हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘साहित्यको खुड्किलो गजल हो’

भुपेन्द्र तिम्सिना साहित्य, पत्रकारिता र कलाकारिता तीनै विधामा परिचित नाम हो । डेढ दशक यता जमेका उनी तीन वटै विधामा कलम चलाइरहेका पनि छन्् । २०४८ सालदेखि कलाकारिता, २०५० सालदेखि साहित्य र २०५३ सालदेखि पत्रकारिता पेशामा आबद्ध उनी तीनवटै विधामा बढी झुकाव राख्ने भनेर चिनिन्छन् । युवा श्रष्टा तिम्सिना मोरङ शनिश्चरे–१ का बासिन्दा समेत हुन् । गजलकारका राम्रा श्रष्टाको सूचिमा पर्ने उनले भर्खरै गजलमा ”मन उनेर मनसँग“ बजारमा ल्याएका छन् । उनै श्रष्टा तिम्सिनासँग गरिएको श्रष्टार्वार्ता :

साहित्यमा किन आउनुभयो ?
नाटकबाट साहित्य लेखन शुरू भएको हो । गाउँघरमा गरिने नाटक सानै उमेरमा लेख्थे, निर्देशन गर्थेँ र अभिनय पनि गर्थे । शुरूवात त्यहीबाट नै भएको मान्नु पर्छ । २०४८ सालदेखि भने नाटकबाट साहित्य लेखनमा निरन्तरता दिएको छु ।
पछि गजलमा बढी केन्द्रीत हुनु भयो नि ?
नाटक र गजल फरक विधा हुन् । नाटकमा अभिनय हुन्छ तर गजल शब्दमय हुन्छ । तर नाटकसँगै गजलको लेखन भने बढाएको छु ।
साहित्य के हो जस्तो लाग्छ यहाँलाई ?
साहित्य भनेको मनको कुरा प्रस्तुत गर्ने माध्यम हो । साहित्यको प्रवेश मार्ग अहिले गजल बन्दै छ । समग्रमा साहित्यको पहिलो खुड्किलो गजल नै हो ।
गजल कस्तो हुनुपर्छ नि ?
गजल मिठास लयात्मक हुनुपर्छ । गजल संरचनात्मक विधामा फरक विधा हो, त्यसैले पनि गायनको फ्रेममा गजल हुुनुपर्छ । गजल गाइने विधा पनि हो भन्ने लाग्छ ।
तपाईको कृतिको सन्देश भन्दिनुस् न ?
अहिलेसम्म २ ओटा कृतिका रुपमा प्रकाशित छन् । फुटकर रुपमा, संयुक्त धेरै रचना प्रकाशित भइसकेका छन् । अहिले मात्र ‘मन उमेर मनसँग’ गजल कृति बजारमा आएको छ ।
साहित्यका बाहेक कलाकारितामा ?
भर्खरै ५ ओटा गीत रेकर्डिङ्ग भएका छन् । एफएम, रेडियो, एल्बममा आभा मुकारुङ लगायतका गायकहरूले स्वर दिएका छन् । यसबाहेक जीवन जीउनका लागि लघु चलचित्रको लेखन निर्देशन गरी प्रस्तुत भइसकेका छन् ।
अन्तमा, साहित्यका पाठक घट्दै गएका छन् ?
मलाई त्यस्तो लाग्दैन । साहित्यमा मानिसको आकर्षण पाएको छु । तर, कृतिका रुपमा केही कम संख्यात्मक उपस्थिति होलान् तर अहिले झन् गुणात्मक रुपमा साहित्यको विकास भएको पाएको छु । त्र


गजल एकतीस
लोडसेडिङ्गको उपहार, कैलेसम्म लोकतन्त्रमा ?
खान नपाई मरिरा’छन् ऐलेसम्म लोकतन्त्रमा

