हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ुलिम्बूवान प्रत्याभुत गरिनु पर्छु

११ मंशिर
बिराटनगर÷ माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले अव बन्ने संविधानले स्वायत्त लिम्बूवान राज्यको प्रत्याभुत गर्नु पर्ने बताएका छन् ।
शनिवार बिराटनगरमा संगठनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले अव बन्ने संविधानमा सवै जात जातीले आफ्नोपन पाउनु पर्ने बताए । संघियता बिरोधी गतिविधीहरु अझै पनि नरोकिएको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि आफ्नो संगठन तयार भएको उनको भनाई थियो ।
कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले हालै बनेको राज्य पुनस्रंरचना आयोगले वर्षौ देखि उपेक्षित जाति-जनजातीको संवेदनशिलता बुझ्न आवश्यक रहेको बताए । कार्याक्रममा परिषदका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ् द्वितिय उपाध्यक्ष ज्ञानबहादुर ईम्बुङ् महिला बिभाग प्रमुख शान्ता योङ्हाङ् बुद्धिजिवी परिषदका सायोजक भानु भट्टराई लगायले बोलेका थिए ।

ुनेभ्लाुको स्थपना दिवश

११ मंशिर
केर्खा÷ नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन नेभ्ला ले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ ।
ूदिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवश्यकता प्रविधि र प्राविधिक जनशक्तिको सकि्रयता आजको अपरिहार्यताू भन्ने मुल नाराका साथ नेभ्लाले स्थापना दिवश मनाएको हो ।
यसै अवसरमा नेभ्ला जिल्लाकार्य समिती झापाले महेशपुरमा पशुहरुका निशुल्क भ्या_िक्सन लगाएको छ । सो अवसरमा ४ सय ५० पशुलाई एच।एस एण्ड बि क्यु भ्या_िक्सन लगाएको नेभ्लाका झापा जिल्ला अध्यक्ष रुद्र कटुवाले बताए । सो अघि बिभिन्न प्लेकार्ड सहितको मोटरसाईकल र् याली समेत गरिएको थियो ।

मंगलमयमा राई



९ मंशिर
लखनपुर÷ लखनपुर-१ स्थित मंगलमय उच्चमाविको व्यवस्थापन समिति अध्यक्ष हुकुमिसंह राई निर्विरोध निर्वाचित भएका छ् ।
शुक्रबार विद्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिले अध्यक्ष सहित ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक फणिन्द्र खत्रीले व्यवस्थापन समितिका सदस्यहरुमा धनप्रसाद तिवारी इन्द्र राई र पदमकुमारी राई को नाम सार्वजनिक गरेका थिए ।
व्यवस्थापन समितिको शुक्रबार नै बसेको बैठकले रघुनाथ पोखरेल पुष्प भट्टरँई र अतिनलाल राजवंशीलाई सदस्यमा मनोनित गरेको छ । समितिमा सदस्य सचिव प्राचार्य ओमप्रसाद खनाल रहेका छन् ।
निवर्तमान समितिका जेष्ठ सदस्य पदमकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा लखनपुर गाविसका सचिव टेकबहादुर कार्की स्रोत व्यक्ति सूर्य सापकोटा विद्यालयका पूवर््ा अध्यक्षहरु युवराज खड्का र प्रमोद दाहाल सामाजिक अगुवा दिलिप राई ऋषिकेश सुवेदी पारसमणि राई विवेक मिश्र एकीकृत नेकपा माओवादीका रविन गुरु¨ नेपाली कांग्रेसका बालकृष्ण गौतम नेकपा एमालेका मणि भण्डारी माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का भीम राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका गणेश आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

फलफूल वितरण

९ मंशिर
दमक÷ लैि¨क िहंसा विरुद्धको अभियानका अवसरमा अखिल नेपाल महिला संघ दमक नगर कमिटीले शुक्रबार बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
नगर कमिटी अध्यक्ष सुमित्रा प्रसाईको अध्यक्षतामा नयाँ आम्दा अस्पताल खरखरेका बिरामीलाई फलफूल वितरण गरिएको हो । बिरामीहरुलाई अनेमसंघ नगर सचिव लिला ढु¨ेल नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य महेन्द्र खड्का नगर अध्यक्षँ अम्बिका खनाल नगर सदस्य भक्ता दाहाल अनेरास्ववियु क्याम्पस विशेष जिल्ला कमिटी उपाध्यक्ष दिपेश दाहाल लगायतले फलफूल वितरण गरेका थिए ।

