हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पवित्र लुम्बिनीमा राजनैतिक दुर्गन्ध – पहिलो लेख

शेखर ढुंगेल
तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालको समयमा आराध्यदेव पशुपति नाथ मन्दिरका पुजारी भट्ट ब्राह्मण्ँको जनै चुडाल्ने देखि कुटपिट गर्ने सम्मको विवादस्पदकाम भयो । चारै तिरबाट विरोध भयो भारतीय राजदुतले हस्तÔेप गरे । अब अर्को विश्व सम्पदा लुम्बिनी जस्तो पवित्र तीर्थस्थलमा राजनैतिक दुर्गन्ध फैलाईएको छ । कुनै धर्म नमान्नेमाओवादी र सो दलका नेता पुकदाको संलग्नताको विषयमात्र नभएर सम्पूणर््ँ राजनीतिको विकृति समेत लुम्बिनीमा गासिन पुगेको छ ।
पूर्व प्रधानमन्त्री एवम्माओवादी अध्यक्ष पुकदाले लुम्बिनीको विकासको नाममा अविश्वासिलो र अति महत्वाकांÔी योजनाको लागिमौजुदा लुम्बिनी विकासकोÈलार्ई पन्छाएर वौद्ध सम्बन्धीविज्ञ व्यक्तित्वलार्ई समेत सहभागी नगराई छुट्टै अर्को “लुम्बिनी राष्ट्रिय निर्देशक समिति” गठन गरी स्वयम् अध्यक्ष बनेका छन् । यो लुम्बिनी राष्ट्रिय निर्देशक समितिमार्फत बृहत लुम्बिनी विकासको लागि अरबा“ै रुपैया“को लगानी कर्ता रहेको विवादस्पद हल्ला चलाईएको छ तर कहा“ बाट कसले कसरी लगानी हुने कुनै विश्वस्त र औपचारिक जानकारी अहिले सम्म कतै बाट आएको छैन ।
स्वयम्माओवादीकोमाग अनुसार देश धर्म निरपेÔ राष्ट्र धोÈण्ाँ भैसके पछि कुनै पनि धार्मिक अनुष्ठान वा गुठीमा राज्य वा राजनैतिक व्यक्तित्वको सहभागिता आफैमा धर्म निरपेÔता सिद्धान्तको मर्म विपरित हो अझ विडम्बना त के भने ५ वर्È अगाडि सम्म गौतम वुद्धको सान्दर्भिकता समाप्त भैसक्यो भन्नेमाओवादीले आङ्खनो नेतृत्वमा “लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरी राज्यकोकोÈ खर्च गर्नु कहा“ सम्म तर्क संगत होला ?माओवादी अध्यक्षको लुम्बिनी प्रतिको आशक्ति वा अभिस्ट के होला ? के उनी दश वर्Èे जनयुद्धमा भएको नरसंहारबाट बिरक्तिएर पश्चाताप गर्दै वुद्धत्व ग्रहण्ँ गर्दै छन् ? वा वुद्धको प्रसिद्धि सित आफूलार्ई जोड्ने धृष्टतामात्र हो ?
माओवादी अध्यक्षले नेतृत्व गरेको यो लुम्बिनी राष्ट्रिय निर्देशक समितिको विवाद आज अन्तर्राष्ट्रिय तहमा पुगेको छ । सो समितेले लुम्बिनी विकासको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सयुक्त राष्ट्र संघका महासचिव वान कि मुन आउने हल्ला पनि तीन चार महिना देखि गरिएको थियो जब कि नेपाल सरकारले दुई दिन अगाडिमात्र मुनलार्ई निमन्त्रण्ाँ पठाएको औपचारिक जानकारी सार्वजनिक गरेको छ र मुन आउने नआउने पनि अझै टुंगो छैन .