जनही छन् संगठन, चन्दा माग्छने उसैगरी
जबरजस्ती गर्छन् देउसे, भैलोसम्म लोकतन्त्रमा

भिखारीको अभिनय, गरिरहन्छन् पालै पालो
भीख माग्ने यही चलन, फैलेसम्म लोकतन्त्रमा

छट्पटाउँदै चिच्याउँदै, रोइरा’ की हुन्छिन् आमा
लुटपाट बढिरहन्छ, जैलेसम्म लोकतन्त्रमा ।
–भुपेन्द्र तिम्सिना (“मन उनेर मनसँग” कृतिबाट)

लिम्बुवान मुक्ति मोर्चाको कमिटी गठन

दमक/नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल झापा क्षेत्र नं. ४ को क्षेत्रीय कमिटी चयन गरिएको छ । शनिश्चरेमाआयोजित मोर्चाको विस्तारित बैठक तथा प्रशिक्षणात्मक भेलाका बीच कमिटी गठन गरिएको हो ।
कमिटीको अध्यक्षमा नरबहादुर नेम्वाङ, सहअध्यक्षमा नरेन्द्र नेम्वाङ, सचिवमा जगत आङ्देम्वे, सहसचिवमा गणेश वेघा र कोषाध्यक्षमा सानीमाया कुरुम्वाङ रहेका मोर्चाका केन्द्रीय उपाध्यक्ष विश्वदीप लिङदेनले जानकारी दिए । कमिटी १७ सदस्यीय रहेको जनाइएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपक कुरुम्वाङको प्रमुख आतिथ्य र पार्टीका क्षेत्रीय इञ्चार्ज राजु शेर्माको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा क्षेत्रीय सेक्रेटरी हरी दाहाल, गजेन्द्र कटुवाल, पहलमान लिम्बू लगायतले शुभकामना मन्तव्य एवम् प्रशिक्षण दिएका थिए ।

किरावि संघको दोस्रो परिषद भेला शुरु

ईलाम/शैक्षिक परिवर्तन र किरात स्वायत्त राज्यको लागि संघर्ष गर्दै आएको किरात राई विद्यार्थी संघको दोस्रो परिषद भेला शुक्रबारदेखि इलाम सदरमुकाममा सुरु भएको छ ।
भेलाको उद्घाटन कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष धिरेन्द्र रुम्दाली राईले जनताको चाहना अनुसारको संविधान बनाउन नसकी सभा विघटन गर्ने राजनीतिक पार्टीहरू असफल भएको बताएका छन् । राईले ठूला भनिएका दलका नेताहरू समेत फेल भएको आरोप लगाउदै जातीय पहिचान सहितको संविधान निर्माणको लागि नयाँ शक्ति निर्माणमा लाग्नुु पर्ने बताए । अध्यक्ष राईले नेपालको अव्यावहारिक शैक्षिक नीतिको आमुल परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै किरात स्वायत्त राज्य स्थापना नभए नयाँ उचाईबाट किरातवादी आन्दोलन थालिने चेतावनी दिए ।
संघका सल्लाहाकार तथा उद्घाटन कार्यक्रमका विषेश अतिथि दिपेनवाला राई, किरात राई यायोक्खाका केन्द्रीय सचिव जे.बी. राई, ईलाम जिल्ला अध्यक्ष कृष्ण खालिङ राई, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सचिव अभिषेक एक्तेन, किरात राई पत्रकार संघका केन्द्रीय सदस्यहरु नगेन्द्र राई, रिता राई, नेपाल पत्रकार महासंघ ईलामका अध्यक्ष उमेश गुुरुङ, नेपाल आदिबासी जनजाति विद्यार्यी महासंघ इलामका अध्यक्ष जलन लिम्बू, नेपाल आदिवासी जनजाति युवा संघ ईलामका अध्यक्ष राजकुमार राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष तथा किरात राज्य समिति ईन्चार्ज अर्जुन जम्नेली राईले स्वागत गरेका थिए । संघका महासचिव बिर्सिका राई र सचिव डेकिन्द्रकुमार राईले सञ्चालन गरेका थिए ।
दुईदिनसम्म चल्ने भेलामा काठमाडौं पूर्वी पहाडी जिल्लाहरूबाट डेढ सय भन्दा बढी राई विद्यार्थी पदाधिकारीहरू सहभागी रहेको संघका अध्यक्ष धीरेन्द्र रुम्दाली राईले बताए ।

