मेहेता फिर्ताको माग

बिर्तामोड, ७ जेठ/ बिरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामला कन्सुलर एसडी मेहताले कुटनीतिक मर्यादा बिपरीत बोलेको भन्दै युथ फोर्स झापाले शनिबार बिर्तामोडमा बिरोध जुलुस गरेको छ ।
बजार परिक्रमापछि मुक्ति चोकमा भएको कोणसभामा अनेरास्वबियुका केन्द्रीय सदस्य धनप्रसाद तिवारी, खेलकुद महासंघका केन्द्रीय सदस्य शंकर थापा, महासंघ झापाका अध्यक्ष धर्मप्रसाद शिवाकोटी, युथ फोर्स झापाका संयोजक प्रत्युस आजाद राना लगायतले मेहतालाई नेपालले तुरुन्त फिर्ता पठाउनुपर्ने माग गरेका थिए । कार्यक्रम विद्यार्थी युथ फोर्स झापाका संयोजक भीम पौडेलले सञ्चालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment