हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

घुस लिने निलम्बित

काठमाडौ÷ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मदिरा सेवकसंग घुस लिएर छाडेको भन्दै एक प्रहरी जवानलाई निलम्बन गरेको छ ।
महाशाखा दरबान्दी भई ट्राफिक प्रहरी बृत्त जावलाखेलमा कार्यरत प्रहरी जवान नारदकुमार मा´ीले प्रहरी आचरण्ँ विपरित मोटरसाईकल चालकसँग पैसा लिएकोले निलम्वन गरेको प्रहरीले जनाएको छ । ूप्रहरी जवानलाई थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरी नियमावली २०४९ संशोधनसहित को परिच्छेद ९ को नियम ८९४ बमोजिम पुस २७ देखि नै लागू हुने गरी नोकरीबाट निलम्बन गरिएको महाशाखाले जनाएको छ । मदिरा सेवन गरे नगरेको जाच गर्ने क्रममा नारदले मोटरसाइकल चालकसंग पैसा लिएको दृश्य साचार माध्यमहरु मार्फत बाहिर आएको थियो ।

मेला शुरु

सुरुङ्गा÷ ´ापाको कन्काई नदी तटमा वर्षेनी लाग्दै आएको माई मेला शुक्रबार बाट शुरु भएको छ ।
सुरुङ्गा-४ स्थित कोटिहोम र सतासीमा प्रत्येक बÈ्रको माघे संक्रान्तिमा एकैसाथ लाग्दै आएको धार्मिक एवं रमाइलो कन्काई मेला शुरु भएको हो । मेलाको एक कार्यक्रमकावीच झापा उद्योग वाण्ँिज्य संघ सुरुङ्गाका अध्यÔ यूवराज संग्रौलाले उद्घाटन गरे । कन्काई नदीको किनारमा लाग्ने मेला पूर्वााचलकै ठुलो मेलाको रुपमा लिने गरिन्छ । मेलामा थप आर्कÈण्ँका लागी खेल तमासाहरु समेत रहने आयोजकले जानकारी दिएको छ । कन्काई मेलामा नेपालका विभिन्न भागका साथै भारतको सिक्किम दार्जिलिङ र भूटान लगायतका ठाउँबाट भक्तजनहरु आउने गरेका छन ।
मेला ५ दिनसम्म चल्ने जनाइएको छ । सुरुङ्गा र सतासीधाम गाविसले यो वर्ष डेढ÷डेढ लाख रुपैयाँ अग्रीम भूक्तानी लिएर मेला ठेक्का लगाएका छन् ।

४० प्रतिशत व्यापारीले शुल्क तिरेनन्

उर्लाबारी÷मोरङको उर्लाबारीमा फोहोर मैला ब्यवस्थापनकालागि तोकिएको शुल्क ४० प्रतिशत ब्यापारीहरुले तिरेका छैनन् ।
उनीहरुले फोहोर उठाए वापतको शुल्क नतिरेको फोहोर मैला ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रजंग तामाङले बताए । उर्लाबारी नगरलाई फोहोर मुक्त स्वच्छ शहर बनाउनको लागि उर्लाब्ाारी नगरपालिकाले २०६७ सालमा फोहोर मैला ब्यवस्थापन समिति गठन गरेको थियो । शनिबार बाहेक समितिले अन्य दिनमा फोहोर उठाउँदै आएको भएपनि ४० प्रतिशत ब्यापारीहरुले अझै सम्म पनि फोहोर उठाए बापतको रकम नदिएको कारण फोहोर ब्यवस्थापनमा समस्या उत्पन्न भएको उनले जानकारी दिए । समितिले ट्याक्टरको माध्यमबाट उर्लाबारी र मंगलबारे क्षेत्रको फोहोर उठाउने गरेको छ । स्थलत फोहोर मैलाको निरिक्षण गर्दा शुल्क तिर्ने भन्दा पनि नतिर्नेको बढी तिता कुराहरु आउने गरेको उनको गुनासो छ । अहिले उर्लाब्ाारी- ४ को मावा खोलामा अस्थाई डम्फिङ रहेको र स्थाई डम्फिङ साइटको लागि स्थानीय बिकास मन्त्रालय फोहोर मैला ब्यवस्थापन महाशाखामा पहल भईरहेको छ ।
उर्लाब्ाारीको फोहोर ब्यवस्थापन गर्न सेवा शुल्कबाट ४ लाख ६९ हजार १ सय ९१ रुपैया र उर्लाब्ाारी नगरपालिकाबाट ५० हजार गरी ५ लाख १९ हजार १ सय ९१ ब्ााट ५ लाख १५ हजार ७ सय खर्च भएको र ३ हजार ४ सय ९१ म्ोज्यात रहेको जनाइएको छ । नगरपालिकाले कम्तीमा २ लाख बजेट फोहोर मैला ब्यवस्थापनमा छुटाउनु पर्ने समितिले जनाएको छ ।

थप दुई प्रजातिका चरा भेटिए

गिद्ध विविधतामा नेपाल विश्वकै धनी
काठमाडौं÷ नेपालमा थप दुइ प्रजातिका चरा फेला परेका छन् । यो सँगै नेपालमा पाइने चराप्रजातिको संख्या ८ सय ७१ पुगेको छ । पछिल्लोपटक पंÔीविद्धहरुले फुस्रे रानीचरा र लामोठूडे गिद्धको प्रजाति फेला पारेसँगै नेपालमा चरा प्रजातिको संख्या ८ सय ७१ पुगेको हो । चरा िवÈेशज्ञ बद्री चौधरी र हठन चौधरीले गएको मंसीर ३ गते कोशी टप्पु वन्यजन्तु आरÔको प्रकाशपुर नजिकै नयाँ रानीचराको बथान फेला पारेका थिए । त्यसलाई फुस्रे रानीचरा नाम दिइएको छ । चराविद् बद्री चौधरीका अनुसार उक्त चरा त्यसपछि पटक-पटक गरि धेरै चोटी आरÔमा देखिईसकेको छ ।