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु पूर्वेली, हिमत नेम्वाङ, दीलिप घिमीरे, याम भूजेल, श्यामराज राजवंशी, विनोद खनाल, भवानी गौतम र उषा राई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा मगर लगायतले बोल्दै चौतारीले साहित्य कला र सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको चर्चा गरेका थिए ।

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु पूर्वेली, हिमत नेम्वाङ, दीलिप घिमीरे, याम भूजेल, श्यामराज राजवंशी, विनोद खनाल, भवानी गौतम र उषा राई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा मगर लगायतले बोल्दै चौतारीले साहित्य कला र सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको चर्चा गरेका थिए ।

सय जना वृद्धवृद्धा सम्मानित

बिर्तामोड/अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोवर १) को अवसर पारेर विगत वर्ष झैं यस वर्ष पनि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले ७० वर्ष पार गरेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाका नौ स्थानमा रहेका संस्थाका विभिन्न कार्यालयहरूमा स्थानीयलाई भेला गरी असोज १६ गतेदेखि यस्तो कार्यक्रम गरिँदै आएको हो ।
तीन वर्षअघिदेखि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न थालेको संस्थाले यस वर्ष संस्थाका छ हजार सात सय १८ जना सदस्यमध्ये ७० वर्ष पूरा गरेका करिब एक सय जनालाई जनही एक हजार नगद सहित उपहार प्रदान गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
यसैबीच शुक्रबार बिर्तामोडमा पाँच जना वृद्धहरूलाई सम्मान गरी नगद उपहार प्रदान गरिएको हो । एनएमसीको निर्माणाधीन भवन परिसरमा आयोजित कार्यक्रममा अनारमनी– ४ का हरिनारायण पूर्वे, तोपगाछी–७ का हरिबहादुर भूजेल, चकचकी–६ का चेतनाथ पोखरेल, अनारमनी–३ का नीलकुमार श्रेष्ठ र अर्जुनधारा–२ का गोपीकृष्ण पोखरेललाई उपहार प्रदान गरिएको हो ।
विर्तामोड कार्यालय समितिका सदस्य गोविन्दबिक्रम गिरीको अध्यक्षता तथा कार्यालय प्रमुख चेतन शर्मा पौड्यालको सञ्चालनमा सम्पन्न सम्मान कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष मोहनप्रकाश उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

