चुलाचुली गाभ्ने योजनाको विरोध

चुलाचुली, ७ जेठ/ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् गाउँ समिति चुलाचुलीले राज्य पुनर्संरचना गरिदा इलामको चुलाचुली गाविसलाई झापामा समाहित गर्नु नहुने जनाएको छ ।
शनिबार गाविस कार्यालयमा आयोजित एक कार्यक्रममा लिम्बुवानका चुलाचुली गाउँ कार्यसमिति अध्यक्ष दीपेश पालुङ्गवाले अरुण पूर्वका नौँ जिल्लाको अखण्ड लिम्बुवान राज्य हुनुपर्ने माग चलिरहेको बेला चुलाचुली क्षेत्रलाई झापा जिल्लामा गाभ्ने छलफल चलाइएकोप्रति विरोध जनाएका थिए ।
उनले लिम्बुवान राज्य घोषणापछि मात्र चुलाचुली क्षेत्र कुनै जिल्लामा गाभिने वा नगाभिने सवालमा छलफल हुनुपर्ने बताए । चुलाचुली क्षेत्रलाई ‘जिल्ला हेपेको’ भन्ने अनुभूति भोगिरहेका चुलाचुलीबासीहरुको जनाइमाथि अन्तक्र्रिया गराउन आयोजित कार्यक्रममा लिम्बुवान कार्यकर्ताहरुले आदिवासी जनजातिहरुको पहिचान नामेट हुने खालका गतिविधि हुन नदिने चेतावनी दिएका थिए । उक्त कार्यक्रममा माओवादीका उद्धव न्यौपाने तथा कांग्रेसका गाउँ सचिव बलराम गिरीबाट आवश्यक कागजातहरु
नियन्त्रणमा लिइएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले कार्यक्रम स्थानीय राजनीतिक दलहरुसित छलफल नगराई हतारमा बहसमा ल्याइएकोमा समेत विरोध जनाएका थिए । 
यसैबीच परिषद्को युवा संगठन लिम्बुवान भोलेन्टीयर्सले चुलाचुलीलाई झापामा गाभिनु लिम्बुवान विरोधी कार्य हुने जनाएको छ ।
भोलेन्टीयर्सका सिनियर केन्द्रीय उपकमाण्डर मुक्साहाङ लाबुङले शनिबार बिज्ञप्ति जारी गरी चुलाचुलीलाई इलामबाट छुट्याउने कोशिस गरे सगठनको माङ्तोक कमाण्डले त्यसको शान्तिपूर्ण सशक्त र लोकतान्त्रिक प्रतिकार गर्ने जनाएका छन् । 

0 प्रतिकृया:

Post a Comment