तर केहीमानवअधिकारवादी संस्था, पत्रकार र दलका नेताले मुनको भ्रमण्ँ रोक्न विदेशी नियोगमा बिन्ति पत्र हाल्न पुगेका छन् । एउटा सार्वभौम देशका चेतनशील कहलिएका नागरिकको यो विदेशी गुहार्नेमानसिकताले देश कुन हद सम्म पराधिनता तर्फ जादैछ र नेपालीको अस्तित्व कहा“ पुग्दैछ भनि अनुमान गर्न गाह्रो छैन । उनीहरुको डर रहेछ मुनको लुम्बिनीमा उपस्थितिले पुकदाको बिग्रिएको छबी पुनर्निर्माण्ँ हुने पुकदालार्ई लुम्बिनीमा दुधले नुहाई दिएर पवित्र बनाइ दिने अनि दश वर्Èे जनयुद्धले वैधता पाउने भन्ने र सो तर्कलार्ई अगाडि सारेर पवित्र भूमि लुम्बिनीलाई दुर्गन्धित र विवादित पारिदै छ ।
मानवअधिकारवादीदेखि राजनीतक दलका नेताहरुले बुझ पचाएका वा आङ्खनो निहुरिएको आत्मबलको परिण्ाँम हो यो विवाद जनयुद्ध अवैध वा अÔम्य थियो भन्ने तर्क आज गर्ने हो भने दिल्ली पुगेर यिनैमानवअधिकारवादीहरु साÔी बसी १२ बु“दे सम्झौता गरेरमाओवादीलार्ई किन राजनैतिक शक्तिमानियो ? किन पुकदा र बाबुरामलार्ई प्रधानमन्त्री बनाइयो ? चिन्तामाओवादीको विरोधको होइन चिन्ता लुम्बिनीलार्ई विवादित र गौतम वुद्धको देशको बदनाम नगरौ भन्नेमात्र हो । वान कि मुनको भ्रमण्ँको विरोध गरी विवादित गर्नु भनेको पवित्र लुम्बिनीलार्ई पनि विवादमा तान्नु हो । यो पुकदा प्रमुख रहेको लुम्बिनी राष्ट्रिय निर्देश समितिको गठन हुनु अगाडिदेखि नै विवादित ह“ुदै आएको छ । यो समितिमा पुकदास“गै पूर्व युवराज पारस शाह समेत रहेको चर्चा चलेको थियो पछि शाह बाहिरिएको खबर आयो । यो समितिमा अर्का सदस्य कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि छन् । कांग्रेस सभापति सुशील कोइराला मुनको भ्रमण्ँको विरोधमा तर्क गर्छन तर आङ्खनै केन्द्रीय सदस्य रिजाल सो समितिमा रहेको तथ्यलार्ई बिर्सन्छन र सो समिति बाट फिर्ता बोलाउनु आवश्यक पनि ठान्दैनन ।
लुम्बिनी वा गौतम वुद्धको नाममा आजसम्म नेपाल र नेपालीले के गरे भनेर इतिहास हेर्ने हो भने लज्जाले शिर निहु¥याउनु पर्ने अवस्था छ र बिना लगानी ब्याज खाने धुर्त व्यापारी जस्ता भएका छा“ै भन्दा चित्त दुखाउनु पर्ने देखिन्न । यो लज्जास्पद तितो सत्य हो कि भगवान गौतम वुद्धको शान्ति, अहिंसा,मानवता र त्यागको अलौकिक नीति र सिद्धान्तको मर्मलाई व्यवहारमा विश्व सामु प्रस्तुत हुन् हामी असÔम भै सकेका छौ । अझ भन्नु पर्दा हाम्रो त्यो वा यो पुर्खाले गौतम वुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए वा जन्मेका कारण्ँले उनको नाम बेचेर आङ्खनो स्वार्थ पूरा गर्ने तर्फमात्र सोचिराखेका छौ भन्दा अन्यथा नलिए हुन्छ । वास्तवमा भन्नु पर्दा स्व. राजा वीरेन्द्रले सन् १९७६मा नेपाललाई शान्ति Ôेत्र घोÈित गर्ने प्रस्ताव संसार सामु राखे पछिमात्र नेपालले गौतम वुद्धको प्रसङ्गलाई अत्याधिक रुपमा अगाडि ल्याएको वा अर्को शब्दमा शान्ति Ôेत्र प्रस्तावलाई बल पु¥याउनकै लागि गौतम वुद्धको नाम अगाडि ल्याइएको हो । त्यो भन्दा अगाडि कुनै शासकले गौतम वुद्धको नीति र सिद्धान्तलार्ई प्रचार–प्रसार वा अवलम्बन गर्ने जमर्को गरेको थिएनन् ।