नेपाल रेयर बड्स कमिटीका अध्यÔ तथा पंछीविद् सूचित बस्नेतका अनुसार उक्त प्रजाति फिरन्ते प्रजाति हो । चरा विशेÈज्ञ डा। हेमसागर बरालले यो चरा यो प्रजाति आफ्नो भौगोलिक Ôेत्र फैलाउँदै उत्तरपूर्वी भारतबाट हिउँदको समय पारेर नेपाल पसेको हुनसक्ने बताए । फुस्रे रानीचरा कालो र सेतो रंगको हुने र पोथीको भन्दा भालेको रंग बढि गाढा निख्खर कालो वा सेतो हुने चराविद् बरालले जानकारी दिए । फुस्रे रानीचरा मुख्यतया उत्तरपूर्वी एसियामा बच्चा कोरल्ने र जाडो याममा दिÔण्ँपूर्वी एसियाका मुलुकहरुमा हिउँद बिताउने गर्दछ । यस्तै चराविद् तुलसी सुवेदी लगायतको टोलीले चितवन राष्ट्रिय निकुाजको मध्यवर्ती Ôेत्रमा नयाँ प्रजातिको गिद्ध पत्ता लगाएको छ । गएको डिसेम्बर १ मा फेला परेको उक्त गिद्धको नाम लामोठुँडे गिद्ध राखिएको छ । नेपालमा लामोठुँडे गिद्धको प्रजाति फेला परेपछि गिद्ध प्रजातिको संख्या ९ पुगेको छ । यसमध्ये ५ प्रजाति आइयुसिएनको अति संकटापन्न सूचिमा छन् ।
दिÔण्ँ एसियामा पाइने सम्पूण्र्ँ गिद्ध प्रजाति यहाँ पाइनाले नेपाल अब गिद्ध विविधताका लागि Ôेत्रफलको हिसाबमा विश्वको सबैभन्दा धनी मुलुक भएको छ । फोटो ः गिद्ध