के (च्याब्रुङ) को उत्पत्ति : एक चर्चा


गोविन्द आङ्बुङ
प्राचीन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो जाति सुदूरपूर्व नेपालको लिम्बुवानमा आदिमकालदेखि बसोबास गर्दै आएका छन् । आफ्नै धर्म, संस्कृति, भाषा, लिपी र लोकसंस्कृतिमा धनी जाति मानिन्छ । लिम्बू लोक संगीतलाई (१), गीत, (२) नृत्य र (३) वाद्यसमूह गरेर तीन समूहमा बाँड्न सकिन्छ ।
बाजाहरुमा लिम्बू जातिको जातीय बाजा के(च्याब्रुङ्ग) हो । च्याब्रुङ बाजाको उत्पत्तिको रोचक कथाहरु छन् । लिम्बू जातिको प्रथम घर बाजाइबाले निर्माण गरेपछि धमिराले घर खाएर पटक–पटक भत्किँदा बाजाइबा खिन्न भई थकित भएर हङसिङ या खमारीको रुखको सियालमा बसिरहँदा अचानक घुनघुन आवाज सुनेछन् । केको आवाज भनी नियाल्दा त्यो हङसिङ या खमारीको रुखको धोन्द्रो रहेछ । त्यो धोन्द्रोमा माहुरीको गोलो रहेछ र त्यो हङसिङ या खमारीको धोन्द्रोमा माहुरीको गोलो देखेपछि बाजाइबाले लोदेनहाङ र फुङ्देनहाङलाई देखाइदिएछन् र ती दाजुभाइ लोदेनहाङबा र फुङदेनहाङबाले त्यो हङसिङको  धोन्द्रो परेको रुखलाई ढाली टुक्रा बनाएर केसामी अथवा बाघको छालाले मोरेको बाजा बजाउँदै लोदेनहाङबा र फुङदेनहाङबाले पुनः नयाँ घर निर्माणपछि  त्यस घरवरिपरि नृत्य गरे । त्यसपछि धमिरा कहिल्यै लागेन भन्ने आख्यान छ । त्यही आख्यानको आधारमा अहिलेसम्म लिम्बूहरुको नयाँ घरको निर्माण सकिएपछि धमिरा नलागोस् भनी ‘थक्थाम्मा के’ नाच्ने चलन अद्यापि छ ।
केसामीको छालाले मोरेको देब्रेपट्टि घुरुङ–घुरुङ गर्दै बाघझैँ आवाफ निस्कने हुँदा यस बाजाको लिम्बू भाषामा के नाम रह्यो । यसैलाई हिजोआज च्याब्रुङ भनिन्छ । खरीविहीन ढोल आधारका बाजाहरु ईसापूर्व पाँच हजार अघिदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । यसर्थ, खरिविहीन च्याब्रुङ बाजालाई अति प्राचीन वाद्ययन्त्रहरु मध्ये एउटा मानिन्छ । च्याब्रुङ बाजा सामान्यतया अढाई फुट लामो र गोलाई पाँच फिटको हुन्छ । यसको दाहिने पाटालाई पाथी स्वर वा हुक्चाङ्गे र देब्रे पाटोलाई भाले स्वर वा सिङ्जाङ्गे भनिन्छ । दाहिनेपट्टिको भाग ३, ४ दिनसम्म भिजाइराखेर खरी आएझैँ देखिने डाम पारिन्छ । त्यसैले त्यतापट्टिको आवाज चर्को र तिखो सुनिन्छ ।

च्याब्रुङ नाचको आधारभूत ताल वा पारा कुसरक्पा हो । कुसरक्पा नाचको स्थानअनुसारको नाच हुन्छन् । जस्तै, फेदापे, तमरखोले, पान्थरे, चारखोले आदि । कुसरक्पामा नै अवसरअनुसार पारा थपेर नाचिन्छ । जस्तै, साम्सिङ्मा लाङ (तयारी नाच), मेःक्काम्मा लाङ (लगन नाच), लारिङ्गेक लाङ (हात हल्लाउने), लाङ्जाङ्वा लाङ (छिट्टो नाचिने नाच) र सेम्मुई लाङ (विदाई नाच) आदि छन् । थपिने पारा सृष्टिसँग सम्बन्धित छ जस्तै, पशुपंक्षीको नृत्य नै अनुकरण गरेर नाचिन्छ – हात्ती नृत्य, गैँडा नृत्य, परेवा नृत्य, ढुकुर नृत्य, सर्प नृत्य आदि । यसका साथै अन्नबाली लाउने, उठाउने, खाने आदि जस्ता पारामा पनि नृत्यहरु गरिन्छन् ।
शुभ उपलक्ष्यमा मात्रै नाचिने च्याब्रुङ नृत्यमा गीत गाउँदैनन् भने पनि हुन्छ तर बेलामौकाअनुसार बाजाको तालमा गाउँदै भावको अभिव्यक्तिहरु पनि गरिन्छ । त्यस्तै, च्याब्रुङ बजाउँदै स्त्रीजातिहरुले के नाच्दैनन् तर बेलामौकाम स्त्रीजातिहरुले पनि च्याब्रुङ नृत्यमा सम्मिलित भई हात हल्लाउँदै पारा मिलाउँदै नृत्यमा साथ दिन्छन् ।

