विभिन्न स्थानमा जुलुश र ¥याली

काँकडभिट्टाटा, ७ जेठ/जातीय पहिचानको आधारमा राज्यको नामाकरण हुनुपर्ने माग गर्दै शनिबार आदिवासी जनजातिहरुले शनिबार झापाका विभिन्न स्थानमा जुलुश तथा ¥याली सम्पन्न गरेका छन् ।
नेपाल आदिबासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्ले आयोजना गरेको ¥यालीमा दर्जनबढी आदिबासी जनजातिहरुको सहभागिता रहेको थियो । बिहान ९ बजेतिर नगरको ईटाभट्टाबाट आ–आफ्नो जातीय पहिचान झल्किने भेषभुषा, बाजागाजा, व्यानरसहित शुरु भएको आदिबासी जनजातिहरुको ¥यालीले नगरका प्रमुख बजारको परिक्रमा पश्चात काँकडभिट्टाको बरगाछी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीपछि आयोजित कोणसभामा बोल्ने बक्ताहरुले राजनीतिक दलको सहमतिमा आएको ११ प्रदेशको  खाकाप्रति असन्तुष्ट जनाएका थिए । उनीहरुले राज्यको नामाकरण जातीय पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको नेतृत्वमा शनिबार नै झापाको माइधारमा राँके जुलुस सहित कोणसभा सम्पन्न गरिएको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान शिक्षक परिषद्का झापा जिल्ला अध्यक्ष राजु सुब्बाको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा परिषद् केन्द्रीय सदस्य लहानसिंह तुम्बापो, शिक्षक परिषद्का केन्द्रीय उपाध्यक्ष राम सुहाङ, जनमुक्ति पार्टीका झापा जिल्ला अध्यक्ष भवानी सेलिङ लगायतको उपस्थिति रहेको थियो ।
करिब आधा घण्टा चक्काजाम गरी आयोजित जुलुस र कोणसभामा शिक्षक परिषद्का महासचिव कमल पौडेलले लिम्बुवान सबै जाति र संस्कृतिको साझा प्रान्त हुने बताए । अरुण पूर्व नौँ जिल्ला लिम्बुवान हुनुपर्ने भन्दै उनले जेठ १४ गते कलमले लिम्बुवान नलेखिए रगतले लेख्ने समेत चुनौती दिए ।
आदिवासी जनजाति संघर्ष समितिले आह्वान गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको भन्दै उनीहरुले जेठ ७, ८ र ९ गतेको आन्दोलन सशक्त पारिने बताएका थिए ।
यसैगरी संयुक्त आन्दोलन संघर्ष समितिले शनिबार साँझ दमकमा जुलुश प्रदर्शन गरेको छ ।
दमकमा भएको जुलुस नगरको बिभिन्न क्षेत्रको परिक्रमापछि गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय उपाध्यक्ष धिरेन सुब्बा लाओतीले जातीय पहिचानका आधारमा राज्यको पुनर्संरचना नभएसम्म आन्दोलन नरोकिने बताए ।
यसैगरी केर्खा र झिलझिलेमा समेत जुलुश प्रदर्शन गरिएको छ  ।

0 प्रतिकृया:

Post a Comment