सिसाको शरीर लिएर ढुङ्गाको व्यापा र- लाइन क्रस

प्रकाश आङ्देम्बे
कथाले मागेको दिनु तर निर्माता निर्देशकले मागेको केही पनि नदिनुू केही समयअघि चलचित्रको क्षेत्रमा दिर्घकालीन समयसम्म कसरी टिक्न सकिन्छ भन्ने एक मोडलले सोधेको प्रश्नमा मैले मुखमा आएको यही उत्तर फर्काएको थिएँ । यस्तो घटना मेरो लागि कुनै नौलो र एकपटकको मात्र होइन । समय अन्तरमा पटक पटक रिपिट भइरहन्छ । मेरो जवाफ सुनेर रातो निलो भएकी ति कलाकार फेरि कहिले मकहाँ फर्केर आइनन् । सायद मेरो कुरा उनलाई पचेन या उनको आफ्नो मिसन कम्प्लिट भएन म बाट । समय अन्तरमा उनले केही चलचित्र खेल्न लागेको समचार आयो । केहीपछि उनको रोमान्सको खबर र डिभोस्रको खबर अलग-अलग पात्र अनुसार फेरिएको पनि सुनियो । हुँदा हुँदा आत्महत्या झण्डै गरिन् भन्ने पनि सुनियो । अन्तत उनैले यो लाइन खत्तम लाइन हो तसर्थ सन्यास लिएँ भन्ने पनि सुनियो ।
मलाई लाग्छ कला भनेको जीवनलाई सुन्दर बनाउने सहज बनाउने पि्रय विधाको बोध हो । कला क्षेत्र आत्महत्या गर्ने र गराउने विधा होइन । यो छोडने र समाउने विधा पनि होइन । जुनै पनि विधामा तँपाइलाई सन्तुष्ट छैन भने त्यो विधा तपाईंको लागि सही हुनै सक्तैन । हामीले जति सोच्छौँ त्यो क्षेत्र वा वस्तुले पनि त्यति नै हामीलाई सोंच्दछ । सागरमा डुबेपछि मात्र मोति भेट्न सकिन्छ । गहिराईमा डुब्न डराएर किनार सतहमा नै रमाउनेले माथिनै तैरिएको फोहोर िफंजमात्र हो पाउने । असारमा अल्छी मान्नेले मंसिरमा भोकै भएँ भनेर दुःख मान्नुको कुनै तुक छैन ।
म चलचित्र निर्माणको तयारीमा छु भन्ने खबर फैलिएपछि म कहाँ यस्ता अनगिन्ती दुर्घटनाहरु जसलाई म गरीब दुर्घटना भन्न रुचाउछु घट्ने गर्छन् । धेरै निर्देशक निर्माता कलाकारहरु पनि जतिसक्दो चाडो काम सकिहालौँ भन्छन् । साथीभाइहरुको सुझाव पनि आफ्नो ठाउँमा जायज नै होला तर म चलचित्रलाई बेलुका गफ गर्यो राती काम गर् यो बिहान सकायो…मान्दिन् । कला साहित्य भाषा फोटोग्राफी लाइट टिमवर्क क्यामरा र क्यामराको भाषा पेन्टिँग र पेन्टिँगको भाषा सम्पादन साउण्ड प्रविधि चरित्रको खोजी र हाउभाउ आदिको समग्रताको रुपमा बुझ्छु । त्यो भन्दा पनि महत्वपूर्ण कुरा समयलाई सम्वोधन गर्ने गरिमामय विषय हो लाग्छ चलचित्र ।
कुनै सुन्दर युवतीसँग नजिकिएर वेहोसिमा एकरात साट्ने बहाना वा कुनै आमाको गलाको तिलहरी । घर निर्माणको पैसा पसिना र रगतले साटेको दुःखीको सपना बोकेको कसैको गोजीको पैसा आदि आफ्नो हातमा पार्ने बहानाको रुपमा चलचित्रलाई लिन्न म । हो म चलचित्र निर्माणको तयारीमा छु तर सृजनशिल स्रष्टाहरुको सामुहिक प्रयास र लगानिमामात्र । यदी सकिन भने निर्माण नगर्न पनि सक्छु । कारण राम्रो विषयलाई हतारमा विगार्न चाहन्न म । राम्रो विषयलाई बिगार्नु्रभन्दा त्यतिकै छाड्न उत्तम हुनेछ कारण जुन दिन अध्यनशिल फिल्म मेकर आउँछन् उनीहरुले त्यो विषयलाई न्याय दिएर बनाउनेछन् । विदेशी चलचित्र हेर् यो अनि त्यसैलाई कुरुप नक्कल गरेर अझै पनि नेपाली दर्शकलाई बेवखुफ बनाउने खेल खेलिरहेका छन् चलचित्रका तस्करहरुले । हातमा चोट लाग्दा टाउकोमा पट्टी बाँधेको चलचित्रको उद्देश्य भनेको एनीहाऊ दर्शकलाई भेडा बनाउ पैसा कमाउभन्दा परतिर केही पनि पाइन्न । एकातरि कलाको नाममा तस्करी गर्नेहरु छन् । अर्कोतिर छाती र तिघ्राको भरमा कलाकार बन्न खोज्नेहरु छन् । यी तथाकथित कंगालहरुको कारणले आज चलचित्र क्षेत्र दुषित भएको छ । राम्रो काम गर्नेहरुलाई समस्या परेको छ ।
चलचित्रका तस्करहरुले ग्ल्यामस्र शब्द अगाडि सार्ने गर्छन । ग्ल्यामस्रको अर्थ नांगिनु कदापि होइन । ग्ल्यामस्रको अर्थ नांगिनु हो भने सिधै निलो चलचित्र बनाए भै गयो नि हुन त ती बिचराहरुलाई नांगिने हिम्मत पनि कहाँबाट आवोस् । कोठामा नांगिनु अलग कुरा हो तर समुहमा नांगिन हिम्मत चाहिन्छ । यदि नांगो र निलो दृश्य दिन सक्दैनन् भने त्यो केही न कामको तिघ्रा छाति देखाउनुको के अर्थ छ मोवाइल मोवाइलमा निलो चलचित्र बोक्ने हेर्ने सुविधायो गलत हुनसक्छ को समयमा तँपाइले मन नलागि नलागि देखाएको तिघ्रा वा छातिले के अर्थ राख्छ नत्र भने ग्ल्यामस्रको अर्थलाई गलत रुपमा प्रयोग गरिनु हँदैन । कुनै पनि दृश्यलाई थप आकर्षक बनाउन वा देखाउने विधा हो ग्ल्यामस्र । यसको लागि तिघ्रा पिडुला छाति नै देखाउनु कुनै अनिवार्य छैन । पुरुषसँग के छ नारीसँग के छ सबैलाई थाहा छ तसर्थ बिनाप्रयोजन बिनाअर्थ बिनाकला कोही नांगिने चहाना राख्छ भने । उसले गर्ने नै आत्महत्या हो मात्र आत्महत्या ।
कलालाई जीवनको महानताको लागि सौन्दर्यको लागि सँस्कृतिको लागि पूजा र प्राथर्नाको लागि प्रयोग गरौँ । आजभन्दा सयवर्ष पछाडिको समयले हेर्दा हाम्रो समयको गरिमा झल्किनु पर्दछ दरिद्रता हैन । तँपाई्र यो क्षेत्रमा आनन्द बोध गरेर गरिमा थप्न आउनुहुन्छ भने स्वागत छ हैन भने तपाईं जस्तो भुसको कुनै काम छैन । सत्य तितो हुन्छ कारण सत्य औषधी हो । सारमा मैले भन्न खोजेको के हो भने यो समाज एकदम मतलबी छ । आफ्नो खुशी पाउनको लागि अरुको आँसुमा अरुकै मुटुको नाउ बनाएर सैयर गर्न तयार छ । ढुँगा बाँचेको छ संसार । तसर्थ कमजोर सिसाको शरीर लिएर ढुंगाको बजारमा नआउनुहोस ।
नोटः प्रकाश आङ्देम्बेका अन्य रचना लेखहरुका लागि उनको साइट धधध।उचबपबकजबलनमझदभ।अयु अन गरेर हेर्न सक्नु हुनेछ ।