सकारात्मक वहस नै उत्तम विकल्प – सम्पादकीय

लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् भित्र उब्जिएको विवाद समाधान तिर नभई थप चर्किदै गएको देखिन्छ । पार्टी संगठन भित्र विधान नाघेर पदाधिकारी नियुक्त गरेको विषय उठान भएपछि विधि प्रक्रिया तथा संगठन सुदृढिकरण संघर्ष समिति गठन गरेर परिषद्का सचिवालय सदस्य लोकसागर साम्बाले गतिविधि थालेकामा केही हप्ता अघि उनी निलम्बनको कार्बाहीमा परेका छन् । परिषद्का अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गरेर साम्बामाथि कार्बाही गरिसकेको भए पनि उनी अहिले पनि सांगठानिक गतिविधिमा सशक्त छन् ।
पछिल्लो समय अध्यक्ष लिङ्देन र सचिवालय सदस्य साम्बाबीच सांगठानिक दूरी बढेको तथा एक–अर्काका कार्य शैलीप्रति असन्तोष र असन्तुष्टि बढ्दै जाँदा कार्यकर्ता पंक्ति विभाजित मानसिकतामा पुगेका स्पष्टै देखिएको छ । साम्बाले परिषद्को सुनसरी जिल्ला समितिका अध्यक्ष सहितको बहुमत समिति, परिषद्को भातृ संगठन संघीय विद्यार्थी यूनियन र पाँचथर जिल्ला कार्य समिति बाहेकका जिल्लाका कार्यकर्ताहरू समेतलाई संघर्ष समितिमा आवद्धताको दावी तथा नेतृत्व गरिरहेका छन् भने परिषद्को सचिवालय सहितको मूल टिमको नेतृत्व लिङ्देनको रहेको छ ।
लिम्बुवान आन्दोलनको सुरुवात गर्न अघि दुवै नेता राष्ट्रिय जनमुक्ति पार्टीमा विद्रोह गरेर नेपाल जनमुक्ति पार्टी गठनका समयमा समेत सँगै देखिएका तथा यसअघि परिषद् फुटका क्रममा समेत पटक–पटकका सांगठानिक हलचलहरूमा समेत सँगै देखिएका कारण उनीहरूबीचको सांगठानिक समिकरण बलियो भएको अनुमान गरिन्थ्यो, जो आज लगभग असत्य सिद्ध हुन लागेको अवस्थामा पुग्दैछ ।
शुक्रबार साम्बा नेतृत्वको संघर्ष समितिले भेलाको आयोजना गरेर पार्टी संगठनका विधान विरोधी गतिविधिमा प्रभाव पार्दै जाने निर्णय गरेको अवस्था एकातिर विद्ययमान छ भने अर्कातिर कार्बाहीमा परिसकेकाहरूबाट अराजक भनाई आइरहेका तर कुनै प्रभाव नपर्ने प्रतिक्रिया अध्यक्ष लिङ्देनबाट आउनुलाई पार्टी संगठनका कार्यकर्ताले पुनः परिषद्को फुट नजिक आएको अर्थमा वा कसरी बुझ्छन् त्यो उनीहरूको कुरो हो । यद्यपि, क्षेत्रीय राजनीतिमा लगभग स्थापित भइसकेको लिङ्देन नेतृत्वको परिषद्मा पुनः फुट हुने हो भने मुलुकमा प्रारम्भिक अभ्यासमा रहेको क्षेत्रीय राजनीतिक संगठनको प्रयास आफैमा असफल बन्ने देखिन्छ ।
राजनीतिक एजेण्डा र गतिविधिको बेग्लै मूल्याङ्कन हुनु स्वाभाविक प्रक्रिया हो । तर, स्थापित राजनीतिक शक्तिहरू फुटका चरणबाट मात्रै गुज्रिरहेने परिस्थिति नराकिने हो भने यसले मुलुकको राष्ट्र राजनीति, जनजीवन र विकास निर्माण लगायतका सबै खाले कार्यमा नकरात्मक प्रभाव पर्ने निश्चित छ । तसर्थ सांगठानिक विवादहरूलाई सही वहसका माध्यमबाट निरुपण गरेर अघि बढ्नु बाहेको उत्तम विकल्प अरु हुन सक्दैन कि ! अझै पनि वहसका माध्यमबाट समस्याहरूको निधान गरी सही नेतृत्व र सांगठानिक ढाँचाबाट अघि बढ्ने समय छ । यतातर्फको पहललाई विशेष ध्यान पु¥याउन जरुरी छ ।

‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा
दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा एकैसाथ स्थानीय स्तरमा ती ट्रेड स्कूल सञ्चालनमा आएका थिए । पछि थप ५ ओटा ट्रेड स्कूलहरू स्थापना भएका बताइएको छ ।
अर्ध शिक्षित, बेरोजगार, गरीब तथा आर्थिक विपन्नता भएका युवापुस्तालाई सीपमूलक तालिम दिएर दक्ष र स्वरोजगार बनाउने हेतुले साझेदारीमा खोलिएका ट्रेड स्कूलहरूले पछिल्ला वर्षहरूमा सरोकारवाला निकायहरूबाट सहयोग नपाएपछि समस्या झेल्दै आएका छन् ।
दमक–१३ स्थित अलपत्र बनेको इलम प्रशिक्षण केन्द्रको एक तले पक्की भवन । फोटो : पिपुल्स टाइम्स

दमकको इलम प्रशिक्षण केन्द्रका प्रमुख वेदु गौतमले सरोकारवाला निकायले सहयोग नगरेका कारण संस्थालाई नियमित चलाउन समस्या आएको बताए । आफ्नै स्रोतबाट केन्द्र चल्न सक्ने अवस्था छैन, सरकारको सहयोग रोकिएपछि नियमित कामकाज नै प्रभावित बन्न पुगेको प्रमुख गौतम बताउँछन् । उनले भने –‘दक्ष जनशक्ति उत्पादन गर्ने अवधारणा सहित राज्यका विभिन्न निकायले अनिवार्य सहयोग गर्ने सम्झौता अनुसार स्कूल खुले, अहिले सहयोगी निकाय चुपचाप बस्दा सञ्चालन गर्नै समस्या परेको छ । ’ मुख्यगरी उच्च स्तरीय ती निकाय सहित स्थानीय तहमा जिविस, नगरपालिका र सरकारले सञ्चालन गर्ने विभिन्न निकायका सीपमूलक तालिमहरू गराउने र सहयोग पु¥याउने भनिए पनि पछिल्ला वर्षहरूमा कसैको सहयोग नआएको केन्द्रले जनाएको छ ।
केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले सरोकारवाला निकायहरूले सहयोग नगरेका कारण केन्द्रको अवस्था नाजुक बन्दै गएको बताए । उनले प्रारम्भिक चरणदेखि २०६४ सालसम्म सरकारबाट छुट्ट्याइएको २५ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघ मार्फत पटक–पटक गरी १९ लाख रुपैयाँ आएपनि त्यसपछि थप बजेट नआएको जनाए । ‘स्थानीय तहमा केन्द्र सञ्चालनको दिगो स्रोत छैन’ उनले भने –‘यसले गर्दा केन्द्र सञ्चालनमा कठिनाई बन्दै गएको हो’ । केन्द्रबाट विभिन्न रोजगारमुखी सीपहरू सिकाउने गरिन्छ ।
दमक–१३ मा रहेको केन्द्रले एक हप्ते साधारण देखि ९ महिने अवधिका तालिमहरू सञ्चालन गरी आएको छ । कतिपय सरकारी तथा अन्य संघ संस्थाहरूले समेत त्यस्ता तालिमहरू निःशूल्क रुपले चलाउँदै आएकाले पनि केन्द्रका तालिमहरूप्रति आकर्षण कम भएको गुनासो आएको छ । केन्द्रका प्रमुख गौतम भन्छन् –‘सरकारको स्थानीय निकायबाट उपलब्ध हुने सोही प्रकृतिको तालिममा भत्ता सहित तालिम दिने भएकाले यस्ता तालिम शिक्षालयमा भने जति सहभागीको संख्या न्यून छ’ ।
