् । संयुक्त जातीय मोर्चा समिति झापा क्षेत्र नम्बर–७ का अध्यक्ष जीतमान राई र सचिव डिबी सुब्बाले सोमबार बिज्ञप्ति जारी गरी आन्दोलनको थप संघर्षको कार्यक्रम गर्नुपर्ने भएकाले ¥यालीमा सहभागी नहुने जनाएका छन् ।

बन्दकर्ता र स्थानीयबीच झडप

ललितपुर, ९ जेठ/ललितपुरको इमाडोलमा बन्दकर्ता र स्थानीयबीच भएको झडपका कारण त्यस क्षेत्रमा तनाव बढेको छ । दुवैपक्षबीच ढुङ्गा हानाहान भएको थियो ।
प्रहरीले हस्तक्षेप गरी दुवै पक्षलाई दुई तिर पु¥याएको छ । बन्द गराउँदै हिडेका समूहसँग स्थानीयले प्रतिवाद गरेपछि त्यहाँ स्थिति तनावपूर्ण भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए । उनले
अहिले स्थिति सामान्य बन्दै गएको जनाए ।
प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई दुई तिर पु¥याएको छ । त्यसक्रममा प्रहरीले २ र ३ राउण्ड अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । दुवै पक्षका केही व्यक्ति घाइते समेत भएका छन् । अहिले बन्दकर्ता ग्वार्को चोकमा र स्थानीयबासी इमाडोल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । दुवै प्रदर्शनको बीचमा प्रहरीको उपस्थिति छ ।

प्रमद्वारा सुरक्षा संयन्त्रलाई निर्देशन

काठमाण्डौ, ९ जेठ/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ वरिपरी हुनसक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नका लागि उच्च सतर्कता र संयमताका साथ काम गर्न निर्देशन दिएका हुन् । जेठ १४ वरिपरी विभिन्न मागराखी आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सतर्क रहनुपर्ने बताए ।
उनले यतिबेला सुरक्षा शक्तिहरुले निष्पक्ष रुपमा आफ्नो दायित्व पूरा गर्नुपर्ने बैठकमा बताए । प्रधानमन्त्रीले सुरक्षा निकायलाई आफ्नो कर्तव्य दृढतापूर्वक पालना गर्न निर्देशन दिए । कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाई पूर्वक रोक्न पनि उनले निर्देशन दिए ।  प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोग माथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारवाही गर्न उनले निर्देशन दिए ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने स्पष्ट पारे । बैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बन्दकर्ता र सरोकारवालाबीच सहमति

सुरुङ्गा, ९ जेठ/ विभिन्न समूहले जारी राखेको आम हड्तालबाट झापामा उत्पन्न विषम परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष र सरोकारवाला बीच सहमति भएको छ ।
संवाद समूह झापाको सहजीकरणमा सोमबार बिर्तामोडमा झन्डै सात घण्टासम्म चलेको छलफलमा साझ सात बजेदेखि बिहान ५ बजेसम्म यातायात खुल्ला रहने, मोटरसाइकललाई निर्वाध सञ्चालन गर्न दिने, अत्यावश्यकीय सेवा निर्वाध सञ्चालन हुन दिने, सुरुङ्गा बजार बन्द निषेधितको सन्दर्भमा मंगलबारमध्यान्न १२ बजेपछि खुला गर्न दिने र त्यस अघि आन्दोलनरत पक्षले सुरुङ्गामा शान्तिपूर्ण रुपमा कोणसभा गर्ने सहमति भएको हो ।
आदिवासी जनजाति संयुक्त संघर्ष समिति, सुरुङ्गाका सरोकारवाला,
 झापाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, अधिकारकर्मी, शान्ति समिति झापाका प्रतिनिधि सम्मिलित वर्तामा यस्तो सहमति भएको हो । सो वार्तामा सुरुङ्गाका सरोकारवालाको नेतृत्व युवराज संग्रौलाले गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट संघर्ष समितिका संयोजक प्रेम घिसिङ, धनबहादुर पङधाक सुब्बा, नगेन राई, प्रेम घिमिरे, अभय राजवंशी, श्रीप्रसाद चौधरी, लक्ष्मी याख्या लगायत सहभागी थिए ।
झापाको सुरुङ्गालाई यस अघि नै बन्द निषेधित क्षेत्र घोषणा गरिसकिएकाले हाल जारी आमहड्तालका क्रममा बन्द गराउन खोज्दा झडपको स्थिति श्रीजना भएको थियो ।

