हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पानी छोएको भन्दै दुव्र्यवहार

पाँचथर, वैशाख १५/ पानी छोएको निहुँमा आफूलाई दुब्र्यवहार गरेको भन्दै सुभाङ–२ निबासी एलिना विश्वकर्माले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा दोषीलाई कार्बाहीको माग गर्दै मुद्दा दर्ता गरेकी छिन् ।
ताप्लेजुङ दोखु घर भई हाल पाँचथर जोरपोखरी बस्दै आएकी विश्वकर्माले स्थानीय दम्पती ५३ बर्षीया गंगा सढाई र उनकी पत्नी ५० बर्षीया जीवनकुमारी सेढाई विरुद्ध जातीय छुवाछुत ऐन अन्तर्गत मुद्दा दर्ता गरेकी हुन् ।
सेढाई दम्पतीले विश्वकर्माको छोराले आफूले पानी भरेको गाग्री छोएको भन्दै स्थानीय ट्याङ्की धारामा  विश्वकर्मालाई गत बैशाख ९ गते साँझ दुब्र्यवहार गरेका थिए ।
दाषीलाई तत्कालपक्राउ गरी कानुनी कार्बाही गरिने जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ

खोला पीडित संगठित

उर्लाबार, वैशाख १५/मोरङको बक्राहा खोलाका बाढी पीडितहरु क्षतिपूर्ति भरण र पुनस्र्थापनाको लागि एकजुट भएका छन् ।
सर्वोच्च अदालतले दैविप्रकोप पीडितको पक्षमा फैसला सुनाएपछि उनीहरु सरकारलाई क्षर्तिपूर्ति र मुआब्जा भरण गराउन एकजुट भएका हुन् । गत चैत्र २० गते सर्वोच्च अदालतका न्यायाधिशद्वय सुशीला कार्की र भरतराज उप्रेतीको इजलासले पीडितहरुलाई चलन चल्ती अनुसार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
पीडितहरुका तर्फबाट २०६५ सालमा अधिबक्ता कोषराज काफ्लेले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । २०४३ साल यता बिभिन्न समयमा आएको खोलाबाढीले मोरङको ८ गाबिसका ५ सय भन्दा बढी स्थानीयबासीहरु बक्राहा खोलाबाट पीडित बनेका छन् ।

विकास योजनाबारे अन्तक्र्रिया

दमक, वैशाख १५/दमकमा  सञ्चालित र आवश्यक बिभिन्न विकास योजना बारे बिहिबार दमक उद्योग बाणिज्य संघले अन्तत्र्रिmया सम्पन्न गरेको छ ।
अन्तरक्रियामा दमकमा निर्माणाधिन अतिथी सदन, रतुवा खोलामा घाट निर्माण तथा रङ्शाला निर्माणका बिषयमा छलफल भएको थियो । वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौडेल प्रमुख अतिथी रहेका थिए । पूर्व मेयर रोमनाथ ओली, आदिबासी जनजाती महासंघका नगरअध्यक्ष मोहन धिमाल, ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष कमल कट्वाल, संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीका नगर ईन्चार्ज सन्तोष राई, किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य पदम जवेगू लगायतले बोलेका थिए ।
दमकमा अतिथी सदन, रङ्शाला तथा आर्याघाट निर्माणका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताका थिए ।