हामी बिना लगानी ब्याज खाने धुर्त हो कि होइनौ ? ल इतिहास हेरौ गौतम वुद्धको दर्शनलार्ई संसारको सामु चिनाउने काम कसले गरे नेपालीले ? होइन तत्कालीन भारतको एकीकरण्ँ गर्ने महान सम्राट अशोकले ...(स्मरण्ँ रहोस् भारत एकीकरण्ँ गर्ने महान सम्राट अशोका नै वुद्धत्व ग्रहण्ँ गर्ने पहिलो राजा पनि थिए त्यतिमात्र होइन वर्तमान भारतीय झन्डाको बिचमा रहेको चक्र जसलार्ई अशोका चक्र भनिन्छ र त्यो नै वुद्धत्वको धर्म चक्र पनि हो) वुद्धत्वलार्ई चीन पु¥यायो कसले नेपालीले ? होइन सम्राट अशोका द्वारा प्रेÈित भारतीय मिसिनरी र तत्कालीन चिनिया यात्रीले, वुद्ध दर्शनलार्ई जापान पु¥यायो कसले नेपालीले ? होइन सिल्क रोडमार्फत चिनिया यात्री र सम्राट अशोकले (द्दलम ऋभलतगचथ) र द्धतज अभलतगचथमा भारतीय दार्शनिक भासु बन्धु जसले क्ब्च्ख्ब् क्त्ख्ब्म्ब् क्ऋज्इइी नै चलाएर वुद्ध दर्शनको प्रचार–प्रसार गरेका थिए । वुद्धत्वलार्ई तिब्बत पु¥यायो कसले नेपालीले ? होइन चीनिया यात्री र पछि तिब्बेतियन राजा श्रङचङ गम्पोले चीनिया राजकुमारीसित बिहे गरेपछि त्यस पछिमात्र नेपाली मूल कि भृकुटीको भूमिका रहेको देखिन्छ । वुद्धत्वलाई मंगोलिया पु¥यायो कसले नेपालीले ? होइन मंगोलियाका तत्कालीन राजा अजष्लननष्क पजबलले तेह्रौ शताब्दीमा तिब्बतमाथि शासन गर्दा तिब्बतमा प्रचारित वुद्धत्वबाट प्रभावित भएर मंगोलियामा पनि वुद्ध दर्शनबारे अभ्यास गर्न लगाएर र पछि मंगोलियाको राष्ट्रिय धर्म बन्यो ।
आज ९५५ वुद्ध धर्मालम्बी भएको देश थाइल्याण्डमा वुद्धत्व पु¥यायो कसले नेपालीले ? होइन तेह्रौ शताब्दीमा बर्माबाट प्रवेश गरेको थियो र पछि राजा ःइल्न्प्ग्त् स्वयम् भिÔु बनेका थिए । कम्बोडियामा वुद्धत्व पु¥यायो कसले नेपालीले ? होइन सम्राट अशोकले पठाएको मिसिनरीले जसबेला त्यहा“ हिन्दु राजा थिए । पछि बाह्रौ शताब्दीमा व्ब्थ्ब् ख्ब्च्ःब्ल् ख्क्ष्क्ष् कम्बोडियाको पहिलो वुद्धमार्गी राजा बनेका थिए । त्यसै गरी लाओसमा वुद्धत्व तत्कालिन पष्लनमयm या ल्बल–अजबय हालको थ्ग्ल्ल्ल्ब्ल् ऋज्क्ष्ल्ब् मार्फत प्रवेश गरेको थियो पछि बर्मा र थाइल्याण्डको प्रभावले वुद्धमार्ग ग्रहण्ँ गर्नेहरु बाक्लिदै गयो र राष्ट्र धर्म बन्न पुग्यो तत्कालीन ऋभथयिल र हालको श्रीलंकामा वुद्धत्वको प्रचार–प्रसार सम्राट अशोकले पठाएको मिसिनरीबाट भएको थियो पछि चौथो शताब्दीमा राजा चन्द्र गुप्ताले वुद्धत्वलार्ई हालको अफगानिस्तानको जाफना                              (ल्ब्न्ब्म्क्ष्एब्) भन्ने ठाउ“सम्म पु¥याएर क्ब्ीक्ष्एब्द्यद्यब्त्ब् नामको बिहार (स्तुपा) समेत निर्माण्ँ गरेका थिए । अरु त अरु तत्कालीन अवस्थामा गौतम वुद्धका शिष्यहरु पनि सबै भारतीय नै भए । गौतम वुद्धको दिव्य ज्ञानलाई संसारमा फैलाउने पनि भारतीय नै भए । कैयौ पाखण्डी जोगी र बाबाहरुका शिष्य हुन् पुगे नेपालीहरु तर वुद्धको शिष्य हुन् गएनन् ।