मिलेर म्याण्डेड पूरा गरौँ - दोस्रो लेख


एतिहासिक जनआन्दोलन पछि राजतन्त्र हटेर स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको म्यानडेट अनुसार काम गर्दा गर्दै पनि सत्ताको लोभका कारण प्रतिपक्षले सरकार ढलाएपछि देशको हविगद बिग्रेर गयो ।
विशेष गरी एमाले र कांग्रेसको कारण ढलेको प्रचण्ड नेतृत्वको सरकार पछि एमालेले आफ्ना दुई शिर्ष नेताहरु माधव नेपाल र झलनाथ खनाललाई लगातार दुईपटक प्रधानमन्त्री बनाउन सफल भयो । माकुने अनि केही मन्त्रीहरुलाई प्रधानमन्त्री मन्त्री बनाउन एमालेको म्यानडेटले सफल गरायो । तर नेपाली जनताको म्यानडेट अनुसार यो सरकारहरुले स्पिरिट लिन नसकेपछि उसले पनि सरकार वाट राजिनामा दिनु बाध्य भयो ।
एमालेका माधव र झलनाथले संविधान र शान्तिको पक्षमा नत स्पिरिट लिने नीति अवलम्वन गर्यो नत उसको स्वार्थ अनुकुलको काम गर्न जनतागत भएका माओवादीको सामु सक्यो । यो पनि मुख्य कारण थियो एमालेको सरकार ढल्नु । माकुने र झलनाथले आ-आफ्नो कार्यकाल सफल भएको स्वघोषित गर्दै िहंडेपनि यथार्थमा निर्जीव नदिको म्यान्डेट अनुसार बढीले वालुवा ढुङगा बगायो होला तर जनताको म्यानडेट अनुसार उनिहरुको सरकारले सिन्का भाँचेन । माकुने र झलनाथ सरकारको मूल्यांकन सयौं राजनीतिशास्त्रीले गर्दा पनि ३२ अंक भन्दा कम हुन्छ । रिचेक गर्नेहो भने िसंहदरवारमा उनिहरुको उत्तर पुष्तिका छँदैछ । सामान्यतः सफल हुनका लागि ३२ भन्दा ज्यादा अंक ल्याउनुपर्ने नेपाली शैक्षिक परिक्षाको नियम अनुसार उनीहरु असफल भएका छन् । अव उनिहरुको काम नगर्ने असफल प्रधानमंत्रीहरुको लाईनमा फोटो बिनाको ईतिहास कोरिने पक्का छ ।
खुरापाती बोल्नेहरुले प्रचण्ड पनि असफलनैत भएका हुन नी ! भनेर प्रचार गर्नु सजिलो छ । प्रचण्ड नेतृत्वको सरकारले राजिनामा दिनु र एमालेको माकुने र झलनाथले पनि राजिनामा दिनुलाई आधार एकै अर्थमा हेरिनु सरासर गलत हुन्छ । प्रचण्डहले राजिनामा दिनु नेपाली सेनाका सेनापति रुकमाङगतको घमण्ड मुख्य कारण थियो । माधवहरुको प्रधानमंत्री नेतृत्वले राजिनामा दिनु जनताको म्यानडेट अनुसार स्पिरिटमा नचल्नु थियो । प्रचण्डले घमण्डि र अटेरी तत्कालिन प्रधान सेनापति रुकमाङगत कट्वाललाई बर्खास्त गर्ने जुन कदमका साथ स्पिरिट पक्रेका थिए । त्यो सफल भएको भए आज देशले कोल्टे फेरिसक्ने थियो । बिना संविधान विना अन्योलीत लामो समय बिना दंगाफसाद आज जनताले संविधान र शान्ति स्थापना पाई सक्ने थियो । त्यसपछिको आज तेस्रो प्रधानमन्त्री आउँदा पनि शान्ति स्थापनामा यस्ताखाले कर्मचारीले बाधा पुर् याइरहेकाछन् ।
कहिले नेपाल वायुसेवा निगमको सामान चोरी हुने कहिले महाप्रबन्धक कुसर्ीमा होडवाजी गरेर कहिले टेलिकममा अनियमितता बढेर सरकारलाई असहयोग अहिले पनि भईरहेको छ । त्यसैगरी कहिले सेनाले भद्रकालीको सडक खुला गर्न अटेर गरेर कहिले सहिदगेटमा भएको महेन्द्रको सालिक हटाउने सरकारको निर्णयमा न्यायालयले पनि असहयोग पुर् याउने सम्म भएको छ ।
एमाले कांग्रेस र केही कर्मचारीको असहयोगका वाबजुध प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्व सरकारले संविधान र शान्ति स्थापनार्थ राम्ररी गति लिएकैछ । मुख्य गरेर थाती बसेको सेना समायोजन प्रकृया साचालनमा आएर अन्तिम चरणमा पुगेको छ । राज्यको पुनस्रंरचना आयोग गठन भएको छ । एतिहासिक किरात प्रदेशमा लिम्वु खम्वु जातिले उठाएको मुद्दा तराईमा मधेशी र थारुहरुले उठाएको मुद्दाहरुलाई चित्त वुझाएर अघि वडिनै रहेकाछन् । विदेशमा भारत र अमेरिका जस्तो शक्तिशाली र कुटनीति तवरले पनि संवेदनसिल छिमेकी देशहरुसंग सम्बन्ध अहिले सुद्रीण भएको छ । प्रचण्ड र किरण समुह आन्तरिक लाईन संघर्षको उत्सर्गमा पुगेपनि अन्ततः मिलेर अघि बड्ने सहमती भईसकेको छ । माओवादीका दुवै पक्षले आवस्यकता अनुसार सडक सदन र सरकार सबैतिर बाट नै संघर्ष गर्ने सहमतीमा मिलेपछि नेपाली जनता वढी आसावादी छन् । एमाले भीत्र चलेको त्रिकोणात्मक द्वन्द दुई साता अघि मिलिसकेको छ । एमाले भीत्रपनि माकुने झलनाथ केपी वीच सहमति भएर अघि वड्दा एमालेलाई फाईदात छदैछ । त्यसमा जनतामा पनि आशा थपिएको हुनुपर्छ । वास्तवमा दलभित्रै आपसी संघर्षमात्र गरिराख्ने हो भने जनताले सास्ती र दल पनि जिर्ण बन्दै जान्छ । त्यसैले कांग्रेसले पनि माओवादी र एमालेको पाठ सिकेर अघिबढ्नुपर्छ । प्रधानमंत्रीको पदलाई मुद्धा वनाएर आ-आफ्नो समुहमा लविङ थाल्न छाडी रामचन्द्र र शेरवाहादुर मिलेको देख्न नेपाली जनता लालायीत छन् ।
