हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

१२ औँ पटक संविधान संशोधन

काठमाडौ, ७ जेठ/ संविधानको मस्यौदा प्रस्तुत भएपछि स्वतः पारित गर्न सकिने गरी अन्तरिम संविधान २०६३ को १२ औं संशोधन भएको छ ।
व्यवस्थापिका संसद्को शनिबारको बैठकले अन्तरिम संविधानको धारा ७० संशोधन गरेको हो । ५ सय ३६ उपस्थित सभाषद्मध्ये राप्रपा नेपालका ३ सभासद्ले मात्रै विपक्षमा मतदान गरेका थिए । सभामुख सुवासचन्द्र नेम्वाङले दुई तिहाई बहुमतबाट संविधान संशोधन भएको जानकारी गराएका थिए ।
संविधान जारी गर्ने जेठ १४ को समयसीमा नजिकिए पनि पारित गर्ने प्रकृया लामो भएपछि दलहरु संविधान संशोधन गर्न सहमत भएका थिए ।
सर्वोच्च अदालतले संविधान सभाको अन्तिम म्याद जेठ १४ भन्दै अब म्याद थप हुन नसक्ने फैसला गरेकाले दुई महिनाभन्दा पनि कम समयमा संविधानको मस्यौदा तयार गर्नेदेखि पारित गर्नेसम्मको प्रकृया पूरा गर्नुपर्ने छ । जेठ १४ भित्र संविधान नबने संविधानसभा स्वतः विघटन हुने फैसला मंसिर ९ मै सर्वोच्चले गरेको थियो । उक्त फैसला पुनरावलोकनका लागि सरकार र संसद्ले गरेको अपिल दरपीठ गर्ने सर्वोच्च प्रशासनको आदेशलाई बेन्चले सदर गरेपछि जसरी भए पनि संविधान जारी गर्नैपर्ने बाध्यता छ ।
अन्तरिम संविधानको धारा ७० संशोधन भएपछि अब हतारमा संविधान जारी गर्ने बाटो खुला भएको छ । अन्तरिम संविधानको धारा ७० मा नयाँ संविधानको प्रस्तावना र प्रत्येक धारामा छुट्टाछुट्टै मतदान गर्ने र सर्वसम्मत हुन नसकेका विषयलाई मतदानमा लैजानुअघि सर्वसम्मतिको प्रयास गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलका नेताहरुलाई १५ दिन दिनुपर्ने व्यवस्था छ ।

छानबिन गर्न माग

उर्लाबारी, ७ जेठ/एरोटोनिकल इन्जिनियरिङ पढ्नको लागि भारतको चण्ढीगढ गएका मोरङको उर्लाबारी एक युवाको रहस्यमय मृत्यु भएको भन्दै परिवारले उचित छानबिनको माग गरेका छन् ।
उर्लाबारी–६ का २४ बर्षीय प्रकाश मल्लिक मुत्यु भएको हो ।  जेष्ठ ३ गते चण्डीगढबाट घर फर्कने क्रममा रेलमा मृत अवस्थामा  भेटिएको भन्दै मृतकको मोवाइलको माध्यमबाट कटीहार प्रहरीले परिवारलाई खबर गरेपछि शव शुक्रबार राति नै ल्याइएको थियो । मृतकको शव सुनझोडामा शनिबार दाहसंस्कार गरिएको छ । उनी गत मंसिरमा पढाईको लागि भारत गएका थिए ।
उनी भारतका पञ्जावस्थित स्वराजमज्दा कम्पनीमा सुपर भाइजरको काम समेत गर्दै एरोटोनिकल इन्जिनियरिङ  पढाईको तयारीमा रहेका थिए ।  मल्लिकको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै पीडित परिवारले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
उनका ५ बर्षीया  छोरी, श्रीमती, २ भाइ र आमाबुवा रहेका छन् ।  उनकी आमा चन्द्रकला मल्लिककले मृत्यु शंकास्पद भएको र छानबिन गर्न नेपाल सरकारसँग माग गरिन् ।
मृतकको साथमा रहेको मोबाइल, नगद ८ हजार र लत्ताकपडा लगायत सुरक्षित रहेकोले उनको मृत्यु रहस्य पूर्ण भएको बुवा लक्ष्मी मल्लिकले बताए । मृतक मल्लिकका बुवाआमा उर्लाबारी–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा कूचीकारको रुपमा कार्यरत रहेका छन् ।