यो ऐतिहासिक तथ्यले के देखाउछ भने यदि सम्राट अशोकले वुद्धत्व ग्रहण्ँ अनि प्रचार–प्रसार गर्न संसा भर मिसिनरी नपठाई दिएको भए, भारतीय दार्शनिक भासु बन्धुले जापानमा प्रचार–प्रसार नगरिदिएको भए अनि तत्कालिन चीनिया यात्री ....र अनेकौ भारतीय मिसिनरिले लगातार वर्Èौसम्म विभिन्न देशमा वुद्धत्वको प्रचार–प्रसार नगरिदिएको भए सायद गौतम वुद्धलाई नेपालीले नै चिन्दैन थे होलान । तितो सत्य के हो भने हामीले गौतम वुद्ध नेपालमा जन्मिएका हुन् भनी गर्व गर्नु बाहेक उनको नाम उज्वल बनाउन आज सम्म केही पनि गरेका छैनौ“ । न त हामीले उनको सत्य निष्ठा, शान्ति, निस्वार्थ, त्याग सेवा र अहिंसाको नीति सिद्धान्तलाई अपनाउन सक्यौ“ पुर्खाले त केही गरेनन्–गरेनन् तर उनको नाम बेचेर भने आङ्खनो स्वार्थ पूरा गर्न भने लागेनन् तर हिंसा हत्या लुट सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थबाट ग्रस्त वर्तमान पुस्ता (कसैले अन्यथा नलिनु बेस किन कि आज विश्वमा नेपाल हिंसा हत्या अपहरण्ँ लुट भ्रस्टाचारी जस्ता अपराध ग्रस्त देश भनेर चिनिन्छ) भने व्यक्तिगत स्वार्थ पूर्ति गर्न गौतम वुद्धको नाम बेच्न उद्यत भएको छ जुन बिडम्बना र खेदजनक हुन पुगेको छ । अहिलेको यो विवादले पनि संसारको सामु गौतम वुद्धको उपहास मात्रै गरेको छ । लुम्बिनी अर्थात् गौतम वुद्ध र माओवाद दुई विपरित सिद्धान्त र व्यवहारको यो समागम नै यसै पनि विवादित हुने नै भयो त्यसमा पनि हाम्रो अधैर्य मानसिकताले झनै लुम्बिनीको अवमुल्यन र गौतम वुद्ध प्रति व्यंग गरिराखेको छ ।
वान कि मुनलाई लुम्बिनी भ्रमण्ँ गराएर वा लुम्बिनी विकास सम्बन्धी योजनाको अध्यक्ष बनाएर पुकदाले घोÈण्ाँ गरेको महत्वाकांÔी योजना आउने भए सबै नेपालीको हितमा नै हुन्थ्यो अन्यथा संसारको सामु उनी झुठा सावित हुन्थे अविश्वासिलो हुन पुग्थे मात्र होइन उनको राजनैतिक भविष्य समेत दाउमा पथ्र्यो तर त्यो समय सम्म कुर्ने धैर्यता हामीमा नह“ुदा नेपाल बदनाम, लुम्बिनी बदनाम, राजनीति बदनाममात्र भएको छ । वान कि मुन नेपाल आउथे कि आउदैन थे लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष बन्न चाहन्थे वा चाहदैनथे त्यो बुझ्ने मौका अगाडि नै हामीले विरोधको शंख फुक्यौ । हाम्रो राजनीतिको दुर्गन्ध संसारमा पु¥यायौ । सम्भवत वान कि मुन नेपाल आउदै“नन अब । यो स“गै पुकदाको अरबौको योजना सत्य थियो कि झुठ त्यो पनि गर्भ मै रहने भयो ।