थालियो महोत्सवको तयारी

९ मंशिर
दमक÷ आगामी मंसिर १६ गते देखि हुने प्रथम ऐतिहासिक तोपगाछी महोत्सव २०६८ को तयारी पूरा तिव्र पारिएको छ ।
महोत्सवको तयारीका लागि बजार तथा चोक सरसफाई थालिएको छ । बजारमा छाडा चौपाया नछोड्न प्लाष्टिक तथा फोहर नफाल्न लगायतका आग्रह गर्दै झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखा स्टार क्लव मेची युनेस्को क्लव लगायतले माईकिङ तथा मोटरसाईक र् याली गरेका छन् । झापा उध्योग वाणिज्य संघ शाखा तोपगाछीको आयोजना तथा तोपगाछी गाविस मेची युनेस्को क्लव सृजना क्लव स्टार क्लव सह-आयोजक रहेको महोत्सवमा नमूना मूल कृषक समूह र नेपाल आदिवासी जनजाति महासंघ इकाई तोपगाछीको प्राविधिक सहयोग रहने छ । यसैगरी महोत्सवलाई व्यवस्थापन गर्ने जिम्मा कोर्खा बजार व्यवस्थापन समितिको रहेको छ ।
आगामी २०६८ साल मंसिर १६ गते देखि पुष ३ गते सम्म साचालन हुने महोत्सवमा विभिन्न खाद्यवस्तु तथा सेवाहरुको एकै स्थलमा प्रदर्शन गरिने स्थानीय वस्तु तथा सेवाको बजार प्रबदद्धन गर्नुका साथै उद्योगी व्यवसायीलाई प्रोत्साहान गर्ने उत्पादक र उपभोक्ताबीच राम्रो सम्बन्ध स्थापित गर्ने कृषि पेशालाई व्यवसायिक बनाउन अभिप्रेरित गर्ने व्यवसायिक चेतना अभिवृद्धि गर्ने सूचना प्रविधि सम्बन्धी जानकारी गराउने पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको अवसर खोजी गर्ने तोपगाछी गाविसलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने लगायतका उद्देश्य रहेको महोत्सव साचालन उप-समितिका सचिव प्रदीप राईले जानकारी दिए ।
एक लाख दर्शक भित्र्याउने र ३ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिइएको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा चौधरी ग्रुप्सले मूल प्रायोजकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

ुगाँठोु को उक्ति जस्तै हाम्रो राजनीित

कमन देवान
एउटा प्रख्यात चीनिया उक्ति छ । त्यहाँ कुनै सक्षम एक जना सम्राटले यस्ता सिपालु र पेशेवर मानिसहरु भेला गरे कि उनीहरु मध्ये एक थरीले डोरीको गाँठो बनाए र अर्का थरीको जिम्मा गाँठो फुकाउने तोकियो । सम्राट उनका साम्राज्यका उच्च ओहदाका हर्ताकर्ता भित्रिया बाहिरीया समेतले त्यो गाँठो पार्ने र फुकाउने कामलाई खेल तमासाकै रुपमा लिए । गाँठो बनाउने समूहले यति बलियो गाँठो कस्यो कि फुकाउने समूहका लागि त्यो असम्भव प्राय थियो । उनीहरु गाँठो फुकाउने काममा जति तल्लिन भएर लागे जति श्रम जक्ति र प्रयत्न गरे । तिनको लगाबलाई सम्राट र उनका आसेपासेहरुले बढी रमाइलो तमासाका रुपमा आनन्द लुटे । एकपछि अर्को इनामको हवाला दिँदै उक्स्याए । तथापि यथार्थमा गाँठो पार्ने र फुकाउने त्यो तमासाको औचित्य भने कहिल्यै पुष्टि हुन सकेन । त्यो कुनै ठोस उदाहरणका लागि वा उपलब्धिका लागि गरिएको÷गराइएको काम थिएन । केवल आनन्द लिने मनशायबाट शासनको दम्भले शासितहरु माथि लादेको हुकुमको परकाष्ठ मात्र थियो ।
असरल्ल बसाईको यो शृङ्खलामा यस्तै तुकबिनाको संस्कारलाई इंगित गर्ने प्रयत्न यसरी शुरु गरियो है त -
नेपाली राजनीतिको इतिहास विकास धरातल हैसियत उचाई उपलब्धि नोक्सानी फाइदा बेफाइदा आदि इत्यादि बखानहरु लेख्ने कार्य यति नै भए भनेर जोख्ने-तौलने सामथ्र्य कमैसँग मात्रै होला । तथापि बाङ्गो ढङ्गले सोझो बुझाईमा नेपाली राजनीतिको साख हिजो पनि शून्य र आज पनि शून्यकै हाराहारीमा छ भन्दा पाप नलाग्ला । मूलनः २००७ को राणा विरोधी क्रान्तिपछि प्राप्त प्रजातन्त्र ढुङ्गे युगका मानिसलाई अन्तरिक्ष यात्रा गर्ने रकेट प्राप्त भएकै जस्तो निरर्थक उपलब्धि थियो । किनकि नेपाल युगौँ अघि प्रजातन्त्रको अर्थ परिभाषा र विशेषता बुझ्ने युनानी समाजको तुलनामा अझै पनि पछाडी छ । त्यस लगत्तै १० वर्षको पूरा समय नगुज्री राजा महेन्द्रले प्रजातन्त्र माथि पाचायति ुकु गरेर ३० वर्षे चानचुन समय राजा-प्रजा युगमै धकेलिदिए । तथापि नेपाली राजनीति भित्र १० वर्षे सङ्कटको छनक २०२७ र २०३७ सालमा पनि देखिएकै हो । २०४६ जनआन्दोलन मार्पुत २०४७ मा पूर्णतया राजा महेन्द्रको पाचायती विरासत भत्किएकै हो । त्यसपछि पुनः प्रजातन्त्रका नाउँमा जे-जति सत्ताका फोहोरी खेल भए अन्ततः २०५८ मा तिथी मिति घटबढ भएर पनि प्रतिगमन दोहोरिएकै हो । त्यसबीचमा २०५२ मा माओवादीले शसस्त्र विद्रोह थाले पनि ०५८ पछि नै उसको सैन्य सत्ता तिव्रगतिले आक्रामक ढङ्गमा अघि बढ्यो । २०६२÷०६३ को जनआन्दोलन पछि मुलुकको मुहार फेरिएको व्याख्या र विश्लेषण सुन्दा एकैछिन आनन्द लाग्नु बेग्लै कुरो हो । तथापि २०४६-०६८ को २२ वर्षे कालखण्डलाई हेर्दा मुलुक र जनताले प्राप्त गरेका ठोस उपलब्धि देखिदैँन ।