सुत्केरीलाई चुम्लुङको सहयोग

विष्णु सुब्बा
दमक, वैशाख १५/सुरक्षित मातृत्व सेवामा सरकारी निकायबाट सहयोग पु¥याउँदै आएपनि झापाको राजगढमा भने जातीय संंस्थाले सुत्केरी महिलाहरुलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सुत्केरी उठाउन राजगढमा किरात याक्थुङ चुम्लुङले लिम्बु महिलाहरुलाई ५ सय सम्म नगद दिदै आएको छ ।
चुम्लुङ गाउँ शाखामा आवद्ध भएका घरपरिवारहरु भित्रका महिलाहरुलाई चुम्लुङले सुत्केरी भत्ता दिने व्यवस्था सञ्चालन गरिआएका छन् । मानिसको मृत्यु भए १ हजार सम्म नगद किरिया खर्चको रुपमा सहयोग पु¥याउँदै आएको चुम्लुङ गाउँ शाखा अध्यक्ष भक्तबहादुर इस्बोले बताए ।
चुम्लुङले एक दशकदेखि गाउँमा त्यस्ता सामाजिक गतिविधिहरु गर्दै आएको छ । त्यस्तो खर्च गर्न चुम्लुङले एक अक्षय कोष खडा गरेको छ । कोषमा अहिले २ लाख ५० हजार रुपैयाँ संकलित छ । कोष मार्फत् प्राप्त ब्याज र वर्षेनी तिहार लगायतका चाडपर्वहरुमा देउसी भैलो खेलेर वर्षेनी रकम बृद्धि गरिआएका छन् । चुम्लुङ अध्यक्ष इस्वोका अनुसार लिम्बू जाति बाहुल्यता राजगढका ९० घर चुम्लुङमा संगठित छन् । चुम्लुङले ९० घर भित्र सहकारी सिद्धान्तमा सामाजिक परोपकारी कार्यक्रम लागू गरिएको अध्यक्ष इस्वो बताउँछन् । उनले भने–‘यसबाट संस्थाप्रति उत्तरदायीत्व र सहानुभुतिको रुपमा चुम्लुङमा आकर्षण बढेको छ ।’
ग्रामीण क्षेत्रमा आर्थिक बिपन्नता भएका कारण हुनसक्ने मानवीय क्षति रोक्न र सेवा पु¥याउने उद्देश्यले त्यस्तो राहतका कार्यक्रमलाई अन्य चुम्लुङ गाउँ÷नगर शाखाले समेत अनुशरण गर्न थालेका छन् । दमक नगर चुम्लुङले दमक–१ र ३ वडामा चुम्लुङमा आवद्ध परिवारभित्र कसैको मृत्यु भएमा २ सय नगद र २ केजी चामल राहत कार्य गरिआएको चुम्लुङ नगर सचिव देवेन्द्र चेम्जोङले बताए ।
राजगढ चुम्लुङले त्यस्ता राहत कार्यक्रम सँगै आपतकालिन कोष पनि सञ्चालन गरिआएको छ । ति कोषमार्फत् चुम्लुङका सदस्यहरुलाई आकस्मिक
हुने समस्यालाई पहिचान गरी बिना ब्याज १२ हजार रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । ‘संस्थाले नियम बनाएको छ’ अध्यक्ष इस्बो भन्छन् –‘घटनाको अवस्था हेरेर संस्थाले भइपरी ऋण उपलब्ध गराउँदै आएको छ ।’
ऋण महिना दिनभित्रमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । यसैगरी चुम्लुङ गाउँका असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरी आएको अध्यक्ष इस्बो बताउँछन्  ।
चुम्लुङ राजगढको जन्म, मृत्यु जस्ता घटनामा गरिदै आएको उत्साहमूलक कार्य चुम्लुङ मात्र हैन हरेक क्षेत्रका संस्थाले सो कार्यान्वयन गरिनुपर्ने चुम्लुङ झापाका जिल्ला उपाध्यक्ष टेकबहादुर आङ्देम्बे बताउँछन् । ‘अत्यन्त सेवामूलक कार्य राजगढ चुम्लुङले थालेका छ’–उपाध्यक्ष आङ्देम्बे भन्छन्–‘दुःख, सुखमा आत्मीयता साट्ने माध्यम चुम्लुङ राजगढले उदाहरणाीय कार्य प्रस्तुत गरेको छ ।’  

महासंघद्वारा हस्ताक्षर संकलन

बिर्तामोड, वैशाख १५/बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडलका हत्याराको निश्पक्ष छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ झापाले हस्ताक्षर संकलन अभियान थालेको छ ।
बिहीबार शनिश्चरेमा हस्ताक्षर संकलन गरिएको महासंघका जिल्ला सचिव दिपेन वाला राईले जानकारी दिए । सोहि माग गर्दै आज दमकमा हस्ताक्षर संकलन गरिने जनाइएको छ । बिहान ८ बजेबाट दमक चोकमा गरिने अभियानमा सबैलाई सहभागिताका लागि महासंघले आग्रह गरेको छ । आगामी बैशाख १९ गते सम्म संकलन गरिएका हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाईने छ ।    
एभिन्युज टेलिभिजन टिभी, मेची टाइम्स दैनिक तथा राजधानी दैनिकमा आवद्ध पत्रकार पौडेलको गत चैत २१ गते राति झापाको बिर्तामोडस्थित बसपार्क नजिकै हत्या गरिएको थियो ।