लोडसेडिङ र दायित्व – सम्पाकदीय

मुलुकमा उर्जा संकट घोषणा भएको वर्ष दिन बढी भइसकेको छ । विद्युत सुविधा विस्तारका लागि राज्यको  ठोस पहल र सो का लागि प्रभावकारी  नीति अmभै बनिसकेको देखिन्न । त्यस्तै, केही वर्ष यता अध्याधिक मात्रामा विद्युत विस्तारको माग बढेको छ देशमा, तर सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणले जनाए अनुसार नेपाली जनताले हाल भोगिरहेको लोडसेडिङको समस्या तत्काल समाधान गर्न सक्ने कुनै उपाय छैन । बाटा–बाटामा विद्युतका पोल र तीनमा टागिएका तार छन् तर नियमित विद्युत आपूर्ति नपाएर जनता मारमा परेका छन् । जनताले रीतपूर्वक आ–आफ्नो घरमा र उद्योग तथा अन्य व्यवसाय चलाउन विद्युत सेवा लिएका छन् । यस्तै, विद्युत प्राधिकरणको नीति नियम विपरित पनि विद्युत चुहावट भइरहेको छ मुलुकमा । यी यावत विषय हाम्रा लागि नौला भने होइनन् ।
केही महिना अघि देखि सरकारको  उर्जा मन्त्रालयबाटै विद्युत महसुल र विद्युत चोरीका सम्बन्धमा केही सुधारको प्रयास थालिएको भए तापनि यो प्रयास पूर्ण रुपले कार्यान्वयन हुन सकेको देखिँदैन । हालसालै मात्र मोरङको एक स्थानमा विद्युत प्राधिकरणका कर्मचारी र स्थानीय विद्युत उपभोक्ताका बीच झडपको  स्थि िभएको सुन्नमा आएको थियो । त्यस्तै, ग्रामीण क्षेत्रहरुमा उपभोक्ता आफैले विद्युत चुहावट नियन्त्रणका लागि  काम गर्ने जमर्को थालेका पनि देखे सुनिएको छ । केही जानकारहरुको भनाई अनुसार विद्युत चुहावट नियन्त्रण गर्न सकिए लोडसेडिङको मार कम गर्न सकिन्छ । तर, यसका लागि भने सरकारको प¥याप्त ध्यान पुगिरहेको देखिएन । मोरङमा सो घटना भए पश्चात सो क्षेत्रमा विद्युत सेवा प्रदान गरिरहेको प्राधिकरणको दमक वितरण केन्द्रले बुधबारबाट सुरक्षाकर्मी सहितको अनुगमन टोली परिचालन गरेको बताइएको छ । ढिलै भए पनि यस कार्यले केही सफलता प्राप्त गर्ने आशा गर्न सकिन्छ ।
घण्टौ सम्मको लोडसेडिङको मार खेप्ने जनतालाई बल्लतल्ल दिइएको विद्युत पनि चुहावट भइदिने  घटना वास्तवमै खेदजनक छ । त्यस्तै, विद्युत सेवा लिएर समयमै सेवा शुल्क नबुझाउने उपभोक्ता वा ग्राहकका कारण पनि प्राधिकरण वक्यौता मात्र जम्मा गरेर बस्ने निकाय हो कि ? भन्ने भान पर्न थालेको छ । गत वर्ष यता लामो समयदेखि विद्युत महसुल नतिर्ने सरकारी निकायहरुबाटै विद्युत कटौती कार्य थालेको भए ता पनि यो  कार्यको थप प्रभावकारी कार्यान्वयन हुन सकिरहेको देखिन्न । तसर्थ, सरोकारवाला निकायले नै यसका सम्बन्धमा गम्भीरताका साथ सोच्नुपर्ने समय आएको देखिन्छ । जनतालाई सुविधा दिने कार्यमा र जनताले सुविधा लिए वापत पूरा गर्नुपर्ने दायित्वका सम्बन्धमा समान बुझाईको विकास हुन जरुरी छ । दुवै पक्षले एक अर्कालाई मात्र दोष दिइरहने परिपाटीको तत्काल अन्त्य भएर आ–आफ्नो दायित्व निर्वाहमा ध्यान दिने हो भने लोडसेडिङको पुरै मार नहटे पनि यसका केही न केही सुधार आउने निश्चित छ ।