विद्युत कर्मचारीलाई कार्वाही

विराटनगर, ९ जेठ/दुई उद्योगबाट मासिक आठ हजार रुपैयाँ लिई विद्युत् चोरीमा सहयोग गर्ने नेपाल विद्यत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारी कारबाहीमा परेका छन् ।
अवैध रुपमा विद्युत् चोरी गरेको आरोपमा मोरङको मझारेस्थित साह लघु उद्योग र प्रमोद राइस मिलमा नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका इलेक्ट्रिसियन मनोजकुमार मण्डल कारबाहीमा परेका हुन् । उनीमाथि निलम्बन प्रकृया अगाडि बढाइएको प्रधिकरणले जनाएको छ ।
क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरी विद्युत् चोरी गरेर बिक्री गरेको पुष्टि भएपछि उनीमाथि कारबाही थालेको प्राधिकरणको विराटनगरस्थित प्रशासन शाखाले जनाएको छ । प्राधिकरणका विराटनगर विद्युत् वितरण शाखाका प्रमुख शतिशकुमार कर्णले प्रमाणसहित विद्युत् चोरीमा
मण्डल फेला परेकाले कारबाहीका लागि केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको तथा मण्डललाई कार्यालयको काम र जिम्मेवारीबाट हटाएको बताए ।
ती दुवै उद्योगमा गत वैशाखमा छड्के अनुगमन गर्दा क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरेर बिजुली चोरी गरिरहेको भेटिएको थियो ।

लगातारको बन्दले मजदुर मर्कामा

सरोज बस्नेत
उर्लाबारी, ९ जेठ/ संबिधान सभाको म्याद नजिकिदै जाँदा लगातारको बन्द, हड्तालको कारण दैनिक रोजगारी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई कठिनाई उत्पन्न हुन थालेको छ ।
पछिल्लो समयमा जातीय पहिचानसहितको संघीयताको माग गर्दै नेपाल आदिबासी जनजाति महासंघको आह्वान गरेका बन्द र विगत दुई साता यता निरन्तर बिभिन्न समूह र संगठनले गरिरहेको बन्द, हड्तालको  कारण मजदुरलाई जिविकोपार्जनमा कठिनाई हुन थालेको हो । खस क्षेत्री एकता समाज, मधेसी मोर्चा, बाह्मण समाज, लिम्बुवान, थारुहाट, खस बाह्मण, खस क्षेत्री, दशनामी, दलित लगायत संयुक्त मोर्चाले बन्द,  हड्ताल गरिसकेका छन् भने अन्य केही संगठनहरु पालो पर्खिरहेका छन् । जेठ १४ नजिकिदै जाँदा बन्द गर्ने प्रतिस्पर्धा नै चलेको कारण मजदुरी गर्ने बातावरण नभएको मजदुरहरु बताउँछन् ।
बन्दको कारण उनीहरुको दैनिक रोजीरोटीमा समेत प्रभाव परेको छ । बन्दको कारण रिक्सा चलाउन छोडेर ढुङ्गा बोक्ने काममा लागेको मजदुर रत्न नेपाली बताउँछन् । दिनहँु हुने बन्दको कारण जिबिकोपार्जनमा समस्या भएको उनले बताए । त्यस्तै आइतबहादुर धिमालको कथा पनि उस्तै छ । बन्दको कारण मजदुरी गर्न छोडेर पाहुना लाग्न  गएको उनले बताए । बन्दको कारण जिविकोपार्जनमा समस्या भएको उनको कथन छ । उनीहरुको मात्र नभई अधिकाश मजदुरहरुको समस्या उस्तै रहेको छ ।
लगातारको बन्द, हड्तालको विकल्प खोज्न उनीहरुले माग समेत गरेका छन् । रिक्सा मजदुर शंखर राजवंशीले आफ्ना अधिकार सूनिश्चित गर्न आवश्यक रहेको बताउँछन् । उनी थप्दै भन्छन् ः बन्दको कारण  जिविकोपार्जनमा एकदमै समस्या भएको छ । सरकारको कमजोरीका कारण मजदुरहरु समस्यामा परेको उनको बुझाई रहेको छ । बन्द, हड्तालको कारण श्रमजिविहरु मर्कामा परेका छन् ।  अझै लामो समयसम्म बन्द , हड्ताल  रही रहने हो भने भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुने भएकाले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
बन्दका कारण  सरकारी कार्यालयका साथै शिक्षण संस्था, उद्योेग कलकारखाना, सवारीका साधन चलेका छैनन्  ।