मोर्चाको टीम सेमिफाइनलमा – खेल समाचार

दमक, वैशाख १५/झापाको लखनपुरमा जारी एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा लिम्बूवान मुक्ति मोर्चा (ए) विजयी भएको छ ।
मोर्चाको भलिबल टिमले इटहरीको भलिबल क्लवलाई हराएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको सो खेलमा मोर्चाले २५–१५, २५–२२ र २५–१७ ल्याएर विजयी भएको थियो भने इटहरीले २५–२२ ल्याएर एक म्याच सहानुभूति बटुलेको थियो । विजयी टिमबाट पशुपति चौधरी, दिनेश चौधरी, भोजराज थापा दीपक राना लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी थिए । यो जीतसँगै मोर्चा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि सोही समूहबाट बिर्तामोडको भगवान ब्रदर्श पनि सेमिफाइनलमा प्रवेश गरेको थियो ।

शुक्रबार भारत बनारसको डी डब्लु ओ र धाइजन शहरेडाङ्गी भलिबल टिमबीच क्वाटर फाइनल खेल हुने आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । बिहीबार सम्पन्न साङ्गीतिक कार्यक्रममा गायक÷कलाकार यश कुमारको प्रस्तुति रहेको थियो । गायक यशकुमारलाई क्लवले नेपाली गीत सङ्गीत क्षेत्रमा योगदान पु¥याए बापत ताम्रपत्रद्वारा सम्मानित गरेको थियो । शुक्रबार हुने साङ्गीतिक कार्यक्रममा गायक प्रमोद खरेल आउने भएका छन् ।

लिम्बुवानको बैठक शुरु

दमक, वैशाख १५/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद् केन्द्रीय समितिको बैठक बिहीबारबाट दमकमा शुरु भएको छ ।
बैठकमा अध्यक्ष कुमार लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा लिम्बुवान प्राप्तिको आन्दोलन, संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका कार्यक्रम, संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका कार्यक्रम, संविधानको मस्यौदामा लिम्बुवान भनी उल्लेख नभएको अवस्थामा संघर्षका कार्यक्रम, संघीयतामा लिम्बुवान उल्लेख नभई संविधान जारी भएको अवस्थामा संघर्षका कार्यक्रम,संगठन सुदृढिकरण पक्षलगायत समेटिएको छ ।
प्रतिवेदनमा लिम्बूवान राज्य प्राप्तिका लागि बिभिन्न कार्यक्रम गरिने, हस्ताक्षर संकलन गरिने लगायत उल्लेख छ । मारवारी सेवा सदनमा शुरु बैठकमा परिषद्का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृसंस्थाका प्रतिनिधि लगायत एक सय भन्दा बढी सहभागी छन् ।

अमेरिकाबाट विद्यालयलाई सहयोग

कुञ्जीबारी, वैशाख १५/ अमेरिका बस्दै आएका झापा कारोबारी–१ का पुष्प दाहालले आफूले अध्ययन गरेको विद्यालयलाई ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
महाभारा–३ स्थित बालकल्याण माविका भूतपूर्व विद्यार्थी दाहालले सो विद्यालयमाा उच्च शिक्षा सञ्चालनमा सो सहयोग प्रदान गरेका हुन् । उनले बिहीबार पठाएको सो रकम उनका पिता भक्तबहादुर दाहालले सोही दिन विद्यालयलाइ हस्तान्तरण गरेका बताइएको छ ।
गत सोमबारबाट जारी सो महायज्ञमा हालसम्म ५ लाख २ हजार रुपैयाँ सहयोग जुटेको प्रधानाध्यापक अच्युत नेपालले जानकारी दिए । नेपाल विकास कोष हरि औन सर्लाहीको समेत सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुङ्गेलले कथा वाचन गरिरहेका छन् ।

सुपारी कृषक सडक संघर्षमा उत्रने

काठमाडौं, वैशाख १५/नेपाल सुपारी खेती विकास संस्थाले नेपालमा उत्पादन भई भारत्तर्फ निकासी हुने सुपारीको उत्पत्तिको प्रमाण्ँ पत्र जारी गर्ने काममा साविकको व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संस्थाले सुपारीको उत्पतिको प्रमाण्ँ पत्र जारी गर्ने सम्बन्धमा नेपाल सरकार वाण्ँिज्य तथा आपूर्ति मन्त्रालयले आफैले स्वीकृत गरेको कार्यविधिविपरित चारवटा व्यापारिक फर्म र एक व्यापारिक संस्थालाई ८ हजार ३ सय मेट्रिक टन सुपारी उत्पत्तिको प्रमाण्ँपत्र जारी गर्न स्वीकृति प्रदान गरेको भन्दै विरोध जनाएको छ ।