विद्युत चोरी नियन्त्रणमा सुरक्षाकर्मी - मुख्य समाचार

सशस्त्र र जनपथ परिचालित
पिपुल्स टाइम्स समाचार
दमक, चैत ८/पश्चिमी झापा तथा पूर्वी मोरङ्मा हुने बिद्युत चोरी नियन्त्रणका लागि आजबाट सुरक्षाकर्मी परिचालित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण दमक बितरण केन्द्रसँगको समन्वयमा विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र तथा जनपथ प्रहरी परिचालित भएका हुन् । बितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालले चोरी नियन्त्रणका लागि पुगेका प्राधिकरणका कर्मचारीहरु माथि नैं आक्रमणका घटना हुन थालेपछि सुरक्षाकर्मीसँगको समन्वयमा चुहावट नियन्त्रण अभियान चलाउन लागिएको बताए ।
सशस्त्र प्रहरी र जनपथ प्रहरीसँग यस बिषयमा समन्वय भइसकेको जनाईएको छ । सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति राजेन्द्र शाक्यले विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १३ जना खटिने जानकारी दिए ।  सोसँगै ५ जना जनपथ प्रहरी तथा २० जना सम्म विद्युत प्राधिकरणका कर्मचारी खटिने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत चोरी नियन्त्रणका लागि मंगलबार मोरङको पथरी–६ स्थित सुन्दरी चोकमा स्थानीयवासी र प्राधिकरणका कर्मचारी बीच विवाद भएको छ । विद्युत चोरी गरेर चलाई रहेको अवस्थामा १४ ओटा पानी तान्ने मोटर जफत गरिए पनि विवादका कारण ६ ओटा मात्र वितरण केन्द्रमा ल्याउन सकिएको टोलीमा खटिएका प्राधिकरणका कर्मचारी बुद्धिमान धिमालले बताए ।
आर्थिक वर्ष २०६६÷६७ मा ४२ प्रतिशत भन्दा बढी विद्युत चुहावट रहेको दमक बितरण केन्द्र मातहतमा हाल करिब २४ प्रतिशत चुहावट रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६६÷६७ मा ४२ दशमलब शुन्य ९ प्रतिशत बिद्युत चुहावट हुने गरेको थियो भने २०६७÷६८ मा ३५ दशमल २२ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा बितरण केन्द्र मातहतमा २३ दशमलब ८८ प्रतिशत चुहावट हुने गरेको कार्यालय प्रमुख जैसवालले बताए ।
विद्युत महसुल नतिर्ने र चुहावट नियन्त्रणका लागि कार्यालयले यस वर्ष बिशेष टोली परिचालन गरेको छ । हाल कार्यालयले विद्युत चोरीमा प्रयोग भएको जनाउँदै पानी तान्ने मोटर करिब २ सय
थान नियन्त्रणमा लिएको छ । यस्तै महसुल नतिर्ने ६ सय १५ विद्युत लाईन काटिएको कार्यालयले जनाएको छ । ति मध्ये ४ सय ५३ लाईन पुन ः जोडे बापत कार्यलयले १ करोड २७ लाख १२ हजार रुपैयाँ महसुल तथा जरिवाना संकलन गरेको छ ।
यस्तै लामो समयसम्म विद्युत महसुल नबुझाउने सरकारी कार्यालयहरुको समेत प्राधिकरणले लाइन काटेको छ । कार्यालय प्रमुख जैसवालका अनुसार लाईन काटिएका मध्ये धेरैजसो सरकारी कार्यालयहरुले भने प्रकृया पूरा गरेर पुन ः लाइन जोडिसकेका छन् । दमक बितरण केन्द्रले कन्काई पश्चिमका दमक नगरपालिका सहित १५ गाविस तथा मोरङको उर्लाबारी सहित ८ गाविसमा बिद्युत सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालयको कार्यक्षेत्र भित्रका स्वास्थ्य सेवा प्रदायक निकायहरुले मात्रै करिब १० लाख रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको जैसवालले बताए ।
विद्युत चोरी गरेर बाल्नेका कारण नियमित महसुल बुझाउने ग्राहकहरु समस्यामा परेको कर्मचारीहरुले बताएका छन् । प्राधिकरण दमक कार्यालयका लेखा फाँटका कर्मचारी केन्द्र प्रसाईँले चोरी नियन्त्रणका लागि प्राधिकरण अन्तर्गतका सबै कर्मचारी संगठनहरु समेत क्रियाशील रहेको बताएका छन् ।

उपस्वास्थ्य चौकीमा समस्या - उपमुख्य समाचार

दमकस्थित उप–स्वास्थ्य चौकीको विद्युत लाईन काटिएपछि अत्यावश्यकीय खोप सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
उप–स्वास्थ्य चौकीले विद्युत महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गत साउनमा चौकीको विद्युत लाइन काटेको हो । सो पछि अनिवार्य ‘माईनस डिग्री’ तापक्रममा भण्डारण गर्नुपर्ने खोप तथा भ्याक्सिन सेवा प्रदान गर्न समस्या भएको उप–स्वास्थ्य चौकीले जनाएको छ ।
दमकस्थित आम्दा अस्पतालसँगै रहेको उप–स्वास्थ्य चौकीले हाल सोहि अस्पतालसँग समन्वय गरेर खोप तथा भ्याक्सिन सेवा उपलब्ध गराउँदै आएको ईन्चार्ज दुर्गादत्त गुरुङले बताए । उनले भने– ‘पोलियो, बीसीजी लगायतका केहि खोपहरु माईनस डिग्री तापक्रममा राख्नुपर्छ, बिजुली काटिए पछि ति खोपहरु भण्डारणमा समस्या भएको छ ।’ महशुल भुक्तानीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा भनिसकिएको उनले बताए ।
बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले भने उप–स्वास्थ्य चौकीले ३ लाख ४८ हजार रुपैयाँ बिद्युत महशुल भुक्तानी गर्न बाँकी रहेकाले लाईन काटिएको जनाएको छ । अन्य निकायको लाइन काट्ने क्रमसँग उप–स्वास्थ्य चौकीको पनि लाईन काटिएको प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख जैसवालले बताए ।