यसैबीच, पहिलो चरणमा खुलेका ट्रेड स्कूलहरूलाई सरोकारवाला नियकाहरूले स्थापनाका अवस्थामा ५ वर्ष सहयोग गर्ने भनिएको र पछि पुनः थपिएको ५ वर्षको अवधि समेत सकिन लाग्दा पनि थप सहयोग भने प्राप्त नहुँदा यस्ता स्कूलहरूको भोलिको अवस्था के हुने भन्ने जिज्ञासा उठेको छ ।
यस्ता केन्द्रहरूको कार्यक्रममा सघाउ पु¥याउने विभिन्न सरकारी निकायहरूले चासो नपु¥याएकै कारण धरान, सुर्खेत लगायतका ट्रेड स्कूलहरू बन्द भइसकेका छन् । यस्ता ट्रेड स्कूललाई व्यवस्थित गराउन विषयमा सरोकारवालाहरूले चासो नदिएपछि स्थानीय तहमा उद्योग वाणिज्य संघहरूले आप्mनो क्षमता अनुसार सञ्चालन गरिआएका छन् ।
महासंघले गठन गरेको सरकारको सचिव स्तरीय अनुगमन समिति र स्थानीय तहमा गठित व्यवस्थापन समितिहरूले केन्द्रको समस्या बारे छलफल गर्न समेत पहल गरेका छैनन् । स्रोत भन्छ –‘महासंघका केन्द्रस्तरको अनुगमन समिति दुई वर्षदेखि बैठक बस्न सकेको छैन भने स्थानीय तहको समिति वर्षदिन यता बैठक बस्न सकेको छैन’ ।
केन्द्रबाट १४ सय उत्पादन
इलम प्रशिक्षण केन्द्र दमक सञ्चालनमा आएपछि यसले हालसम्म करिब १४ सय बढीलाई रोजगारमुखी तालिम दिइसकेको छ ।
८ वर्षका अवधिमा केन्द्रबाट १४ सय जनाले स्वरोजगार मूलक तालिम पाएका केन्द्रका प्रमुख गौतम बताउँछन् । ती मध्ये ७० प्रतिशतले अहिले स्वदेश वा विदेशमा रोजगारी गरिआएका गौतमको भनाई छ । ‘बढी इलेक्ट्रिसियन, प्लम्बिङ्ग, वाइरिङ्ग लगायतका भोकेशनल ट्रेनिङ्गहरूमा आकर्षित छन्’ प्रमुख गौतमले भने –‘केन्द्रका अनुसार तीन ओटा विषयमा भने सिटीइभिटीबाट परीक्षा हुने गरेको छ । ’ टी.एस.एल.सी.मा विभिन्न परीक्षा चलाउने पूर्वमा दमको सो ट्रेड स्कूल भएको गौतमले जनाए । सो टी.एस.एल.सी.मा हालसम्म ३ सय परीक्षार्थीहरूले उत्तीर्ण भई प्रमाणपत्र लिएका छन् । टीएसएलसीमा कम्प्युटर अपरेटर, विल्डिङ्ग इलेक्ट्रीसियन र मेसन जस्ता ३ ओटा प्राविधिक विषयमा परीक्षा लिने गर्दछ । वर्षमा दुई पटक हुने सो परीक्षामा परीक्षार्थीहरूले बढीमा २५ सय रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ । अन्य गाउँमा काम गरी आएकालाई विषयगत तालिमको मान्यता प्राप्त प्रमाणपत्र दिन टीएसएलसी परीक्षा लिने गरिएको छ । प्राविधिक विषयमा सो परीक्षा उत्तीर्ण गरे एसएलसी सरहको मान्यता प्राप्त हुने बताइएको छ । असार ३ देखि ८ सम्म पछिल्लो पटक चलेको सो परीक्षामा केन्द्रबाट ५० जनाले परीक्षा दिएका छन् ।

निर्माणाधीन भवन अलपत्र

दमक, १२ साउन/राज्यबाट स्कूल सञ्चालनका लागि दिइएको सहयोग आउन बन्द भएपछि दमकको इलम प्रशिक्षण केन्द्रको निर्माणाधीन भवन अलपत्र बनेको छ । वर्षेनी आउँदै गरेको रकम २०६४ सालदेखि बन्द भएपछि भवनको निर्माणाधीन काम रोकिएको हो ।
दमक–१३ मा स्थानीय दाता श्याम श्रेष्ठ र तिर्थकुमारी श्रेष्ठले १० कठ्ठा जग्गा केन्द्रलाई उपलब्ध गराएपछि निर्माण थालिएको भवनको काम ५ वर्षदेखि पूर्णरुपमा ठप्प भएको छ । ‘इलम प्रशिक्षण केन्द्र बन्दा धेरैलाई तालिम र रोजगारी मिल्ला भनेर जग्गा दियौं, तर सरकारले ध्यान नदिँदा दुःख लागेको छ’ –दाता श्रेष्ठले भने । उनले निर्माणाधीन दमक चक्रपथसँग जोडिएको ३ सय ६० फिट मुख भएको सो परिमाणको जग्गा केन्द्रका लागि दान दिएका हुन् । केन्द्रका प्रमुख गौतमले रकम
 अभावका कारण निर्माणाधीन भवनको काम रोकिएको बताए । चारकोठे पक्की निर्माणाधीन भवनमा ११ लाख बढी रकम खर्च भइसकेको गौतमको भनाई छ । २०६५ सालमा नै भवन पूरा गर्ने लक्ष्य भए पनि रकम अभावले पूर्वकै नमूना ट्रेड स्कूलको भवन लथालिङ्ग अवस्थामा छ ।
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले भवनको काम ८० प्रतिशत पूरा भए पनि अन्य घेराबेरा सहितका संरचना निर्माणमा रकम नभएकाले काम रोकिएको बताए । निर्माणाधीन भवनमा कम्पाउण्ड वालका लागि थप १९ लाख रकम महासंघ र जिविस लगायतका निकायमा गतवर्ष सहयोग माग गरिए पनि माग सुनुवाई नभएको गुनासो समितिका अध्यक्ष प्रसाईको छ ।     ‘घेराबेरा बिना कार्यालय नियमित गराउन सुरक्षित हुँदैन’ अध्यक्ष प्रसाई भन्छन् –‘दुवै काम पूरा नभएसम्म केन्द्रको नयाँ भवन सञ्चालनमा समस्या छ । ’ केन्द्र अहिले दमक उद्योग वाणिज्य संघको भवनमा सञ्चालनमा रहेको छ ।

एमाओवादी नेताको सम्पत्ति छानविन सुरु

काठमाडौं, १२ साउन/एमाओवादीका नेताहरूको सम्पत्ति छानविन गर्न गठित आयोगले आफ्नो काम थालेको छ । आयोगले साउन ११ देखि १७ गते भित्र उजुरीहरू पठाउन सार्वजनिक आह्वान समेत गरेको छ । पार्टी भित्र आर्थिक अनियमितता, भ्रष्टचार बढेकाले छानविनका लागि सातौं विस्तारित बैठकबाट आयोग गठन गरिएको थियो ।
बिहीबार पत्रकार सम्मेलन गरी आयोगका संयोजक अमिक शेरचनले उजुरी गर्नेको नाम गोप्य राखिने बताए । उनले अध्यक्ष पुष्पकमल दाहालमाथि पनि छानविन हुनसक्ने जानकारी दिए । केन्द्रबाट सुरु हुने सम्पत्ति छानविनको अभियान जिल्ला तहमा पुग्ने बताए ।