राजधानीमा पत्रकार सम्मेलनमा नेपाल सुपारी खेती विकास संस्थाका अध्यÔ देवीप्रसाद खतिवडाले सरकारको तीनखम्बे अर्थनीतिलाई शिरोधार्य गर्दै आङ्खनो संस्थाको पहलमा झापा जिल्लामा मात्र तेह्रवटा प्रारम्भिक सुपारी सहकारी संघ र एक जिल्ला सहकारी संघको स्थापना भइसकेको स्मरण्ँ गराए । यिनै सहकारीमार्फत् कृÈकहरुको सुपारी खरिद, प्रशोधन र स्वदेशमा बिक्री गर्ने एवम् भारतमा निर्यात गर्ने काम हु“दै आएकोमा सरकारको मन्त्रीस्तरिय निणर््ँयले यस संस्थाको क्रियाकलाप र अधिकारलाई खुम्च्याउने काम गरेको भन्दै उनले निणर््ँय फिर्ता लिन जोडदार आग्रह गरे ।
संस्थाका महासचिव निलकण्ठ तिवारीले सुपारीको पैठारीमा भन्सार महसुल वृद्धि गरी पैठारीमा नियन्त्रण्ँ गर्दै व्यापार घाटा घटाउने, आयातलाई प्रतिस्थापन गर्ने र किसानलाई संरÔण्ँ गर्ने नीति अवलम्वन गर्न नेपाल सरकारसमÔ माग गरे । सुपारीको पैठारीमा भन्सार महसुल वृद्धि गर्न संस्थाले सरकारस“ग माग गरेको पनि महासचिव तिवारीले पत्रकार सम्मेलनमा जानकारी दिए । आयात र निर्यातको काम भारतीयहरुलाई दिएकोमा उनको विशेÈ आपत्ति थियो ।
यसैगरी उद्योग वाण्ँिज्य महासंघ झापाका अध्यÔ उमेश डालमियाले पनि वाण्ँिज्य तथा आपूर्ति मन्त्रालयको उक्त निणर््ँय किसान तथा स्वदेशी व्यवसायीको हित विपरित भएको भन्दै विवादित विÈयमा जथाभावी निणर््ँय नगर्न नेपाल उद्योग वाण्ँिज्य महासंघलाई आग्रह गरे । सरकारी निणर््ँय समयमै नसच्याइए व्यवसायीहरु एवम् नेसुखेवी संस्था आन्दोलनमा उत्रन सक्ने चेतावनी दि“दै डालमियाले त्यतिबेला झापा उवा महासंघ आन्दोलनकारीको पÔमा उभिएर ऐक्यवद्धता जनाउने अभिव्यक्ति दिए ।

तीन नेपाली विद्यार्थी विश्व उत्कृष्ट

काठमाडौं, वैशाख १५/बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ए लेभल (उच्च माध्यमिक तह) अध्ययनरत तीन नेपाली विद्यार्थी सर्वोकृष्ट भएका छन् । सन् २०११ को परीÔामा विश्वभरका विद्यार्थीस“गको प्रतिष्पर्धामा रातो बंगलाकी अपूर्वालाल शर्मा र सशांक शर्मा साथै जेम्स इन्स्टिच्युट अफ हाइगर एजुकेसनका समीप बराल सर्वोकृष्ट हुन सफल भएका छन् । त्यस्तै तीन उत्कृष्ट सहित ५७ नेपाली विद्यार्थी २०११ मा ए लेभलमा उत्कृष्ट भएका छन् । नेपालमा ए लेभल पढाई हुने ३५ कलेज रहे पनि १६ कलेजका विद्यार्थी विभिन्न विÈयमा सर्वोकृष्ट तथा उत्कृष्ट भएका छन् ।
यसैबीच शिÔा मन्त्री दिनानाथ शर्माले विश्वमा नेपाली विद्यार्थीको सफलताले नेपालको शिÔा Ôेत्रमा सुधारोन्मुख रहेको बताए । क्याम्ब्रिज विश्व विद्यालयको तर्फबाट प्रदान गरिएको ‘उत्कृष्ट अवार्ड’ सहित प्रमाण्ँपत्र वितरण्ँका लागि बुधबार राजधानीमा कार्यक्रममा मन्त्री शर्माले नेपाली विद्यार्थी अव अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्पर्धा गर्न सक्ने अवस्थाको सृजना भएको बताए । शर्माले उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीले भविष्यमा नेपालका लागि उल्लेख्य योगदान पु¥याउने आशा व्यक्त गरेका छन् .