‘जनमतसंग्रहमा जाऔँ’

बिराटनगर, चैत ८/ एमालेका नेता केपी शर्मा ओलीले सङघीयता सम्बन्धी विवाद समाधान गर्न जनमतसंग्रहमा जानुपर्ने बताएका छन् ।
“ओलीले सङ्घीयता कायम गर्ने 
सम्बन्धमा व्यापक समर्थन र विरोध 
भएकाले जनमतसंग्रह नै उत्तम 
विकल्प रहेको तर्क दिए । ”

एमाले अञ्चल समन्वय कमिटी कोसीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले सङ्घीयता कायम गर्ने सम्बन्धमा व्यापक समर्थन र विरोध भएकाले जनमतसंग्रह नै उत्तम विकल्प रहेको तर्क दिए ।
आफू व्यक्तिगत रुपमा सङ्घीयताको विपक्षमा नरहेको उल्लेख गर्दै सङ्घीयताले राष्ट्रिय एकता र अखण्डतामा असर पर्छ र हिंसात्मक गतिविधि उत्पन्न हुन्छ भने त्यसको समाधान जनमतसंग्रह नै हुने बताए ।
नेता ओलीले शान्ति प्रकृया तथा संविधान निर्माण कार्य समयमा पूरा नगरे वर्तमान सरकार परिवर्तन हुने बताए । वर्तमान सरकारको नेतृत्व गरेर माओवादी पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएको र सरकार चलाउन पनि सक्ने अवस्थामा नरहेको उनको भनाई थियो ।

भेनसहित काठ पक्राउ

उर्लाबारी, चैत ८/मोरङको पथरीबाट सोमबार राति ८ बजे इलाका वन कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त गस्ती टोलीले गोप्य सूचनाको आधारमा १ सय ६ वटा तयारी चौकटसहित ६६.९६ किबी काठ पक्राउ गरेको छ ।

दमकबाट पथरीतर्फ गइरहेको सो काठसहित को १ च ४१२० नम्बरको  पिकअफ भेनलाई पक्राउ गरिएको इलाका वन कार्यालय उर्लाबारीका प्रमुख यज्ञबहादुर थापाले बताए । भेनका चालक इटहरी–५ का दीपक बस्नेतलाई पनि नियन्त्रणमा दिएको वन कार्यालयले जनाएको छ । सो काठ कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको हो भन्ने खुल्न सकेको छैन् । गाडी, चालक र काठ वन कार्यालयको नियन्त्रणमा राखिएको र थप अनुसन्धान गरी कारवार्ही प्रक्रिया बढाइने बताइएको छ । पछिल्लो समयमा तस्करहरुले नयाँ नयाँ तरिका प्रयोग गरी  काठ तस्करी गर्ने गरेका छन् ।

सुकुम्बासी लगत फारम भर्नेको भीड

दमक, चैत ८/सुकुम्बासी समस्या समाधान आयोग झापाले खुलाएको सुकुम्बासी फारम भर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोगले एक महिने म्याद राखेर गएको फागुन १० गतेबाट खुलाएको फारम म्याद सकिन केही दिन बाँकी रहँदा सुकुम्बासी समुदायले फारम भने कार्यमा  तीव्रता आएको छ ।
आयोगका अध्यक्ष कुबेर श्रेष्ठले वास्ताविक सुकुम्बासी पहिचान गर्न खुलाइएको फारम भर्ने कार्यमा उल्लेख्य सहभागिता रहेको जानकारी दिए । आयोगले जिल्लाको ३ नगरपालिका र ४७ ओटा गाविसहरुबाट करिब ३० हजार सुकुम्बासीहरुको लगत संकलन गरिने लक्ष्य लिएको छ ।
यसैबीच मंगलबार झापाको दमक
नगरपालिका कार्यालय परिसरमा समेत लगत फारम भर्ने सुकुम्बारीहरुको भीड लागेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आगामी १० गतेसम्ममा दमक भरका ३ हजार सुकुम्बासी घरपरिवारको लगत विवरण संकलन हुने अनुमान गरिएको बताए । हाल विभिन्न वडाका लागि अलग–अलग टोली मार्फत फारम संकलन भइरहेको खतिवडाको भनाई छ ।