युवा परिचालनमा श्रेष्ठ

दमक, ७ जेठ/नेपाली कांग्रेसले दमक नगरमा युवा परिचालन समितिको संयोजकमा गोकुल श्रेष्ठ चयन भएका छन् ।
शनिबार नगर समितिले गरेको युवा परिचालन भेलाले समितिको संयोजकमा श्रेष्ठलाई चयन गरेको हो । भेलाले बिरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामला कन्सुलर एसडी मेहताले कुटनीतिक मर्यादा बिपरीत बोलेको भन्दै आपत्ती जनाएको छ ।
पार्टीका नगर सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको भेलामा क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, महासमिति सदस्यहरु महेन्द्र सुब्वा, सरेश सुब्बा, राजन ढुङ्गाना, दिलबहादुर बुढाथोकी, नेपाल तरुण दलका जिल्ला सभापति भुमिराज राई, नगर सभापति सुरेन्द्र देवान, पार्टीका वडा नम्बर–४ का सचिव टेकन्द्र अधिकारी लगायतले बोलेका थिए ।

चुलाचुली गाभ्ने योजनाको विरोध

चुलाचुली, ७ जेठ/ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् गाउँ समिति चुलाचुलीले राज्य पुनर्संरचना गरिदा इलामको चुलाचुली गाविसलाई झापामा समाहित गर्नु नहुने जनाएको छ ।
शनिबार गाविस कार्यालयमा आयोजित एक कार्यक्रममा लिम्बुवानका चुलाचुली गाउँ कार्यसमिति अध्यक्ष दीपेश पालुङ्गवाले अरुण पूर्वका नौँ जिल्लाको अखण्ड लिम्बुवान राज्य हुनुपर्ने माग चलिरहेको बेला चुलाचुली क्षेत्रलाई झापा जिल्लामा गाभ्ने छलफल चलाइएकोप्रति विरोध जनाएका थिए ।
उनले लिम्बुवान राज्य घोषणापछि मात्र चुलाचुली क्षेत्र कुनै जिल्लामा गाभिने वा नगाभिने सवालमा छलफल हुनुपर्ने बताए । चुलाचुली क्षेत्रलाई ‘जिल्ला हेपेको’ भन्ने अनुभूति भोगिरहेका चुलाचुलीबासीहरुको जनाइमाथि अन्तक्र्रिया गराउन आयोजित कार्यक्रममा लिम्बुवान कार्यकर्ताहरुले आदिवासी जनजातिहरुको पहिचान नामेट हुने खालका गतिविधि हुन नदिने चेतावनी दिएका थिए । उक्त कार्यक्रममा माओवादीका उद्धव न्यौपाने तथा कांग्रेसका गाउँ सचिव बलराम गिरीबाट आवश्यक कागजातहरु
नियन्त्रणमा लिइएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले कार्यक्रम स्थानीय राजनीतिक दलहरुसित छलफल नगराई हतारमा बहसमा ल्याइएकोमा समेत विरोध जनाएका थिए । 
यसैबीच परिषद्को युवा संगठन लिम्बुवान भोलेन्टीयर्सले चुलाचुलीलाई झापामा गाभिनु लिम्बुवान विरोधी कार्य हुने जनाएको छ ।
भोलेन्टीयर्सका सिनियर केन्द्रीय उपकमाण्डर मुक्साहाङ लाबुङले शनिबार बिज्ञप्ति जारी गरी चुलाचुलीलाई इलामबाट छुट्याउने कोशिस गरे सगठनको माङ्तोक कमाण्डले त्यसको शान्तिपूर्ण सशक्त र लोकतान्त्रिक प्रतिकार गर्ने जनाएका छन् । 