तर घरझगडा लगाएर आफु अघि बड्नुपर्छ भन्ने भीत्री नीति अनुसार एमाले कांग्रेस लाग्यो भने फेरी माओवादी फसादमा नपर्ला भन्न सकिन्न । यसले नेपाली जनतालाईनै पहिलो घात पुग्नेछ । माकुनेले सरकार चलाउन नसक्ने भएपछि माओवादी पार्टी भीत्र घर झगडा लगाउने उद्देश्यका साथ एमाले कांग्रेसले माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री हुनु पर्छ भनेर प्रस्ताव ल्याएको सबैलाई थाहा छ । यहाँ प्रस्ट हुन जरुरी के छ भने घरमा परिवार हुन्छ त्यो परिवारको एकजाना मुली हुनछ । त्यो मुलीलाई छान्ने र मान्ने परिवारको निर्णयअनुसार हुन्छ । तर यहाँ एमाले कांग्रेसलेत अर्काको घरमुली को वनाउने भन्ने वारेमा आफ्नो लागि जिवन संगिनी छाने जस्तो पो माओवादी उमेद्वार छानिदिन्छन् । लुनतः सर्वसहमत हुनेभो भनेर एमाले कांग्रेसले रुचाएको वावुराम नै प्रधानमंत्री उमेद्वार वनाउने भनेर बाबुरामलाई खडागर्दा त कांग्रेस फेरी टेडिन्छ वा ! उसको पनि पो उमेद्वार रामचन्द्र पौडेल रे ! कांग्रेस टेडिएपनि त्यतिवेला एमालेको नैतिकताले माओवादीलाई भोट दिनुपर्नेथियो । किनभने पहिले माओवादीको निशर्त सहयोगले झलनाथको प्रधानमन्त्री नेतृत्वमा सरकार गठन भएको थियो । तर उपनि रामचन्द्रलाई नै मत दिन्छ ! कांग्रेसले त गद्दारी गर्यो गर्यो । एमाले पनि कांग्रेसलाई नै साथ िदंदा उनीहरुको गठबन्धन अपवित्र भएको माओवादी र मधेसवादी दल संगै जनताको ठम्याई छ । यही निष्कर्ष परिणाम माओवादी मधेशवादी दलको वडो ठूलो समिकरणले आज जनताको म्यानडेट अनुसारको स्पिरिटमा सरकार चलेको छ ।
एमाले कांग्रेसले नयाँ सरकार बनाउने वारेमा हिसाबकिताब जतिगरेपनि हातलाग्यो सुन्ना हुनेछ । उनिहरुले जे जति यो सरकार विरुद्ध तानावाना रचेपनि माओवादी र मधेसवादी दल अझ शसक्त भएर जादैछ । आज ५ महिना वित्यो कांग्रेस एमाले बेगर पनि बावुरामको सरकारले संविधान र शान्ति स्थापनाको रफ्तार अघि वढाई रहेको छ ।
राम्रो काम गरेर टिकेको देखेपछि सरकार ढाल्न कांग्रेस एमालेले सरकार विरुद्ध विभिन्न आरोप र अवरोध गरिरहेपनि यो वाधालाई सहजतापुर्वक पन्छाएकैछ । कहिले वन्द कहिले सदन अवरोध कहिले पत्रकार कुट्ने-धम्क्याउने कहिले कर्मचारी उठाएर आन्दोलन मच्चाउने । भएन बावुरामले जम्वो सरकार बनाएर खर्च वडायो भनेर हल्ला गर्ने । उनिहरुको खेति नै भएको छ । जजस्ले सरकार जम्वो बनाएर राज्यको पैसा फोगटमा खर्च गर् यो भन्छ त्यो सरकारमा नबसे पनि प्रधानमंत्रीको भन्दा महंगो सवारीमा सवार भएर त्यतिकै सरकारी भत्ता लिएकै छ । राज्यको कुनै पदमा नवसी राज्यको पैसा खाएर सरकारले गरेको राम्रो काम नदेख्ने आफैंलाई घात पर्ने कुरा बोल्ने एमाले कांग्रेसका नेता भनाउदाको घैंटोमा अब घाम लाग्नु पर्छ । उनिहरु देश र जनताप्रति उतरदयी छन्भने विगतको पाठ वुझेर बावुराम नेतृत्वकै सरकारमा आउँदा कुनै आपत्ती हुनेवाला छैन ।
काग्रेस एमाले सहितको सरकार बनाउन चाहे नयाँ मन्त्रालय खोल्नु पर्छकी बिनाविभागिय मंत्रालय वनाउनु पर्छ । या ३÷४ ओटा उप-प्रधानमंत्री मा समावेस गराएर कांग्रेस एमालेलाई सम्मान दिनुपर्छ । संविधानसभा र सरकारले ७०÷८० जानाकै मंत्रीमण्डलको विस्तार गरोस तर संविधान र शान्तिलाई पुर्णता दिने संकल्प हुनुपर्छ । यो एक युगमा आउने विसम परिस्थितिमा योपटक सबैलाई अटाएर जादा बिगि्रनेवाला केही छैन । हैन अव यो सरकार भंग गरेर सहमतिमा नयाँ सरकार बन्नु पर्छ भन्दै विमतिमा जाने । कांग्रेसले रामचन्द्रलाई प्रधानमंत्री वनाउने एमालेले केपीलाई प्रधानमन्त्री वनाउने फोरमले गच्छादारलाई प्रधानमन्त्री बनाउँने अनि माओवादीले वादललाई प्रधानमंत्री वनाउने होडवाजी सृजना भयोभने यसको नतिजा जनतावाट नेताहरुका लागि घातक हुन सक्छ ।
राई किराती राष्ट्रिय मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष हुन् । नगेन्द्र राई