नाबालकसहित तीनको हत्या

भोजपुर, चैत ८/भोजपुरको खार्तम्छा गाविस–१ चाम्लादाङमा एउटै घरमा सोमबार राति तीन जनाको हत्या भएको छ । बिहान अबेरसम्म घर सुनसान भएपछि सोधखोज गर्दा तीन जना मृत अवस्थामा भेटिएको छिमेकीले जनाएका छन् ।
भोजपुर सदरमुकामदेखि १२ कोस उत्तर खार्तम्छा गाबिस–१ चाम्लादाङका पेमदोर्जी शेर्पाको घरमा उनकी श्रीमती सहित दुई जना नाबालकको हत्या भएको स्थानीयबासी पर्शुराम राईले बताए । घटनामा शेर्पाको अढाई वर्षीय काखेबालक देञ्जी शेर्पा, ३० वर्षीय श्रीमती पासाङहेल्मो शेर्पा र छिमेकी ९ वर्षीय आङछिरिङ शेर्पाको हत्या भएको छ ।
मृतक शेर्पाले लगाएको कानको कुन्डल लगायत सुनको गरगहना र पैसा लुटिएको छ । घरमा लत्ता कपडाहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको समेत बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक युवनारायण बैद्यले बताए ।  

एसएलसी परीक्षा सुरु

२ परीक्षार्थी सुत्केरी
दमक, चैत ८/मंगलबारदेखि मुलुक भर सुरु २०६८ सालको प्रेविशिका (एसएलसी) परीक्षा झापामा शान्तिपूर्ण तवरले सुरु भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
जिल्लाका ४८ केन्द्रहरुमा परीक्षाको पहिलो दिन सोमबार कुनै अप्रिय घटना नभएको जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव लक्ष्मी तिम्सिनाले जानकारी दिए । उप–सचिव तिम्सिनाले दिएको जानकारी अनुसार परीक्षाको पहिलो दिन जिल्ला भरका सबै परीक्षा केन्द्रहरुमा जिशिकाले अनुगमन गर्ने भनी तय गरिएको कार्यक्रम अनुसार सोमबार झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्रोत व्यक्तिहरु र विद्यालय निरीक्षकहरुको अगुवाईमा जिल्लाभरका सबै केन्द्रहरुमा निरीक्षण गरिएको छ ।
झापाका प्रजिअ नरेन्द्रराज शर्मा नेतृत्वको टोलीले परीक्षा सञ्चालन भइरहेको चन्द्रगढी र भद्रपुर केन्द्रको अनुगमन गरे । त्यस्तै झापाका स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला नेतृत्वको टोलीले शनिश्चरे र बुधबारे केन्द्र, जिशिअ लक्ष्मी भट्टराई नेतृत्वको टोलीले गौरादह, गौरीगञ्ज,  जुरोपानी, कोहबरा र लखनपुर केन्द्रको अनुगमन गरेका हुन् भने दमक क्षेत्रका केन्द्रहरुमा भने जिशिकाका विद्यालय निरीक्षकहरुले अनुगमन गरेका बताइएको छ ।
त्यस्तै एसएलसी परीक्षाको पहिलो दिन मंगलबार रुकुममा दुई परीक्षार्थीले परीक्षा हलमै बच्चा जन्माएका छन् । रुकुमको तकसेरा परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेकी रेखा घर्ती र रुकुमकै प्वाङस्थित नायगाड परीक्षा केन्द्रमा कविता बिकले परीक्षा हलमै छोरा जन्माएका हुन् । परीक्षा सुरु भएको एक घण्टामै रेखाले छोरा र विकले छोरी जन्माएका हुन् । परीक्षा हलमा जन्मिएको रेखाको छोराको नाम प्रवेश राखिएको छ भने सविताकी छोरीको नाम प्रवेशिका राखिएको छ । उनीहरु दुवैलाई परीक्षा पूरा गर्न एक घण्टा थप समय दिइएको बताइएको छ ।

आगलागीका कारण ४५ घरमा क्षति

मोरङ, चैत ८/मोरङको डाइनियामा मंगलबार भएको आगलागीमा ४५ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । आगलागिबाट ४० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दक्षिण मोरङको सीमावर्ती गाविस डाइनिया–२ स्थित सिक्टीका बुनेदर मियाँको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मियाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिदा ३० घर जलेका थिए । त्यस्तै अगलागी नियन्त्रणका अन्य १५ घर प्रहरी र स्थानीयले भत्काएका थिए ।
विराटनगरबाट गएको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली र गाउँलेको प्रयासमा मध्यान्नबाट सुरु भएको आगलागी करिब २ घण्टामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी मयागञ्ज वेस क्याम्प मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान पशुपति चौधरी घाइते भएका छन् भने अन्य मानवीय क्षति नभएको जनाइएको छ ।