हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

चट्याङ्ले बालकको मृत्यु

ताप्लेजुङ/चट्याङले लागेर बुधबार दिउँसो जिल्लाको पेदाङ गाविसमा एक बालकको मृत्यु भएको पेदाङ साघुमा गरी चार जना घाइते भएका छन्
पेदाङ गाविसका सचिव राजेन्द्र भण्डारीका अनुसार धनबहादुर मावोका छोरा १३ वर्षीय सुरेन्द्र मावोको निधन भएको हो स्थानीय याङपाङ प्राथमिक विद्यालयमा कक्षा मा अध्ययनरत उनी विद्यालयबाट फकंर्दै गर्दा पानी परेपछि ओत लाग्न हर्क मावोको घरमा पसेका थिए त्यहीबेला सोलारमा लागेर आएको चट्याङले उनको घटनास्थलमै
मृत्यु भएको घरधनी फुलकुमारी मावो उनका छोरा सन्दीप मावो घाइते भएका छन्
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदलमा रहेको यस्तै साघु गाविसमा परेको चट्याङले दुई जना महिला गम्भीर घाइते भएका छन् स्थानीय याक्खेवा जलविद्युत् आयोजनामा क्षति पुगेको घाइते महिलाको नाम खुलिनसकेको स्थानीय गणेश प्रसाइले बताएका छन्

सुत्केरीको उपचारमा लापर्वाही

नेपालगन्ज/मध्य तथा सुदूरपश्चिमकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अञ्चल अस्पतालका चिकित्सकको लापर्बाहीले एक सुत्केरीको योनी पूरै सिलाइएको खुलासा भएको
बाँकेको शम्शेरगञ्जकी १७ वर्षीया थारु युवती सुत्केरी हुँदा योनी सिलाइएको रहस्य खुलेको सुत्केरी भएको दुई महिनापछि यौन सम्पर्क गर्न नमिलेपछि योनी सिलाइएको खुलेको हो पुस १९ गते उनी नर्मल सुत्केरी भएकी हुन् कलिलै उमेरमा बच्चा जन्माएकाले योनी केही च्यातिएको भन्दै डा. कल्पना थापाको टिमले टाँका लगाएको हो पिसाब मात्र गर्न मिल्ने गरी टाँका लगाइएको रहेछ,’ युवतीका पतिले भने पिसाब फेर्न पनि असजिलो भएपछि अस्पताल आउँदा सन्चो हुन समय लाग्ने भन्दै फर्काइएको उनले बताए
कोहलपुरस्थित जीवनज्योति मेडिकल हलमा स्वास्थ्य जाँच गराउने क्रममा योनी सिलाइएको पत्ता लागेको हो मेडिकलका स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अञ्चल अस्पताल पठाएका हुन् अस्पतालले आफ्ना स्वास्थ्यकर्मीको गल्ती स्वीकार्दै निःशुल्क शल्यक्रिया गरिदिने आश्वासन दिएको अस्पताल प्रमुख डा. नरेन्द्रकुमार रायले अन्जानबस यस्ता घटना हुने भन्दै त्यसबारे आफूले बुझ्ने बताए युवतीको परिवारले लापर्बाही गर्ने चिकित्सकलाई कारबाही पीडितलाई अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्

भूमिगत युद्ध गर्ने चेतावनी

दमक/ बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुहरुले तीन दिन भित्र आफूहरुको माग सम्बोधन नभए भूमिगत आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बहिर्गमित लडाकुहरुद्वारा आयोजित पत्रकार सम्मेलन

बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुमाथि भिराइएको अयोग्यको बिल्ला खारेज र पुनस्र्थापना प्याकेज नदिए सरकार र माओवादी विरुद्ध आन्दोलित हुने चेतावनी दिएका हुन् ।
फागुन २० गते राती १२ बजेसम्मको अल्टिमेटम सरकारलाई र मातृ पार्टी माओवादीलाई दिएको जनाउदै सो अवधिमा माग सम्बोधन नभए सडक र गाउँबाट युद्धको सुरुवात गर्ने घोषणा समेत गरेका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल पूर्वी कमाण्ड मेचीद्वारा आयोजित पत्रकार सम्मेलनमा कमाण्डका संयोजक सुनिल लिम्बूले अपमान सहितको शान्ति आफूहरुले नचाहेको बताए । बहिर्गमनमा परेका चुलाचुलीस्थित प्रथम डिभिजनका प्रसान्त थापाले एकीकृत नेकपा माओवादीको नेतृत्वमा आफूहरुले राजतन्त्रको अन्त्यसँगै वर्गीय मुक्तिको आन्दोलन समेत गरेको भन्दै वर्गीय मुक्तिका लागि पुन सशस्त्र आन्दोलनमा होमिन आफूहरु तयार रहेको बताए ।
उनले दुई पटक सम्म यस अघि सरकारसँग वार्तामा बसीसकेका बहिर्गमित लडाकुको धैर्यको बाँध टुटे त्यो खतरनाक हुने चेतावनी दिए । सोही डिभिजनबाट बहिर्गमनमा परेका अर्का पूर्व लडाकु बिजु लिम्बुले आत्म सम्मानका लागि आफूहरुले थालेको आन्दोलनमा सबैपक्षबाट सहयोग पाउने अपेक्षा गरिएको बताए ।
शान्ति प्रकृया सँगै क्यान्टनमेन्टमा बस्दै आएका लडाकुहरु मध्ये ७ वटै मुख्य शिविर तथा सहायक शिविरहरुबाट २०६६ साल मंसिरमा अनमिनद्वारा अयोग्य प्रमाणित ४ हजार ८ जना लडाकु बहिर्गमनमा परेका थिए । सरकारले उनिहरुलाई ३ महिना भित्र पुनस्र्थापना तथा राहत प्याकेज ल्याउने आश्वासन दिएको भए पनि हालसम्म कार्यान्वयन नहुँदा आफूहरु ‘२०५२ साल’ दोहो¥याउन बाध्य भएको अर्का पूर्व लडाकु भीम पौडेलले बताए ।