लुम्बिनी भ्रमण वर्ष र हतारको निर्णय-पहिलो लेख


हतारमा निण्र्ँय गरेर फुस्रदमा पछुताउनेु नेपाली उखानलाई सरकारले चरितार्थ गर्दैछ । सन्दर्भ हो- लुम्बिनी भ्रमण्ँ वÈ्र । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण्ँ वÈ्र घोÈणु गरेको छ । शनिबार राष्ट्रपति डा। रामवरण्ँ यादवले लुम्बिनीमै आयोजना गरिने समारोहमा यसको औपचारिक शुभारम्भ गर्दैछन् । भ्रमण्ँ वÈ्रबारे अहिल्यै नकारात्मक टिप्पण्ँी गर्नु त न्यायोचित नहोला तर ुशंकाको सुविधाुका आधारमा भ्रमण्ँ वÈ्र र यसको सम्भावित परिण्ँतिका िवÈयमा अहिल्यै चनाखो हुनु पनि जरुरी देखिन्छ ।
संसारभर ´न्डै २ अर्ब वुद्ध धर्मावलम्बी रहेको अनुमान छ । लुम्बिनी वुद्ध जन्मस्थल भएकैले सबै वुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो भन्नेमा द्विविधा छैन । मुस्लिमहरुको ुमक्का-मदिनाु जस्तै हो वुद्धमार्गीहरुका लागि लुम्बिनी तर लुम्बिनीको प्रवद्र्धनमा अहिलेसम्मको प्रयास हेर्ने हो भने टीठलाग्दो अवस्था देखिन्छ । जानकारहरुका अनुसार नेपालले संसारमा लुम्बिनी बेचेरै मनग्य आम्दानी गर्न सक्छ तर हामी अहिलेसम्म कहाँनेर चुकिरहेका छौं भन्नेमा कमैले मात्र विश्लेÈण्ँ गरेका छन् । लुम्बिनी भ्रमण्ँ वÈ्रको घोÈणु गर्नेहरुलाई त ´न् यस िवÈयमा अहिलेसम्म कुनै पत्तो नै छैन ।
हामीमध्ये धेरैलाई यो भ्रम छ कि लुम्बिनी भ्रमण्ँ वÈ्र ुपर्यटन अभियानु हो अथवा कतिपयले यसलाई अ´ विशिष्टीकृत गरेर यो कार्यक्रमलाई ुधार्मिक पर्यटनु सम्बन्धी अभियान हो भनेका छन् तर यथार्थमा लुम्बिनी भ्रमण्ँ वÈ्र राजनीतिक कार्यक्रम हो । एक दशकभन्दा लामो मानव िहंसात्मक सशस्त्र युद्धको नेतृत्व गरेका एकीकृत माओवादीका अध्यÔ पुष्पकमल दाहालले आफ्नो छवि बदल्न गरेको प्रयासलाई सरकारले वैधता दिने प्रयास मात्रै हो भ्रमण्ँ वÈ्र । दाहालले आफ्नो अनुहारमा लागेको दाग पखाल्न २ अर्ब वुद्धमार्गीको आस्थाको केन्द्रलाई प्रयोग गर्नु कत्तिको उचित हो भनेर प्रश्न गर्नुपर्ने अरु दलका नेताहरु नै उनको पिछलग्गु भएर अमेरिका पुगेर फर्किए । भलै लुम्बिनी विकासको सकारात्मक सोच हृदयदेखि नै पलाएको भए प्रचण्ड र उनका सहयोगीहरुले हतारमा लुम्बिनी भ्रमण्ँ वÈ्र घोÈणु गरेर पर्यटन Ôेत्रमा अहिलेसम्म ुभर्जिनु रहेको लुम्बिनीको अस्मितामाथि यति खेलबाड गर्ने थिएनन् । लुम्बिनी भ्रमण्ँ वÈ्रमा राष्ट्रसंघीय महासचिव बान कि मुनलाई ल्याउनेभन्दा अरु के गर्न सकिन्छ भन्नेमा प्रचण्ड मात्रै नभई सरकारसमेत गम्भीर नभएको देख्दा यसभित्र लुकेको नियत अ´ै स्पष्ट हुन्छ ।
लुम्बिनी भ्रमण्ँ वÈ्र साचालनको नेतृत्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिएको छैन । संस्कृति मन्त्रालयले नेतृत्व गर्ने अभियानले लुम्बिनीप्रति चासो राख्ने अन्तर्राष्ट्रिय समुदायलाई कसरी आकिÈ्रत गर्छ भन्ने प्रश्नको उत्तर सायद सरकारसँग पनि छैन । दशकौंदेखि अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन गरेको अनुभव भएको र संयन्त्र तथा सम्बन्धसमेत स्थापित गराइकेको पर्यटन मन्त्रालयलाई ुबाइपासु गरेर संस्कृति मन्त्रालयले लुम्बिनी भ्रमण्ँ वÈ्र कसरी सफल होला
लुम्बिनी नेपालको ुभर्जिनु पर्यटकीय गन्तव्य हो । अन्तर्राष्ट्रिय स्तरमा यसको उचित प्रचारप्रसार गर्न बाँकी छ । तराई Ôेत्रमा बिस्तार हुन नसकेको नेपाली पर्यटनलाई लुम्बिनीमार्फत नै जोड्न सकिने सम्भावना पनि छ । नेपालका अहिलेसम्म संसारभर चिनिएका नेपाली पर्यटन गन्तव्य भनेका काठमाडौं पोखरा चितवन अन्नपूण्र्ँ र सगरमाथा Ôेत्र मात्रै हुन् । लुम्बिनी नेपालको छैटौं पर्यटकीय गन्तव्य बन्न सक्छ भन्नेमा द्विविधा छैन तर लुम्बिनीको विकास गर्न हामीले नवीन सोच र पुराना अनुभवको समायोजन गर्नुपर्छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी Ôेत्र उपेÔाको सिकार बनेको पक्कै हो । यस अर्थमा लुम्बिनीको चर्चा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने प्रचण्डको सत्प्रयास पनि हुन सक्छ तर हतारमा भ्रमण्ँ वÈ्र घोÈणु गरेर फुस्रदमा पछुताउनुपर्ने काम भएको छ । अहिलेसम्म सरकारी अकर्मण्यताको सिकार भएका कारण्ँ बसे्रनी लाखौं पर्यटक िभœयाउन सक्ने अवसर गुमिरहेको छ ।