विभिन्न स्थानमा जुलुश र ¥याली

काँकडभिट्टाटा, ७ जेठ/जातीय पहिचानको आधारमा राज्यको नामाकरण हुनुपर्ने माग गर्दै शनिबार आदिवासी जनजातिहरुले शनिबार झापाका विभिन्न स्थानमा जुलुश तथा ¥याली सम्पन्न गरेका छन् ।
नेपाल आदिबासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्ले आयोजना गरेको ¥यालीमा दर्जनबढी आदिबासी जनजातिहरुको सहभागिता रहेको थियो । बिहान ९ बजेतिर नगरको ईटाभट्टाबाट आ–आफ्नो जातीय पहिचान झल्किने भेषभुषा, बाजागाजा, व्यानरसहित शुरु भएको आदिबासी जनजातिहरुको ¥यालीले नगरका प्रमुख बजारको परिक्रमा पश्चात काँकडभिट्टाको बरगाछी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीपछि आयोजित कोणसभामा बोल्ने बक्ताहरुले राजनीतिक दलको सहमतिमा आएको ११ प्रदेशको  खाकाप्रति असन्तुष्ट जनाएका थिए । उनीहरुले राज्यको नामाकरण जातीय पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको नेतृत्वमा शनिबार नै झापाको माइधारमा राँके जुलुस सहित कोणसभा सम्पन्न गरिएको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान शिक्षक परिषद्का झापा जिल्ला अध्यक्ष राजु सुब्बाको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा परिषद् केन्द्रीय सदस्य लहानसिंह तुम्बापो, शिक्षक परिषद्का केन्द्रीय उपाध्यक्ष राम सुहाङ, जनमुक्ति पार्टीका झापा जिल्ला अध्यक्ष भवानी सेलिङ लगायतको उपस्थिति रहेको थियो ।
करिब आधा घण्टा चक्काजाम गरी आयोजित जुलुस र कोणसभामा शिक्षक परिषद्का महासचिव कमल पौडेलले लिम्बुवान सबै जाति र संस्कृतिको साझा प्रान्त हुने बताए । अरुण पूर्व नौँ जिल्ला लिम्बुवान हुनुपर्ने भन्दै उनले जेठ १४ गते कलमले लिम्बुवान नलेखिए रगतले लेख्ने समेत चुनौती दिए ।
आदिवासी जनजाति संघर्ष समितिले आह्वान गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको भन्दै उनीहरुले जेठ ७, ८ र ९ गतेको आन्दोलन सशक्त पारिने बताएका थिए ।
यसैगरी संयुक्त आन्दोलन संघर्ष समितिले शनिबार साँझ दमकमा जुलुश प्रदर्शन गरेको छ ।
दमकमा भएको जुलुस नगरको बिभिन्न क्षेत्रको परिक्रमापछि गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय उपाध्यक्ष धिरेन सुब्बा लाओतीले जातीय पहिचानका आधारमा राज्यको पुनर्संरचना नभएसम्म आन्दोलन नरोकिने बताए ।
यसैगरी केर्खा र झिलझिलेमा समेत जुलुश प्रदर्शन गरिएको छ  ।

सललेरीमा आगलागी

धनकुटा, ७ जेठ/धनकुटा सदरमुकामसँगै रहेको सल्लेरी वनमा मध्यान्हदेखि भीषण आगलागी भएको छ । नजिकको आत्मारा टोल सिरानबाट लागेको आगोले क्षणभरमा सयौं हेक्टर क्षेत्रफल नष्ट गरिसकेको छ ।
डढेलोले सल्लेरी वनसँगै रहेको नेपाली सेनाको श्रीमेहर गण समेत जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै वनको मध्य भागमा रहेको सरस्वती राष्ट्रिय प्राथमिक विद्यालय, नवनिर्मित आँखा अस्पताल र उद्योग वाणिज्य संघको भवन समेत जोखिममा रहेको छ ।
नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी लगायत सयौं स्थानीयबासीले आगो निभाउन जुटेका छन् । तर, आगो नियन्त्रण बाहिरको अवस्थामा रहेको छ । सुख्खा मौसम भएको र हावा लागेकोले आगो नियन्त्रण बाहिर पुगेको छ । श्रीमेहर गणको क्षेत्र अहिले निकै जोखिममा रहेको छ । आगो निभाउने प्रयास भएपनि दमकल र पर्याप्त पानी अभावले जोखिम तिब्र रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सेनले जानकारी दिएका छन्  ।
यसैबीच आगो लगाएको आशंकामा एक युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको छ । धनकुटा ३, स्कुलडाँडाका राजेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