२०४८-०६८ सम्मको २० वर्षे अवधिमा निर्वाचित मनोनित गरी संसदीय व्यवस्थाकै आडमा २१ ओटा सरकार बनेका छन् । यसर्थ जनता उधुम अन्योलमा परेका छन् । नेपाल अधिराज्यको संविधान २०४७ ले संसदीय व्यवस्थामा ५ वर्षे आवधिक निर्वाचन प्रणालीको व्यवस्था गरेको हो कि १ वर्षे समग्रमा २० वर्षको अवधिमा २१ सरकार गठन भएको मुलुक आर्थिक राजनीतिक सामाजिक विकास निर्माण शिक्षा स्वास्थ्य रोजगारी शान्ति अमनचयन लगायतका क्षेत्रमा कति फड्को मार् यो यो विषय कहिल्यै खोजी र निन्दाको विषय बनेन । २१ ओटा मन्त्री मण्डल फटाएको नेपाली राजनीतिले कुल ९ सय ६८ जना मन्त्री राज्यन्त्री र सहायक मन्त्रीहरुको नियुक्ति दिने सेवासुविधा बाँड्ने काम देखि संसद्मा रातो पासपोर्ट र सुत्केरी भत्ता समेत बाढ्यो । विभिन्न संस्थान आयेाग नियोग बोर्ड विश्वविद्यालय लगायतमा निकायहरुमा कार्यकर्ता भर्तीको सभ्यता विकास गर् यो । घुस कमिसन सोस्र र फोस्रको विकास गर् यो । तथापि यी सबै भन्दा बग्रेल्ती चाँही शिक्षित बेरोजगारहरु उत्पादन गर् यो । मुलुकमा काँशी जादैँ मुख धोएर आउने मन्त्रीहरुको फेहरिस्त पनि सूचिकृत गर्दा लामै लस्कर बन्ने पक्का छ । ुविजेखु टिम अहिले फुटे पनि खुम बहादुर खड्का बाहेकका टिमका अन्य दुईजना अहिले पनि सरकारमै छन् । ुविजेखु टिमलाई छाडेर मुख धुँदै र दौरा सुरुवाल फेर्दै पटक-पटक मन्त्रीको सपथ लिनेहरुमा रामशरण महत हृद्वेस त्रिपाठी मदन्ता ठाकुर कमल थापा पशुपति समशेर जबरा हुँदै ओरालिन्छ यो क्रम । अहिलेको सरकारलाई ऐतिहासिक मान्नु पर्छ । हामी वित्थामा विरोध गर्न उद्धत छौँ । शेरबहादुर देउवाको २०५२ ताकाको ४८ सदस्यीय मन्त्री मण्डलको किर्तिमान तोड्ने गणतन्त्र राज्य व्यवस्था प्राप्त भए यताकै जम्बो ४९ सदस्यीय मन्त्री मण्डल हो यो जसको मासिक पालन भरण खर्च मात्रै १ करोड बढी छ । संसदीय राज्य व्यवस्थाको इतिहासमै ६९ पटकको मन्त्री मण्डलपछि बनेको यो किर्तिमानी सरकारका प्रधानमन्त्री डा। बाबुराम भट्टराईको मासिक खर्च ८ लाख मात्रै हो । उहिले राजामहाराजाका पालामा तिनले गरेका खर्चको हिसाब किताब खोज्न राख्न टिक्का टिप्पणी गर्न पाइन्नथ्यो । अहिले त सबैले सबैका बारे सोधिखोजी गर्ने सबैले सबैको गाजी भर्ने लोकतन्त्र प्राप्त भएको छ । मुलुकको सुशासन अग्रगमन संविधान विकास उन्नति प्रगति आदि विषय नेताका भाषण र पार्टीका घोषणापत्रका लागि आवश्यक मसला हुन् । तिनको व्यवहारमा कार्यान्वयन हुनै पर्ने बाध्यकारी नियम लोकतन्त्रमा बन्न सक्दैन । त्यस्तो हुने भए लोकतन्त्रिक मूल्य मान्यतामा ठेस पुग्छ ।
२० वर्षे राजनीतिक विकास क्रमले धनीलाई धेरै माथिल्लो उचाई दिएको छ । गरीबलाई अझ तल झारेको छ । क्यावाद ! असर त स्पष्ट छ छँदैछ नि भारतीय टाटा चियाको विज्ञापन जस्तै । मुलुक समृद्धितर्पु उन्मुख छ त्यसको पनि उदाहरण छ । मुलुक र जनताले के पाए भन्दा पनि राजनीतिक दलका नेता र तिनका आउरेबाउरेले के पाए महत्वपूर्ण्र विषय यो हो । एवम् प्रकारले मुलुकको राजनीति संस्कार भन्दा गलत ढङ्गले चलेको छ । राजनीतिको उत्कर्ष विन्दु सत्ता हो । निश्चय पनि तर जुन सत्ता राजनीतिक संस्कार भन्दा गलत तरिकाले चलेको छ त्यसको राजनीतिक संस्कार भन्दा अथवा उठाना व्याख्या गरिएको उक्ति भैष निरर्थक खेल भएको छ नेपाली राजनीति ।