महासंघद्वारा ज्ञापनपत्र

काठमाडौं, ९ जेठ/आदिवासी जनजाति संगठनको बन्दको क्रममा सञ्चारकर्मीमाथि आक्रमण भएको बिरोधमा नेपाल पत्रकार महासंघले गृहमन्त्री विजयकुमार गच्छदार समक्ष ज्ञापनपत्र बुझाएको छ ।
महासंघ अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको महासंघको टोलीले सञ्चारकर्मीमाथि भइरहेका आक्रमण तत्काल रोक्न र दोषीलाई कार्वाही गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो । पत्रकारमाथि आक्रमण भइरहँदा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै पत्रकारले आक्रोश पोखेका थिए ।
जवाफमा गृहमन्त्री गच्छदारले प्रदर्शनलाई मुठभेडमा जान नदिन प्रहरीले संयमता अपनाएको भएपनि प्रेसमाथिको आक्रमण रोक्न निर्देशन दिएको बताए । उनले आक्रमणमा दोषीलाई कार्वाही हुने प्रतिबद्धता पनि जनाए ।

राजवंशी परिषद् गठन

दमक, ९ जेठ/ मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले संघीय राजवंशी स्वायत्त परिषद् गठन गरेको छ ।
मेरी राजवंशीको अध्यक्षतामा भएको भेलाले मानबहादुर राजवंशीको अध्यक्षतामा राजवंशी परिषद् गठन गरेको हो । परिषद्को प्रथम उपाध्यक्ष जयकुमार राजवंशी, द्वितीय उपाध्यक्ष भिमिलेशकुमार, तृतीय उपाध्यक्ष धिरेनकुमार, सचिव गोपीनाथ, सह–सचिव बिजय र कोषाध्यक्षमा अनिल राजवंशी रहेका छन् । परिषदको केन्द्रीय जनसंगठन सचिवमा छविलाल र प्रचार–प्रसार सचिवमा चन्द्रप्रसाद राजवंशी चयन भएका छन् । समिति १ सय ५० जनाको रहेको छ ।
संघीय महिला परिषद्की केन्द्रीय अध्यक्ष शान्ता योङ्हाङ्को प्रमुख आतिथ्यमा भएको भेलामा परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बा, जिल्ला युवा ईन्चार्ज देवु गड्शन, शिक्षक परिषद्का जिल्ला अध्यक्ष राजु सुब्बा, महिला परिषद् जिल्ला अध्यक्ष बविता थापा राई लगायतले बोलेको महिला परिषदकी नगर अध्यक्ष मनिसा एवाई महिमाले जानकारी दिइन् । कार्यक्रममा आकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।