७३ वर्षीया महिला सगरमाथामा

काठमाडौ, ७ जेठ/जापानकी ७३ वर्षीया तामे बात्नाबे सगरमाथा आरोहण गर्ने संसारकै सबैभन्दा जेष्ठ महिला बनेकी छन् । आरोही तामेले शुक्रबार राति सगरमाथाको आरोहण गरेकी हुन् ।

एशिएन ट्रेकिङको अन्तराष्ट्रिय सगरमाथा आरोहण दल २०१२ को नेतृत्व गरेकी उनले आफ्नै रेकर्डलाई तोडेकी छन् । यसअघि उनले सन् २००२ मा मे १६ तारिखका दिन पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । जापानमा सरकारी सेवामा कार्यरत तामेका साथ फोटोग्राफर नोरीयोकी मुरागुचीले पनि सगरमाथा आरोहण गरेको एशिएन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार, उनीहरुका साथ नेपाली आरोहीहरु मिग्मा शेर्पा,फुर्वा नोरु शेर्पा, र पेम्बा शेर्पा पनि थिए । उनीहरु शुक्रबार राति ८ बजे तेस्रो क्याम्प (८ हजार ३ सय मिटर) बाट चुचुरोतर्फ लागेका थिए । तिब्बततिरको मोहोडाबाट उक्लेका उनीहरु शनिबार विहान ७ बजे चुचुरोमा पुगेका थिए । तामे यो सिजनकी पनि सबैभन्दा बृद्ध महिला आरोही हुन् । दश वर्षको अन्तरालपछि सगरमाथा आरोहण गर्न आएकी तामे अझै फुर्तिली महिला छन् । उनी एक सातापछि राजधानी काठमाडौं फर्किने छिन् । उनले ६५ वर्षको उमेरमा विश्वको चौथो अग्लो लोत्से हिमाल (८५१६ मिटर)  पनि आरोहण गरेकी थिइन् ।

शव पहिचान

दमक, ७ जेठ/दमक–१९ मा शुक्रबार भेटिएको वेवारिसे शवको पहिचान भएको छ ।
शरीरको तल्लो भाग केहिले खाएको अवस्थामा भेटिएको सो शव मधुमल्ला–२ का डिल्लीराम दर्जीको भएको खुलेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दमकका निरीक्षक हरी खतिवडाका अनुसार मृतकका आफन्तले उनी मोरङ्को दुर्गापुरी आफन्तको घर जाँदै गरेको बताएका छन् ।

वडा नम्बर–१७ ले जित्यो

दमक, ७ जेठ/दमकमा जारी वडास्तरीय नगरकप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर–१७ ले १४ लाई हराएको छ ।
दोश्रो चरणको खेलमा १४ लाई १७ ले १ का बिरुद्ध २ गोल लगाएको हो । सो खेलमा बिजेता टिमका अनिश धिमाल म्यान अफदी म्याच घोषित भए ।
आज वडा नम्बर–१२ र १३ बीच दोश्रो चरणको दोश्रो खेल हुने आयोजक ध्रुवतारा स्पोर्टिङ् क्लबका अध्यक्ष कमल कटुवालले जानकारी दिए ।

मेहेता फिर्ताको माग

बिर्तामोड, ७ जेठ/ बिरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामला कन्सुलर एसडी मेहताले कुटनीतिक मर्यादा बिपरीत बोलेको भन्दै युथ फोर्स झापाले शनिबार बिर्तामोडमा बिरोध जुलुस गरेको छ ।
बजार परिक्रमापछि मुक्ति चोकमा भएको कोणसभामा अनेरास्वबियुका केन्द्रीय सदस्य धनप्रसाद तिवारी, खेलकुद महासंघका केन्द्रीय सदस्य शंकर थापा, महासंघ झापाका अध्यक्ष धर्मप्रसाद शिवाकोटी, युथ फोर्स झापाका संयोजक प्रत्युस आजाद राना लगायतले मेहतालाई नेपालले तुरुन्त फिर्ता पठाउनुपर्ने माग गरेका थिए । कार्यक्रम विद्यार्थी युथ फोर्स झापाका संयोजक भीम पौडेलले सञ्चालन गरेका थिए ।