नेपालले सन् २०११ लाई पर्यटन वÈ्र मनाइरहँदा पनि लुम्बिनीमा पर्यटन वÈ्रको कुनै प्रभाव परेको थिएन । नेपालजस्तो धार्मिक प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको देशमा समग्र रुपमा पर्यटन वÈ्र मनाउँदा लुम्बिनीजस्तो पवित्र Ôेत्र ओ´ेलमा थियो । पर्यटन वÈ्रपश्चात् नेपालले छुट्टै ुलुम्बिनी पर्यटन वÈ्रु ल्याउनुपर्ने माग पहिलेदेखि नै गरिरहेका थिए । लुम्बिनी Ôेत्रप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न पनि यो जरुरी थियो । लुम्बिनीको प्रवद्र्धनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिचान दिलाउनेछ । लुम्बिनीलाई नेपालको ुपर्यटन बैंकु हो भन्ने स्थानीय व्यवसायी तथा नेपाल उद्योग वाण्ँिज्य महासंघका कार्यकारिण्ँी समिति सदस्य कृष्ण्ँप्रसाद शर्माका शब्दमा ूलुम्बिनीको चिन्ता स्थानीयवासीको मात्रै होइन लुम्बिनी रहे मात्र हामी रहन्छौं भन्ने भावना सबै नेपालीमा रहनु जरुरी छ ।ू लुम्बिनी र आसपासका Ôेत्रलाई समेटेर धार्मिक पर्यटन बढाउन सकिने सम्भावना रहे पनि सरकार र निजी Ôेत्र दुवैबीच समन्वय नहुँदा पर्यटक आगमनदर औसतभन्दा माथि उठ्न नसकेको हो । लुम्बिनी विकास कोÈ र स्थानीय व्यवसायीहरुबीचको आरोप-प्रत्यारोपले त्यस Ôेत्रको विकास अपेिÔत गतिमा अघि बढ्न सकेको छैन ।
लुम्बिनीमा पर्यटक आगमनका लागि मुख्यतः ३ प्रवेश नाका छन् ः काठमाडौं-भैरहवा हवाई उडान र स्थलमार्ग तथा बेलहिया नाका तर अपर्याप्त उडान तथा भैरहवाको साँघुरो विमानस्थलका कारण्ँ हवाई यात्रा सहज छैन भने स्थलमार्गमा भइरहने बन्द-हड्ताल मुख्य समस्या बनेको छ । बेलहियामा रहेको अध्यागमन कार्यालयसमेत आफैंमा समस्याग्ररस्त छ । कार्यालयमा न्यूनतम भौतिक पूर्वाधारसमेत छैनन् भने यसबाट स्थलमार्ग हुँदै नेपाल भित्रने पर्यटकलाई ुपहिलो गाँसमै ढुंगाु को उखान चरितार्थ हुने व्यवसायीहरुको अनुभव यहाँनेर स्मरण्ँीय छ । बेलहिया नाकाको अव्यवस्थाप्रति प्रहरी प्रशासन पनि बेखबर छैन । सिन्डिकेटका कारण्ँ पर्यटकले रोजेजस्तो सवारी चढ्न पाउँदैनन् भने ट्राभल एजेन्सी र होटल साचालकका प्रतिनिधिले पर्यटकलाई गर्ने तानातानले समेत उनीहरुमा नराम्रो छाप परिरहेको छ । पूर्वाधारको समस्या यातायात र अध्यागमनमा मात्रै सीमित छैन । लुम्बिनी Ôेत्रमा एकैपटक ठूलो संख्यामा पर्यटक भित्रिए भने उनीहरुलाई राख्ने स्तरीय होटलको अभाव छ ।
साढे तीन दशकअघि शुरु भएको बृहत्तर लुम्बिनी Ôेत्र गुरुयोजना अहिले अलपत्र अवस्थामा छ । यसको साचालन गर्ने जिम्मेवारी पाएको लुम्बिनी विकास कोÈका अधिकारीहरु बजेट अभावको कारण्ँ देखाउँदै पन्छिएका छन् भने निजी Ôेत्रले सहकार्य गरेर यसलाई पूण्र्ँता दिने प्रतिबद्धता जनाउँदासमेत यसको काम अघि बढ्न सकेको छैन । कोÈमा राजनीतिक व्यक्तिको नियुक्तिले अपेिÔत गतिमा काम अघि बढ्न सकेको छैन ।
जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजनाका कति प्रतिशत काम पूरा भए र कति बाँकी छन् भन्ने स्पष्ट उत्तरसमेत कोÈका अधिकारीहरुसँग छैन । बजेट अभावका कारण्ँ अधुरा काम पूरा गर्न नसकेको बताउने अधिकारीलाई गुरुयोजनाका सबै काम पूरा गर्न कति खर्च लाग्छ भन्ने आँकलनसमेत छैन । पछिल्लो समय यसको भौतिक संरचना परिवर्तन गर्ने चर्चाले अर्को बिडम्बना निम्त्याउँदैछ ।
लुम्बिनी Ôेत्रभित्र विभिन्न राष्ट्रले निर्माण्ँ गरेका आफ्नै शैलीका मोनाष्ट्री गुम्बा ले लुम्बिनीलाई आकÈ्रक त बनाएको छ तर यसले विवाद पनि बढाएको छ । ती गुम्बाहरुभित्र पर्यटक राख्ने परम्परा शुरु हुँदा यसको प्रत्यÔ असर होटल व्यवसायमा परेको छ । कानुनतः पर्यटक राख्न नमिल्ने भए पनि व्यवसायीले रंगेहात समातेर बु´ाउँदासमेत कारबाही भएको छैन । कोÈले अनावश्यक छुट दिएकै कारण्ँ गुम्बामा पर्यटक राख्ने प्रवृत्ति बढेको हो । यसरी समस्यै समस्याले जेलिएको लुम्बिनीलाई भ्रमण्ँ वÈ्रको नाराले मात्रै प्रवद्र्धन गर्न सकिन्न भन्ने हेक्का सबैमा हुनु जरुरी छ ।