पूर्वी मोरङमा काठ तस्करी बढ्दो

७मंशिर
उर्लाबारी÷ पछिल्लो समयमा पूर्वी मोरङका सामुदायिक वनबाट तिब्र रुपमा काठ तस्करी हुने गरको पाईएको छ ।
तस्करीमा संलग्न इलाका बन कार्यालय उर्लाबारीमा अहिले ट्याक्टरसहितका सवारी साधनको लाम रहेको छ । को।१ ख १७३८ नम्बरको बस को।१ च ६४९५ नम्बरको टाटा पिकअप को।१ त १६१५ को।१ त ६४९५ को।१ त ५११८ नम्बरको ट्याक्टर लगायतका आधा दर्जन सवारी साधन तस्करहरुले काठ ल्याउदै गर्दा पक्राउ गरी कार्यालयमा राखिएको छ । ति सवारी साधन पक्राउ परेपनि त्यसमा संलग्न भने फरार रहेका छन् । मोरङ जिल्लामा ५५ हजार ५ सय बन क्षेत्र रहेको छ । इलाका वन कार्यालय उर्लाबारीले दक्षिणमा भारतीय सिमाना उत्तरमा इलाम धनकुटा पश्चिममा डाँस खोला र पूर्वमा मावा खोला सम्मको करिब १५ सय हेक्टर वन क्षेत्रको संरक्षण गदै आएको रेन्जर प्रेमकुमार शाहले जानकारी दिए । मोरङको ६० प्रतिशत बनको मुद्धा उर्लाबारीले हेदै आएको र काठ राख्ने ठाउँ समेत नभएको उनले बताए । पछिल्लो समयमा काठ तस्करी बढेको कारण बरामद गरिएको काठको लिलामी प्रकि्रयामा ढिलाई हुदाँ कार्यालय मै सड्ने अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन् । इलाका बन कार्यलयमा सवारी साधन हतियार प्रयाप्त जनशक्तिको अभाबले गर्दा तस्करी नियन्त्रण गर्न समस्या हुने गरेको इलाका बन कार्यालय उर्लाबारी प्रमुख यज्ञबहादुर थापाले जानकारी दिए । २०६५देखी २०६८ कार्तिक मसान्त सम्म ७ सय ४३। ८२ क्यूविक काठ बरामद गरिएको इलाका बन कार्यालय उर्लाबारीले जनाएको छ । पूर्वी मोरङको मधुमल्ला जाँते लेटाङ लगायत क्षेत्रका बनबाट बढी तस्करी हुने गरेको बताइएको छ ।

पत्रिका बोक्ने गाडीमा काठ
उर्लाबारी÷ पत्रिका बोक्ने गाडीलाई दुरुप्रयोग गरी तस्करीमा प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक पत्रिका बोक्ने को। १ च ४७०५ नम्बरको गाडीमा काठसहित मोरङको उर्लाबारीबाट पक्राउ परेपछि सो खुलासा भएको हो । पूर्वबाट पश्चिम तर्फ गइरहेको सो टाटा पिकअप गाडीमा ७।८१ क्यूबिक बत्ती काठसहित उर्लाबारी ४ का बद्री श्रेष्ठ र उर्लाबारी ८ का जिबन श्रेष्ठलाई पक्राउ गरिएको इलाका बन कार्यालयका प्रमुख यज्ञबहादुर थापाले बताए । मंगलबार बिहान पत्रिका बोक्ने गाडीसहित पक्राउ परेकालाई कानुनी कारबार्ही गरिने जनाइएको छ ।

शरणार्थी स्थानान्तरण तिब्र

७मंशिर
बेलडाँगी÷ झापाको भूटानी शरणार्थीबाट शरणार्थीहरुलाई बेलडाँगी स्थान्तरण गर्ने कार्यले तिव्रता पाएको छ ।
बुधबार सम्म टिमाईबाट १४ घर परिवारका ८० जना शरणार्थीलाई स्थान्तरण गरिसकिएको टिमाई शिविर सचीव युवराज राईले बताए । केही समय अघि झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालसहितको टोली स्थान्तरण गर्न उपयुक्त नभई थप छाप्रा मर्मत गर्नु पर्ने बताएका थिए ।
शिविर स्थान्तरणका लागि शनिश्चरे र बेलडाँगी गरी ९ सय १४ छाप्रा निर्माण गरिने विश्व लुथनरन फेडेरेशनले जनाएको छ ।
पछिल्लो समय भूटानी शरणार्थी शिविर टिमाईको जनसंख्या ५७ सय जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

बादलले भने-कब्जा जग्गा फिर्ता हुँदैनु

एकिकृत नेकपा माओबादीका महासचिव रामबहादुर थापा ुबादलुले युद्धका क्रममा पार्टीले कब्जा गरेको सम्पत्ति फिर्ता नहुने बताएका छन् । सो क्रममा पार्टीले कब्जा गरे पनि ति जग्गा भुमिहिनहरुले उपभोग गरि रहेकाले फिर्ता गर्न नसकिने बताएका हुन् ।
बुधबार दमकमा पत्रकारहरुसँग कुरा गर्दै उनले युद्धको क्रममा कब्जा गरिएको सम्पति उपभोग गरि रहेकाहरुलाई बैकल्पिक व्यवस्था नगरि फिर्ता गर्न नसकिने अडान दोहोर् याए । सो अघि उनले कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतुत्व क्रान्तिकारी धारबाट बिचलनतर्फ लागेको आरोप लगाएका थिए । उनले पार्टीलाई बैचारीक रुपमा बचाई राख्ने नयाँ निर्णयका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनलॆ लडाकुको पुनबर्गिकरण आत्मसमर्पण भएको भएको समेत बताए । उनले देश र जनताका लागी लडेका जनमुक्ति सेनाका लडाकुहरु समान्य हिसाबमा समायोजनाको स्पष्ट खाका नआइ बर्गिकरणमा जानुले उनीहरुका भबिष्य अन्यौलमा रहेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टी सचिव सीपी गजुरेलले बीपा सम्झौता सातबुँदे सहमति लागायतका बिषयले जनता र कार्यकर्तामा निराशता बढाएको टिप्पणि गरे । उनले बिचारबाट स्खलितहरुले ुसर्वहारा वर्गको मुक्तिको आन्दोलनु लाई हाँक्न नसक्ने बताए । कोचिला राज्य समितिले आयोजना गरेको प्रशिक्षणका २ सय भन्दा बढि कार्यकर्ता सहभागी थिए ।

शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्रीको निर्देशन

७मंशिर
बेलडाँगी÷ ९ दिन देखि अनसनमा बसेका शरणार्थी समाधानका लागि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले गृह मन्त्रालयमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
काठमाण्डौंमा रहेका भूटानी अगुवा कमल कोइरालाले प्रधानमन्त्री समक्ष पीडित शरणार्थीको माग सुनवाई गर्न महिला समूहले पठाएको ज्ञापन पत्र बुझे पछि प्रधानमन्त्री सचिवालय मार्फत उनले सो निर्देशन दिएका हुन् । ३ दिन अघि राहत बन्चित पीडित शरणार्थी समूह मुल समितिका संयोजक नन्दु पौडेलले समेत हेल्लो सरकार मार्फत शरणार्थीको आमरण अनसनबारे सरकारको ध्यानकर्षण गराएको जनाएका छन् ।
दमक स्थित भुटानी शरणार्ी शिविर बेलडाँगीमा पहिचानको माग सहित ९ दिन देखि आमरण अनसनमा बसेका शरणार्थी महिलाहरुको स्वास्थ्य अवस्था भने गम्भिर बन्दै गएको छ । अनसनमा बसेका मध्ये रेनुका मगर र चन्द्रमाँया खड्काको स्वास्थ्य स्थिती गम्भिर बने पछि बुधबार अस्पताल भर्ना गरिएको छ । यस अघि समेत ४ जना अनसनकारी महिलाको स्वास्थ्य अवस्था गम्भिर बने पछि अस्पताल भर्ना गरिएको थियो । अनसनकारीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गए पछि आम्दा अस्पताल मार्फत संचालित उपस्वास्थ्य केन्द्रका धनप्रसाद अधिकारी सहितको टालीले अनसन स्थानमानै खटिएको छ । स्वास्थ्य अवस्था गम्भिर भएका अनसनकारीलाई अनसन स्थलमानैं स्लाईन दिईने र अवस्था जटिल बनेमा उपचारका लागि ुरेफरु गरिने जनाईएको छ ।
बुधबार अनसन स्थलमा पुगेर नेपाल मानब अधिकार संगठनका केन्द्रिय सदस्य तथा पूर्वााचल सायोजक डा। केपि सुवेदीले शरणार्थीका माग बारे संगठनको केन्द्रिय समितिले सरकारको ध्यानाकर्षण गराईरहेको बताए । टोलीमा संगठनका केन्द्रिय सदस्य चित्रबहादुर बस्नेत तथा शरणार्थी अगुवा डा। भम्पा राई समेत सहभागी थिए ।
अनसनमा बसेका शरणार्थी महिलाहरुले माग पूरा गर्न नेपाल सरकार र दातृनिकायबाट ुबिस्वसनियु प्रतिबद्धता नआए सम्म अनसन नतोड्ने अडान दोहोर् याएका छन् । परिचय तथा राहत पिडीत शरणार्थी महिला समूहकी सायोजक दुर्गादेवी बिष्टले वास्तविक शरणार्थीहरु राहत र पहिचानबाट बिाचत हुनु परेकाले माग पूरा नभए सम्म आन्दोलन नरोक्ने बताईन् ।
यसै बिच अनसनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झापा क्षेत्र नम्बर-७ का सभाषद विश्वदिप लिङ्देन बुधबार साँझ अनसन स्थलमा पुगेका छन् । सो क्रममा शरणार्थीका माग प्रति ऐक्यबद्धता जनाउँदै उनले ति माग बारे संसदमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।