विपेन्द्र कार्की

आजाद समुहले हतियार बुझायो

यसैबीच संयुक्त जनतान्त्रिक तराई मुक्ती मोर्चा आजाद समुहले १० थान हतियार प्रशासनलाई बुझाएको छ ।
सो समुहले सिराहाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद विडारी र प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णको उपस्थितिमा आफुले यसअघि प्रयोग गर्दै आएका हतियार बुझाएको हो । बुधबार समुहले एकनाले कटुवा पेस्तोल ७ थान दुईनाले कटुवा पेस्तोल १ थान रिवल्भर १ थान एकनाले मास्केट बन्दुक १ थान र मिस फायर भएको गोली २ थान बुझाएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

युनियनको अन्तरसम्वाद

दमक÷ नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियन झापा शाखाले बिहिबार झापाको दमकमा अन्तर-सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई पूर्व जिल्ला अध्यक्ष गोविन्दचन्द क्षेत्री पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराई नगर सभापति ढुण्डीराज भट्टराई जिल्ला सदस्य टिका सापकोटा तरुण दल झापाका अध्यक्ष भूमिराज राई नेपाल महिला संघकी नगर अध्यक्ष लता चापागाँई लगायतले बोलेका थिए ।
यसैबीच कार्यक्रमका अवसरमा प्रेस युनियन र नेपाली कांग्रेस बीच समन्वय गरेर पार्टीका गतिविधि जनता सम्म पुर् याउन आवश्यक रहेको चर्चा गरिएको थियो । नेपाल किसान संघ दमक नगर अध्यक्ष भानु सुवेदीले युनियनको दमक सम्पर्क कार्यालय स्थापना गर्न दमक-१० स्थित आफ्नो घरको एउटा कोठा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस सम्बद्ध कार्यकर्ता विभिन्न भातृ संस्थाका कार्यकर्ता लगायत युनियनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
युनियनका झापा अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन पार्षद् कुमार लुइटेलले गरेका थिए ।

आइएको परीक्षाफल प्रकाशित

दमक÷ त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण्ँ कार्यालयले मानविकी तथा सामाजशास्त्र संकाय तर्फ प्रवीण्ँता प्रमाण्ँपत्र तह आईए प्रथम वÈ्रकोपरीक्षा को परीक्षाफल प्रकाशित गरेको छ । २०६८ सालमा साचालित परीÔाको परीÔाफल बिहीबार प्रकाशित गरिएको कार्यालयले जनाएको छ । परीक्षाफल मा www.educationsansar.com, www.edusanjal.com / www.tu.ntc.np मा हेर्न सकिने परीक्षा नियन्त्रण्ँ कार्यालयले जनाएको छ ।